नवीन सुवेदी
चिनियाँ राष्ट्रपतिको २३ वर्षको अन्तरालमा सम्पन्न भएको राजकीय भ्रमण हरेक कोणबाट ऐतिहासिक रह्यो । विशेषतः दुवै देशले यो अवधिलाई दुईपक्षीय सम्बन्धको पुनरवलोकन गर्ने र भविष्यका लागि मार्गदर्शन गर्ने कार्यमा प्रयोग गरे । नेपालको चीनसँगको सम्बन्ध विकास कार्यका लागि स्रोत जुराउने मुलुकमा सीमित रहेको थियो । यो सम्बन्धलाई विकास र समृद्धिका लागि रणनीतिक साझेदारी स्तरमा पु¥याउने निर्णय भएको छ ।
राष्ट्रपति सीको नेपाल भ्रमणले मूलतः दुईपक्षीय सम्बन्धका विषयमा नयाँ संकथन निर्माण गर्ने काम गरेको छ । सीमा जोडिएको छिमेकीका तर्फबाट लामो समयसम्म शीर्ष नेतृत्वको नेपाल भ्रमण नहुँदा विभिन्न शङ्का र संकथन निर्माण भएका थिए । अखबारी लेखन गर्ने विश्लेषक र ठूला मिडियाका वैदेशिक मामिला हेर्ने पत्रकारहरूको पोल्टामा दुईपक्षीय सम्बन्धको व्याख्या र विश्लेषण सीमित भएको थियो । यो अवधिमा निर्माण भएका संकथन र अखबारी लेखनमा नाम चलेका विश्लेषकहरूका पूर्व प्रकाशित विश्लेषण÷लेखलाई पल्टाउँदा मूलतः यिनीहरू दुईपक्षीय सम्बन्ध र चीनको नेपाल नीतिका आयामहरू सूक्ष्म रूपमा विश्लेषण गर्न असमर्थ प्रष्ट देखिन्छ ।
चीनबाट उच्च तहको भ्रमण लामो समयमा नहुनुमा नेपालको नयाँ संविधान अनुरूप सङ्घीयता र गणतन्त्रप्रति चीनको बेखुशीको कारण भएको चर्चा पूर्व राजावादी एवं सङ्घीयताका विरोधीहरूले नगरेका होइनन् । तर चीनको वैदेशिक नीतिको एक खम्बा अन्य देशको मामिलामा अहस्तक्षेप पनि हो । चीनले वैदेशिक नीति सञ्चालन गर्दा यो विषयलाई ज्यादै महŒव दिएको छ । हालैका समयमा चीनको उदयसँगै कतै चीनले विचारको पनि निर्यात गर्दै त छैन ? भन्ने विषयमा पश्चिमा विश्लेषकहरू सशङ्कित छन् । चीनको उदय आर्थिक मात्र नभएर यसले वैचारिक रूपमा पनि पश्चिमा विचारधारालाई चुनौती दिँदैछ भन्ने सोचलाई मत्थर तुल्याउन चीन चाहन्छ । यसले पश्चिमसँगको सम्बन्धमा नयाँ द्वन्द्व सिर्जना नगरोस् भन्ने उसको बुझाइ पनि हो ।
दुवै देशमा कम्युनिस्ट पार्टीको नेतृत्व भए पनि दुई पार्टीका बीचमा भएका र भविष्यमा हुने सम्बन्ध व्यावहारिक सम्बन्ध विस्तार हो । यो विचारधारा निर्यात÷आयातको स्तरको होइन । चीनले नेपालका प्रमुख राजनीतिक शक्तिहरूलाई समान महŒव दिन्छ भन्ने सन्देश प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँग राष्ट्रपतिको भेट पनि हो । साथै नेपाली काँग्रेस पार्टीसँग पनि चिनियाँ कम्यु्निष्ट पार्टीले सम्बन्ध विकास र विस्तार गर्ने जनाएको छ । यसरी चिनियाँ सरकार र कम्युनिस्ट पार्टी दुवै नेपालमा आफ्ना समकक्षीसँग सम्बन्ध विस्तार गर्न उद्यत छन् । नेपालमा चीनको भरपर्दाे मित्र इतिहासमा सीमित भएको राजतन्त्र होइन, बरु नेपाली जनताले मानेको राजनीतिक व्यवस्था अनुसार निर्वाचित सरकार र प्रमुख दलहरू हुन् । राष्ट्रपति सीले पूर्वराजालाई गोप्य भेट गरेको भन्ने सामाजिक सञ्जालमा आएको विषय अफवाह हो । सन्देश प्रष्ट छ, चीन कुनै पनि देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने पक्षमा छैन ।
