logo
२०८१ मंसिर ११ मंगलवार



बालयौन दुव्र्यवहारको जोखिम

विचार/दृष्टिकोण |




बिनीता भट्टराई

काभ्रेमा आफ्नै ६५ वर्षे हजुरबुवा र बुवाबाट बालिका बलात्कृत भइन् । आमालाई बताउँदा थप पीडा भोग्नुप¥यो । सहन नसकी बालिकाले आत्महत्याको प्रयास गरिन् । बालिकाको उक्त प्रयास सफल भएन । हजुरबुवाले आत्महत्या गरे । बाबुले कैद सजाय भोगिरहेका छन् । बालिका कुनै संस्थामा आश्रित हँुदै किशोरी भइन् ।
कैलालीमा आमाको मृत्युपछि आफ्नै बाबुबाट पटक–पटक बलात्कृत हुँदा एक किशोरीले १३ वर्षमै बच्चा जन्माइन् । हाल किशोरी सरकारबाट सञ्चालित पुनःस्थापना केन्द्रमा पढाइलाई निरन्तरता दिँदै आश्रित छिन् । बच्चा अर्कै संस्थाले पालनपोषण गर्ने जिम्मा लिएको छ ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान देशव्यापी रूपमा तामझामका साथ मनाइरहँदा अभियानको पहिलो दिन अर्थात् गत वर्ष नोभेम्बर २५ का दिन सङ्खुवासभामा आफ्नै काकाले चार वर्षकी भतिजीलाई घरमा कोही नभएको मौका छोपी बलात्कार गरे । अखबारमा छापिएका बालिका बलात्कारको घटनाले धेरै घरका आमाको निद्रा हराएको छ ।
यी त हुन्, अखबारमा प्रकाशित भएका प्रतिनिधि घटनामात्र । नेपाल प्रहरीमा बलात्कारका घटना दर्ता हुनेक्रम केही वर्ष यता बढेको छ । संसारमा नै बलात्कारका घटना अन्य अपराधभन्दा कम सार्वजनिक हुने गरेको विभिन्न अध्ययनले देखाउँछ । सामाजिक मूल्य–मान्यताका कारण नेपालको अवस्था झनै दुःखलाग्दो छ । प्रहरीको प्रतिवेदनअनुसार आठवर्षे बालकदेखि ७६ वर्षे वृद्धसम्म बलात्कारमा संलग्न भएका र अधिकांश पुरुष १९ देखि ३५ वर्ष उमेर समूहमा पर्ने देखिन्छ । दर्ता भएका घटनामा १६ महिनाकी दूधे बालिकादेखि ७६ वर्षीय वृद्धासमेत छन् ।
पछिल्लो समय १० वर्षमुनिका बालकबाट समेत बालिका बलात्कार हुनेक्रम बढेको छ । प्रहरीमा दर्ता भएका घटनामध्ये यौनजन्य हिंसामा दुईतिहाइ पीडक घरपरिवारभित्रकै नजिकको नातेदार हुने र झन्डै २० प्रतिशत पीडित १० वर्षमुनिका बालिका देखिन्छन् । यसले महिला तथा बालिकाका लागि सुरक्षित भनिएको आफ्नै घर अनि संरक्षण र लालनपालन गर्ने भनिएका परिवारकै सदस्यबाट सबैभन्दा असुरक्षा भएको देखाउँछ । बालिकालाई सहजै फकाउन सकिने र बलात्कारपछि धम्काउनसमेत सजिलो हँुदा बालिका यौनजन्य हिंसाको सिकार भइरहेका छन् । बलात्कारपछि हत्या गर्ने प्रवृत्ति पनि बढ्दो छ । बालिकाको सुरक्षा झनै संवेदनशील देखिएको छ । सामाजिक मूल्य–मान्यताका कारण पीडितले घटनालाई ढाकछोप गर्ने, सार्वजनिक नगर्ने प्रवृत्तिमा पछिल्लो समय केही कमी आए पनि समाजमा अभैm व्यापक छ ।
