logo
२०८१ मंसिर १२ बुधवार



विकासमा प्रविधिको प्रयोग

विचार/दृष्टिकोण |




बिन्दु अधिकारी

सन् २००९ मा जापानको कावासाकी हेभी इन्डस्ट्री नामक निर्माण कम्पनीले चीनमा बेइजिङ सङ्घाई हाई स्पीड रेल निमार्णको जिम्मेवारी पायो । तर, सन् २०११ सम्ममा चीनको हाई स्पीड रेल्वे निर्माणको क्रममा सोही कावासाकी हेभी इन्डस्ट्रीको भन्दा द्रुतत्तर रूपमा गुड्न सक्ने प्रविधिको विकास चीन आफँैले ग¥यो । दुई वर्षमा चीनले जापानभन्दा उच्चतम प्रविधिको अन्वेषण गरिसकेको थियो । चीनको हाई स्पीड रेल्वे प्रविधि नै अहिले विश्वको सर्वोत्कृष्ट र सबैभन्दा द्रुत गतिमा गुड्न सक्ने रेल प्रविधि हो । पछिल्लो पचास वर्षमा उच्चतम भोकमरीको युगबाट चीनले आर्थिक प्रविधियुक्त र विकासको त्यो उच्चतम युगमा पु¥याइसकेको छ, जहाँ अन्य विकसित विश्व पछाडि परिसकेका छन् ।
हाल चीनको अर्थतन्त्र चार सय खर्ब अमेरिकी डलरको छ । विश्वको दोस्रो अर्थतन्त्रको श्रेणीमा श्रेणीबद्ध चीनको कुल गार्हस्थ वृद्धिदर ६.१ प्रतिशत छ । प्रतिव्यक्ति आय दस हजार १०० अमेरिकन डलरभन्दा बढी छ । यति ठूलो अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान ७.९ प्रतिशत छ भने ४०.५ प्रतिशत उद्योग क्षेत्रको योगदान छ । बाँकी ५१.७ प्रतिशत सेवाक्षेत्रको योगदान छ । हुन त ३.१ प्रतिशत जनसङ्ख्या अझै पनि गरिबीको रेखामुनि छ । तर, उच्च आर्थिक वृद्धिदरले सजिलै भरणपोषण गरेको छ । कुल उत्पादनको १९.२५ प्रतिशत अमेरिका र १६.४३ प्रतिशत युरोपियन युनियनले चीनको निर्यात धानेको छ । यसरी हेर्दा विश्वकै प्रमुख उत्पादक अर्थतन्त्र र सामान निर्यातकर्ता चीन नै हो । यति ठूलो अर्थतन्त्र भए पनि विश्व व्यापार सङ्गठनको सदस्य भने सन् २००७ मा मात्रै भयो ।
चीनको यो तीव्रत्तर आर्थिक र प्रविधिमैत्री चामत्कारिक विकासको सबल पक्षलाई हेर्ने हो भने तीनवटा ठूला विशेषता देख्न सकिन्छ । सन् १९७८ देखि कुल गार्हस्थ उत्पादन प्रतिव्यक्ति वृद्धिदर नियमित रूपमा नौ प्रतिशतभन्दा माथि छ । यसको सन्तुलित दर विश्व बैङ्कले देखाएको तथ्याङ्कअनुरूप दुई प्रतिशतमात्र हुनु पनि राम्रो अर्थतन्त्रको सूचक हो । नौ प्रतिशत वार्षिक वृद्धि दरलाई नियमित कायम गर्नु अर्थ व्यवस्थाको चामत्कारिक वृद्धि हो ।
