logo
२०८१ मंसिर ११ मंगलवार



उपनिर्वाचनको चिरफार

विचार/दृष्टिकोण |





प्रा.डा. ऋषिराम शर्मा

उत्कृष्ट साहित्यका लागि जीवन्त चरित्र, संयमित सन्तुलित एवं औचित्यपूर्ण र आवश्यकता अनुरूप वक्रतापूर्ण भाषा, पाठकको हृदयस्पर्श गर्ने भाव, सुन्दर विचार र एक विश्वसनीय प्लट वा कथानकको आवश्यकता पर्दछ । त्यसैगरी चुनावमा पनि एक स्थानीय एवं जनताका सुख दुःखसँग भिजेको जीवनचरित्र, चुनावी प्रचारको भाषणका सन्दर्भमा सन्तुलित संयमित र औचित्यपूर्ण भाषा, आम मतदाताको हृदय स्पर्श गर्न सक्ने भावपूर्ण अवस्था एवं सुन्दर विचार र उक्त विचार अनुरूपको आचरण तथा यी सम्पूर्ण कुरा समाविष्ट एक विश्वासनीय, भरपर्दो कथानक समेत जरुरी पर्दोरहेछ । योे कुरो भर्खर सम्पन्न उपनिर्वाचनले पुष्टि गरेको छ ।
यस उपचुनावको मुख्य प्लट वा कथानक समृद्ध नेपाल र सुखी नेपालीको डिस्कोर्स र त्यसको आंशिक परीक्षण समेत थियो । यस उपचुनावमा चरित्र र त्यसको सामाजिक घुलमिललाई आम मतदाताले राम्ररी रुचाएको तर फास्टफुडे चरित्र, विजयपश्चात्को दम्भ, विद्रोहको रोयल्टी, योगदानको कनकन र पहुँचको रवाफलाई भने कत्ति पनि रुचाएको देखिएन । कुनै नवघराना, नवकुलीन एवं नवदरबारियाको खल्तीबाट निकालिएको चिल्लो खुराक पनि जनताको पाचन शक्तिले थेग्न सक्तो रहेनछ ।
यस उपचुनावमा जनताले कृत्रिम, तिलस्मी र ऐयासी तानमा जबर्जस्ती बुन्न खोजेको र बुनेको प्लट वा कथानकलाई समेत मन पराएको पाइएन । वर्तमान सरकारले विगतका सरकारका तुलनामा अपेक्षित रूपमा सम्पन्न गरेका र गर्दै रहेका सकारात्मक कार्य (कानुनको पालना, राजनीतिक स्थिरता, आर्थिक सूचकाङ्कमा वृद्धि, जलविद्युत्को विकास, भौतिक पूर्वाधार, वैदेशिक सम्बन्ध जस्ता) सँग सम्बद्ध विषयका विरुद्ध प्रतिपक्षबाट जबर्जस्त रूपमा थोपर्न खोजिएका आरोपका कथानकलाई आम मतदाताले पत्याएको देखिएन । संघीय उपचुनावमा एक जीवन्त पात्र, स्पष्ट विचार एवं आम मतदाताको हृदय स्पर्श गर्न सक्ने भावमय चरित्रको उपस्थितिका साथै समृद्ध नेपालको नारालाई साकार पार्ने वचनबद्धतालाई समेत विश्वास गरेको देखियो । यसबाट सङ्घीय सरकारले दुई वर्षे कार्यकालमा गरेका कामहरूसँग सम्बद्ध उपपरीक्षामा जनताले विश्वास र आशाको उत्तीर्णाङ्क राम्रैसँग दिएको पुष्टि समेत भयो ।
यसपटकको प्रादेशिक र नगरपालिकाको चुनावमा पनि आम मतदाताले गरेको निर्णयको कथ्य वा भाव समेत निकै गहन र अर्थपूर्ण रहेको देखियो । दुई तिहाईको हाराहारीमा दुई वर्ष पहिले विजय प्राप्त दल र त्यसका समर्थकलाई दुई तिहाईको दम्भमा नमात्तिन र प्रतिपक्षी दललाई त्यसबेलाको पराजयबाट नआत्तिन व्यञ्जनापूर्ण सन्देश दिएको सङ्केत भयो । प्रदेश पाँच र चारका प्रादेशिक चुनावमा सत्तारुढ दललाई नै विजय दिलाई एकातिर गत महानिर्वाचनमा अघि सारेको र अहिले प्रयोगावस्थाबाट गुज्रिरहेको समृद्ध नेपाल र सुखी नेपालीको नारालाई पूर्ण विश्वास गरी केन्द्रको स्थिर सरकारको जनसमर्थनको सङ्केत प्राप्त भयो । अर्कातिर, स्थानीय सरकारका पदाधिकारीहरू निर्वाचनपश्चात् जनताका भावनासँग जुन जुन ठाउँमा जेजसरी जोडिनु पथ्र्यो त्यसरी ती ती ठाउँमा जोडिन नसकेको सङ्केत नगर प्रमुखमा प्रतिपक्षी दललाई जिताइदिएको सन्दर्भले पुष्टि गरिदियो । अहिले स्थानीय तहमा कार्यरत कतिपय पदाधिकारीहरूमा आपूm सेवक हुँ भन्ने भाव बिर्सेर विजेता सिकन्दर भैmँ शासकीय अहम्को आवरण ओढी हिँडेको छनक पाइयो जुन कुराले अहिले कार्यरत स्थानीय सम्पूर्ण पदाधिकारीहरूले आफ्ना बानी र आचरण नसुर्धादा ती ती पदहरू धर्मराउँदै आगामी स्थानीय निर्वाचनमा धरान बन्न सक्ने चेतावनीपूर्ण सङ्केत समेत अनुभूत गरियो ।
प्रदेश तीनको भक्तपुरको चुनावमा चाहिँ सत्तारुढ दलले अघि सारेका उम्मेदवारको वैयक्तिक छविको उज्यालो स्थानीयले देख्न नपाएको, इतिहासको धाक र आडमा भूगोल र धरातलीय यथार्थलाई नबुझी स्थानीय पहिचानलाई वेवास्ता गरिएको हुँदा पराजय वेहोरेको भन्ने प्रतिक्रिया बाक्लै रूपमा आमसञ्चारमा छाए । भक्तपुर र धरानका उपनिर्वाचनको आख्यानका ती कथ्य, सार वा आशय हुन् जसले सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दललाई समेत अनेक चेतना, सन्देश वा शिक्षा प्रदान गरेको छ । प्रतिपक्षी दलमा यसपटक सत्तामा हुँदाजस्तो आन्तरिक कलह (घात प्रतिघात एवं अन्तर्घात) को महारोग नदेखिँदा एवं अपेक्षित रूपमा डनवान्, धनवान्लाई भन्दा मनवान्लाई अघि सारी जीवन्त चरित्रहरूलाई चुनावी कथानकका पात्र बनाउँदा प्राप्त हुने सुखद परिणामको अनुभूति पनि उक्त दलले गरेकै देखियो ।
यसपटकको वडाका चुनावहरू पनि प्रत्यक्ष स्थानीय सरोकारका मुद्दासँग केन्द्रित रहे । विगतका स्थानीय निर्वाचनमा तत्कालीन एमाले एक्लै (तत्कालीन एमाओवादी र कांग्रेस एक हुँदा समेत) विजय प्राप्त गरेका स्थानमा पार्टी एकीकरणपश्चात् बनेको नेकपाले उठाएका उम्मेदवारहरू पराजित हुँदा एकातिर चुनावी गणितमाथि नै प्रश्न तेर्सिएको छ भने अर्कातिर विगत स्थानीय निर्वाचनमा अपवित्र, तुच्छ, घृणित एवं लज्जास्पद समीकरणको वीभत्स (मतपत्र च्यात्ने जस्तो) अभ्यास देखे भोगेका आम मतदाताले परिवारवाद र नातावादमाथिको आक्रोश मतपेटिकाभित्र पोखेको अड्कल गर्ने चुनावी पण्डितहरूका तर्कहरूलाई बल प्रदान गरेको पाइयो । एक पक्षले जितेका वडामा अर्का पक्षले जित्ने जुन प्रवृत्ति केही स्थानमा देखियो त्यसले चुनावका बेला आदर्श ठानेका आफ्ना स्थानीय जनप्रतिनिधिहरू सत्तास्वादको मादकतामा लठ्ठिँदै र कमाउ धन्दामा रमाउँदै आफ्नै मतदातासँग टाढिएको र मतदाताका आँखामा ती नेताको आदर्श चरित्र चर्मराउँदै गएको देखियो । स्थानीय नेतृत्व वर्गमा भित्रिएको यस्तो गैरचारित्रिक कोर्स करेक्सन हुनु जरुरी छ ।
वर्तमान उपचुनावमा भाषिक संयम, शालीनता र सन्तुलनको अवस्था विगत निर्वाचनका तुलनामा सन्तोषप्रद देखियो । चुनावी मैदानमा उत्रेका प्रतिस्पर्धीहरू एकअर्कालाई वैयक्तिक आलोचना र तुच्छ भाषाको प्रयोगको स्तरमा ओर्लेको देखिएन । तर सम्बन्धित दलको उच्च नेतृत्वले प्रयोग गरेका ‘लिपुलेक नक्सा सन्दर्भ’ होस् वा ‘देवघाट सन्दर्भ’, त्यस्तो भाषा धीरोदात्त चरित्रको आसनमा आसीन व्यक्तिहरूबाट अभिव्यक्त हुनु हुँदैनथ्यो ।
