दुर्गा कँडेल (छत्कुली)
जोखिम आँकलन एउटा व्यापक र महìवपूर्ण विषय हो । जुन केवल वित्तीय क्षेत्रमा मात्र नभएर राष्ट्र, सङ्घ सङ्गठन, समाज, परिवार तथा व्यक्ति स्वयंमा आवश्यक हुन्छ । काम सम्पन्न गर्न तथा लक्ष्यमा पुग्न गरिने क्रियाकलापको क्रमबद्धतालाई प्रक्रिया भनिन्छ । जोखिम आँकलन एउटा प्रक्रिया हो, जहाँ जोखिमको पहिचान, मापन, अनुगमन र नियन्त्रणसम्मको चरणहरू पूरा हुने गर्छन् ।
जोखिम आँकलनमा सबभन्दा पहिले जोखिमको पहिचान गरिन्छ । त्यस्ता जोखिमको पहिचान गरिसकेपछि विभिन्न विधि र प्रक्रिया प्रयोग गरेर त्यसको मापन गरिन्छ, जसले जोखिम मापनलाई वैधता दिन सघाउँछ । कुन पक्षमा के कति क्षति भयो, मापनका माध्यमबाट त्यस्ता जोखिमको सम्भावना कति र कस्तो रह्यो ? त्यसको असर कहाँ कति पर्न गयो ? यही आधारमा त्यस प्रकृतिका घटनाबाट आउँदा दिनमा पहिलेका जस्तो क्षति व्यहोर्न नपरोस् साथै हुन नपाओस् भन्ने उद्देश्यका साथ प्रभावकारी अनुगमन गरी नियन्त्रण गर्ने प्रयास गरिन्छ । अहिले हरेक क्षेत्रमा प्रतिस्पर्धा छ । हिजोको जस्तो एकाधिकार आज कुनै विषय, क्षेत्र, वर्ग, समूह आदिमा पाइँदैन । आजको प्रतिस्पर्धी समयमा जोखिम आँकलनको दायरा व्यापक तथा बृहत् बनेको छ । हरेक विषय, क्षेत्र, वर्ग, समूह, सङ्गठन सबैमा यसले महत्व राख्छ ।
समग्र राष्ट्रको स्तरमा
विकसित होस् वा विकासोन्मुख देश सबै आ–आफ्नै तरिकाबाट सञ्चालन भएको पाइन्छ । विकसित देश अझ विकास चाहन्छ भने विकासोन्मुख देश कसरी आफ्नो आर्थिक स्तरलाई माथि उकास्ने भन्ने विषयलाई प्राथमिकतामा राखेर सञ्चालन भएको पाइन्छ । यस्ता विविध उद्देश्य राखेर सञ्चालन भइरहँदा देशले तर्ज‘मा गरेका योजना, बनेका कानुन, नीतिनियम, अवलम्बन गरिएका विदेशी विनिमय नीति, अन्य राष्ट्रसँग गरिएका सन्धि सम्झौता, राष्ट्रिय सवालका विषयमा गरिएका विविध क्रियाकलाप जस्ता विषयमा के कस्ता हानि नोक्सानी भए ? तिनको असरले देश र जनतालाई कस्तो असर ग¥यो ? त्यसको अनुगमन गरी आउँदा दिनमा त्यस्ता क्रियाकलाप पुनः पुनरावृत्त नहोस् भन्नका लागि नियन्त्रण गर्नमा सहज होस् भनी एउटा राष्ट्रको लागि जोखिम आँकलन गर्ने कार्यले महìव राख्छ ।
राजनीतिक /धार्मिक सङ्गठनको स्तरमा :
राणाशासन विरोधी आन्दोलनदेखि सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थासम्म आइपुग्न राजनीतिक दलको भूमिका महìवपूर्ण मानिन्छ । हिजो र आजको शासन व्यवस्थामा जनताले प्राप्त गरेको सेवा र सुविधाको मापन गर्न कठिन छ । देश रेमिट्यान्स (विप्रेषण) ले धानेको छ, व्यापार घाटा चुलिँदो छ, विदेशी विनिमय सञ्चितिको अवस्था निकै साँघुरिँदै आएको छ, देशको युवा शक्ति दिनानुदिन बाहिरिँदै छ, उत्पादन ठप्प छ, जमिन खण्डीकृत हुँदैछ, कृषियोग्य जमिन बाँझिँदै गएका छन्, न त कामको सम्मान छ न त श्रमको मूल्य नै, महँगीले बजार आकाशिएको छ । यस्ता अनेकौँ विषय छन् जसले आजको समयलाई छर्लङ्ग पार्छन् । धार्मिक सङ्गठनहरू जसले समाजलाई नैतिकता, इमानदारी, मानवीयताको पाठ सिकाइरहँदा यिनै चिजहरूको खडेरी परी हत्या, हिंसा, आपराधिक क्रियाकलापले समाज विक्षिप्त बनेको छ । के आजको राजनीतिक सङ्गठनले परिवर्तनबाट चाहेको यही स्थिति हो