नेपालले चीनलाई भरोसायुक्त मित्रका रूपमा चिनेको छ । आफू गरिब र विकासशील हुँदाका समयदेखि नै चीनले नेपालमा सक्दो आर्थिक र प्राविधिक सहयोग गरेको छ । सम्पन्न र विकसित हुँदै गएको चीनबाट नेपालले आशा गर्नु र अझ नेपालको वैदेशिक व्यापारका लागि चिनियाँ भूमिबाट पारवहन अधिकार प्रयोग गर्ने नेपाली चाहना हो । यो कुनै वाद र पार्टी विशेषको मात्र होइन, सम्पूर्ण नेपाली जनताको चाहना हो । राष्ट्रपति सी स्पष्ट शब्दमा नेपाली भूमिमा नै नेपालको भूपरिवेष्टितबाट भूजडित हुने चाहनामा चीन भरपर्दाे मित्र हुने भनाइ राख्नुभएको छ । राष्ट्रपति सीको यो अभिव्यक्ति उहाँको राजकीय भ्रमणको नेपाललाई मूल सन्देशको रूपमा नेपालले बुझेको छ र सर्वत्र स्वागत पनि भएको छ ।
नेपालमा विगत दुई तीन वर्ष यता नेपाल–चीन सम्बन्धबारे अर्काे एउटा संकथन निर्माण भएको थियो । चीन र भारतबीचमा नेपाललाई हेर्ने विषयमा मतैक्य निर्माण हुँदै गरेको र चीनले नेपाललाई भारतीय स्वार्थको दृष्टिकोणले हेर्ने भन्ने विषय निकै चर्चामा रह्यो । विशेषतः प्रधानमन्त्री के.पी शर्मा ओलीको दोस्रो चीन भ्रमणको क्रममा यो विषय चर्चाको शिखरमा थियो । केही भारतीय अखबारहरूले ‘चीन –भारत जोड एक’ मोडलमा चीनले नेपालसँग सम्बन्ध राख्न चाहेको भन्ने विषयलाई विश्लेषकहरूले नेपालको ‘लिभरेज’ (प्रभाव क्षमता) गुमेको भन्ने सतही प्रचार गरे । के नेपालको शक्ति र सामथ्र्य दुई विशाल छिमेकीका विरुद्धमा खेल्न सक्ने प्रकारको छ ? विश्लेषकहरूले नबुझेको कुरा के हो भने नेपालका विषयमा भारत र चीनका बीचमा कैयौँ विषयमा मतैक्य छ । कैयौँ विषयमा उनीहरूबीचमा फरक धारणा छ र भविष्यमा पनि रहनेछ । भारत र चीनबीच विस्तारै नेपालका बारेमा एकरूपता हुँदै गएको विषय भनेको भूअर्थ ‘नीति’ का आधारमा नेपालको भूभागका माध्यमबाट एक अर्काका बजारमा प्रवेशका लागि पारवहन सुविधा विस्तार गर्ने हो । यसका अलावा तुलनात्मक लाभका क्षेत्रमा चिनियाँ लगानी र भारतीय बजारको प्रयोग अर्काे विषय पनि हो नेपाल विस्तार । राष्ट्रपति सीको भ्रमण चीन नेपालसँगको सम्बन्धमा गम्भीर भएको र नेपालसँग कनेक्टिभिटी विस्तारमा कटिबद्ध भएको प्रमाण हो । तातोपानी नाकामा सीमित भएको दुईपक्षीय कनेक्टिभिटी एकैपटक धेरै नाका र कनेक्टिभिटीका माध्यमहरू जस्तै सडक र रेलमा विस्तार गर्ने प्रयास हुँदैन । यो खुशीको विषय हो । यस्तै प्रकारको यातायात सञ्चालन नेपालले भारतसँग पनि विस्तार गरिरहेको छ । भारतीय आन्तरिक जलमार्गको प्रयोग गरेर नेपालले समुद्रसँगको दूरी छोट्याउने विषय पनि निकै अगाडि बढेको छ ।
