दीपक सुवेदी
वैज्ञानिक दृष्टिबाट हेर्दा पृथ्वी र पृथ्वीमा रहेका मान्छेलगायत सबै प्राणी तथा जीवजन्तु एवम् वन–वनस्पति, पर्यावरण–वातावरण, सम्पदा सबैको रक्षाका लागि स्थानीय जातिका गोवंशको संरक्षण अपरिहार्य देखिन्छ ।
गाईसँगको सहयात्राले मानव सभ्यताको विकासमा महŒवपूर्ण भूमिका खेलेको छ । गोवंशले मानवलाई पौष्टिकता, आरोग्यताको साथै धर्तीलाई उर्वर बनाई मानवको जीवनधारालाई अटुट र निरन्तर राख्न ठूलो भूमिका खेलेको छ । यही सूक्ष्म वैज्ञानिकतालाई बुझेका तŒवदर्शी ऋषि मनिषीहरूले गौलाई कामधेनुको संज्ञा दिई जीवनदायिनी देवीका रूपमा पूजा–अर्चना गरी गाईप्रति कृतज्ञता जनाउँथे । ‘गो धनम् सर्व धनम् प्रधानम्’ भन्दै गोवंशको संरक्षण र सम्बद्र्धन गर्नु नै आफ्नो मूल धर्म ठान्दथे ।
धर्मशास्त्रहरूले लक्ष्मीस्वरूपा गौमाताको संज्ञाले सम्बोधन गरेको गोवंश प्राचीनकालदेखि हाम्रो समाजमा विद्यमान स्थानीय जातिका गोवंशमा जन्मेका गौपिँढीलाई हो । वैदिक धर्मशास्त्रले पुज्य मानेको हुनाले यिनलाई वैदिक गाई पनि भनिन्छ । शास्त्रले बताएबमोजिमको गुण लक्षण यिनै गोवंशमा मात्रै पाइन्छ । आयातीत र अप्राकृतिक गर्भाधानबाट विकसित गरिएका गाईहरूमा पाइँदैन । जुरो, गलमाला, दुई खुर, पिरामिड आकारको सिङ असली गाईमा हुनुपर्ने शास्त्रोक्त लक्षण हुन् । यी गाईको दुग्धजनित पदार्थ एवम् मुत्र मानव स्वास्थ्यका लागि हरतरिकाबाट अमृतसमान रहेको सिद्ध तथ्य हो । तर, पछिल्लो समयमा यी असली गोवंशप्रति हामीले उपेक्षा ग¥यौँ । फलस्वरूप आज यी गोवंश अति तिरस्कृत, अपहेलित, असुरक्षित, अपमानित, बेवारिसे, लोपोन्मुख र सङ्कटपूर्ण अवस्थामा छन् ।
नेपालमा गोवंशको अवस्था
गाईलाई नेपालको संविधानले राष्ट्रिय जनावरका रूपमा समेत सम्बोधन गरेको छ । तर, वर्तमानमा गोवंशको अवस्था अत्यन्त दयनीय छ । यिनलाई सडकमा छाड्न थालिएको छ । सडकमा छाडिएका गाई, गोरु, बाच्छाबाच्छीको कन्तबिजोगमात्र भएको छैन कि सडक दुर्घटनाका कारणसमेत बनेका छन् । अर्कोतर्फ छाडा गाईबस्तुले किसानको बालीनाली खाइदिने गरेका छन् । छाडा छोडिएका गाई, गोरु, बाच्छाबाच्छीलाई पिट्दै लखेट्ने, घाँसपानी नभएको ठाउँमा बन्दी गराउनेजस्ता दुव्र्यवहार हुन थालेका छन् । यसरी सबैतिरबाट उपेक्षित गाई एवम् गोरु, बाच्छाबाच्छी भोक–प्यास र रोगले लावारिसे रूपमा प्राण त्याग्न विवश छन् । लाग्छ– हामी हाम्रो सभ्यताकी जननी गौमाता र तीनको वंशप्रति धेरै नै कृतघ्न भएका छौँ ।
