प्रा.डा. रमेश श्रेष्ठ
करिब २०३ वर्षअगाडि अङ्ग्रेजी सम्राज्यले भारतीय उपमहाद्वीपमा स्वतन्त्र नेपालको राजधानी काठमाडौँमा सन् १८१६ देखि एउटा हुलाक कार्यालय स्थापना भएर सन् १९६५ सम्म पनि सुचारु थियो । त्यस हुलाक कार्यालयले अविच्छिन्न रूपमा नेपाली जनतालाई तत्कालीन सञ्चार क्षेत्रमा निकै ठूलो सेवा पु¥याएको थियो । सन् १७९० देखि १८१४ मा नेपालले पश्चिममा कुमाउ, गढवाल, काँगडा, सतलज, रावी नदीहरूसम्म विजय हासिल गरेर विशाल नेपालको स्थापना गर्न सफल भयो । तर, सन् १८१४ देखि १८१६ सम्म नेपाल र अङ्ग्रेज इस्ट इन्डिया कम्पनी सरकारबीच झन्डै एक वर्ष लामो युद्ध भएपछि सन् १८१६ मा सुगौली सन्धि भएको थियो ।
नेपालको हुलाक सञ्चार व्यवस्थामा काठमाडौँमा स्थापित यस हुलाकले आफ्नो समयमा निकै प्रभावकारी सेवा प्रदान गरेको हुनाले नेपालको हुलाक सञ्चारको ऐतिहासिक क्षेत्रमा यसले आफ्नो स्थानलाई विशिष्ट एवम् महŒवपूर्ण साबित गरेको थियो । सायद यसैकारणले गर्दा फिलाटेली (हुलाक टिकट सङ्कलन तथा अध्ययन अनुसन्धानको विधा) का विभिन्न क्षेत्रहरूमध्ये गरिने हुलाक टिकट इतिहासमा यस हुलाकसँग सम्बन्धित सङ्कलन विश्वका थुप्रै सङ्कलकहरूबीच निकै लोकप्रिय छ । साथै, सो विषयमा विगतदेखि नै थुप्रै अध्ययन अनुसन्धान भइरहेको छ । यस महŒवपूर्ण हुलाकको अस्तित्व यस्तै फिलाटेलिक सङ्कलनहरूमा समावेश गरिएका मौजुदा खाम तथा हुलाक वस्तुहरूले जोगाइराखेका छन् भन्नुमा कुनै अत्युक्ति नहोला । नेपालमा अवस्थित यस हुलाकलाई अङ्ग्रेजहरूले स्थापना गरेर सञ्चालन गरेका थिए । पछि इन्डिया (भारत) स्वतन्त्र भएपछि भारतीयहरूले सञ्चालन गरेको हुनाले यसको नाम नेपालस्थित ब्रिटिस–इन्डियन हुलाक रहन गयो ।
सुगौली सन्धिपश्चात् दुई राष्ट्रबीच शान्ति र मैत्री कायम भएको थियो, जसले अहिलेसम्म निरन्तरता पाइरहेको छ । यसै सन्धिका कारण अङ्ग्रेज सरकारले काठमाडौँमा सन् १८१६ मा सबैभन्दा पहिला दूतावास खोलेको थियो, जसलाई तत्कालीन समयमा रेजिडेन्सी भनिन्थ्यो । विभिन्न सम्झौतासहित भएको यस सन्धिको एउटा महŒवपूर्ण परिणाम रेजिडेन्सीको सिमानामा एउटा हुलाक कार्यालयको स्थापना भई सन् १८१६ देखि सञ्चालन हुनु पनि हो । हुलाक टिकटको माध्यमबाट हुलाक महसुल तिर्ने व्यवस्थाको सुरुवात बेलायतले सन् १८४० देखि गरेपछि थुप्रै मुलुकहरूले यस नया“ व्यवस्थाको अङ्गीकार गरेका थिए । इन्डियाले सन् १८५४ मा र धेरै समयपछि नेपालले सन् १८८१ मा यस व्यवस्थाको थालनी गरेका थिए । विश्वका कुनै पनि मुलुकमा हुलाक महसुल हुलाक टिकटको माध्यमबाट अग्रिम तिर्ने नै व्यवस्था नभएको समयमा नेपालजस्तो विकट ठाउ“मा सो ब्रिटिस–इन्डियन हुलाकको स्थापना भएको थियो ।
