logo
२०८१ मंसिर १० सोमवार



निकासी व्यापारका चुनौती

विचार/दृष्टिकोण |





प्रेमलकुमार खनाल

मुलुकमा आर्थिक विकास र समृद्धि हासिल गर्न वैदेशिक व्यापारको महŒवपूर्ण भूमिका हुन्छ । वैदेशिक व्यापारमा आयातभन्दा निर्यात बढी हँुदा देशभित्र विदेशी मुद्रा भित्रिन गई आर्थिक स्थिति सबल हुन्छ । तर, नेपालजस्तो अल्पविकसित मुलुकमा आयातभन्दा निर्यात व्यापारको अंश १४ गुणाले बढी रहेको स्थिति छ । जति धेरै आयात व्यापार बढ्छ र जति न्यून मात्रामा निर्यात व्यापार हुन थाल्छ, यसले भुक्तानी सन्तुलनमा नकारात्मक प्रभाव पारी मुलुकले डरलाग्दो व्यापार घाटाको सामना गर्नुपर्छ ।
नेपालमा कुल गार्हस्थ उत्पादनमा व्यापार घाटाको अंश हरेक वर्ष बढ्दै गएको छ । व्यापार घाटा कुल गार्हस्थ उत्पादनमा ३०÷३५ प्रतिशतको हाराहारीमा पुगेबाट सहजै अनुमान गर्न सकिन्छ कि हरेक वर्ष आयात व्यापार बढ्दो छ । यसैले निर्यात व्यापार खस्कँदो छ । छिमेकी देश चीनमा कुल गार्हस्थ उत्पादनमा व्यापार बचत तीन प्रतिशत र भारतमा व्यापार घाटा कुल गार्हस्थ उत्पादनमा तीन÷चार प्रतिशतमात्र रहेको स्थितिबाट पनि नेपालको निर्यात व्यापारको कहालीलाग्दो अवस्थाको स्थितिलाई सहजै विश्लेषण गर्न सकिन्छ ।
नेपालको अन्तर्राष्ट्रिय व्यापारलाई हेर्दा आर्थिक वर्ष २०७४÷०७५ सम्म आइपुग्दा भारततर्फ ४७ अर्ब निकासी भएको पाइन्छ भने चीनतर्फ तीन अर्ब र अन्य मुलुकमा ३२ अर्बको मात्र निकासी भएको पाईन्छ । नेपालको निर्यात व्यापारका लागि भारत र चीनको बजार हँुदाहुँदै पनि निर्यात व्यापारमा वृद्धि हुन नसक्नु गम्भीर विषय बनेको छ । चीनतर्फ प्राचीनकालदेखि नै व्यापार हुँदै आएको हो । तर, वर्तमानमा निर्यात व्यापार गर्न जुन ढङ्गले यातायातको सुगमता हुन पथ्र्यो हुन सकिरहेको छैन । चीनको तुलनामा भारततर्फ यातायात सञ्जालको सुगमता भए पनि नेपाली वस्तुको भारतीय बजारमा सहज निर्यात गर्नका लागि विभिन्न अवरोधले गर्दा पनि अपेक्षाकृत निकासी व्यापार बढ्न सकेको छैन ।
निर्यात व्यापार वृद्धि गर्न छिमेकी देशसँगको यातायातको मात्र सुगमता वा असुविधा होइन, नेपालबाट उत्पादित वस्तु, अन्य देशको तुलनात्मक हिसाबले सस्तो र गुणस्तरीय पनि हुन आवश्यक हुन्छ । नेपालबाट भारततर्फ ३८ किसिमका वस्तु निर्यात हुनेमध्येमा सबैभन्दा बढी जुटका सामान, पोलिस्टर, धागो, कपडा, जुस, पिना, जडीबुटी, अलैँचीजस्ता वस्तुहरूको करिब ४७ अर्बको मात्र निर्यात भएको छ । यसैगरी, चीनतर्फ १९ प्रकारका वस्तुमध्ये सबैभन्दा बढी उनी गलैँचा, प्रशोधित छाला, तयारी छालाका सामान, हस्तकलाका धातु तथा काठका समान, जडीबुटीजस्ता वस्तुहरूको करिब तीन अर्बको निर्यात भएको छ । यस्तै तेस्रो मुलुकमा १२ प्रकारका वस्तुमध्ये ऊनी कार्पेट, तयारी पोसाक, पस्मिना, दाल, जडीबुटी, नेपाली कागज र कागजबाट बनेको समान, गरगहना आदि समेतमा गरी करिब ३२ अर्बको निर्यात भएको छ ।
