माथिल्लो त्रिशूली थ्री ए विद्युत् आयोेजना सम्पन्न भएपछि राजधानी काठमाडाँै उपत्यकामा हुनसक्ने विद्युत् अभाव टर्नेे देखिएको छ । मुलुकभरजस्तै उपत्यकामा पनि विद्युत्को बढ्दो मागसँगै देखिएको असन्तुलित आपूर्तिलाई यो आयोजनाको सम्पन्नताले सन्तुलित गर्न धेरै हदसम्म सहयोग गर्नेछ । समृद्ध नेपालको राष्ट्रिय अभियानमा सडक, बिजुली, सिँचाइजस्ता पूर्वाधारको महìवपूर्ण योगदान रहने भएकाले विद्युत् उत्पादनलाई पछिल्ला दशक नेपालले धेरै महìव दिँदै आएको छ । दैनिक १८ घण्टासम्मको लोडसेडिङ अनुभव गरेका नेपालीका लागि नयाँ विद्युत् आयोजना सम्पन्न भएका समाचार साँच्चि नै सुखद उपलब्धि हुनेछ । यद्यपि यो आयोजना केही वर्ष ढिलागरी सम्पन्न भएको छ । निर्माण पक्षमा देखिएको विवाद र २०७२ को भूकम्पजस्ता कारण आयोजना सम्पन्न हुन ढिला भए पनि सम्बद्ध सबै पक्षको सहयोग र सक्रियतामा सम्पन्न योजनाले विद्युत्को विद्यमान माग र आपूर्तिको खाडल कम गर्दै मुलुकको समृद्धिमा विशेष योगदान दिनेछ । दु्रतगतिमा यस्ता आयोजना सम्पन्न गरिएन भने आगामी दिनमा लोडसेडिङ् हुनसक्ने सम्भावना नकार्न सकिँदैन तर मुलुकी माग पूरा गर्दै निर्यातका लागिसमेत विद्युत् उत्पादनमा सक्रियता र सम्भावना देखाएकाले लोडसेडिङ ‘इतिहास’ हुनसक्ने दिशामा मुलुक अगाडि बढेको छ । माथिल्लो त्रिशूली थ्री ए विद्युत् आयोेजनाको उत्पादनले भारतबाट आयात गरिँदै आएको विद्युत् परिमाण कम गर्दै नेपाल भारत व्यापार सन्तुलनमा पनि सहयोग गर्नेछ । साथै कुलेखानीको सञ्चालन घटाउँदै त्यहाँको पानी बचाउन सकिन्छ जसलाई आपत्कालीन विद्युत् उत्पादनका लागि जगेडा (स्पीयर) मा राख्न सकिनेछ ।
सामान्यतया विद्युत्लाई बत्ती बाल्ने सन्दर्भमा बढी उपयोग गरिएको र बुझिएको भए पनि यसको सर्वसुलभताले यातायात, वातावरण, कृषि, पर्यटन, जनस्वास्थ्यजस्ता क्षेत्रमा पनि आमूल परिवर्तन गर्न सकिने सम्भावना नेपालसँग छ । कतिपय विकट बस्तीमा सडक यातायातको विकल्पमा बिजुलीको उपयोगले केबुलकार वा अन्य विद्युतीय उपकरण प्रयोग गर्न सकिन्छ, जसबाट वातावरण र भूक्षयजस्ता नियमित समस्यामा विजय प्राप्त गर्न सकिनेछ । बगिरहेका खोला र तिर्खाइरहेका बारीटारीको भेट गराई फाँटमा सुन्दर सपना फलाउन सकिन्छ । अधिकभन्दा अधिक विद्युतीय सवारी साधनको प्रयोगलाई प्रेरित गर्दै मुलुकले पेट्रोलियममा गरेको वर्तमान खर्च कटौती गर्दै समग्र वैदेशिक व्यापार घाटा कम गर्न सकिन्छ । यसका लागि विद्युत्को उपलब्धता, सुनिश्चितता र सर्वसुलभता हुनुपर्ने आवश्यकतालाई पनि नेपालले ध्यान दिनुपर्छ । बिजुलीले खोलाको पानी बारीमा पटाएर सिँचाइ गर्नुभन्दा डिजल सस्तो पर्न आयो भने हाम्रो बिजुलीको बजार खुम्चने मात्र होइन बिजुली उपयोगलाई विविधीकरण गर्न सम्भव हुँदैन । त्यसैले आयोजनाको निर्माण र सम्पन्नतासँगै जनताले त्यस्ता परियोजनाबाट उत्पादन हुने सेवा वा वस्तु उपयोग गर्न सक्छन् वा सक्दैनन् भनेर पनि हेर्नुपर्छ ।
मुलुकको विकासमा गुणात्मक प्रभाव पार्ने यस्ता आयोजना एकपछि अर्को सम्पन्न हुँदा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय अभियान साकार हुने पूर्वाधार र पूर्वसर्त निर्माण हुँदै गरेका अनुभव गर्न सकिन्छ । विकासका हरेक चरणमा विद्युत् प्राथमिक तत्व मानिने भएकाले विद्युत् उत्पादनलाई नेपालले उच्च महìव दिएको हो तर पछिल्ला वर्ष विद्युत् आयोजनालगायत भौतिक संरचना तथा पूर्वाधारका आयोजना निर्धारित समयभित्र सम्पन्न नगर्ने प्रवृत्ति बढ्दो छ । यसले आयोजनाका उत्पादन महँगो पर्ने गरेका छन् । निर्धारित अवधिभित्रै आयोजना सम्पन्न गर्दै लागत स्थिर गरी आयोजनाद्वारा उत्पादन गरिने वस्तु तथा सेवालाई अन्य विकल्पभन्दा सस्तो पार्नु आवश्यक हुन्छ । यसो भन्नुको अर्थ अबको नेपालले विद्युत्को उत्पादनलाई लोडसेडिङ्को अन्त्यसँग मात्र नजोडेर जीवनका विविध पक्षमा मूल्य र प्राविधिकमैत्री बन(ाउनुपर्ने आवश्यकता बिर्सन सक्दैन । नेपालमा प्रयोग गरिने सवारी साधनमध्ये ९० प्रतिशत बिजुलीबाट चल्छन् र त्योअनुसारको बिजुली तथा अन्य सुविधा उपलब्ध छ भन्नेमा विश्वस्त गराएर विद्युतीय सवारी साधन उत्पादन गर्ने अन्तर्राष्ट्रिय कम्पनीलाई नेपालले किन लगानीका लागि आमन्त्रण
नगर्ने ? अथवा छिमेकी मुलुकसँगका सिमानामा सवारी साधनको चार्जिङ् केन्द्र स्थापना गरेर नयाँ तरिकाले विद्युत् किन नबेच्ने ? यसका लागि नेपालले विद्युत् उत्पादनको लागत र शुल्कमा ध्यान दिनु आवश्यक छ, उत्पादन मात्र होइन सस्तो बिजुली वर्तमान नेपालको आवश्यकता हो ।