नेपालमा मात्र नभएर अधिकांश देशहरूमा बलात्कारका घटना प्रहरीसम्म पुग्दैन । बलात्कार नचिनेको व्यक्तिबाट पनि हुन्छ तर अधिकांश घटना चिनेजानेका व्यक्तिबाट हुँदा पीडकले पीडितलाई ज्यान मार्ने धम्की दिने वा अन्य धम्कीका कारण पीडितको जिउज्यानमाथि नै खतरा पुग्ने कारण झट्ट घटनालाई बाहिर ल्याउन उपयुक्त ठान्दैनन् । कतिपय अवस्थामा उमेर पुगेका महिलालाई समेत प्रहरीकहाँ उजुरी गर्न जानुपर्छ भन्ने कानुनी ज्ञान छैन । दस वर्षभन्दा कम उमेरकी बालिकाको हकमा पीडित आफैँ उजुरी गर्न जाने सम्भावना झनै न्यून हुने नै भयो ।
बालिकामाथि भएको जबरजस्ती करणीका सन्दर्भमा निजको परिवारका सदस्यले जानकारी पाउनासाथ सम्बन्धित निकायमा उजुरी दिनुपर्नेमा सामाजिक मर्यादा कायम राख्ने नाममा उल्टै पीडकको संरक्षण गर्ने व्यवहारले बालबालिकाको मानसिक तथा शारीरिक विकासमा पर्ने दीर्घकालीन असरका बारेमा हेक्कै राखिन्न । अझ पीडक नै घरको मुली, आर्थिक रूपमा उसैसँग निर्भर रहनुपर्ने अवस्था छ भने पीडित बालिकाको आमा पनि पीडकको संरक्षणमा अग्रसर भएको देखिन्छ । पहिले आमा आफैँले प्रहरीमा दर्ता गरेको उजुरीपछि श्रीमान्को धम्कीका कारण मुद्दा फिर्ता लिएका प्रशस्त उदाहरण छन् ।
कानुनको प्रभावकारी कार्यान्वयन हुन नसकेको हाम्रोजस्तो देशमा पीडितले उजुरीपश्चात् न्याय पाउने कुरामा ढुक्क हुन नसक्ने तथा कानुन कार्यान्वयन गर्ने निकायको उदासिनताका कारण पनि बलात्कारका घटना प्रहरीसम्म पुग्दैन । अन्य अपराधमा जस्तो अपराधीले अन्य सामग्रीको प्रयोग नगरी आफ्नै शरीरको प्रयोग गरी अपराध गर्ने र साँच्चै बलात्कार हो वा सहमतिमा भएको यौनसम्बन्ध भनी प्रमाण बुझ्ने जटिलताका कारण पनि जबर्जस्ती करणी सम्बन्धमा कानुनी प्रक्रिया जटिल छ । प्रमाण बुझ्ने सन्र्दभमा पीडितले झनै पीडा भोग्नुपर्ने बाध्यता त छँदै छ । अझ पनि बलात्कार हुँदा दोष पीडक अर्थात् पुरुषमाथि नभई महिलामाथि नै लगाइन्छ । पीडितलाई पीडाबाट छुट्कारा दिने र न्यायको महसुस गराउने सरकारी तथा गैरसरकारी प्रयास धैरै भएका छन् तर त्यस्तो अवस्था सिर्जना भएको छैन ।
बालिका बलात्कारीबाट जोगाउन सरोकारवाला आफैँ यस विषयमा सतर्क हुनुपर्ने देखिन्छ । छोरीको सुरक्षाको विषयलाई लिएर आमाले चिन्ता हैन, चिन्तन गर्ने बेला आएको छ । घर पहिलो विद्यालय हो, आमाबुवा पहिलो शिक्षक हुन् । आफ्ना बालबच्चालाई संस्कार सिकाउने महŒवपूर्ण स्थल नै घर हो । छोरीलाई साँझपख घरबाट बाहिर नजाऊ, केटा साथीहरूसँग धैरै सत्सर्ग नगर भनेर छोरी सुरक्षित हुँदैनन् । अप्रिय घटना हुनबाट कसरी बच्न सकिन्छ, आत्मरक्षाका लागि के गर्न सकिन्छ सोसम्बन्धी सीप छोरीलाई सानै उमेरदेखि सिकाउन जरुरी छ । आत्मरक्षाका लागि मार्सल आर्ट तथा अन्य उपायहरू सिकाउन सकिन्छ । साना नानीहरूलाई घरमा कोही नभएको मौका छोपी छिमेकी, मामा, काका, दाजु पर्ने जोकोहीले फकाएर गर्न सक्ने यौन दुव्र्यवहारको विषयमा बुझाउनुपर्छ ।
