डोरबहादुर केसी
नेपालमा पर्यटनको विकासलाई हालसम्म सङ्ख्यात्मक वृद्धिको आयामबाट मात्र हेरिएकाले गुणस्तर सुधारको पाटो सधैँ ओझेलमा छ । गुणस्तरीय पर्यटनको विकास पर्यटन विकासको महŒवपूर्ण उपलब्धि हो । पर्यटक सङ्ख्या बढ्दै गए पनि सो अनुपातमा प्रतिफल बढ्न सकेन भने पर्यटन क्षेत्रको विकासमा खासै महŒव राख्दैन । बरु केही पर्यटकबाट बढी प्रतिफल प्राप्त भयो भने विशेष महŒव रहन्छ ।
पर्यटनको प्रतिफल मापन गर्दा प्रतिपर्यटक प्रतिदिन खर्च गर्ने दरको मापन गर्नुपर्ने हुन्छ । सन् २०१७ र सन् २०१८ मा नेपाल भ्रमण गरेका पर्यटकको तथ्याङ्कलाई मात्र तुलना गरेर हेर्दा पनि गुणस्तरीय पर्यटनको महŒव र आवश्यकताबारे एउटा धारणा बनाउन सकिन्छ । सन् २०१७ मा औसत रूपमा प्रतिपर्यटक प्रतिदिन खर्च अमेरिकी डलर ५४ रहेकोमा २०१८ मा आइपुग्दा यो खर्च दर अमेरिकी डलर ४४ मा खुम्चियो । परिणामस्वरूप, सन् २०१७ को तुलनामा २०१८ मा करिब २५ प्रतिशत (दुई लाख ३३ हजार) पर्यटक बढे पनि कुल विदेशी मुद्रा आर्जनमा केवल ६.४१ प्रतिशतको दरले मात्र वृद्धि भएको देखिन्छ । उता, पर्यटकको बसाइ अवधि पनि सो अवधिमा करिब १.५९ प्रतिशतले घट्न जाँदा पर्यटकबाट प्राप्त हुने समग्र आयको वृद्धिमा सकारात्मक असर पर्न सकेको छैन ।
माथि उल्लिखित पर्यटक सङ्ख्याको वृद्धिबाट पर्यटक सेवाप्रदायक व्यक्ति तथा संस्थामा केही व्यस्तता बढाए होला । केही रोजगारी तथा आयआर्जनमा वृद्धि हुनुको साथै अन्तर्राष्ट्रिय पर्यटन बजारमा ‘माउथ टु माउथ’ प्रचार तथा प्रसार भई पर्यटन प्रवद्र्धनमा समेत टेवा पुगे होला तर पनि पर्यटकबाट पाउनुपर्ने प्रत्यक्ष लाभबाट राष्ट्र पछाडि परेकै देखिन्छ । अर्कोतिर सीमित साधन–स्रोतबीच धेरै सङ्ख्यामा पर्यटकलाई सेवा प्रदान गर्नुपर्दा पर्यटकले पाउनुपर्ने उचित सेवा सुविधा र आतिथ्य सत्कारमा समेत समस्या पर्ने र यसको नकारात्मक असर दीर्घकालसम्म रहन सक्ने जोखिम कायमै रहन्छ ।
नेपालमा अहिलेसम्म थालिएका पर्यटन पर्वद्धनका विशेष अभियानमा पर्यटकको सङ्ख्यात्मक वृद्धिलाई मात्र जोड दिइएको पाइन्छ । नेपाल भ्रमण वर्ष १९९८, नेपाल पर्यटन वर्ष २०११ र नेपाल भ्रमण वर्ष २०२० जस्ता सबै कार्यक्रमले पर्यटकको सङ्ख्यात्मक वृद्धिमा मात्र जोड दिए । बीस लाख पर्यटक भिœयाउने लक्ष्यसाथ घोषणा भएको नेपाल भ्रमण वर्ष २०२० लाई केही दिनभित्रमै हामी स्वागत गर्न गइरहेको परिप्रेक्ष्यमा यस अभियानले पर्यटन क्षेत्रको विकासमा पक्कै सकारात्मक प्रभाव पार्ने आशा गर्न सकिन्छ । तर पनि केवल सङ्ख्यात्मक वृद्धिको एकोहोरो रटानले मात्र अब पर्यटन क्षेत्रको यथोचित विकास सम्भव छैन । पर्यटकको गुणात्मक सुधारको पक्षलाई पनि सँगसँगै अगाडि बढाउनुपर्ने देखिन्छ ।
