logo
२०८१ मंसिर १० सोमवार



उच्च मनोबलमा प्रधानमन्त्री

विचार/दृष्टिकोण |




मुकुन्द दाहाल

प्रधानमन्त्री ओली विगत १२ वर्षदेखि मिर्गौला प्रत्यारोपण गरेको व्यक्ति हुनुहुन्छ भन्ने सबैलाई थाहा छ । अहिलेसम्म अन्य नेताहरूको तुलनामा उहाँ बढी नै सक्रिय भइरहेको यथार्थ छ । तर पनि उहाँको स्वास्थ्य र राजनीतिक विश्रामका बारेमा विभिन्न कोणहरूबाट बहस चलाउने प्रयास विगतदेखि हालसम्म जारी छ । तत्कालीन नेकपा एमालेको नवौँ महाधिवेशनको बेलादेखि अहिलेसम्म विभिन्न कोणबाट यस्तो टिप्पणी र बहस चलाइएकै छ । अझ केही हप्तादेखि त राजनीतिक जिम्मेवारीबाट अभिभावकीय र सल्लाहकारको भूमिकामा रहनेगरी पदबाट विश्राम लिनुपर्ने तर्कहरू शृङ्खलाबद्ध रूपमा आइरहेका छन् । मानौँ उहाँको स्वास्थ्य अवस्थाका कारण मुलुकको विकास र प्रगतिमा धेरै ठूलो नोक्सानी भइरहेको छ र उहाँले पदबाट राजीनामा दिएमा मुलुकको कल्याण हुनेछ भन्ने अर्थ लाग्नेगरी विषयलाई निरन्तर उठाइँदै छ ।
कतिपय आलेख र विचारको प्रस्तुतिहरूमा त एक हदसम्म मानवीय संवेदनशीलतालाई समेत ख्याल गरिएको पाइँदैन । स्वास्थ्यलाभको शुभकामना र सकारात्मक आवरणमा राजनीतिक प्रतिशोधसमेत झल्कनेगरी पदत्याग गर्ने कुरालाई नै केन्द्रबिन्दुमा राखेर बहस चलाइएको भान प्रस्ट हुन्छ । के साँच्चै प्रधानमन्त्री ओलीको स्वास्थ्यको वर्तमान अवस्थाका कारण मुलुकलाई अपूरणीय क्षति हुन थालेको हो, हो भने यसका आधार, कारण र यसका उपयुक्त विकल्पहरू प्रस्तुत गर्न सक्नुप¥यो । होइन भने यो पूर्वाग्रह र निहित स्वार्थलाई केन्द्रमा राखेर गरिएका आग्रहलाई उपयुक्त मान्न सकिँदैन । एउटा बिर्सनै नमिल्ने तथ्य के हो भने दूरदर्शी र सक्षम नेतृत्वको सक्रियता वा उसले दिने समय कमै भए पनि औसत नेतृत्वले पूरा समय दिएर गरिएको कार्यभन्दा बढी महŒवको हुन सक्छ । कार्यअवधि एउटा पक्ष हो भने कार्यदक्षता र नेतृत्वप्रतिको विश्वसनीयता अर्को महŒवपूर्ण पक्ष हो । स्वास्थ्य अवस्था अत्यन्त प्रतिकूल अवस्थामा पुगिसकेको अवस्थामा बाहेक यसखालको आग्रह र अनुमानपूर्ण एवम् असंवेदनशील प्रस्तुति उपयुक्त हुँदैन । प्रधानमन्त्री ओलीको कार्यघन्टा र कार्यदक्षतामा कुनै कमी आएको देखिँदैन । कार्यशैलीमा भने केही परिवर्तन ल्याइएको छ वा भएको छ । यस्तो परिवर्तन धेरै अघि गर्नुपथ्र्यो त्योचाहिँ अलि ढिला भएको यथार्थ हो ।
