logo
२०८१ मंसिर ११ मंगलवार



नेपाल भ्रमण वर्षको सफलता

विचार/दृष्टिकोण |




प्रा.डा. प्रेम शर्मा

‘नेपाल भ्रमण वर्ष २०२०’ अभियान पर्यटन प्रवद्र्धन÷विकासका लागि नेपाल सरकारको एउटा ऐतिहासिक, रणनीतिक र औपचारिक कार्यक्रम हो । नेपालमा अन्तर्राष्ट्रिय एवं आन्तरिक पर्यटकीय सम्पदाहरू अथाह छन् । ती सम्पदाको उचित संवद्र्धन र प्रचारप्रसार गरी सन् २०२० मा २० लाख बाह्य र १० लाख क्षेत्रीय एवं आन्तरिक पर्यटन भिœयाउन सकिन्छ । यो अवस्थालाई उपलब्धिमूलक बनाउन नेपाल भ्रमण वर्ष २०२० ले एउटा सघन÷एकीकृत रणनीतिक योजना अगाडि सारेको छ । निजीक्षेत्र, व्यक्ति, समुदायलाई परिचालन, अग्रगमन तथा पश्चगन्तव्य, स्थानीय स्रोतसाधनलाई राष्ट्रिय सञ्जालमा जोड्ने, कनेक्टिभिटी (सम्पर्क सञ्जाल) विस्तार, देशभरिका पर्यटन व्यवसायसँग सरोकार राख्ने सङ्घसंस्थाहरू, आमसञ्चार माध्यमको परिचालन गरिएको छ । यसैगरी नेपाल उद्योग÷वाणिज्य सङ्घ आदि ८० वटा सङ्गठन परिचालन, सातवटै प्रदेशका पर्यटनमन्त्रीको संयोजकत्वमा प्रवद्र्धन समितिहरू गठन, वैदेशिक कूटनीतिक नियोगलाई सहभागिता गराउने र विदेशस्थित नेपाली कूटनीतिक नियोग र गैर आवासीय नेपालीको परिचालन सुरु गरिएको छ । त्यसैले भावी दशकमा नेपाल सरकारले राखेको लक्ष्य २० लाख र सन् २०३० मा ३५ लाख वार्षिक पर्यटन नेपाल भित्रिने स्थिति सुनिश्चित छ ।
नेपाल पर्यटन गन्तव्यमय मुलुक हो । भू–संरचनाले ६० मिटरदेखि सर्वोच्च शिखर आठ हजार ८४८ मिटर उचाइ भएको सगरमाथा, बुद्ध धर्मावलम्बीको पवित्रभूमि गौतम बुद्धको जन्मथलो–लुम्बिनी, विश्वमा एउटा मात्र ८० प्रतिशतभन्दा बढी हिन्दू भएको मुलुक नेपाल हो । विश्वका सबैभन्दा बढी जनसङ्ख्या रहेका छिमेकी मुलुक चीन र भारत तथा दक्षिण एसिया एवं दक्षिण पूर्वीय (एसिया प्यासिफिक) का जनतालाई आकर्षक गर्ने हाम्रा पर्यटकीय सम्पदाहरू– प्रकृति एवं संस्कृति पर्याप्त छन् । छिट्टै तयार हँुदै गरेका गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा विमानस्थल र निजगढ विमानस्थलबाट सहज सुविधा सेवाप्रवाह हुने निश्चित छ । यसैगरी नेपाल सरकारले प्रवद्र्धन गर्न थालेको ग्रामीण पर्यटन (होमस्टे), प्रदेश एवं स्थानीय सरकारले आ–आफ्नो क्षेत्रबाट योजनाबद्ध पर्यटन विकासका योजना, कार्यक्रम, महोत्सव, प्रचारप्रसारका सामग्रीले देशभर ग्रामीण पर्यटनको अभियान सुरु भएको छ । अझ आन्तरिक पर्यटन प्रवद्र्धनमा कर्मचारीलाई एकहप्ते घुमफिर सुविधा दिँदा के होला ? पूर्वको इलाम, ताप्लेजुङको पाथिभरादेखि सोलु क्षेत्र, कोशीटप्पु, दोलखा, चितवन, काठमाडौँ उपत्यकाको