डोरबहादुर केसी
हामी २०२० लाई नेपाल भम्रण वर्षका रूपमा मनाउने तयारीमा जुटेका छौँ । मूलतः यसको घोषित मूल उद्देश्य आगामी वर्ष नेपालमा बीस लाख पर्यटक भिœयाउने भए पनि यस महाअभियानलाई यत्तिमा मात्र सीमित गरेर यसको अन्तरवस्तुलाई ओझेलमा पार्नुहुँदैन । नेपाल भमण वर्ष एक यस्तो अभियान हो, जसले नेपालको आर्थिक, भौतिक तथा सामाजिक पक्षको विकास अनि पर्यटकीय पूर्वाधारको सुदृढीकरण, साँस्कृतिक तथा पर्यावरणीय पक्षको संरक्षण र प्रवद्र्धन, मानव स्रोतको उचित व्यवस्थापन, नीतिगत तथा संस्थागत सुधारजस्ता समग्र पक्षको अग्रगामी परिवर्तन गर्न सक्नुपर्छ ।
नेपाल भम्रण वर्ष २०२० मूलतः नेपालको सर्वाङ्गीण विकासको आधार वर्ष हो । यो विकास र समृद्धिको संवाहक हो । यसलाई सरकारले विकासका लागि सार्वजनिक रूपमा गरेको प्रतिबद्धताका रूपमा पनि परिभाषित गर्न सकिन्छ । किनभने पर्यटन क्षेत्रको विकासले बहुआयामिक पाटोलाई समेट्ने गर्दछ । यो अभियान कम्तीमा पनि बीस लाख पर्यटकलाई नेपालमा २०२० सम्ममा राम्रो पर्यटकीय सेवा–सुविधा प्रदान गर्न सक्छौँ भन्ने हाम्रो अठोट हो । हालका वर्षमा बाह्र लाखभन्दा बढीको सङ्ख्यामा पर्यटकलाई सेवा–सुविधा पु¥याइरहेका बेला थप पर्यटकको सेवा–सुविधाको प्रबन्ध तयारीका लागि जुट्नुपर्दा यसले विकासका सबै क्षेत्रमा गुणात्मक प्रतिफल दिन सक्छ । विश्वका आकर्षक पर्यटक गन्तव्य सूचीमा नेपालको नाम अग्रस्थानमा उदाइरहँदा र प्रत्येक वर्ष पर्यटकको सङ्ख्या बढिरहेको वर्तमान अवस्थामा सो अनुपातमा पर्यटकीय सेवा– सुविधा वृद्धिका लागि जुट्नु अहिलेको हाम्रो महŒवपूर्ण सवाल र आवश्यकता हो ।
पर्यटन क्षेत्रको विकासका कुरा गर्दा हवाई क्षेत्रको विकास, विस्तार र सुदृढीकरण पहिलो आवश्यकता हो । यसको पहिलो सर्त नेपाल भ्रमण गर्न चाहने पर्यटकलाई नेपालभित्र सजिलैसँग प्रवेश गर्न र गन्तव्य स्थलसम्म सजिलै पुग्न हवाई सिटको व्यवस्थापन गर्नु हो । हवाई सिट सङ्ख्या बढाउन अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानको उड्डयन सङ्ख्या थपिनुपर्ने हुन्छ, यसका लागि हाम्रो अन्तर्राष्ट्रिय तथा आन्तरिक एयरपोर्टको क्षमता विस्तार तथा व्यवस्थापकीय सुधारबाट हाल भइरहेको एयर ट्राफिकको समस्या हल गरिनुपर्ने हुन्छ । भैरहवा तथा पोखरा अन्तर्राट्रिय विमानस्थलको सञ्चालनबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भइरहेको हवाई चाप केही कम गर्न सकिने भए पनि त्रिअविको विकल्प दिन ती दुई विमानस्थल पर्याप्त रहने छैनन् । नेपाल भ्रमण वर्षको यस अभियानले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अपरिहार्यतालाई जोड दिन