सूर्य बल तामाङ
डिसेम्बर २५ अर्थात् पुस ९ गते विश्वभर इसाई धर्मावलम्बीको महान् पर्व ‘क्रिसमस डे’ मनाइँदैछ । येशू ख्रीष्टको जन्म भएको दिनलाई आधार मानेर यो पर्व मनाउने गरिन्छ । नेपालमा क्रिश्चियन धर्मको इतिहास चार सय वर्षभन्दा बढी रहेको पाइन्छ । बर्सेनि यो धर्म मान्ने नागरिकको सङ्ख्यामा पनि बढोत्तरी हुँदै गएको छ । ‘क्रिसमस डे’ का अवसरमा क्रिसमस ट्री बनाउने, शुभकामना उपहार आदानप्रदान गरिनुका साथै साङ्गीतिक कार्यक्रममार्पmत पर्वलाई उल्लासमय बनाउने गरिन्छ । दिवस मनाउने स्थलमा येशूको शिक्षा तथा उपदेशहरूको चर्चा गरिन्छ । नेपालमा मात्र होइन विश्वभर यही शैलीमा दिवस मनाउने गरिन्छ ।
क्रिसमस डेका दिन सार्वजनिक बिदाको मागलाई लिएर पटक पटक राज्यको ध्यानाकर्षण गराउने काम भए पनि विगतको निर्वाचनको पूर्वसन्ध्यामा राष्ट्रिय बिदा दिइएको बाहेक त्यसपछि कुनै बिदा दिइएको छैन । क्रिश्चियन धर्म मान्ने कर्मचारीलाई बिदाको व्यवस्था गरिए पनि विद्यार्थीहरूलाई त्यस प्रकारको व्यवस्था छैन । कति स्कुल÷कलेजले त क्रिसमसकै दिनमा जाँच राखिदिन्छन् । क्रिसमसका दिन सार्वजनिक बिदा दिनुपर्छ भन्ने माग अभैm कायमै छ, जसलाई राज्यले सम्बोधन गर्न जरुरी देखिन्छ ।
मानव संस्कृतिको विकाससँगै धर्मको अर्थ व्यक्ति र समाजपिच्छे फरक फरक पाइन्छ । ‘धर्म’ शब्दलाई सङ्गठित धर्मको रूपमा पनि हेर्ने चलन छ । खासमा मानिसहरूको समूहलाई सङ्गठित धर्म भन्ने गरिन्छ, जसले संयुक्त रूपमा एउटै धर्मको अवलम्बन गर्दछन् । यस्ता सङ्गठनले कानुनी हैसियत र अस्तित्व प्राप्त गरेका हुन्छन् । नेपालमा मात्र होइन, विश्वभरका नागरिकहरूका प्रमुख धर्महरूमा इसाई, इस्लाम, हिन्दु, बौद्ध, यहुदीलगायत विविधि छन् । नेपालमा हाल २० लाख इसाई धर्मावलम्बी रहेको अनुमान गरिन्छ भने १२ हजार चर्चमार्पmत ती समुदायले येशूको उपदेश र शिक्षाको चर्चा गर्नुका साथै प्रेम प्रकट गर्दै उपहार आदानप्रदान गर्दै आएका छन् ।
धर्म ज्ञाताका अनुसार ज्ञानको स्रोत भनेकै धार्मिक गुरु, धार्मिक ग्रन्थ अथवा आत्मज्ञान नै हुन् । धर्मको कुनै सीमा हुँदैन । यसले हरेक प्रश्नको उत्तर दिने गर्दछ । यस्तो तरिकाबाट प्राप्त हुने ज्ञान नै सत्य ज्ञान हो, जुन कहिल्यै गलत सावित हुनै सक्दैन । तर धार्मिक ज्ञान, धर्म तथा सम्प्रदायअनुसार अलग अलग हुन सक्छन् ।
नेपालमा संविधानसभामार्पmत जारी भएको संविधानको धारा ४ ले ‘नेपाल स्वतन्त्र, अभिभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्म निरपेक्ष, समावेशी लोकतन्त्रात्मक समाजवाद उन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हुनेछ’ भन्ने व्यवस्था गरिएको छ । त्यसलाई थप प्रष्ट पार्दै धर्मनिरपेक्ष भन्नाले सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षण धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनुपर्नेछ भन्ने उल्लेख गरिएको छ । त्यस्तै धारा २६ ले धार्मिक स्वतन्त्रताको हकको व्यवस्था गरिएको छ । धारा २६ को दफा १ ले धर्ममा आस्था राख्ने प्रत्येक व्यक्तिलाई आफ्नो आस्थाअनुसार धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने स्वतन्त्रता हुनेछ भन्ने व्यवस्था गरिएको छ । तर अभैm संविधानको उक्त व्यवस्था व्यवहारमा कार्यान्वयन भएको महसुस इसाई धर्मावलम्बीले गर्न पाएका छैनन् । धर्मनिरपेक्षता र धर्म संरक्षण जस्ता विषय परस्पर भिन्न सिद्धान्त रहेको तथ्यलाई राज्यले अभैm स्वीकार गर्न सकेको छैन ।