सुरु–सुरुमा काठमाडौँस्थित सो हुलाकबाट आदान–प्रदान हुने पत्रको बाहिरी भाग वा खाममा हुलाक महसुल तिरिसकेको जनाउनका लागि सामान्य हुलाक टा“चा जसमा ल्क्ष्एब्ग्ी–एइक्त् इँँक्ष्ऋभ्–एइक्त् एब्क्ष्म् अथवा ल्भ्एब्ग्ी–एब्क्ष्म् वा ल्भ्एब्ग्ी–द्यभ्ब्च्क्ष्ल्न् भन्ने टा“चा लगाउने गरिन्थ्यो । पछि इन्डियाले सन् १८५४ मा हुलाक टिकटको प्रचलन गरेपछि यस हुलाकले पनि सोही टिकटहरू चलाउन थाले । समयअनुसार यस हुलाकले बाहिर जाने र भित्र आएका खाममा विभिन्नप्रकारको हुलाक टा“चा प्रयोग गर्न थाले । टा“चाहरूमा सोही हुलाक कार्यालयबाट प्रयोग भएको भन्ने जनाउनका लागि ल्भ्एब्ीरद्यच्क्ष्त्क्ष्क्ज् ीभ्न्ब्त्क्ष्इल् ९ल्भ्एब्ी० र क्ष्ल्म्क्ष्ब्ल् भ्ःद्यब्क्क्थ् ९ल्भ्एब्ी० अथवा कुनै सङ्केत सङ्ख्या द्यज्ञघठ र ऋ(घठ वा अन्य केही चिह्नको प्रयोग गरिन्थ्यो । विभिन्नकालमा उक्त हुलाकलाई समयसापेक्ष विभिन्न नामले चिनिन थालियो ।
(क) ब्रिटिस रेजिरेन्सी हुलाक ः सन् १८१६ देखि सन् १९१९ सम्म (हुलाक टा“चामा सङ्केत सङ्ख्या वा कुनै चिह्न अथवा ल्क्ष्एब्ग्ी, ल्भ्एब्ग्ी वा ल्भ्एब्ी० ।
(ख) ब्रिटिस लिगेसन हुलाक ः सन् १९१९ देखि सन् १९४१ सम्म (हुलाक टा“चामा रेजिडेन्सी हुलाक जस्तै ल्भ्एब्ी मात्र) ।
(ग) ब्रिटिस लिगेसन हुलाक ः सन् १९४१ देखि सन् १९४८ सम्म (हुलाक टा“चामा द्यच्क्ष्त्क्ष्क्ज् ीभ्न्ब्त्क्ष्इल् ल्भ्एब्ी० ।
(घ) इन्डियन एम्बेसी हुलाक ः सन् १९४८ देखि सन् १९६५ सम्म (हुलाक टा“चामा क्ष्ल्म्क्ष्ब्ल् भ्ःद्यब्क्क्थ् ल्भ्एब्ी० ।
सो हुलाकले आफ्नो स्थापनाको समयमा रेजिडेन्सीका कर्मचारीहरूको पत्र तथा अन्य हुलाक वस्तुको मात्र आदान–प्रदान गर्ने गर्दथ्यो । नेपालमा त्यसबेला हुलाक टिकटको व्यवस्था नभएको तथा केही अपरिपक्व हुलाकहरूको मात्र व्यवस्था भएको हुनाले नेपालबाट विदेशमा पत्रको आदान–प्रदान प्रायः असम्भवै थियो । यसैकारणले गर्दा केही नेपाली उच्चवर्गका व्यक्तिहरू जस्तै राजा तथा राणा प्रधानमन्त्री तथा उनीहरूका परिवारका सदस्यहरू मात्रको यहा“बाट विदेशका लागि पत्र चलान गर्न सक्ने व्यवस्था यस हुलाकबाट हुन थाल्यो । नेपालले सन् १८८१ देखि हुलाक टिकटको माध्यमबाट आन्तरिक हुलाक महसुल तिर्ने व्यवस्थाको सुरुवात गरेको