logo
२०८१ मंसिर ९ आईतवार



अङ्गे्रजी माध्यमको सकस

विचार/दृष्टिकोण |




डा. हरिप्रसाद पोखरेल

परिघटना
एकजना अभिभावकले दुई वर्षअघि कक्षा ३ मा निजी विद्यालयमा पढ्दै गरेको आफ्नो बच्चालाई एक सामुदायिक विद्यालयमा भर्ना गराए । अङ्ग्रेजी माध्यममा पढाइ हुने र शुल्क पनि मासिक रु. १०० मात्र लाग्ने भएपछि निजी विद्यालयको महँगो शुल्क र पढाइको नाममा सन्तानले दिनहुँजस्तो कुटाइ खाने गरेको अवस्थाबाट आक्रान्त भएका ती अभिभावकले सामुदायिक विद्यालयमा भर्ना गराएका हुन् । लामो समयदेखि नेपाली माध्यममा पढाइ भइरहेको उक्त सामुदायिक विद्यालयका शिक्षकले अङ्ग्रेजी माध्यममा प्रभावकारी ढङ्गले पढाउन सक्ने कुरै भएन । ती बालक अहिले कक्षा ५ मा पढ्छन् । कमजोर अङ्ग्रेजी धरातलका शिक्षकले दुई वर्षसम्म पढाउँदा उनले अङ्ग्रेजी त बिर्से नै उनको नेपाली पनि कमजोर हुन पुग्यो । अङ्ग्रेजी माध्यममा पढाइ हुने सामुदायिक विद्यालयमा पढाउने कि बच्चा पुनः निजी विद्यालयमै फर्काउने भन्ने चिन्ताले उनी तिल्मिलाएका छन् यतिखेर ।
एउटा सामुदायिक विद्यालयले शैक्षिक सत्र २०७४ सालदेखि कक्षा १ देखि ५ सम्म अङ्गे्रजी माध्यममा पठनपाठन गर्ने निर्णय ग¥यो । अभिभावकमा अङ्गे्रजी मोह बढ्दै गएको र सामुदायिक विद्यालयको नेपाली माध्यमका कारण विद्यार्थी सङ्ख्या घट्दै गएको निष्कर्ष निकालेर निजी विद्यालयको विद्यार्थी तान्ने उद्देश्यले उक्त निर्णय गरिएको थियो । विगत २५ वर्षदेखि प्राथमिक तहमा नेपाली माध्यममा सामाजिक विषय पढाउँदै आएका त्यस विद्यालयका एकजना शिक्षकले आफूले अङ्गे्रजी माध्यममा पढाउन नसक्ने जिकिरका साथ प्रतिवाद गरे । तर विद्यालय व्यवस्थापन समितिको निर्णयले अङ्गे्रजी माध्यममा पढाउनुपर्ने बाध्यकारी व्यवस्था भएको प्रधानाध्यापकले बताएपछि कनिकुथी उनले अङ्गे्रजी माध्यममा नै सामाजिक विषय पढाउन थाले । आफूले चाहेजति कुरा अङ्गे्रजीमा बताउन नसक्दा र पाठका कतिपय शब्दको अर्थ नबुझ्दा प्रभावकारी शिक्षण सिकाइ हुन नसकेको उनको दुःखेसो छ । उनी भन्छन्– “आफैँलाई अङ्गे्रजी आउँदैन भुराभुरीलाई कसरी अङ्गे्रजीमा पढाउनु ?”
अवस्था विश्लेषण
माथिका यी दुई परिघटनाले यथास्थितिमा सामुदायिक विद्यालयमा अङ्गे्रजी माध्यमको पठनपाठन कठिन रहेको पुष्टि गर्छ । सिकाइ भनेको अङ्गे्रजी जान्नु हो र गुणस्तरीय शिक्षा भनेको अङ्गे्रजी फरर बोल्न सक्नु हो भन्ने सोचका कारण पनि धमाधम सामुदायिक विद्यालयहरूले अङ्गे्रजी माध्यममा पढाउन सुरु गरेको देखिन्छ तर यसबाट शिक्षक र विद्यार्थीमा पर्ने नकारात्मक असरको बारेमा भने त्यति बहस भएको पाइँदैन । यहाँसम्म कि अङ्गे्रजी भाषा नजानेकै कारण सिकारुको सिर्जनशीलतामा पनि यसले नकारात्मक प्रभाव पारिरहेको छ । मनको कुरा धक फुकाएर बताउन तथा नजानेका कुरा सोध्न पनि सिकारु अङ्गे्रजी भाषाकै सकसको कारण असमर्थ देखिन्छ । अङ्गे्रजीको अल्पज्ञानको कारण नत शिक्षकले