राष्ट्रको कार्यकारी प्रमुखको स्वास्थ्य अवस्था आमनागरिक एवम् सर्वसाधारणको चासो र सरोकार हुनु स्वाभाविक हो । त्यसबाहेक केपी ओली मुलुकको प्रधानमन्त्रीमात्र हैन, वर्तमान सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अध्यक्ष पनि हुनुहुन्छ । त्यसैले यस विषयमा रचनात्मक बहस छलफल हुनुलाई सकारात्मक रूपमै लिनुपर्दछ । तर, प्रधानमन्त्रीको स्वास्थ्य र निजले निर्वाह गर्ने भूमिकाका सम्बन्धमा चासो र सरोकार व्यक्त गरिरहँदा यसका केही मानवीय संवेदनशीलताका, केही व्यक्तिगत क्षेत्राधिकारका, केही सामयिकता र सम्भावनाका र केही वैकल्पिक अवस्थाका पक्षहरूलाई नजरअन्दाज गरिएका छन्, जुन उपयुक्त छैनन् । यस विषयसँग सम्बन्धित केही महŒवपूर्ण पक्षहरू ओझेल परेको वा पार्न खोजेको अनुभूति हुँदै छ ।
पहिलो कुरा, कार्यकारी प्रमुख, प्रधानमन्त्री ओली हाल कार्यभार सञ्चालन गर्न नसक्ने अवस्थामा पुग्नुभएको छैन भन्ने कुरालाई हेक्का राखिएको देखिँदैन । उहाँ बिरामी हो तर गम्भीर बिरामी होइन । यस तथ्यलाई कतिपय अभिव्यक्तिमा मनन गरिएको देखिँदैन । त्यसैले अहिले पनि उहाँ राजपाठ सञ्चालन गर्न सक्षम हुनुहुन्छ । सक्षम हुँदाहुँदै उहाँलाई भएकोभन्दा कमजोर साबित गर्दै पदबाट हट्नुपर्छ भनी वकालत गर्नु र त्यसका लागि जनमत सिर्जना गर्न खोज्नु कुनै पनि अर्थमा जायज मान्न सकिँदैन । प्रम ओलीले पदत्याग गर्ने अवस्था भए नभएको कुरा सर्वप्रथम उहाँले, त्यसपछि चिकित्सक र उहाँको परिवारको सल्लाहबमोजिम प्रधानमन्त्रीको निजी सचिवालय र निजको मन्त्रिपरिषद्को परामर्शमा निर्णय गर्ने कुरा हो । यसबारेमा आवश्यक सुझाव र विकल्पहरू प्रस्तुत गरी आवश्यक निर्णय लिन सघाउने दायित्व निज सम्बन्धित दलको उच्च नेतृत्व र हालका लागि नेकपाको सचिवालय हो ।
दोस्रो, राजनीतिक नेतृत्व चाहे पार्टीमा होस् वा सरकारमा, उसले दिने समयको अवधिभन्दा व्यक्तिको दूरदर्शितायुक्त भूमिका र दक्षतामा भर पर्दछ । यस सन्दर्भमा नेपालका प्रधानमन्त्रीहरूमा ओलीको अघिल्लोपटक होस् वा अहिलेको कार्यकाल, नेपालको इतिहासमा निकै महŒवपूर्ण, अर्थपूर्ण र तुलनात्मक रूपले सफल रहेको छ । यस यथार्थलाई आत्मसात् नगर्नु उहाँप्रति मात्र हैन, नेपाल र नेपालीको इतिहासप्रतिसमेत इमानदारी नदेखाएको ठहर्छ । यस्तो प्रवृत्ति देखिनुका दुई प्रमुख कारणहरू रहेका छन् । पहिलो कारण प्रधानमन्त्री ओलीले नेपाली राजनीतिमा खेलेको भूमिकाप्रति कहीँ न कहीँ इष्र्याभाव रहेको र कतिपय पात्र र प्रवृत्तिहरूमा प्रचुरमात्रामा प्रतिशोधको भावनासमेत रहेको देखिन्छ । अर्कोतर्फ समकालीन राजनीतिक नेताहरूमा रहेको पद, प्रतिष्ठा र शासकीय भूमिकाप्रति रहेको अति महŒवाकाङ्क्षाले पनि यस बहसलाई बढावा दिनमा उत्प्रेरकको भूमिका खेलेको छ ।
