डा. अतिन्द्र दाहाल
सरकारका महत्वाकाङ्क्षी योजनामध्येको एक भ्रमण वर्ष २०२० औपचारिक रूपमा करिब दुई महिनापछि सुरु हुँदै छ । २० लाख पर्यटक भिœयाउने लक्ष्य विश्वव्यापी पहिचान निर्माणसँगै अर्थतन्त्रको सबलीकरणमा समेत अचुक सारथी हुने छ । अध्यागमन विभागको तथ्याङ्कअनुसार सन् २०१८ मा हवाईमार्गबाट नौ लाख ६९ हजार २८७ र स्थलमार्गबाट दुई लाख तीन हजार ७८५ गरी कुल ११ लाख ७३ हजार ७२ पर्यटकको आगमन भयो । उक्त सङ्ख्या अघिल्ला वर्षहरूको तुलनामा २४.७७ प्रतिशतले बढी देखिन्छ । उक्त वर्ष दुई लाख ४३८ भारतीय, एक लाख ५३ हजार ६०२ चिनियाँ, ९१ हजार ७८५ अमेरिकी, ७० हजार ६१० श्रीलङ्काली, ६३ हजार ८६ बेलायती, ३६ हजार ८३३ जर्मन र ३१ हजार ६५३ फ्रान्सेली पर्यटकबाट नेपाल भ्रमण भयो । त्यस्तै भियतनाम, थाइल्यान्ड, दक्षिण कोरिया तथा जापानबाट समेत पर्यटकको आप्रवाह उल्लेख्य थियो । उत्साहजनक धारमा देखिएको पर्यटनबाट हाम्रो कुलगार्हस्थ्य उत्पादनमा नौ अनि कुल रोजगारी निर्माणमा १४ प्रतिशत नजिकको योगदान देखिन्छ ।
वल्र्ड ट्राभल र टुरिजम काउन्सिलको प्रतिवेदनअनुसार प्रतिवर्ष झन्डै ६० करोड मानिसले अन्तर्राष्ट्रिय भ्रमण गर्छन् । भ्रमण वर्षका लागि हाम्रो आशातीत सङ्ख्या यसको केवल ०.३३ प्रतिशत हो । हाम्रो भू–राजनीतिक तथा भू–आर्थिक अवस्थासाथै उपलब्ध पँुजी, साधनस्रोत, सामथ्र्य तथा सम्भावनाको उपलब्धतालाई हेर्दा विकासका लागि अधिक हितकर र समन्वयात्मक पक्ष आतिथ्य अथवा पर्यटन नै भएकाले यसलाई घनिभूत रूपमा सफल बनाउनुपर्छ । सबैबाट विशेष योगदान भएमा भ्रमण वर्षले सुरुवात गर्ने चरित्र दिगो र दरिलो आर्थिक विकासको नियमित धरोहर बन्नसक्छ । पर्यटनबाट समृद्धिको खोजी गर्न हामीसँग प्रशस्त सम्भावना र विराट सामथ्र्य छ ।
सबल सामथ्र्य
हामीसँग अलौकिक प्र्राकृतिक तथा सांस्कृतिक सम्पन्नता छ । संसारको अग्लो शिखरदेखि विश्वकै कम उचाइमा रहेको स्थानलगायत अन्य ध्रुव्रीय विशेषताले समेत सुसज्जित छौँ । कला, धर्म, चाडपर्व, जात्रालगायतका जीवन्त संस्कृतिहरू मनोरञ्जन तथा अध्ययन÷अनुसन्धान दुवैका दृष्टिकोणले महìवपूर्ण छँदै छ । विश्वसम्पदा सूचीमा सूचीकृत स्थानहरूले विभूषित छौँ । हावापानी, मौसम, विराट् जैविक विविधतासमेत प्रिय अनि प्रशंसनीय छन् । लोन्ली प्लानेट तथा विजिनेस इन्साइडरजस्ता पर्यटन सर्वेक्षण सञ्जालका नतिजाहरूमा घुम्नै पर्ने देशहरूमा नेपाल पहिलो ३० भित्र सूचीकृत देखिन्छ ।
आतिथ्यतामा हामी कहलिएका छौँ । पर्यटन क्षेत्रमा अर्धदक्ष कामदारले समेत योगदान गर्न सक्छन् । पर्यटनसँग सम्बन्धित कतिपय व्यवसाय मध्यम आयतनको पुँजीबाट पनि सञ्चालन सम्भव भएकाले लगानीमैत्री पनि छ । रोजगारी निर्माण तथा आय–आर्जनमा अरू धेरै पक्षलाई प्रत्यक्ष÷परोक्ष फाइदा हुन्छ । आर्थिक प्राप्तिसँगै पहिचान तथा परिचयको विस्तारीकरण पर्यटनको अलौकिक नतिजा हो । त्यसैले, हामीले पर्यटनलाई देशको नियमित र स्थायी अर्थ–चरित्रका रूपमा ग्रहण गर्नुपर्छ । यद्यपि तत्काललाई भ्रमण वर्ष सफलताका लागि केही अनुपम अभ्यास अभैm हितकर हुने छन् ।
