गोकुलप्रसाद शर्मा
सिखहरूका आदिगुरु नानकको जन्म कात्तिक शुक्ल पूर्णिमा संवत्् १५२६ सालका दिन र निधन आश्विन शुक्ल दशमी संवत् १५९७ सालमा भएको थियो । उनले चलाएको सम्प्रदायको नाउँ सिख हो । सिख धर्म धार्मिक परम्पराको समन्वय एउटा अद्भुत उदाहरण हो । सिख धर्म (अथवा शिष्य धर्म) गुरू शिष्य परम्पराद्वारा विकसित आध्यात्मिकताको प्रतीक हो । आध्यात्मिक जीवनमा गुरुको निकै महŒवपूर्ण स्थान हुन्छ । त्यसले शिष्यको सम्पूर्ण जीवनमा पथप्रदर्शक र ईश्वरको काम गर्दछ । त्यसले त्यसलाई आफ्नो स्तरसम्म पु¥याएर भगवान्सँग मिलन गराउँछ ।
सिख धर्मका प्रवर्तक गुरू नानक कवीर (कवीरदास) का शिष्य थिए । कवीरले उनलाई नयाँ पन्थ चलाउन परामर्श दिएका थिए । फलस्वरूप गुरु नानकले सिख धर्म चलाए । उसबेला मुसलमान शासकहरूको अत्याचार चरम सीमामा पुगेको थियो । अतः सिख धर्मको जन्म सङ्घर्षमै भयो । सङ्घर्षका बीच सिख धर्मका दसौँ गुरु गोविन्द सिंहले आफ्ना दुईटै छोराहरू जोरावत सिंह (८ वर्ष) र फतह सिंह (६ वर्ष) गुमाउनुप¥यो । गुरु गोविन्द सिंहले इस्लाम धर्म स्वीकार नगर्नाले उनले त्यस्तो सजाय पाएका हुन् । ती दुइटै नाबालकहरूलाई जिउँदै भित्तामा बजारेर मारियो । प्रश्न उपस्थित भयो कि गुरु गोविन्द सिंहपछि गुरु को हुनेछ ? गुरु गोविन्द सिंहले यसो भने, “मपश्चात् सिखहरूको धार्मिक पुस्तकलाई नै गुरु मानियोस् । सोही समयदेखि त्यस धर्मपुस्तकको नाउँ “गुरु ग्रन्थसाहब’’ भन्ने रहेको हो । त्यो ग्रन्थ मूल रूपमा पन्जावी भाषा र गुरुमुखी लिपिमा लेखियो । जुनसुकै धर्म र जातको मानिसले पवित्र भएर आफ्नो शिर ढाकेर विनाभेदभाव गुरुद्वारमा उपलब्ध “गुरुग्रन्थ साहव” पुस्तक पढ्न सक्छ । त्यस ग्रन्थमा सबैभन्दा धेरै शब्दहरू कवीरका छन् । विभिन्न अवसरहरूमा भारत देशका विभिन्न महात्माहरूद्वारा ईश्वरको स्तुतिमा भनिएका कुराहरू सम्पन्न गरिएका छन् । त्यस्ता सङ्कलित वाणीहरूलाई “शब्द” भनिन्छ । त्यस्ता शब्दहरू विभिन्न राग र छन्दमा लेखिएकाले सम्बद्ध राग र तालअनुसार गाउन पनि सकिन्छ ।
भ्रमण गर्न भनी भारतका विभिन्न स्थान र अन्य मुलुकतर्फ जाँदा गुरु नानकले साधु र सन्यासीसित भेटघाट गरी उनका महŒवपूर्ण वाणीहरूको सङ्ग्रह गर्दथे । त्यस्ता वाणीहरू यी हुन्–