चीनले सन् १९७९ देखि अवलम्बन गरेको एक सन्तान नीतिपूर्व उच्च जन्मदर थियो । सन् १९७८ देखि आर्थिक वृद्धिको चमत्कारपूर्व उच्च जन्मदरका कारण जन्मिएको जनसङ्ख्या सक्रिय जनशक्ति बन्दै थियो । विश्वकै उच्च दरमा श्रमको मूल्य बढ्दै जाँदा उच्च आर्थिक वृद्धिलाई साथ दिन चिनियाँ बजारमा ७८ करोड जनशक्ति तयार थियो । कम दक्ष जनशक्ति प्रयोग हुने कृषि क्षेत्र र मध्यम दक्ष जनशक्तिको आवश्यकता पर्ने औद्योगिक क्षेत्रको विस्तृतीकरणलाई चिनियाँ अर्थ व्यवस्थाले तादात्म्यता मिलाएर औधोगिकीकरणको युगतर्फ अगाडि बढ्यो । राजनीतिक सत्ता प्रणालीले श्रम र प्राविधिक मूल्यलाई समायोजन गरी बेइजिङ बजारमा जनशक्तिमात्र उत्पादन भएन, त्यहाँ “जनशक्तिजन्य धन” को निर्माण भयो ।
सन् १९९५ सम्ममा मध्यमस्तरीय औद्योगिक जनशक्तिलाई महŒवपूर्ण मान्दै आएको चिनियाँ प्रविधिबजार तत्पश्चात् प्राज्ञिक क्षेत्रमा अब्बल बनाउने होडमा लाग्यो । विश्वविद्यालयमा पढ्ने जनसङ्ख्या ५० लाखबाट बढेर सन् २०१८ सम्म आइपुग्दा तीन करोड २० लाखमा पुग्यो । यो उच्च तहको प्राज्ञिक र अध्ययनशील जनशक्ति चीनको मात्र होइन, विश्व विज्ञानजगत् नै प्रविधिमैत्री बनाउन तल्लीन छ । प्राविधिक शिक्षातर्फ लगानीलाई बढाएपश्चात् दक्ष जनशक्ति र कामदारको उत्पादनशीलता उच्चतम भयो । यसले समग्र देशको उत्पादकत्व र उत्पादन दरमात्र बढाएन, जनशक्तिको ज्याला र पारिश्रमिकलाई पनि सहजै गुणात्मक रूपमा वृद्धि ग¥यो । यसले समग्रमा विकास, आर्थिक वृद्धि पारिश्रमिक वृद्धि, ज्यालादर वृद्धि र प्रविधिगत रूपमा क्षमताको वृद्धि पनि गरायो । हाल आएर विश्व प्रविधिबजार यसरी चीनमाथि केन्दीकृत भयो कि हाल बजारमा देखिने सामान र प्रविधि चीनमा नभएको र नबनेको सायद होला । अबको चीन उद्योग विश्वको “उत्पादन घर” को बाटोमा उद्यत छ । यो चामत्कारिक फड्कोले चीनलाई विकासको कुन तहमा पु¥याउला, आँकलन गर्न अप्ठ्यारो छ ।
अब चीनको महŒव जनशक्तिमा छैन, प्रविधिमा छ । क्षेत्रलाई विस्तार गर्नमा छैन प्रविधि विकास गर्नमा छ । यसले समग्र देशको घट्दो क्रियाशील जनसङ्ख्यालाई सहयोग गरिरहेको छ । चीनले २०१९ को बजेटमा तीन हजार ५४७ अर्ब चिनियाँ युआन अध्ययन अनुसन्धानका लागि छुट्याएको छ । जुन कुल बजेटको १३ प्रतिशत हो । सङ्घीय सरकार यो बजेटबाट विश्वभरको अध्ययन अनुसन्धान र विकासको केन्द्र बेइजिङलाई बनाउने होडमा छ । चिनियाँ कम्युनिस्ट पार्टीको बा¥हौँ पञ्चवर्षीय योजनाले नयाँ तथा विशुद्ध विज्ञान र प्रविधि केन्द्र सञ्चालनमा प्राथमिकतामा राखेका कारण पनि यो लगानी झन बढ्दै जाने विश्वास गर्न सकिन्छ । यति ठूलो विकास र प्रविधिलाई आत्मसात् गर्न चिनियाँ बजारले सन् १९८० देखि वैदेशिक लगानीलाई स्वागत गर्न थालेको हो । दुई अर्ब डलरमा रहेको वैदेशिक लगानी सन् २०१६ सम्म आइपुग्दा ४५० अर्ब डलरमा पुगेको छ । देशभित्रको अर्थतन्त्रसहितको विदेशी ठूलो लगानीले चीनलाई एसियाली पुँजीबजारको केन्द्रका रूपमा उभ्याउँदै छ । हुन त पछिल्लो वर्षमा निर्माण र औद्योगिकीकरणसँगै चिनियाँ अर्थतन्त्र सेवाको क्षेत्रमा पनि हात फैलाउँदै गएको छ ।