सबै पक्षलाई एकपटक झकझक्याउनेछ । लामो अध्ययनपछि अगाडि सारिएको यस परियोजना विकासको रोलमोडल बन्न सक्छ । देशको अग्रगमनको ढोकामा कोही पनि तगारो बनेर उभिनु राम्रो हँुदैन । वातावरणीय तथा पर्यावरणीय न्यूनीकरणका उपायहरू अवलम्बन गर्दै र भए–गरेका कमीकमजोरी सच्याउँदै यसलाई छिटो कार्यान्वयन तहमा ल्याउनुपर्छ । हाम्रा आन्तरिक विमानस्थलको विस्तार, सुदृढीकरण र हवाई तथा पर्यटकीय यातायात सिटको भरपर्दो उपलब्धता अर्को महŒवपूर्ण पाटो हो । हवाई तथा सडक सञ्जालको विकास, विस्तार र सुदृढीकरण गर्दै यस अभियानले पर्यटकको आन्तरिक तथा बाह्य दुवै क्षेत्रको ‘कनेक्टिभिटी’मा स्पष्ट मार्गचित्र कोर्न सक्नुपर्दछ ।
पर्यटन क्षेत्रको विकासको दोस्रो महŒवपूर्ण पक्ष भनेको उपयुक्त आवासको व्यवस्था हो । अहिलेसम्म आइपुग्दा थुप्रै पर्यटकस्तरीय तथा डिलक्स होटल, रिसोर्ट, लज तथा होमस्टेको स्थापना भइसकेको अवस्था छ । तर, क्षेत्रगत विविधता र गुणस्तरीयताको अभाव छ । यस्ता होटल विशेषतः काठमाडौैँ, पोखरा, चितवन, लुम्बिनी आदि क्षेत्रमा मात्र केन्द्रित छन् । पर्यटक लस्कर मार्गमा पर्ने क्षेत्रहरू सगरमाथा, अन्नपूर्ण, लाङटाङ, मनास्लु क्षेत्रमा स्थानीयस्तरमा पर्यटकका लागि थुप्रै लजले पदयात्री पर्यटकका लागि सेवा पु¥याइरहेको अवस्था छ । तर, स्पष्ट मापदण्ड र नीति अभावको कारण भरपर्दो र गुणस्तरीय सेवा–सुविधाको अभाव छ । कर्णालीप्रदेशमा पर्वतीय पर्यटन विकासको ठूलो सम्भावना छन् । तर, त्यहाँ उपयुक्त आवासको अभाव खड्किरहेको छ । हाल त्यस क्षेत्रमा भम्रण गर्ने पर्यटकका लागि आवश्यक बन्दोबस्तीका सामानको व्यवस्था राजधानी काठमाडौँबाटै गर्नुपर्ने अवस्थामा ‘टुर प्याकेज’ निकै महँगो पर्न गइरहेको छ । राज्यले हाल विस्तार भइसकेका क्षेत्रको होटल तथा लजको गुणस्तर सुधार तथा संरक्षणको नीति र नयाँ क्षेत्रमा होटल तथा लजको विस्तारको नीति अवलम्बन गर्नुपर्ने हुन्छ । प्रदेश तथा स्थानीय सरकारको अग्रसरतामा यी काम अगाडि बढाउन सकिन्छ । भिजिट नेपालको यस महाअभियानले होटल, लज तथा रिसोर्टको विकास, क्षेत्रगत विस्तार, स्तरोन्नति गर्नमा विशेष जोड दिनुपर्छ ।
तेस्रो महŒवपूर्ण पाटो भनेको वातावरणीय तथा पर्यावरणीय सन्तुलन र स्थानीय संस्कृतिको संरक्षण हो । हाम्रा सहर दिनदिनै प्रदूषित भइरहेका छन् । पर्यटकका लागि आकर्षक तथा मनमोहक पर्वतीय पदमार्ग ‘बुल्डोजर’ संस्कृति विकासले दिनानुदिन नष्ट भइरहेको छ । देशको कुनाकाप्चामा लुकेर बसेका परम्परागत जीवन्त संस्कृति दिनानुदिन लोप हुने अवस्थामा छन् । स्थानीय सरकारलाई पर्यटनको आवश्यकता, महŒव र पर्यटकको रोजाइ तथा