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी एमालेको नवौँ महाधिवेशनमै वर्तमान प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्थाको विषय मुद्दा बनाइएको थियो, यद्यपि मुखर देखिनेगरी थिएन, बढ्ता अनौपचारिक बनाइएको थियो । स्वास्थ्य अवस्था त्यस्तै रहँदा उहाँ संसदीय दलको नेता र पार्टीको अध्यक्ष बनाइनुभयो र सफलतापूर्वक पार्टीलाई नयाँ उचाइमा पु¥याउने कार्यको नेतृत्व गर्नुभयो । पार्टीको आन्तरिक जीवनमा मात्र हैन, नेपालको सातौँ संविधान निर्माण र जारी गराउन, संविधान बनाएकोमा असन्तुष्टि जनाउँदै भारतले गरेको नाकाबन्दीलाई असफल पार्दै स्वाभिमानलाई उच्च राख्नसमेत उहाँको नेतृत्व सक्षम बन्यो । दुई कम्युनिस्ट पार्टी एक बनाउन, तीनै तहको निर्वाचनमा ऐतिहासिक उपलब्धि हासिल गर्न र राजनीतिक परिवर्तनपछिको देशको आर्थिक विकास र समृद्धि र न्यायपूर्ण समाज निर्माणको दृष्टिकोण विचार र कार्ययोजना उहाँकै नेतृत्वमा निर्माण भएका छन् ।
सबै मानिस कुनै न कुनै प्रकारको बिरामी हुनु स्वाभाविक हो । जन्म अनिश्चित हुन सक्छ, जन्मेपछि मृत्यु अनिवार्य छ । यो शाश्वत कुरा होे । तर, केही अस्वस्थ हुँदैमा उसको महŒव र भूमिकालाई निषेध गरिहाल्नुपर्छ भन्ने सोच सङ्कीर्ण चिन्तनको परिणाम हो । अमेरिकी राष्ट्रपति रुजबेल्टले ह्वीलचेयरमा बसेर र महाथिर महम्मदले जिम्मेवारी घटाएर नै नेतृत्व गरेका उदाहरण नै काफी छन् ।
निश्चय नै प्रधानमन्त्रीको स्वास्थ्यमा खेलवाड गरिनुहुँदैन । आवश्यक परेको बेलामा राज्यले खर्च बेहोरेर पनि उचित किसिमले स्वास्थोपचार गरिनुपर्छ र भइरहेको छ । यसमा भूतपूर्व प्रधानमन्त्रीहरू बीपी कोइराला र सुशील कोइरालाको नियति दोहोरिनुहुँदैन भन्ने सुझावलाई सकारात्मक रूपले लिनुपर्छ । ओली दृढइच्छाशक्ति भएका नेता हुनुहुन्छ, जेलको गोलघरमा कष्टकर जीवन बिताउँदा होस् वा अल्सरलगायतका गम्भीर रोगले थला पर्दासमेत होस् या पछिल्लो समय मिर्गौला प्रत्यारोपण गरेपछिको अवस्थामा किन नहोस् उहाँको दृढइच्छाशक्ति अटुट र एकनाशको छ । प्रभावशाली र दूरदर्शी नेतृत्व क्षमता हुँदाहुँदै पनि पार्टी राजनीतिमा कर्नरमा परी हेपाइ र पेलाइमा पर्दासमेत उहाँ चिन्तित त हुनुभयो तर दृढइच्छाशक्तिबाट डगमगाउनुभएन ।