सधैँ एउटै ईश्वरको उपासना गर र ईश्वरलाई आफ्नासामु रहेको ठान । सदा पवित्र जीवन व्यतीत गर । सदाचार, सत्य, वचन, सद्भाव, सद्गुण र अहिंसाको पालना गर । सबैसँग प्रेमपूर्ण व्यवहार गर । सबै जीवका दातालाई नबिर्स । ईश्वरका गुणहरूको उच्चारण बारम्बार गर्ने गर । ईश्वरको उदारता बेजोड छ, सारा संसार ईश्वरको मर्जीमा अडेको छ । ईश्वरको नाउँ सुनेपछि दुःख मेटिन्छ । सत्यरूप परमात्मा आदिकालदेखि रहेका छन् र रहनेछन् । पापबाट बुद्धि मैलो भएमा त्यसलाई धुने साधन हो– परमात्माको नाम । सत्यको दर्शन तब हुन्छ, जब हामी आफ्ना मालिकको मर्जीमा आफूलाई अर्पित गर्छांै । राम्रो त्यही हो, जो मानिसलाई मन परोस् । सिखहरूले पाँच ककार (केश, कङ्घा, कच्छ, कटार र कडा) धारण गरिरहेका हुन्छन् । गुरु नानकले तिनको प्रशंसा यसकारण गरेका हुन् कि शत्रुसित जुध्न सुविधा होस् । गुरु ग्रन्थसाहबको प्रारम्भ गुरु नानक र चित्त “जपु जी साहब” बाट हुन्छ । त्यसका अनेकानेक आदेशहरू दिइएका छन्, जसको सिखहरू सधैँ पाठ गर्छन् ।
सिखको सिद्धान्त
सिख धर्मले ईश्वरको एकतामा विश्वास गर्छ । ईश्वसँग प्रेम गर्नु नै मुख्य आधार हो । ईश्वर सगुण र निर्गुण दुइटै रूपमा मानिएका छन् । ईश्वर सर्वशक्तिमान र सर्वव्यापी छन् । ज्ञान र धार्मिक संस्कारबाट ईश्वरसित मिलन हुँदैन । श्रद्धा, प्रेम, प्रशंसा, नाम र जपबाटै ईश्वरसित मिलन हुन्छ । गुरु नानकले भनेका छन्, “आफ्नो शरीरलाई खेत बनाऊ, सत्कर्महरूलाई बीउ बनाऊ, ईश्वरको नाउँ र जपबाट त्यसलाई सिञ्चित गर, मनलाई कृषक ठान । अनि त ईश्वर तिम्रो हृदयमा स्वयम् अङ्कुरित हुनेछन् । यसबाट निर्वाण प्राप्त हुनेछ ।”
पूजाविधि
सिखहरूको पूजाविधिको एउटामात्र साधन छ । त्यो हो– आफ्ना गुरुहरूका प्रार्थनाको पठनपाठन र वाद्ययन्त्रहरूका साथ तिनको गायन । सिखहरूलाई विश्वास छ कि गुरुको आत्मा सदैव तिनीहरूमा रहन्छ । सिखहरूको पूजा सामूहिक रूपमा हुन्छ । कालान्तरमा त्यस्तो पूजा “सङ्गत” को नाउँबाट प्रसिद्ध भयो ।
गुरुको प्रधानता
सिख धर्ममा गुरुको स्थान उच्च रहेको छ । गुरु मानिस र ईश्वरबीचमा कडी हुन् । त्यसले मानिस–मानिसबीच बन्धुत्वको भावना राख्दछ । विद्वान् मानिस पनि गुरुको शिक्षाबेगर अन्धकारमा रहन्छन् । गुरुबेगर ईश्वर प्राप्त हुँदैनन् । गुरुको वचन पालन गर्ने मानिस सरल, निष्पाप, विनम्र, सन्तुष्ट र ईश्वरमय हुन्छ । सिख धर्मले सत्कर्ममा निकै बल दिन्छ । उक्त धर्मअनुसार मानिसको अहम् पापको जड हो । त्यसो हुँदा अङ्हकारलाई त्याग्नुपर्छ ।
(लेखक धार्मिक लेखनमा सक्रिय हुनुहुन्छ ।)