विश्व बैङ्कको एक प्रतिवेदनअनुसार चिनियाँ अर्थ व्यवस्थामा ४० प्रतिशतको योगदान राख्ने कृषिक्षेत्र पछिल्लो पचास वर्षमा १० प्रतिशतमा खुम्चिएको छ । ३० प्रतिशतको क्षेत्रमा रहेको उद्योग क्षेत्र ४० प्रतिशतमा फैलिएको छ । २२ प्रतिशतमा रहेको सेवाक्षेत्र ४५ प्रतिशतमा फैलिएको छ । यो क्षेत्रगत रूपमा आएको परिर्वतनले चीनको अर्थतन्त्रको प्रारूप दिन्छ । अबको अर्थतन्त्रले चीन प्रविधि र सेवाको क्षेत्रमा विश्व बजारलाई कब्जामा राख्न चाहन्छ ।
नेपालको चीनसँगको उत्तरी सीमा भौगोलिक रूपमा अप्ठ्यारो प्रकृतिको छ । तथापि, अर्थ बजारको यो भूपरिधिलाई पर्खाल लगाउन मिल्दैन । चीनले रणनीतिक रूपमा गरेको यो आर्थिक उन्नति र प्रगति एक पुस्ताभन्दा कम समयको हो । तमाम समस्या होला तर यी अप्ठ्याराभन्दा सहजता धेरै छन् । चिनियाँ राष्ट्रपतिको पछिल्लो भ्रमणपश्चात् झनै विश्वासिलो र दह्रिलो रूपमा आएको नेपाल–चीन अर्थ व्यवस्थाको सम्बन्धका विविध पक्षहरू सकारात्मक छन् ।
हामीसँग क्षेत्रगत रूपमा हेर्दा करिब ४० लाख श्रमशक्ति मध्यपूर्वका बजारमा गएको र कोरा जनशक्ति त्यहाँको श्रमबजारमा घुलमिल भई मध्यमस्तरको सीपयुक्त छ । त्यो जनशक्तिलाई हाम्रो विकासमा समावेश गराउन सक्छौँ । चीनले विकास गरे जसरी प्रविधिको विकास गराउनुपर्ने छैन । चीनले आफैँले खोजी गरेर अन्वेषण गरेर विकास गरेको थियो भने भूगोलमा प्रविधिलाई समावेश गर्ने अवसर हामीलाई छ । उच्च सङ्ख्यामा रहेको जनशक्तिलाई प्रविधिमैत्री बनाई विकास निर्माणका तमाम कार्यमा सजिलै परिचालन गर्न सक्छौँ । तेस्रो पक्ष भनेको पुँजी वा आर्थिक लगानी हो । देशभित्र र बाहिर रहेको चलायमान पुँजीलाई विकास निर्माणका विविध पक्षमा लगानीका रूपमा प्रयोग गर्न सकिन्छ । विश्वबजार नेपालको हरेक क्षेत्रमा लगानी गर्न आतुर देखिन्छ । साँच्चै भन्ने हो भने नेपालको विकास निर्माण पूर्वाधारमा गरेको खर्च होइन लगानी हो । खर्च दुई ठूला अर्थतन्त्रबीचको गतिशील पूर्वाधार निकासले आर्थिक उपार्जनका तमाम ढोकाहरू खुल्न सक्छन् । विश्व आर्थिक निकासको इतिहास हेर्दा मानिसको सभ्यता पनि प्रकृतिसँग तादाम्यता राख्छ । तत्पश्चात् विकास भएका वैज्ञानिक प्रविधि पनि कुनै रूपमा प्रेरित देखिन्छ । उत्पादन विकासको यो युग पुँजी र प्रविधिको युग हो । उत्पादन र उद्योग यसको पहिलो आधार हो ।
(लेखक समाज विकासमा कार्यरत हुनुहुन्छ ।) 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?