त ? के धार्मिक सङ्गठनले दिएको शिक्षाबाट दीक्षितहरूको व्यवहार यही हो ? यस्ता प्रश्नको जवाफका लागि राजनीतिक÷धार्मिक सङ्गठनले जोखिम आँकलन गर्ने बेला आएको छ ।
समाजको स्तरमा :
परिवारहरूको सामूहिक बस्ती जहाँ आफ्ना मूल्य मान्यता संस्कार हुन्छन् भन्ने मान्यता राखिन्छ तर आज त्यही समाज वल्लो घरको मानिसले पल्लो घरमा के हुँदैछ भन्ने जानकार छैन । एकअर्काप्रतिको दायित्वबोध छैन, त्यही समाजका मानिसको जीवनस्तर आकाश जमिनको फ्mरक छ । यस्ता यावत विषयमा सुधार ल्याउन तथा वास्तविक समाज र सामाजिक जीवनलाई समयाभावको स्थिति सिर्जना गर्न, समाज किन यस्तो भयो र हँुदैछ त्यसको असरले हामी कति प्रभावित छौं ? यसो हुनुमा के कस्ता पक्षको असर हो ? पत्ता लगाई तिनको प्रभाव मापन अनुगमन र नियन्त्रण गरी समृद्ध समाजको निर्माण गर्न समाजको स्तरमा जोखिम आँकलन गर्ने कार्यले महìव राख्छ ।
परिवारको स्तरमा :
जहाँ ठूलाले सानालाई माया, सानाले ठूलालाई आदर र कर्तव्यबोध गराउँछन् त्यो असल परिवार हो तर आज परिवार परिवारजस्तो पाइँदैन । न त कसैले कर्तव्यबोध गर्छ न त कोही कसैप्रति जिम्मेवार नै । कसैप्रति केही गरिन्छ भने म त्यो गरे वापत के कति पाउँछु ? भन्ने सोच्छ । यस्तो परिवेशले परिवारको परिवेश सहज छैन । तसर्थ एउटा परिवारभित्र अटाउने सदस्यभित्र आत्मीयता माया, कर्तव्य, जिम्मेवारी तथा दायित्वबोध हुन कुन कुन पक्षले असर पुर्यायो सो पत्ता लगाई त्यसको मापन गर्ने र भविष्यमा यस्ता क्रियाकलाप पुनरावृत्त नहोस् भनी नियन्त्रण गर्न एउटा परिवारको स्तरमा जोखिम आँकलनले महìव राख्छ ।
वर्ग समुदायको स्तरमा :
वर्ग, समुदायमा परेको विभेदले समृद्ध समाज निर्माणमा असर पुग्ने भनी नेपालको संविधानमा समावेशिताको प्रावधान राखियो । वर्ग, समुदायका लागि प्रदान गरिएको आरक्षण त्यो वर्ग समुदायभित्र पनि सम्पन्नले मात्र त्यसको उपभोग गर्न सक्छ तर त्यही समुदायभित्र रहेको विपन्न भने विपन्न नै रहन्छ । कुनै वर्ग तथा समुदाय किन पछि प¥यो ? अरूसँग हातेमालो गर्दै अगाडि आउन कुन पक्षले बाधा पु¥याएको छ ? त्यसको पहिचान गर्ने, ती पहिचान भएका पक्षको मापन गर्ने, के कति हानि नोक्सानी तथा क्षति भयो अनुगमन गर्ने र आउँदा दिनमा त्यस्ता तत्वको सक्रियता नहोस् भन्नका लागि निरन्तरको अनुगमन गरी आउँदा दिनमा नियन्त्रण गर्न जोखिम आँकलनले महìव राख्छ ।
व्यक्तिगत स्तरमा :
व्यक्तिका अनेकन रूप, वर्ग, समुदाय, समाज हुन्छ । कुनै व्यतिmको क्रियाकलाप, सोच, निर्णय, बोली, दस्तखत आदिले अन्यलाई असर गर्दछ । तसर्थ जे जस्तो व्यक्ति भए तापनि उसले गरेका क्रियाकलाप व्यवहार, निर्णयको प्रभाव कस्तो रह्यो ? नराम्रा कामको प्रभावले आफूलाई कता लगिरहेको छ ? के हुनुपर्ने हो ? के
हुँदैछ ? जस्ता पक्षको पहिचान गरी त्यसको असरको मापन गर्ने, त्यस्ता असर आउन नदिन निरन्तर अनुगमन गर्दै नियन्त्रण गर्नका लागि व्यतिmको स्तरमा जोखिम आँकलन गर्ने कार्यले महìव राख्छ । जोखिम आँकलन केवल वित्तीय क्षेत्रका लागि मात्र नभएर सबै वर्ग, क्षेत्र, स्थान, परिवेशमा आवश्यक विषय भएकोले यसलाई शैक्षिक पाठ्यक्रममा समावेश गरी अध्ययन गराउन सके समग्र जोखिम व्यवस्थापनको बाटो सहज भई समृद्ध समाज निर्माणमा सहयोग पुग्ने अपेक्षा गर्न सकिन्छ ।
(लेखक राष्ट्रिय वाणिज्य बैङ्क विशालबजारका मुख्य प्रबन्धक हुनुहुन्छ ।)