थियो । तर, तत्कालीन समयमा नेपाल अन्तर्राष्ट्रिय हुलाक सङ्घको सदस्य भइनसकेकाले नेपालबाट विदेशमा पठाउने पत्रमा नेपाली हुलाक टिकटको प्रयोग अमान्य हुन्थ्यो । इन्डिया तथा विदेशबाट सर्वसाधारण जनताको नाममा पठाएको पत्रको वितरण त यस हुलाकले गर्ने गर्दथ्यो तर यहा“बाट पठाउनका लागि भने सन् १९१९ मा नेपाल र ब्रिटिस इन्डियाबीच भएको पहिलो हुलाक सम्झौतापछि मात्र सुरु हुन थाल्यो । जुन कारणले गर्दा यस हुलाकको आवश्यकता नेपाली जनतामा झन् बढ्न गयो । सर्वसाधारणका लागि खोलिएपश्चात् यो हुलाक अत्यन्तै व्यस्त हुन थाल्यो । यस तथ्यलाई ध्यानमा राख्नुको साथै हुलाक सम्झौताका कारण नेपाली हुलाक प्रशासनले सो हुलाकको नजिकै एउटा विनिमय हुलाकको पनि स्थापना ग¥यो । विनिमय हुलाकको स्थापनाले गर्दा तत्कालीन नेपाली जनताको पत्र पठाउन तथा प्राप्त गर्न सकिने तथा सजिलो भयो ।
प्रधानमन्त्री जुद्धशमशेर राणाको समयमा सन् १९३७ मा नेपाल र ब्रिटिस इन्डियाबीच दोस्रो हुलाक सम्झौता भएपछि नेपाली हुलाक टिकट प्रयोग भई नेपाली हुलाकमा दाखिला भएको साधारणपत्र ब्रिटिस इन्डियामा वितरण हुन सक्ने भयो । तर, अरू केही सेवाहरू जस्तै रजिष्ट्री, पुलिन्दा, बीमा, वैरङ आदिका लागि भने सोही ब्रिटिस–इन्डियन हुलाकबाटै पठाउन पर्ने भयो । साथै, अन्य मुलुकहरूमा पठाउने पत्र पनि त्यही हुलाकबाट पठाइन्थ्यो । तत्कालीन राजा महेन्द्रका थुप्रै सुधार योजनाहरूमध्ये सन् १९५६ मा नेपाल विश्व हुलाक सङ्घको सदस्य बन्न सफल भयो । जसअनुसार, नेपाली हुलाक टिकट प्रयोग भई नेपाली हुलाकबाटै साधारणपत्र विश्वका सबै मुलुकहरूमा वितरण हुन थाले । तर पनि यो हुलाक इन्डियन एम्बेसीको नाउ“बाट नौ वर्ष सन् १९६५ सम्म सुचारु रूपले चलिरह्यो । यसको प्रमुख कारण थियो, त्यतिबेलासम्म काठमाडौँ गोश्वारा हुलाकले अन्य केही थप सेवाको व्यवस्था गर्न सकेको थिएन ।
सन् १८१६ मा स्थापना भई १४९ वर्षसम्म अटुट रूपमा सञ्चालन भई सन् १९६५ अप्रिल १२ तारिखमा नेपालस्थित ब्रिटिस–इन्डियन हुलाक सदाका लागि बन्द भयो । सो हुलाकलाई प्रायः धेरै मानिसले बिर्सन थालिसकेका छन् । तर, यसको ऐतिहासिक दस्तावेज यसै हुलाकबाट आदान–प्रदान भएका थुप्रै खाम, हुलाक वस्तु आदिमा सुरक्षित भएको हुनाले यसले आफ्नो समयमा पु¥याएको योगदानको ज्वलन्त प्रमाण भएका छन् ।
(लेखक त्रिभुवन विश्वविद्यालय, प्राणीशास्त्र केन्द्रीय विभागका प्राध्यापक तथा फिलाटेलीका स्वतन्त्र अन्वेषक हुनुहुन्छ ।)