मल्लकालीन कलाकौशल र नेवारी सभ्यता पर्यटकका लागि हेर्न लायक गन्तव्य हुन् । रसुवाको गोसाइँकुण्ड गाउँपालिकाको तामाङ हेरिटेज ट्रेकिङ क्षेत्र, मनाङ, मुस्ताङको साहसी पदयात्रा, लम्जुङ, तनहुँ, पाल्पा, कास्की, बाग्लुङका मगर, गुरुङ, थकाली समुदायको संस्कृति र आतिथ्य सत्कार कला, रारा, हुम्ला जिल्ला र लिमी उपत्यका जोड्ने उत्तरी सीमा (पुरन काउन्टी) को मोटरबाटो र आसन्न जोडिँदै गरेको जितेगाढ (कालिकोट)–हुम्ला–कैलाश मानसरोवर जोड्ने मोटरबाटो, बर्दिया–शुक्लाफाँटा वन्यजन्तु आरक्ष पार्क, बाग्लुङ–म्याग्दी–रुकुमबीचको नेपालको एकमात्र वैधानिक शिकार आरक्षण–ढोरपाटन, कर्णाली चिसापानी क्षेत्र र कैलाली टीकापुर पार्क एवं कालु हमालको केरा (कृषि परिकार) अभियान आदि केही नमुनाका उल्लेखनीय गन्तव्यहरू छन् । यी गन्तव्यको प्रचारप्रसारको आवश्यकता छ ।
विविधतापूर्ण नेपाली समाजभित्रका जातजाति र उनीहरूको सांस्कृतिक विविधता, झण्डै एक दर्जन धर्मावलम्बीबीचको सहिष्णुता, आ–आफ्नो आतिथ्य कला एकपटक अवलोकन भ्रमण गरेर सन्तुष्ट भइँदैन । नेपालको प्राकृतिक एवं जैविक विविधता र मानव निर्मित, सिर्जित कलाकौशल र अपार आतिथ्य सत्कार कला ‘अतिथिदेवो भव’ सुन्दर नेपालको पहिचान हो । सहरी पर्यटन विकासका लागि निजीक्षेत्रलाई प्रोत्साहन गर्ने र ग्रामीण पर्यटन विकासका लागि समुदायहरूलाई सङ्गठित र प्रोत्साहन गरी अगाडि बढाउनु पर्दछ । केन्द्र सरकारको भूमिका नीति निर्माण र सहजीकरण गर्नु हो । स्थानीय तहमा जिसस र पालिकापरिषद्को भूमिका बढी प्रभावकारी र उपलब्धिमूलक हुन्छ । जिल्ला होमस्टे समन्वय समितिको काम, कर्तव्य र अधिकार क्षेत्रभित्र स्पष्ट छवटा कार्य सम्पादन गर्नुपर्ने होमस्टे सञ्चालन कार्यविधि २०६७ मा तोकिएको छ । वर्तमान सरकारले परिकल्पना गरेको ‘समृद्ध नेपाल र सुखी नेपाली’ यिनै सम्पदाहरूको परिचालन र ढुकुटीले मुहार फेरिन्छ । साहसी पर्यटकहरूका लागि हिमाल पर्वत आरोहण, जलक्रीडा, पदयात्रा, पशुपक्षी अवलोकन, स्काई डाइभ, प्याराग्लाइडिङ, बञ्जीजम्प, जीपलाइन, रक क्लाइम, हाइ एल्टिच्युट स्पोर्टस, क्यानोनिङ हजारौँ वर्ष पुराना ऐतिहासिक पुरातात्विक र सभ्यताका सम्पदाको धनी मुलुक नेपाल अर्थोपार्जनका दृष्टिकोणले कुवेर राष्ट्र हो । भविष्यमा ‘फोसिल फ्युल’को अभावमा खाडी मुलुकहरू सङ्कटमा पर्दा जलस्रोतको उपयोगले बिजुली र शुद्ध पिउने पानीले धनी बन्ने एक मात्र मुलुक नेपाल हुनेछ ।