पूरा समय पठनपाठनमा व्यतित गर्न सकेका छन् नत विद्यार्थीले सहजरूपमा बुझेर सिकाइप्रति उत्प्रेरित भएको अवस्था छ । वर्षाैंदेखि नेपाली माध्यममा पढाइरहेका शिक्षकलाई जागिरको उत्तरार्धमा आएर अङ्गे्रजी सिकेर सिकारुलाई पढाउने जाँगर पनि छैन । नेपाली भाषामै अभ्यस्त सामुदायिक विद्यालयका बालबालिकलाई हठात् अङ्गे्रजी माध्यमको शिक्षण पनि अरुचिको विषय बनिरहेको छ । त्यसो त सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्कदै गएको भनेर यसको सुधारका लागि विभिन्न तहमा सघन बहस चलिरहेको पाइन्छ । चिन्ता र चासो पनि मुखरित भएका छन् । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारकै लागि विभिन्न विकल्पको खोजी भइरहेको छ । पछिल्लो समय सामुदायिक विद्यालयहरूमा अङ्गे्रजी माध्यममा पढाउने विकल्पलाई पनि प्रतिष्ठा कै विषय ठानेर प्रतिस्पर्धा नै चलेको पाइन्छ । अङ्गे्रजी मोहमा फसेका÷फसाइएका अभिभावकको अङ्गे्रजी प्रतिको आकर्षणले पनि अङ्गे्रजी माध्यम उनीहरूको रोजाइमा परेको देखिन्छ । सामुदायिक विद्यालयको व्यवस्थापन र शिक्षकको भने निजी विद्यालयको आकर्षणलाई न्यूनीकरण गर्न अङ्गे्रजी माध्यमको शिक्षण अचुक विकल्प हो भन्ने बुझाइ रहेको पाइन्छ । तर सामुदायिक विद्यालयमा विद्यार्थी बढ्नु मात्र सफलताको कसी होइन भन्ने कोणबाट विमर्श भएको पाइँदँन । अङ्गे्रजी माध्यमको पठनपाठनपश्चात् सिकारुको समग्र सिकाइ उपलब्धिमा के कस्तो प्रभाव प¥यो भनेर विश्लेषण गरिएको पनि पाइँदैन । सामुदायिक विद्यालयका प्राथमिक तहका विद्यार्थीहरू सिकाइ उपलब्धि नेपाली, गणित र सामाजिकमा नै कमजोर रहेको वर्तमान सन्दर्भमा अङ्गे्रजी माध्यमका अधकल्चो शिक्षणले झन् यो अवस्था भयावह हुने सङ्केत पनि देखिँदैछ ।
एकातिर शिक्षकको तयारी विना कस्मेटिक तामझाम र भड्किलो विज्ञापनका साथ सामुदायिक विद्यालयमा लागू गरिएको अङ्गे्रजी माध्यमको पढाइले सिकाइ उपलब्धिमा सुधार भएको विश्वसनीय तथ्य देखिएको छैन । अर्कातिर आधारभूत तहसम्म मातृभाषामा शिक्षा प्राप्त गर्न पाउने संविधानप्रदत्त मौलिक हकलाई पनि यस्तो व्यवस्थाले अङ्कुश लगाउन सक्ने खतरा पैदा गरेको छ । हाम्रा मौलिक परम्परा, विश्वास, आस्था र स्वाभिमानलाई समेत अङ्गे्रजी माध्यमको पठनपाठनले कुण्ठित गर्ने अवस्था सिर्जना हुदँैछ । देशको कला, संस्कृति मूल्यमान्यता, रीति–थिति, परम्परा, चाडपर्व जस्ता पक्षबारे स्पष्टरूपमा बुझ्न र मनन गर्न दोस्रो भाषाको शिक्षण माध्यमबाट कठिन हुने विभिन्न अध्ययन अनुसन्धानले पुष्टि गरेको वास्तविक हो । सङ्घ, प्रदेश र स्थानीय सरकारले विद्यार्थी घट्दै गएको भनेर अङ्गे्रजी माध्यममा पठनपाठन गर्न सामुदायिक विद्यालयलाई उकासी रहेको पनि देखिन्छ । कतिपय स्थानीय तहले त अङ्गे्रजी माध्यममा पठनपाठन गराउने सामुदायिक विद्यालयलाई विभिन्न प्रोत्साहन र सुविधाका प्याकेजहरू नै दिने गरेका उदाहरणहरू पनि छन् । तर, नेपाली माध्यम र मातृभाषाको माध्यमले पढाए पनि सिकारुको सिकाइ उपलब्धिमा सुधार मुख्य पक्ष हो भनेर बुझ्न र बुझाउन सकिएको अवस्था छैन ।