खोजाइबारे थप प्रशिक्षित गर्दै विकासको पर्यटकीय मोडलको विषयमा नयाँ बहसको सुरुवात गरिनुपर्ने हुन्छ । सम्बन्धित पक्षले स्थानीय सरकार तथा स्थानीय सरोकारवाला पक्षसँग वातावरण संरक्षण, फोहरमैला व्यवस्थापन तथा स्थानीय पराम्परागत मौलिक संस्कृति संरक्षण गर्ने विषयमा स्पष्ट कार्यदिशा र दूरदृष्टिसहित नयाँ प्रतिबद्धता जनाउनु जरुरत छ । यसबाट हाम्रा पर्यटकीय क्षेत्रको संरक्षण, पर्यावरणीय सन्तुलन र पराम्परागत संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्न नेपाल भम्रण वर्ष एक सहयोगी माध्यम बन्न जानेछ ।
भम्रण वर्षको अर्को महŒवपूर्ण पाटो भनेको मानव स्रोतको व्यवस्थापन तथा रोजगारीको सिर्जना हो । हाम्रा युवा जनशक्ति दिनानुदिन विदेश पलायन भइरहेका छन् । राज्यले उनीहरूलाई रोजगारी तथा जीविकोपार्जनको भरपर्दो विकल्प दिन सकिरहेको छैन । पर्यटन क्षेत्रको उचित विकासले रोजगारीको नयाँ विकल्प दिने भएकाले युवा विदेश पलायन रोक्न तथा यस क्षेत्रमा संलग्न जनशक्तिको थप क्षमता अभिवृद्धिका लागि आत्मविश्वास जगाउन पनि नेपाल भ्रमण वर्ष एउटा आधार वर्ष बन्न सक्नुपर्छ ।
विश्व मानचित्रमा नेपाल एक सानो राष्ट्र हो । नेपाललाई विश्वसामु चिनाउने एक माध्यम भनेको पर्यटन हो । पर्यटनले जनस्तरमा कूटनीतिक सम्बन्ध विस्तार गर्न महŒवपूर्ण भूमिका खेल्न सक्छ । जनस्तरमा विकास भएको कूटनीतिक सम्बन्ध दिगो र भरपर्दो हुन्छ । नेपालको नाम विश्वसामु पु¥याउन र नेपालको शिर उँचो बनाउन नेपाल भ्रमण वर्षको अभियान महŒवपूर्ण साधक हो ।
पर्यटन क्षेत्रको विकासका लागि केही नीतिगत तथा संस्थागत सुधारको आवश्यकता देखिएको छ । केही स्थानीय तहले आफूखुसी पर्यटन शुल्क उठाइरहेको अवस्था छ । हिमाल आरोहणको सम्बन्धमा स्पष्ट मापदण्डको खोजी भइरहेको छ । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको सबलीकरणको खाँचो टड्कारो छ । हवाई सुरक्षाको विषय बेला–बेलामा चुनौतीपूर्ण देखिन्छ । नेपाली जहाज युरोपको आकाश अझ खुला हुन सकेको छैन । नागरिक उड्डयन प्राधिकरणको सङ्गठन संरचना परिवर्तनको खाँचो अगाडि आएको छ । यी सबै विषयको समाधान गर्न नेपाल भ्रमण वर्ष राम्रो अवसर हो ।
अन्त्यमा, नेपाल भम्रण वर्ष २०२० नेपालको विकास र समृद्धिको एक राष्ट्रिय अभियान हो । यसको अन्तरवस्तुको महŒव बुझेर यसको उचित कार्यान्वयन र सफलताका लागि तीनै तहका सरकार, सबै राजनीतिक दल, सम्बन्धित विभिन्न सङ्घ–संस्था, नागरिक समाज, पत्रकार, व्यवसायी, कर्मचारी तथा समाजका सबै सचेत नागरिक एक हुनु अहिलेको राष्ट्रिय आवश्यकता हो ।
(लेखक इन्टे«क ग्रुप अफ कम्पनीजका प्रबन्धक हुनुहुन्छ ।)