राजनीतिक स्थिरताका सुखद परिणाम चौतर्फी देखिन थालेका छन् । उच्च आर्थिक वृद्धिदर, वैदेशिक रोजगारीमा देखिएका सकारात्मक सङ्केत, पर्यटक वृद्धि, पूर्वाधार निर्माणमा भएका सक्रियताजस्ता गतिविधिमार्फत नेपाल विकासको तीव्रगतिमा अग्रगामी हुँदैछ । यसबीच नेपालको आर्थिक वृद्धिमा उल्लेख्य योगदान दिनसक्ने सम्भावना रहेको पर्यटन व्यवसायमा पनि सकारात्मक परिणाम देखिन थालेका छन् । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)ले सार्वजनिक गरेको यस क्षेत्रको अन्तर्राष्ट्रिय पर्यटक आगमनसम्बन्धी तथ्याङ्कअनुसार सन् २०१८ को पर्यटक आगमनमा नेपाल एसिया प्रशान्त क्षेत्रमा पहिलो स्थानमा छ । पाटाका अनुसार उक्त वर्ष नेपालको पर्यटक आगमन वृद्धिदर २४.८ प्रतिशत पुगेको छ । नेपालपछि टर्कीमा २१.८ प्रतिशतको वृद्धि भएको छ । त्यस्तै भियतनामको १९.९, निकारागुआको १७.५ प्रतिशत र दक्षिण कोरियाको १५.५ प्रतिशत वृद्धिदर रहेको जनाइएको छ । यसअघि विश्व पर्यटन सङ्गठनका अनुसार सन् २०१८ मा नेपालको कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान ७.८ प्रतिशत हुने अनुमान सार्वजनिक गरिएको थियो । विद्यमान अवस्था र यी सूचकाङ्कका आधारमा आगामी दिन नेपालको पयटकीय क्षेत्र थप उत्साही र उत्पादनमुखी हुने देखिएको छ ।
पर्यटकको वृद्धिदरलाई साधारणतया उनीहरूको आगमन सङ्ख्याले मापन गरिन्छ तर सङ्ख्यात्मकभन्दा गुणात्मक पर्यटकले आर्थिक वृद्धिमा विशेष योगदान दिन सक्छन् भन्ने बिर्सनुहुँदैन । नेपाल–भारत खुला सीमानाका कारण भूमार्ग हुँदै त्यहाँबाट स्वास्थ्य परीक्षण, तीर्थयात्रा तथा व्यापारिक प्रयोजनमा आउने कतिपय व्यक्ति पनि हाम्रो पर्यटकीय तथ्याङ्कमा जोडिने भएकाले नेपालले सङ्ख्यासँगै पर्यटकले यहाँ गर्ने खर्चलाई पनि तुलनात्मक रूपले अध्ययन गर्नुपर्ने आवश्यकता देखिएको छ । अर्काेतिर सरकारी काममा वा गोष्ठी, सेमिनारमा आउने विदेशीसमेत पर्यटक मानिने अवस्थाले उनीहरूले गर्ने सीमित खर्चले हाम्रो पर्यटन क्षेत्रमा अपेक्षित योगदान दिन सक्दैन । साधारणतया नेपालमा आउने पर्यटकको बसाइ औसतमा बढीमा दुई हप्ताको हुने गरेको र प्रतिदिन प्रतिव्यक्ति ४२ देखि ४५ अमेरिकी डलर खर्च गर्ने गरेको पाइन्छ ।
हाम्रो तुलनामा सार्कको सदस्य मुलुक भुटानमा प्रतिदिन प्रतिपर्यटक २०० सय अमेरिकी डलर खर्च गर्ने गरेको पाइएको छ । यसबाट नेपालले पर्यटकको सङ्ख्यासँग उनीहरूको घुमाइ विस्तार जस्तै टे«किङ, हाइकिङ्, ¥याफ्टिङ, बन्जीजम्पिङ, पर्वतारोहणजस्ता विधासम्म पु¥याउन सक्दा ती व्यवसायमा आबद्ध व्यवसायी पर्यटकबाट प्रत्यक्ष लाभान्वित हुनेछन् । जहाजमा काठमाडौँ आउने र केही दिन यहाँ बसेर फर्कने पर्यटकले अपेक्षित परिणाम दिन सक्दैनन् । तीनजना पर्यटक नेपाल आउँदा एकजना नेपालीले काम पाउने दाबीलाई चरितार्थ गर्न पनि नेपालले घुमन्ते पर्यटकलाई बढी सुविधा र आर्थिक आकर्षण दिनुपर्ने आवश्यकता देखिएको छ । नेपालले सङ्ख्यामा मात्र नभएर गुणात्मक पर्यटन र पर्यटकलाई केन्द्रित गर्नसक्दा पर्यटकीय क्षेत्रको विकास र विस्तारमा अवश्य पनि थप सुखद सूचक देखिनेछन् ।
नेपाल सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’ घोषणा गरी यस अवधिमा २० लाख पर्यटक भिœयाउने तयारी गरेको छ । यसका लागि विदेशमा रहेका प्रत्येक नेपालीलाई एक प्रतिनिधिका रूपमा लिँदै एकजना विदेशीलाई नेपाल पठाउन सक्ने अपेक्षा नेपालको पर्यटनक्षेत्रले गरेको छ । हालै मित्रराष्ट्र चीनका राष्ट्रपतिले गर्नुभएको नेपाल भ्रमणका क्रममा चिनियाँ पर्यटक र लुम्बिनी घुमाइको सम्भावनालाई उच्च महŒव दिइएको छ । भारत र चीनले हालैका वर्षमा गरेका आर्थिक उन्नतिका कारण त्यहाँका जनतामा घुमफिर अभिलाषा र खर्च क्षमतामा वृद्धि भएकाले नेपालले यी दुई देशका पर्यटकलाई विशेष ध्यान दिन सक्दा पनि हाम्रो पर्यटन व्यवसायले राम्रो आम्दानी गर्नसक्छ । विगत झण्डै एक दशक राजनीतिक अस्थिरता, खासगरी सशस्त्र द्वन्द्व र बन्द हड्तालले थिलोथिलो भएको नेपालकोे पर्यटनक्षेत्रमा शान्तिपूर्ण राजनीति यात्रासँगै सुधारका सङ्केत देखिएकाले राजनीतिक स्थायित्वलाई सबैले महŒव दिनुपर्ने सत्य पुष्टि गरेको छ । आगामी दिन यहाँका होटलका सङ्ख्या, क्षमता तथा दक्षता वृद्धि, भूकम्पबाट क्षतिग्रस्त सम्पदा पुनःनिर्माण, सुरक्षित तथा भरपर्दो यातायात, चुस्त सूचना प्रविधि, पर्यटकीय पूर्वाधारमा अपेक्षित लगानी, पर्यटन विविधीकरण तथा गुणस्तर वृद्धि, मौलिक नेपाली संस्कृतिको संरक्षण र प्रवद्र्धन, व्यावसायिक तत्परता, दक्ष जनशक्ति विकास, नयाँ नयाँ गन्तव्यको पहिचान, टे«किङ मार्ग निर्माण, प्रचारप्रसारमा विशेष जोडजस्ता पक्षमा ध्यान दिएर नेपालको पर्यटकीय सम्भावनालाई समृद्धिमा परिणत गर्न सकिनेछ ।