नेपाल भूपरिवेष्ठित देश भएकाले देशभित्र उद्योगहरूले उत्पादन गर्ने वस्तुको कच्चा पदार्थ आयात गर्न र उत्पादित वस्तु निर्यात गर्न पनि यातायात खर्च बढी हुने गरेको छ । उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थ आयात गर्दा भन्सार शुल्क दर बढी हुने गरेका कारण पनि नेपाली उद्योगहरूले उत्पादन गर्ने वस्तु सस्तो पर्न गएको छैन । नेपालबाट गार्मेन्ट, पस्मिनालगायतका वस्तुहरू निर्यात गर्ने प्रचुर सम्भावना छ तर अहिले नेपालका कपडा उद्योगी व्यवसायीले यही समस्याको सामना गर्नुपरेका कारण पनि नेपाली कपडा उद्योग फस्टाउन सकेको छैन ।
अन्तर्राष्ट्रिय व्यापारमा उत्पादित वस्तुको प्रतिस्पर्धी क्षमता निर्माण गर्न मुख्यतया उत्पादनको लागत, श्रमिकको उत्पादकत्व, विनिमयदर र अन्तर्राष्ट्रिय व्यापार लागत मुख्य तŒव हुन् । यसलाई आर्थिक नीतिमार्फत सुधार गरेर व्यापारमैत्री बनाए नेपालको निर्यात व्यापारमा प्रतिस्पर्धी क्षमताको विकास हुन्छ । नेपालले आर्थिक उदारीकरणको नीति अवलम्बन गरेपछि बहुराष्ट्रिय निगमका वस्तुको बजारमा बेरोकटोक आगमनले पनि स्वदेशी उद्योग धराशयी बनेका छन् । यसले गर्दा पनि निकासीजन्य उद्योगहरूको स्थापना गर्न व्यवसायी लालायित छैनन् । नेपालमा निकासीको अध्ययन अनुसन्धान गरेर उद्योग खोल्नुको सट्टा आयात व्यापार गरेर नाफा कमाउने र उपभोग गर्ने आमप्रवृत्ति बढ्दो छ । खासगरी रेमिट्यान्सले आयातीत उपभोग्य वस्तुको मागलाई वृद्धि गरेको छ । यस्तै नेपालमा हरेक वर्ष श्रम बजारमा आउने झन्डै छ लाख श्रमशक्तिको परिचालन गरी उद्योगधन्दा खोलेर उत्पादन गरी वस्तु तथा सेवा निर्यात गर्नेभन्दा अदक्ष कामदार निर्यात गर्न खाडी मुलुकमा सरकारीस्तरबाटै नेपाल श्रमिक पठाउन श्रम सम्झौता गर्ने जुन परिपाटी छ, यसले नेपालमा बेरोजगारी सङ्ख्या बढ्दै गएको छ । नेपालमा खासगरी कृषि र उद्योगमा आधारित ठूला उद्योग खोलेर निर्यात वृद्धि गरी अर्थतन्त्रलाई सबल, सुदृढ गर्ने र देशभित्रै रोजगारीका अवसर सिर्जना गर्न सक्ने प्रचुर सम्भावना छ ।
नेपालको निर्यात व्यापार अर्थतन्त्रलाई सबल र सुदृढ बनाउन एक महŒवपूर्ण खम्बा बन्न सक्छ । खासगरी भारत र चीनसँगको व्यापार सम्झौतालाई वर्तमान सन्दर्भमा पुनरावलोकन गरी परिमार्जित गर्नुपर्छ । नेपालबाट उत्पादित वस्तुहरूको बजारलाई विनारोकटोक निकासी गर्न पाउने व्यवस्था गर्न सकियो भने यो नेपालको अर्थतन्त्रका लागि महŒवपूर्ण आधार बन्न सक्छ । बजारको मागअनुरूप नेपालमा कृषि, वन तथा जडीबुटीसम्बन्धी प्रशोधित उत्पादन, चियालगायत अन्य वस्तु उत्पादन गरी चीन र भारतमा निर्यात गर्न सके यो नेपालको अर्थतन्त्रको महŒवपूर्ण आधार बन्न सक्छ ।