चीन र नेपालको सम्बन्धको कुरा गर्दा हिमालपार रेल सञ्चालन भुल्न नसकिने विषय हो । यो विषयलाई वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्राथमिकतासाथ उठाउनुभएको छ । राष्ट्रपति सीको भ्रमणक्रममा दुवै देशले सो रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने समझदारी भएको छ । यो सम्भाव्यता नेपाली मिडियामा धेरै नै प्रयोग गरिने विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) स्तरको हुनेछ, भोलिदेखि नै रेल्वेको निर्माणमा ठोस कार्य शुरु हुन्छ । हिमाललाई छेडेर रेल्वे कसरी सम्भव छ ? यो त राजनीतिक खपतका लागि प्रचारबाजी मात्र हो भन्ने जस्ता विचार समाजमा नभएको होइन । चीन–नेपाल रेल्वे प्राविधिक रूपमा कठिन तर असम्भव होइन । यसको निर्माण समय करिब एक दशक लाग्ने अनुमान छ । साथै सम्भाव्यता अध्ययन, लगानीको जोहो र निर्माण सबै समय सीमाभित्रै भए भने पनि यो रेल्वेको सञ्चालन हुन करिब १२–१३ वर्ष कुर्नुपर्छ ।
रेल्वे हावादारी विषय हो र यसले नेपाललाई खासै फाइदा पु¥याउँदैन भन्ने विषय पूर्व अर्थमन्त्री रामशरण महत लगायतको छ । नीतिगत परिवर्तनले आर्थिक विकासमा केही फरक पर्दैन भन्ने यो मान्यता हो । नेपालमा उत्पादन के नै छ र रेल चाहियो भन्ने तर्क यो विचारका प्रवक्ताहरूको छ । रेल र नेपालमा आर्थिक क्रियाकलाप विशेषतः औद्योगिक उत्पादनमा वृद्धि गर्ने भन्ने विषय ‘अण्डा पहिले जन्मियो कि चल्ला पहिले’ भन्ने जस्तै विषय हो । नेपालमा उत्पादनशील क्षेत्रमा लगानी बढाउन उत्पादन लागत घटाउनु आवश्यक छ । नेपालमा उत्पादन लागत बढ्नुका पछाडि पारवहन खर्च पनि एक हो । ठूला पारवहन जस्तै भारतसँगको आन्तरिक जलमार्गको प्रयोग र चीनसँगको रेल्वेले हाम्रो उत्पादन लागतमा कमी आउँछ । त्यसैले नेपालमा लगानीको वातावरण आकर्षक बनाउन पनि यस प्रकारको पारवहनका साधनको आवश्यकता छ ।
पक्कै पनि लगानीको प्रतिफल आंकलन गर्नुपर्छ, सो रेल्वेको लागत लाभ विश्लेषण गर्नुपर्छ तर बिर्सन नहुने के हो भने यस प्रकारको विश्लेषण प्राकृतिक विज्ञान होइन । अप्रत्यक्ष लाभको आंकलन लागत लाभ विश्लेषणको महŒवपूर्ण पाटो हो । यस प्रकारको आंकलन विभिन्न मान्यतामा आधारित हुन्छन् जसलाई सजिलै प्रश्न गर्न सकिन्छ । संसारमा भएका जे जति लागत लाभ विश्लेषण छन् तिनीहरूलाई अप्रत्यक्ष लाभ विश्लेषणका आधारमा सजिलै चुनौती दिन सकिन्छ । त्यसैले लाभ–लागत विश्लेषण भनेको कुनै पूर्वाधारबाट प्रत्यक्ष वित्तीय प्रतिफल मात्रै होइन । नेपालले सबै मौसममा निर्बाध रूपमा समुद्रसँगको पहुँच सुनिश्चित गर्न रेलमार्गले सहयोग गर्छ भन्ने अप्रत्यक्ष लाभ नै यो परियोजनाको सबैभन्दा महŒवपूर्ण लाभ हो । राष्ट्रपति सीको वर्तमान भ्रमण नेपालको भूजडित हुने चाहने विषयमा स्पष्ट चिनियाँ भरोसाका रूपमा स्वीकार गर्दा हिच्किचाउनु पर्दैन ।
(लेखक अर्थ राजनीतिक विश्लेषक हुनुहुन्छ ।)