हजुरबुवा, बुवा, काका वा अन्य कसैले इच्छाविपरीत अँगालो मार्ने, म्वाई खाने, संवेदनशील अङ्ग समाउने वा खेलाउनेजस्ता क्रियाकलाप गर्छन् भने यस्ता काम यौन दुव्र्यवहार हुन् भन्ने जानकारी विशेष गरी बालिकालाई दिन सकिन्छ । टेलिभिजन तथा पत्रपत्रिकामा आइरहने बालयौन दुव्र्यव्यवहारको विषयमा आफ्ना नानीहरूलाई कसैले त्यस्तै किसिमको व्यवहार गर्न खोजेका छन् कि भनी जिज्ञासा राख्नुपर्छ । प्रहरी तथा अन्य निःशुल्क इमर्जेन्सी हेल्पलाइन टेलिफोन नम्बर (१००, १०८, १०९८) को प्रयोगबाट सम्भावित जोखिमबाट जोगिन सकिने साथै घटना भइहाले पनि पीडितको उद्धार हुनेबारेमा जानकारी दिनुपर्छ । पीडकले गरेको दुव्र्यवहारलाई तत्काल घरका सदस्यलाई बताइहाल्न सक्ने वातावरण निर्माण गर्नु उत्तिकै जरुरी छ । नजिकका नातेदार मामा, काका, भिनाजु वा अन्य आफन्तको साथ लगाई साना छोरीलाई कतै पठाउँदा सतर्कता अपनाउनुुपर्छ । छोरीसँगसँगै छोरालाई समेत जिम्मेवार बनाउनु पनि उत्तिकै आवश्यक छ । दिदीबहिनी तथा केटी साथीसँग गर्ने व्यवहार तथा सम्मान गर्ने संस्कार सिकाउनुपर्छ । किशोर अवस्थाका छोराछोरीलाई कसरी सुरक्षित यौनजन्य व्यवहार गर्न सकिन्छ भन्ने सिकाउन सकिन्छ ।
आफ्ना नानीहरू के गर्दै छन्, कोसँग खेल्दै छन्, कस्तो गतिविधिमा संलग्न हुन्छन्, हेक्का राख्नुपर्छ । उनीहरूको कुरा ध्यानपूर्वक सुनिदिनुपर्छ । यदि अभिभावकले आफ्ना बालबालिकाले विद्यालयमा साथीले वा शिक्षकले दुःख दिएको समस्या सुनाउँदा ध्यान दिन्नन् भने बालबालिकाले अभिभावकमाथिको विश्वास गुमाउँछन् ।
यौनको विषयमा हाम्रो समाज अनुदार छ । आज पनि यौनजन्य हिंसा अध्ययन अनुसन्धानको विषय बन्न नसक्दा पीडितको सङ्ख्या नै यकिन गर्न सक्ने अवस्था छैन । यौनजन्य हिंसाको घटना दर्ता बढ्नु वास्तवमै घटना बढेको हो या घटना दर्ता हुनेक्रममात्र बढेको हो भन्ने कुनै आधार छैन । पर्याप्त अध्ययन अनुसन्धानको अभावमा यौनजन्य हिंसाका कारण पहिचानमा नै समस्या छ । समस्याको मूल कारण पहिचान नै नगरी सरकार तथा अन्य निकायले महिला तथा बालिकामाथि हुने यौनजन्य हिंसा न्यूनीकरणका लागि गरेको लगानी कतै बालुवामा पानी खन्याएझैँ भएको त छैन मूल्याङ्कन गर्ने समय आएको छ ।

(लेखक हुम्लाका प्रमुख जिल्ला अधिकारी हुनुहुन्छ ।) 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?