मुलुकी ऐनलाई प्रतिस्थापन हुने गरी केही समय अघि जारी गरिएको फौजदारी कसुरसम्बन्धी संहितालाई निष्कर्षमा पु¥याउने सन्दर्भमा तत्कालीन संसद्को विधायन समितिमा इसाई धर्मावलम्बीले दिएको सुझावलाई तत्कालीन अवस्थामा सुनिएन । उक्त सुझावपत्रमा संहितामा प्रस्तावित प्रावधानहरू कतिपय धर्मावलम्बीको आस्था र विचारमा ठेस पु¥याउने विषय भएको हुँदा सच्याउनुपर्ने माग गरिँदा पनि सुनुवाइ गरिएन । फौजदारी संहितामा कसैले कसैको धर्म परिवर्तन गराएमा वा गराउने दुस्साहस दिनुहुदैन भन्ने ठाउँमा सुझावस्वरूप कसैले इच्छाअनुसार राजीखुसीले (अन्य धर्म, मत वा आस्था ग्रहण) आफ्नो धर्म परिवर्तन गर्न सक्नेछ भन्ने सुझाव दिइएको भए पनि कार्यान्वयन गरिएन । अहिले धर्म परिवर्तन गरियो, इसाईकरण बढी भयो भन्ने यत्रतत्र गुनासो सुन्ने गरिन्छ । त्यसमा सत्यता पटक्कै छैन । कुनै नागरिकलाई आपूmले मान्दै आएको धर्म परित्याग गरेर अलग धर्म मान्ने स्वेच्छा जागेमा यसमा कुनै बन्देज लगाउनुको अर्थ छैन ।
नेपालमा इसाई भन्नेबित्तिकै एउटै दृष्टिकोण राख्ने र अर्कै नजरले हेर्ने चलन छ । तर वास्तविकता उनीहरूका सोचाइभन्दा धेरै फरक छ । प्रेरितीय विश्वासको सारलाई स्वीकार्ने बाहेकका अन्य विपरीतका शिक्षा, झुटो कुरा वा गलत शिक्षा प्रचारप्रसार गर्ने सङ्गठन र व्यक्तिहरूका कारण आम इसाई धर्मावलम्बीमाथि राज्यको दृष्टिकोण फरक हुन गएको छ । त्यस्ता गतिविधि गर्नेलाई राज्यले कारबाही गर्नुपर्छ । राज्यभित्र विभेद र विवाद ल्याउने, इसाईकरणका नाममा बदनाम गराउने खालका थुप्रै अस्वस्थकर तत्वहरू नेपालमा सक्रिय छन् । उनीहरूले राष्ट्रको धार्मिक सहिष्णुतालाई खलल पु¥याउने खालका गतिविधि गरिरहेका छन् । इसाईका नाममा झुटो शिक्षा प्रचारप्रसार गर्ने समूहहरू घरदैलोमा जाने, जबर्जस्ती प्रचार सामग्रीहरू थमाउने, झुटो प्रलोभन देखाउनेहरू सक्रिय छन् । यसले गर्दा सबै क्रिश्चियन समुदाय बदनाम भइरहेको छ । यस्ता तत्वलाई राज्यले कानुनी कारबाहीको
दायरामा ल्याउनुपर्दछ ।
संसारमा आफ्नो धर्म प्रचारप्रसार नगर्ने कुनै धर्म नै छैन । तिनले कुनै न कुनै कालखण्डमा आफ्नो धर्मको प्रचारप्रसार गरेकै छन् । कुरा यत्ति हो, यसमा कोही सफल भए, कोही भएनन् । कुनै पनि मानिस यो वा त्यो धर्मको भनेर जन्मिएको हुँदैन । जो कसैलाई पनि धर्म छान्ने अधिकार छ । यसैलाई आधार बनाएर बाधा–व्यवधान सिर्जना गर्नु संवैधानिक र मानवअधिकार विरोधी काम हो ।
राज्यको आफ्नै धर्म हुँदैन । राज्य सबै धर्मको अभिभावक बन्न सक्नुपर्छ । जुन राज्यमा धर्मको स्थायित्व हुँदैन, त्यो राज्य समृद्धितर्पm अगाडि बढ्न सक्दैन । सबै धर्ममा कुनै न कुनै किसिमका विकृति अवश्य हुन सक्छन् । इसाई धर्ममा पनि होलान् । ती विकृतिलाई सच्याएर अगाडि बढ्नु नै उत्तम कुरा हो । देशको प्रगतिका लागि पनि धार्मिक स्थायित्वको आवश्यकता पर्दछ । नेपालको इतिहासदेखि वर्तमानसम्म धार्मिक द्वन्द्वको अवस्था उत्पन्न नभएको गौरवपूर्ण अवस्थालाई आत्मसात् गर्दै आगामी दिनमा पनि त्यो अवस्था कायम राख्नकै लागि राज्यले सबै धर्मलाई समान रूपमा फुल्ने÷फल्ने अवसर दिनुपर्दछ । धार्मिक स्वतन्त्रता र धर्मनिरपेक्षता भनेकै यही हो, जुन सबै राजनीतिक दल र राज्यले संविधानमार्पmत स्वीकार गरेको विषय पनि हो ।
(लेखक नेपाल राष्ट्रिय मण्डली सङ्गतिका अध्यक्ष हुनुहुन्छ ।)