सम्भावित अभ्यास
तीनै तहका सरकारले आफ्ना क्षेत्रभित्रका पर्यटकीय गन्तव्यहरूको छनोट, व्यवस्थापन तथा प्रचार÷प्रसार गर्नुपर्छ । थुपै्र गन्तव्यहरू अभैm गुमनामसमेत छन् । हरेक स्थलका ऐतिहासिक महìव तथा गाथाहरूको व्यवस्थापन र बजारीकरणले विशेष पहल खोज्दै छ । मनोरञ्जन, आरोहण, अध्ययन, अनुसन्धान आदिलाई प्राथमिकतामा राख्ने पर्यटकहरू छुट्याउनुपर्छ । फरक÷फरक पर्यटकका फरक÷फरक प्राथमिकता व्यवस्थापनमा यथोचित ध्यान दिनुपर्छ । उनीहरूलाई आवश्यक तालिम प्राप्त सहयोगी, दोभाषे, अनुसन्धक तथा शोधार्थीहरू तयार गर्नुपर्छ । पर्यटनका पूर्वाधारमा यातायात र होटलका अवस्था सुधारलगायतमा ध्यान दिँदै अन्य व्यापकता खोजिनु पर्छ ।
गएको दशैँमा ५० हजार नेपाली नागरिक विभिन्न देशको भ्रमणमा गएको तथ्याङ्क सार्वजनिक भयो । हामी पर्यटन घाटाको अवस्थामा छौँ । उल्लेख्य नागरिकसँग भ्रमण, घुमफिर तथा मनोरञ्जनका लागि समय र क्षमता दुबैको उपलब्धता छ । तसर्थ आन्तरिक पर्यटनलाई पनि एकसाथ प्रवद्र्धन गर्नुपर्छ । यसबाट बाह्य मुद्रा आम्दानी नभए पनि देशमा उपलब्ध स्रोतसाधन तथा सम्पत्तिको बृहत् पुनर्वितरण र व्यापक परिचालनमा मद्दत पुग्छ ।
विभिन्न देश र सहरहरूमा भ्रमण वर्षको आक्रामक विज्ञापन हुनुपर्छ । नेपाल भ्रमणमा जाऔँ भन्ने सन्देशमूलक कार्यक्रमको आयोजनाले राम्रै उपलब्धि दिने छ । पर्यटककोे स्वागत सत्कारसँगै बसाइ अवधिको आतिथ्यतामा सुदृढीकरण अनि भिसा सहजीकरणमा प्रशासनिक सुनिश्चित हुँदा लक्ष्य सहज बन्ने छ ।
अहिलेसम्म नेपाल भ्रमणमा आएका पर्यटकको अल्मुनाई र देशैपिच्छे यसका च्याप्टरहरू बनाउने पद्धति लाभदायी हुने छ । विशेषतः होटलहरूले यो गर्नुपर्छ । अहिलेसम्म आएका अतिथिहरूलाई सम्पर्क तथा समन्वय गर्दै उनीहरूमार्पmत अरूलाई पनि भ्रमणार्थ अनुरोध गर्न सकिन्छ । विगतमा आएका अतिथिहरूका क्रियाकलाप कैद गरिएका फोटोहरूको सम्प्रेषणले अतिथिमाथि हाम्रो सामीप्यता, सद्भाव अनि सहृदयी सम्बन्ध इङ्गित गर्दछ । यसो गर्दा सायद अहिलेसम्म नेपाल आएकामध्ये थुपै्र फेरि आउने सम्भावना रहन्छ । विगत १० वर्षमा झन्डै ७६ लाख विदेशी पर्यटक आएको देखिन्छ । उनीहरूसँगको समन्वय र सहकार्य भ्रमण वर्ष सफलतामा प्रभावकारी कडी बन्नसक्छ ।
सरकारले गैरआवासीय नेपालीबाट विशेष सहयोग लिनुपर्छ । वैदेशिक रोजगारी र आप्रवास गरी झन्डै ६० लाख मानिस देशबाहिर छन् । उनीहरूले आपूm कार्यरत सङ्घ÷संस्थाहरूमा अनुबन्धित अन्य मुलुकका मानिसलाई र उनीहरूमार्फत अरूलाई सन्देश दिँदै भ्रमणमा उत्साही गर्नुपर्छ । आफ्नै व्यवसाय गरेर बस्नुभएकाहरूले त्यहाँ आएका सबै ग्राहक वा सेवाग्राहीलाई उक्त सन्देश दिँदा यसले छिटो व्यापकता पाउँछ । विदेशमा भएका एक नेपालीले एक पर्यटक पठाउन सक्दा लक्ष्यको तीनगुणा सफलता मिल्छ । सम्भाव्यताअनुसार नयाँ पर्यटन गतिविधि स्की–डाइभिङ, सार्प–सुटिङ, सफारी, स्काई–फ्लाईलगायतको सञ्चालनले भ्रमण आकर्षण बढाउँछ ।