हाम्रो जानकारीमा रहेसम्म पर्यटकबाट यति परिणामभन्दा बढी पैसा लिन नपाउने भन्ने नियम र मापदण्ड कतै भएको पाइँदैन । तर, भुटानमा सिजनअनुसार प्रतिदिन प्रतिपर्यटक कम्तीमा दुई सयदेखि २५० अमेरिकी डलरसम्म अनिवार्य खर्च गनुपर्ने प्रावधान छ । पर्यटन सेवामूलक व्यवसाय भएकाले पर्यटकलाई राम्रो सेवा दिई खुसी बनाएर विवादरहित वातावरणमा उनीहरूबाट यथोचित मात्रमा पैसा उठाउन सकिन्छ । पर्यटनको सकारात्मक पाटो पनि यही हो । पर्यटकहरूले आफूले खर्च गरेको पैसाको ‘भ्यालु अफ मनी’ (पैसाको महŒव) खोजी गर्ने भएकाले यसको आत्मालाई सबैले मनन गर्नुपर्ने हुन्छ । यसै अर्थमा पनि हामीले पर्यटकबाट उठाएको पैसा र उनीहरूलाई प्रदान गरेको सेवा सुविधाको मापन सही तरिकाले गर्न सकेमा मात्र दोहोरो सन्तुष्टि र दोहोरो लाभ प्रदान गर्न सकिन्छ । आफ्नो उत्पादन तथा सेवा सुविधाको सही मूल्याङ्कन र प्याकेजिङ हुन नसक्दा पनि नेपालमा पर्यटनबाट यथोचित लाभ हासिल गर्न सकिएको छैन ।
प्राकृतिक तथा साँस्कृतिक सम्पदामा हामी अब्बल छौँ । अतिथि देवो भवः को भावनासहित, प्राचीन मूल्य–मान्यता र जीवन्त संस्कृति भएका एक सयभन्दा बढी विभिन्न भाषिक समुदायको अध्ययन अवलोकन गर्न पाउने अवसरलार्ई विदेशी पर्यटकहरूले कम मूल्याङ्कन र आँकलन गर्नुपर्ने अवस्था नेपालमा छैन ।
सकारात्मक पाटोको बीचमा पनि हामीस‘ग थुप्रै समस्या छन् । यही समस्याका कारणले गर्दा पर्यटनबाट उचित लाभ प्राप्त गर्न सकेका छैनौँ । हाम्रो ध्यान आफ्नो उत्पादन (प्रोडक्ट) को गुणस्तर निरन्तर सुधार गर्नेभन्दा मूल्य घटाउने प्रतिस्पर्धामा छ । २० वर्ष पहिले कायम भएको मूल्यभन्दा सस्तोमा अहिले पर्यटकलाई सेवा सुविधा प्रदान गर्नुपर्ने अवस्था एकातिर छ । अर्कोतिर वस्तु तथा सेवाको मूल्य नियन्त्रण काबुबाहिरको परिस्थितिमा छ । यही दोहोरो मारमा नेपालको पर्यटन क्षेत्र अहिले पिल्सिरहेको छ ।
हाम्रा भौतिक तथा पर्यटन पूर्वाधारको अवस्था नाजुक छ । हाम्रा सहर दिनदिनै प्रदूषित भइरहेका छन् । पर्यटन क्षेत्रमा आवश्यक पर्ने दक्ष जनशक्ति दिनदिनै पलायन हुँदै गइरहेका छन् । हाम्रा पर्यटकसँग प्रत्यक्ष संलग्न रही सार्वजनिक सेवा प्रवाह गर्नुपर्ने निकायको क्षमता अभिवृद्धि र मानसिकतामा परिर्वतन आउन सकेको छैन । यी सबै क्षेत्रको एकीकृत असर पर्यटन सेवाको मूल्य र गुणस्तरमा पर्ने भएकाले पर्यटन क्षेत्रबाट उचित लाभ लिने सवालमा हामी चुकिरहेका छौँ ।
पर्यटकको सङ्ख्यात्मक वृद्धि सँगसँगै पर्यटनको गुणस्तर सुधार अर्को महŒवपूर्ण सवाल हो । अस्वस्थ प्रतिस्र्धालाई त्यागेर स्वस्थ प्रतिस्पर्धाको वातावरण तयार गर्ने, नयॉ‘ र राम्रा प्रोडक्टको उत्पादन, प्याकेजिङ र त्यसको उचित बजारीकरण गर्ने व्यवस्था, दक्ष जनशक्तिको उत्पादन र त्यसको उचित उपयोग, चुस्त र दुरुस्त सार्वजनिक सेवाको सेवा प्रवाह, पर्यटन पूर्वाधारको समुचित विकास र विस्तार अहिले नेपालको पर्यटन क्षेत्रको ज्वलन्त आवश्यकता हुन् ।
(लेखक इन्टेक ग्रुप अफ कम्पनीका प्रबन्धक हुनुहुन्छ ।)