गोवंश र कृषिको अन्र्तसम्बन्ध
नेपाल कृषिप्रधान देश भए पनि रासायनिक मल र विषादीको अत्यधिक प्रयोगले एकातर्फ खाद्यवस्तु महँगो र अस्वस्थकर भएको छ भने अर्कोतर्फ माटोको उर्वरा शक्ति नष्ट भएको छ । कृषि उत्पादकत्व घट्दै गएको छ । बेरोगार युवा विदेश पलायन हुनेक्रम बढेको छ । विषाक्त खानाले असाध्य रोग बढ्दै छन् । शिशुहरू गर्भेरोगी जन्मदै छन् । यस्ता समस्यालाई समाधान गर्न यी गोवंशको संरक्षण, सम्बद्र्धन गरी गोमुत्रादिको प्रयोगबाट विषादी र रासायनिक मलको विकल्प प्रयोग गरेर अर्गानिक साग–सब्जी तथा खाद्यान्न उत्पादनतर्फ अभिप्रेरित हुन आवश्यक छ ।
कोष आवश्यक
विश्व समाजमा विद्यमान रोग, शोक, वैमनस्य, अनुशासनहीनता, अमानवीयता, अराजकता, हिंसा, जलवायुमा आएको असन्तुलित परिवर्तन, पृथ्वी नै खतरामा रहेको सङ्केत आदि समस्या समाधानको सूक्ष्म वैज्ञानिक कुञ्जी यी गोवंशको सेवामा रहेको छ । अतः यी गोवंशप्रतिको उपेक्षा, अकर्मन्यता, अपहेलना, बेवास्ता, कृतघ्नता हटाउन जरुरी छ ।
स्थानीय जातिका गोवंशको संरक्षणका लागि विशेष कार्ययोजनासहितको गौ संरक्षण कोष स्थापना अपरिहार्य देखिन्छ । गोवंशको महŒव उजागर गर्न, गोवंशको संरक्षणका लागि गौशालाहरूको निर्माण गर्न, स्थानीय गोवंशमा जन्मने पिँढीमा प्राकृतिक गुणमा ह्रास आउन नदिन, गोमुत्रबाट निर्माण गर्न सकिने असाध्यै रोग निवारणका मानवसेव्य गोअर्क, पञ्चगव्यादि औषधि, कीटनाशक औषधि आदिको निर्माण गर्न, दूध, दही, नौनी तथा घ्यु, पनिर आदि खाद्यवस्तु र विभिन्न काममा प्रयोगमा आउने धुप, शृङ्गारसामग्री आदिको उत्पादन गर्न यस्तो कोषले काम गर्न सक्छ । साथै, मृतप्राय भइसकेको जमिनको उर्वराशक्तिलाई पुनजागृत गर्नजस्ता संरचना निर्माण, स्वास्थ्ययोग्य, खाद्य एवम् कृषियोग्य, उपभोग्य विभिन्न पदार्थ उत्पादन आदिको योजना, नीति, कार्यक्रमसहितको विशेष कार्ययोजना बोकेको गौ संरक्षण कोष बनोस् ताकि जुन कार्ययोजनाको कार्यान्वयन हुँदा देशभरिका गोवंशको संरक्षण सुनिश्चित होस् ।
कोषले नेपालमा रहेका स्थानीय जातिका गोवंशको वंशाणु गुणधर्म नष्ट हुन नदिई संरक्षण गर्ने र सोका लागि आवश्यक कार्यक्रम, नीति तथा योजना तर्जुमा गरी कार्यान्वयन गर्ने गराउने उद्देश्य लिएर काम गर्न सक्नेछ । स्थानीय नश्लको गोवंशको वंशाणु गुणलाई नष्ट हुन नदिई सोही वंशगुणमा स्तरोन्नति गर्ने प्रक्रिया अपनाउन सकिन्छ । जसमा प्राकृतिक गर्भाधानको प्रक्रियाबाटै गोवंशको वृद्धिविकास गर्ने नीति रहन्छ । गर्भाधानका लागि स्थानीय गोवंशको वंशाणु गुण भएका उन्नत वर तथा साँढेको प्रयोग गर्न सकिन्छ । यसले स्थानीय गाईको वंशीय गुण कायम राख्दै स्तरोन्नति गर्न तथा क्रमशः आउने पुस्ताको गाईमा बढी दूध दिने गराउन सकिनेछ ।