विश्व पर्यटन सङ्गठनका अनुसार झन्डै ५० प्रतिशत पर्यटकहरू धार्मिक अभिप्रायकै लागि भ्रमणमा जान्छन् अनि विश्वका झन्डै एक चौथाइ भ्रमण गन्तव्यहरू धार्मिक महìवका स्थानहरू नै छन् । हामीले पनि धार्मिक पर्यटनलाई जोडबल गर्नुपर्छ । एसियाका अधिकांश धनी देशहरू बौद्ध धर्मावलम्बी छन् । भारतमा एक अर्ब जनसङ्ख्या हिन्दु धर्मावलम्बी छन् । यी दुई धर्मसँग जोडिएका विशेष तीर्थस्थलहरू हामीसँग छन् । धार्मिक मनोभावनाले अभिपे्ररित भ्रमण समूहको रोजाइमा हामी पहिलो प्राथमिकता बन्ने प्रयास गर्नुपर्छ । पर्यटकलाई गरिने सामाजिक व्यवहारबाट समेत उनीहरूको मन जित्नुपर्छ । अतिथि सत्कार र सहजीकरणका लागि सरकारले नागरिक प्रशिक्षण चलाउनुपर्छ । पर्यटनसँग जोडिएका व्यापारी÷व्यवसायीले पर्यटकलाई सेवा तथा वस्तु बिक्रयमा सकेसम्म कस्नुपर्छ भन्ने सोच त्याग्नुपर्छ । पारदर्शी तथा सुलभ कारोबारबारे सरकारबाट निरीक्षण गरिनुपर्छ ।
गुणस्तरीय पर्यटक छनोटमा चलाखी अपनाउँदा भ्रमण वर्षको सफलता सहज बन्ने छ । अहिले पश्चिमा देशका भन्दा एसियाली मुलुकका मानिसमा भ्रमण तथा पर्यटनमा खर्च गर्ने अनुपात बढ्दो छ । एक बोतल पानी र एक प्याकेट पाउरोटी बोकेर दिन बिताउने पर्यटकलाई गणना गरेर केवल सङ्ख्या पु¥याउनेमा नलागी प्रतिपर्यटक औसत खर्च बढी गर्न सक्ने र नेपालमा औसत बसाइ लम्ब्याउन सक्ने पर्यटकलाई आकर्षित गर्नुपर्छ ।
जापान, चीन, थाइल्यान्ड, भुटानलगायत अन्य केही देशका थुपै्र कम्पनीले कर्मचारीलाई प्रतिवर्ष सातदेखि १५ दिन अनिवार्य विदेश सयरको नियम र सुविधासमेत दिने गर्छन् । त्यस्ता कम्पनीलाई नेपालको भ्रमणार्थ औपचाारिक अनुरोध गर्नुपर्छ । यसमा राजदूतावासहरू व्यापक परिचालित हुनुपर्छ । केही हदसम्म उच्च ओहोदाका भ्रमणहरूमा समेत प्रयास गर्नुपर्छ । भ्रमण वर्षको औपचारिक उद्घाटन विशेष समारोहमा सके विश्वभरका नभए एसियाली राष्ट्र प्रमुखहरूको उपस्थिति खोज्दा प्रचार÷प्रसार राम्रो हुन्छ । सन् २०२० भर हुने अन्तर्राष्ट्रिय सभा÷सम्मलेनहरूको आयोजना गर्न विधिवत् बिडिङ गर्ने र सकेसम्म धेरै सहभागीलाई नेपाल भिœयाउने गर्नसक्दा राम्रो सहयोग मिल्छ ।
सरकारसँगै सबै सरोकारवालाहरूले सहृदयी तथा सकारात्मक सहयोग गर्दा भ्रमण वर्षको सफलतासँगै पछिल्ला वर्षसमेत अधिक र गुणस्तरीय पर्यटकको आप्रवाह सुनिश्चित हुन्छ । व्यापार गरेर एसियाका अन्य केही देशले कमाएको मान, शान, प्रतिष्ठा र कद हामीले पनि पर्यटन अर्थतन्त्रबाट कमाउन सक्छौँ । भ्रमण वर्ष सुरुवात बन्नुपर्छ, पर्यटन समृद्ध भविष्यको आधार हुनुपर्छ ।