अझ सिक्नलायक र रोचक पक्ष त के छ भने उहाँ सधैँभर सक्रिय भइरहनुभयो, जुन खटाइ आजपर्यन्त रहेको छ । यद्यपि, उहाँको बारेमा विभिन्न अफवाहहरू पनि फैलाइए । तीमध्ये भारतमुखी नेता भनेर पनि खुब आलोचना भएको थियो एक समय । त्यसै समय जनकपुर महाधिवेशनमा अल्पमतमा परे पनि उहाँ निराश हुनुहुन्थेन । महाकाली सन्धिपछिको पार्टी नै विभाजित हुँदा पनि उहाँमा रहेको आत्मविश्वास र दृढइच्छाशक्ति कम भएको थिएन । बरु पार्टीका नेताहरूमा देखिएको दोहोरो चरित्र र अवसरवादी व्यवहारबाट भने निकै रुष्ट हुनुहुन्थ्यो ।
महाकाली सन्धिपछि तत्कालीन नेकपा एमालेमा राष्ट्रवादी र राष्ट्रघातीको कित्ताकाट गरेर अस्वस्थ्य र निरर्थक बहस चलाइयो । पार्टी नै फुटाइयो । निरर्थक किनभने पुनः पार्टी एकता हुँदा विभाजनका कारण पानीको फोकाझैँ फुट्यो । अझ दुर्भाग्य त के भने पार्टीको विभाजनबाट पारेको असर र नोक्सानीका लागि क्षमासमेत मागिएन । जुन तामझामका साथ पार्टी विभाजन गरिएको सामसुम पारेर एकता गरियो । पार्टी कार्यकर्ता एकतामुखी भएका कारण यसको गहिरो खोजिनिती भएन । त्यतिखेर भारतको हेपाहा प्रवृत्तिको विरोधमा चर्को स्वरले कराउने नेताहरू पछि बिस्तारै ओइलाए ।
भारतीय सरकारले नयाँ नक्सा सार्वजनिक गरेर नेपालको लिपुलेक र कालापानीमाथि धावा बोलेको वर्तमान सन्दर्भमा ओलीको स्पष्ट, दृढ र दूरदर्शी अडानको अपरिहार्यता नेपालको राजनीतिक नेतृत्वमा आवश्यक भएको सन्दर्भमा पनि राजनीतिक विश्रामको बहस थप अर्थ र महŒवहीन रहेको यथार्थलाई आत्मसात् गरौँ । मुलुकको स्थिति बसाल्ने कार्यलाई पूर्णता दिन उहाँको नेतृत्वलाई सम्भव भएसम्म लम्ब्याउनु केपी ओलीको व्यक्तिगत लाभहानिभन्दा पनि देश र जनताको भविष्य निर्माणका लागि अपरिहार्य छ । यसमा कुनै पनि किसिमको पदलोलुपता, कुण्ठा, ईष्र्या र गुट स्वार्थलाई नमिसाऊँ ।
नेपालको सीमामा अतिक्रमण हुनेगरी नक्सा सार्वजनिक गरेर मोदी नेतृत्वको भारतीय सरकारले देखाएको हेपाहा व्यवहारसँग जुध्नुपर्ने परिस्थिति अचानक सिर्जना भएको छ । नयाँ संविधान जारी गर्न निर्णायक भूमिका खेलेको र आफ्नो संविधान बनाउँदा भोग्नुपरेको भारतीय हेपाइलाई चुनौती दिँदै नाकाबन्दीविरुद्धको निर्णायक लडाइँमा देशको स्वाभिमानलाई सगरमाथाजत्तिकै उँचो राख्न सफल नेतृत्व गर्ने ओली नै हुनुहुन्छ । नेपालको समृद्धि विकास र सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माण गर्ने दूरदृष्टि र परिकल्पना र योजनाको नेतृत्व गरिरहेको हुँदा सम्भव भएसम्म प्रधानमन्त्री केपी शर्मा ओलीको सक्रिय नेतृत्वलाई अधिकतम लम्ब्याउनु मुलुक र जनताको हितमा देखिन्छ ।

(लेखक अधिवक्ता हुनुहुन्छ ।)  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?