शैक्षिक गुणस्तर सुधार त्यतिखेरमात्र सम्भव हुन्छ जतिखेर प्रभावकारी शिक्षण गरिन्छ । प्रभावकारी शिक्षणका लागि उपयुक्त शैक्षिक वातावरण तथा सक्षम शिक्षकको आवश्यकता पर्दछ । पठनपाठनको माध्यम जुन भाषामा गर्ने हो त्यही भाषामा पोख्त शिक्षक नहुँदासम्म शिक्षण सिकाइ प्रभावकारी रूपमा सञ्चालन हुन सक्दैन । अङ्गे्रजी भाषामा सहजरूपमा सवाल जवाफ गर्न नसक्ने नेपाली माध्यमका शिक्षकबाट अङ्गे्रजी माध्यममा पढाउन खोज्नु भनेको दाहिने हातले लेख्ने बानी परेकालाई देब्रे हातले लेख्न लगाए जस्तै हो । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न केवल अङ्गे्रजी माध्यमको पढाइमात्र विकल्प होइन । बालमैत्री, सिकारु केन्द्रित तथा लक्ष्य निर्देशित शिक्षण गर्न शिक्षकलाई आवश्यक प्रोत्साहन, पुरस्कार या दण्ड सजायको यथोचित व्यवस्था गरी कम्तीमा पनि कक्षा तीनसम्म कक्षा शिक्षणलाई अनिवार्य गर्न आवश्यक देखिन्छ । कक्षा शिक्षणले शिक्षकलाई थप जिम्मेवार बनाउँछ । कक्षा शिक्षणमा जसअपजसको भागिदार स्वयं शिक्षक नै हुनुपर्ने भएकोले पनि शिक्षकमा जवाफदेही र उत्तरदायित्वको भावना पनि जागृत हुने सम्भावना रहन्छ । यसका लागि तालिम प्राप्त, योग्य, इमानदार र लगनशील शिक्षकको आवश्यकता पर्छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न त शिक्षक नियुक्ति गर्दा नै योग्य एवं दक्ष शिक्षक भिœयाउने रणनीतिलाई विशेष प्राथमिकता दिन जरुरी छ । योग्य र सक्षम शिक्षकबाट मात्र गुणस्तरीय शिक्षण सम्भव हुन्छ भन्ने विश्वव्यापी मान्यतालाई बेवास्ता गर्नु भनेको प्रकारान्तरमा शैक्षिक अराजकताको वातावरण सिर्जना गर्नु नै हो ।
निष्कर्ष
अहिलेको अवस्थामा आवश्यकता र सम्भावनाको आधारमा नेपाली भाषा या मातृभाषा नै सामुदायिक विद्यालयको शिक्षण माध्यम उपयुक्त देखिन्छ । सम्भव भएको ठाउँमा कक्षा ५ सम्म मातृभाषामा र त्यसभन्दा माथि नेपाली भाषामा शिक्षण गर्दा यसको सकारात्मक प्रभाव पर्ने देखिन्छ । नेपाली माध्यममा पढाइ हुने सामुदायिक विद्यालयहरूमा अन्य विषय पनि अङ्गे्रजीमा पढाउन तम्सनु भनेको शैक्षिक गुणस्तर झन् खस्काउनु नै हो । आफ्नै भाषामा गरिएको संवाद, छलफल, कुराकानी तथा विचार विमर्शले शिक्षक र विद्यार्थीबीचको सम्बन्ध प्रगाढ मात्र हुँदैन बरु हाम्रा असल परम्परा, मौलिक पहिचान, स्वाभिभान, संस्कार र संस्कृतिको जगेर्नामा पनि सकारात्मक प्रभाव पर्ने सम्भावना रहन्छ । प्रतिस्पर्धा अङ्ग्रेजी माध्यममा पढाउने सन्दर्भमा होइन सामुदायिक विद्यालयको सिकाइ उपलब्धि वृद्धि गर्ने प्रयोजनमा केन्द्रित गरिनु अहिलेको प्रमुख आवश्यकता हो ।

(लेखक सामाजिक रूपान्तरणका लागि नागरिक अभियानमा संलग्न हुनुहुन्छ ।)
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?