समग्रमा यी सङ्घीय र प्रादेशिक उपचुनाव केन्द्र वा संघको प्रभाव परीक्षणसँग जोडिएका थिए भने स्थानीय नेतृत्वको साखसँग स्थानीय सरकार सम्बन्धित थिए । विगतमा नेकपाले जितेको संघ र प्रदेशका सिटमध्येबाटै प्रदेशको एक सिट गुमाउनुले दुई वर्ष अघिको पराजयको प्रसव वेदनाका लागि प्रतिपक्ष ज्वानोपानीले तङ्ग्रिएभैmँ अनुभूत गरेको देखियो । आपूmले जितेको सिटबाट एक सिट गुमाउने कार्य चाहिँ सत्तारुढ दलमा देखिएको अहङ्कारको प्रेसर घटाउने बुटी बन्न पुग्यो । यस चुनावले सङ्घीय र प्रादेशिक सरकारप्रति जनभरोसा यथावतै रहेको तर कतिपय स्थानीय सरकारका पदाधिकारीका आचरण र व्यवहार व्यक्तिवादी बन्दै गएको एवं स्थानीय सरकारप्रति स्थानीय तहमा कतिपय असन्तुष्टि भुसको आगो भैmँ भित्रभित्रै सल्कँदै गएको सङ्केत गरेको समेत देखियो ।
आम मतदाताले समृद्धिको महाआख्यान र त्यसका महानायक एवं नायक पात्रहरूको चारित्रिक उत्कर्ष, वाणीमा संयम, व्यवहारमा पारदर्शिता, सरलता एवं मृदुभाषिताको अपेक्षा गरेको कुरा उपनिर्वाचनमार्पmत् मूल्याङ्कन गरेको पाइयो । सुन्दर सिद्धान्तको आवरणमा अभिनयकौशल देखाई विजयी हुने तर अनायकत्व वा खलनायकत्व व्यवहारकटुता प्रदर्शन गर्ने कतिपयहरू आज पनि जो जो पदमा आसीन छन् तिनीहरूले बेलैमा बुद्धि पु¥याउनु पर्ने कथ्य पनि यस उपनिर्वाचनले व्यक्त ग¥यो । दलको एकीकरण भन्ने तर एकीकरणपूर्वको फरक फरक दलभैmँ आन्तरिक समीकरण र भागबन्डाका नाममा विकृतिका वीज रोप्दै जाने हो भने त्यसबाट उम्रेको ऐंजेरुले समृद्धिको वृक्षलाई खर्लप्पै खान बेर छैन भन्ने सङ्केत पनि यसबाट पाइयो ।
खास्टो नओडी भन्दा, सत्तारुढ दलको एकीकरणपूर्वको जुन जुन ठाउँमा जजसको प्रभाव छ ती ती ठाउँमा तत् तत्लाई भागबन्डै नगरी जिम्मा दिने गरी सन्तुलन मिलाउनु जरुरी छ । त्यसो नगरी भैंसी र पाडीको भाग लगाउँदा दुइटैलाई एक एकवटा भाग नलगाई काटेर आधा आधा बाँड्ने जस्तो धृष्टता गर्दै गइयो भने सत्तारुढ दलको समृद्धिको महाख्यान पनि डेरिडाको महाख्यान भन्जन भैmँ हुन बेर छैन । नेतृत्व वर्ग जनतासँग मत लिएर निजी नाता, परिवार, कुटुम्ब र आफ्नासँग मात्र मन जोड्दै लसपस गर्दै गए भने शेक्सपियरको नाट्य संसारका महानायकहरूको जसरी आफ्नै कमजोरी र आफ्नै नजिकका नाता, कुटुम्ब र आफन्तहरूको दुस्कार्यले गर्दा दुःखद अन्त्य भयो त्यस्तै परिणाम भोग्नुपर्नेछ भन्ने बुझ्नु जरुरी छ ।
यो उपनिर्वाचन मुलुकको समृद्धि र मुलुकका नेतालाई दुर्घटनाको दीर्घ रोगबाट जोगाउने व्यञ्जनापूर्ण बुटी बनोस् ! समृद्धिको महाख्यानको भन्जन नहोस् एवं महानायक र नायकहरूको राजनीतिक संसारको समेत त्रासद अवसान नहोस् ।


(लेखक राजनीतिक विश्लेषक हुनुहुन्छ ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?