नेपालीको समृद्धि र सम्पन्नतालाई दिगो बनाउने भनेको जलउपयोग र पर्यटन विकासबाट हो । पर्यटन निजी र समुदाय एवं व्यक्तिको सक्रिय पहल र सहभागितामा निर्भर रहन्छ । यो मानवका पाँच ज्ञानेन्द्रियहरूलाई आकर्षण गरी आर्थिक कारोबार उत्पन्न गर्ने विधा हो । सरकारको पहल र भूमिका आवश्यक भौतिक पूर्वाधार र मानवपुँजी विकास गर्ने अर्थात् नीति नियम तय गर्ने, दक्ष जनशक्ति उत्पादन र स्रोत साधनमा पहुँच हुने÷पुग्ने संरचनाहरूको विकास गरिदिने हो । निजीक्षेत्र, जनसमुदाय र व्यक्ति विशेषले पर्यटन व्यवसायमार्फत प्रत्यक्ष एवं अप्रत्यक्ष फाइदा लिने आयाम हो ।
हाल अधिकांश जिल्लाभित्र सडक सञ्जाल पुगेको छ । आन्तरिक पर्यटनका गतिविधिहरू बढेको उदाहरण मुक्तिनाथ, पाथिभरा र रारा क्षेत्रले देखाएको छ । सरकारले बहुआयामिक क्षेत्रलाई पर्यटनसँग जोडी थोरै पुँजी तर सर्वाधिक वर्ग एवं तहका नागरिकको पुँजी परिचालन गरी गरिबी निवारण गर्दै, गाउँ ठाउँमा स्वरोजगार सिर्जना गरी छिमेकी मुलुकहरूमा बजारीकरण गर्ने पहल गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अयोध्या–जनकपुर–पशुपति–मुक्तिनाथ धार्मिक सर्किट, चिनियाँ राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमण र रसुवागढी लुम्बिनी करिडोर विकास गर्ने सदिच्छा र सन् २०१६ मा नेपालले सम्पन्न गरेको प्रथम सार्कस्तरीय ग्रामीण पर्यटन कार्यशाला गोष्ठी, बिम्सटेक आदि केही वस्तुपरक सङ्केतहरू हुन् ।
पन्ध्रौँ पञ्चवर्षीय योजनाको आधारपत्रमा पर्यटन क्षेत्रको गार्हस्थ उत्पादनलाई चारबाट बढाएर १० प्रतिशत पु¥याउने लक्ष्य लिइएको छ । यसैगरी ४४ डलर प्रतिदिन खर्च गर्ने अवस्थालाई ८० डलर खर्च गर्ने स्थिति सिर्जना हुँदैछ । सहर बजार र पर्यटकीय गन्तव्यहरूको पर्यावरणीय स्थितिको सुधार, स्थिर सरकारको निर्बाध सेवा र सुविधा, बन्द हडताल बन्द, दैवी प्रकोपको न्यूनीकरण, सुरक्षा एवं स्वास्थ्य सेवा र सुविधामा ध्यान, २४ सै घण्टा ‘रेस्क्यु अपरेशन’ को सुविधा, पर्यटक आगमनदेखि प्रस्थान समयको सतर्कता र आतिथ्य सत्कार, सरकार एवं निजीक्षेत्रको विशेष छुटका प्याकेज र अवसरहरूले नेपाल भ्रमणका लागि नयाँ सन्देश पक्कै फैलाउनेछ । पर्यटन व्यवसायी एवं निजीक्षेत्र, होमस्टे समुदाय, व्यक्ति विशेषको तर्फबाट हुन सक्ने छुट र सरसुविधा एवं सक्रिय सहभागिता सर्वोपरि भूमिकाको रूपमा हेरिन्छ ।
सरकार, निजीक्षेत्र, समुदाय, सञ्चार माध्यमको भूमिका, आम नागरिक, राजनीति दल, गैससहरूको सघन सहयोग र योगदानले नेपाल भ्रमण वर्ष २०२० मात्रै सफल हुने होइन आम नेपालीको उन्नति, प्रगति, समृद्धि पर्यटन विकासमा निर्भर रहन्छ ।

(लेखक ग्रामीण पर्यटनविद् हुनुहुन्छ । )
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?