नेपालका लागि पर्यटन उद्योग अर्को महŒवपूर्ण व्यवसाय हो । प्राकृतिक छटा, हिमालय शृङ्खला, धार्मिक, साँस्कृतिक सम्पदाले भरिपूर्ण नेपालमा चीन र भारतका पर्यटकलाई मात्र आकर्षित गर्न सकियो भने लाखौँ पर्यटक आउन सक्छन् । यसका लागि यस क्षेत्रमा व्यापक लगानी गर्न आवश्यक छ । पर्यटन क्षेत्रमा वैदेशिक लगानीलाई आकर्षित गर्नेगरी लगानी नीतिमा पुनरावलोकन गर्नुपर्छ ।
यस्तै, हिमाल, पहाड र तराई जोड्ने उत्तर–दक्षिण र पूर्व–पश्चिम सडक बाटोको विकास र विस्तार गर्नुपर्छ । चीनका नाकाहरूमा सडक सञ्जालमार्फत बस तथा रेलको माध्यमबाट सहज निकासी गर्न सकिन्छ । चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसियटिभ
(बीआरआई) मार्फत नेपालले सडक सञ्जाल निर्माण गर्न सके बढी निर्यातको ढोका खोलिनेछ । तसर्थ, ‘कनेक्टिभिटी’लाई नेपालले उच्च प्राथमिकता दिन जरुरी छ । यस्तै, निर्यातजन्य वस्तु उत्पादनका लागि सातवटै प्रदेशमा निर्यातजन्य पूर्वाधारयुक्त उद्योगहरूको स्थापना गर्नुपर्छ । आयातको सट्टा स्वदेशभित्रकै कच्चा पदार्थ प्रयोग गरी निकासी गर्ने वस्तु उत्पादन गर्ने उद्योगलाई थप प्रोत्साहन र सहुलियतको व्यवस्था गर्नुपर्छ । नेपाली उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थ आयात गर्दा न्यून दरको भन्सार कायम गर्नुपर्छ । स्वदेशी उद्योगको स्थापना र स्वदेशभित्रै अनिवार्य प्रयोग गर्ने नीति अवलम्बन गर्न सकियो भने मुलुकमा औद्योगिकीकरणको वातावरण सिर्जना भई आयातलाई क्रमशः प्रतिस्थापन गर्न सकिन्छ ।
नेपालको जलस्रोतबाट विद्युत् उत्पादन गरेर दिगो आम्दानी हुनेगरी भारत तथा बङ्गलादेश निर्यात व्यापार गर्न सकिने सम्भावना छ । यसतर्फ वर्तमान सरकारले केही कदम चालेको पनि छ । निर्यात व्यापारलाई देशगत र वस्तुगत हिसाबले प्रवद्र्धन गर्न कूटनीतिक नियोगलाई पनि प्रभावकारी रूपमा परिचालन गर्नुपर्छ । राजदूतको नियुक्ति गर्दा नै नेपालको निर्यात व्यापारको सम्भाव्यता र अवसरबारे प्रस्ताव प्रस्तुत गर्न लगाई कार्यजिम्मेवारी (टीओआर) तोक्नुपर्छ । कूटनीतिक नियोग भएका मुलुकमा नियोगको संयोजनमा नेपालका उत्पादित वस्तुको प्रचार–प्रसार गर्न हरेक वर्ष ती देशहरूमा वस्तुहरूको प्रदर्शनी मेलाको आयोजना गर्नेगरी नीति, योजना र बजेटको व्यवस्था गर्नुपर्छ ।

(लेखक नेकपाका केन्द्रीय सदस्य हुनुहुन्छ ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?