यसप्रकारको योजनाको कार्यान्वयनबाट केही वर्षभित्रै स्थानीय जातिका गौपालन व्यवसायलाई आत्मनिर्भर गराउन सकिन्छ । विभिन्न ठाउँहरूमा गौशालाहरू सञ्चालन गर्न सकिन्छ । यो कार्यले पाँच÷दस वर्षभित्र समाजमा माग पूरा गर्नेगरी स्थानीय जातिका असल गाईको दूध, घ्यु, दही उपलब्ध गराउन सकिनेछ । समाज निरोगितातर्फ उन्मुख हुनेछ । गोवंशको संरक्षण अविच्छिन्न रूपमा युगान्त चलोस् भन्ने हेतुले कोषलाई अक्षय कोषका रूपमा संस्थागत गर्न सकिन्छ ।
गौ संरक्षण कार्यक्रम
गौ संरक्षण कोष सञ्चालनका लागि विशेष कार्ययोजना तर्जुमा गर्न सकिन्छ । प्रारम्भिक चरणमा देशभरि छाडा छोडिएका गाई, गोरु बाच्छाबाच्छीको उद्धार गरी आश्रय दिन गौशालाहरू सञ्चालन गर्ने । गोबर तथा गोमुत्रको बहुउपयोग जस्तै बायोग्यास, प्राङ्गारिक मल, कीटनाशक औषधि, मानव स्वास्थ्यका लागि गो अर्क (प्रशोधित गोमुत्र), पञ्चगव्यलगायतका औषधि उत्पादन गरी दुग्ध पदार्थलाई मात्र नभएर गाईबाट प्राप्त गर्न सकिने अन्य हितकर मांसरहित पदार्थ उपभोक्तालाई उपलब्ध गराउन ‘नट वन्ली मिल्किङ डेरी’हरू सञ्चालनमा ल्याउन सकिन्छ । अर्गानिक खेतीको प्रवद्र्धनका लागि डेरी फर्मको नजिक प्रदर्शनीय कृषि फर्महरू सञ्चालन गर्न सकिन्छ ।
कोष सञ्चालनमा आएपछि दैनिक रूपमा दुग्धजन्य पदार्थ, गोमुत्र, गोबर आदिबाट निर्मित पदार्थहरूको बिक्री–वितरणबाट आम्दानी बढ्ने छ । सुरुमा राज्य अथवा सम्बन्धित निकायबाट केही बजेटको तर्जुमा गर्नुपरे पनि उपयुक्त ढङ्गबाट अघि बढ्दा बढीमा पाँच वर्षभित्र कोष आत्मनिर्भर बन्नेछ । तदोपरान्त कोषले राष्ट्रिय अर्थतन्त्रमा टेवा पु¥याउनेछ । प्रत्यक्ष अप्रत्यक्ष रूपमा हजारौँ नरनारीलाई रोजगारी मिल्ने छ । दुग्धजन्य पदार्थमा देश आत्मनिर्भर बन्नेछ । जनस्वास्थ्य, कृषिलगायतका क्षेत्रमा महŒवपूर्ण योगदान पु¥याउन सकिनेछ ।
विभिन्न बहानामा बर्सेनि गोवंशको सामूहिक हत्या हुनेक्रम बढ्दै छ । यस्तो अवस्थामा सामान्य कार्यक्रमले यो समस्या समाधान हुनसक्ने देखिँदैन । अतः गोवंशको संरक्षणका लागि यो प्रस्तावित कार्ययोजना प्रभावकारी हुन सक्छ ।
(लेखक वैद्यराज हुनुहुन्छ ।)