विजय सन्तोषी राई
पर्यटन क्षेत्रबाट नेपाललाई समृद्ध बनाउन नेपाल भ्रमण वर्ष प्रारम्भ भएको छ । सन् २०१८ मा १० लाख पर्यटक भिœयाएको हाम्रो देश नेपालले दुई वर्षपछि त्यसको दोब्बर २० लाख पर्यटक भिœयाउने योजना महìवकाङ्क्षी छ । भ्रमण वर्ष घोषणा गरेर त्यसको सफलतामा तदारुकता देखाउन सकिएन भने त्यसले सार्थकता पाउँदैन । सरकारका नेपाल भ्रमणजस्तै अन्य अभियान अलपत्र परेका योजना हामीसामु अनेक छन् । हामी सबै नेपाली नलाग्ने हो भने नेपाल भ्रमण वर्ष पनि औपचारिकता र घोषणामा सीमित हुन्छ । नेपाललाई पर्यटन उद्योगमार्फत समृद्ध र सम्पन्न बनाउने उद्देश्यले सुरु भएको नेपाल भ्रमण वर्षलाई सार्थक र अर्थपूर्ण बनाउन अब हामी सबै नेपालीको इच्छाशक्ति बन्नुपर्छ । पर्यटन प्रवद्र्धनका माध्यमबाट समाजिक, सांस्कृतिक, राजनीतिक तथा आर्थिक उन्नतिका लागि विश्वलाई झकझकाउने उद्देश्यले नेपाल भ्रमण वर्ष हुँदैआएको छ ।
२० लाख पर्यटक भिœयाउने उद्देश्यले २०२० जनवरी १ (पुस १६ गते) का दिन नेपाल भ्रमण वर्षको औपचारिक सुरुवात भयो । सरकारले राष्ट्रिय महोत्सवका रूपमा मनाउन लागेको नेपाल भ्रमण वर्षको तयारीमा सरकारले पूर्ण तयारी नगर्दा मुलुकभरि उत्साहजन अवस्था बनेको छैन । पर्यटन उद्योगको ज्यादै ठूलो सम्भावना बोकेको हाम्रो नेपालमा यसअघि पनि भ्रमण बर्ष भइसक्दा पनि जुन उत्साह र रौनक आउनु पर्ने हो, देखिएको छैन । नीतिगत र योजनागत हिसाबले नेपालको पर्यटन क्षेत्रको विकास हेर्दा झण्डै छ दशकअघिबाट सुरु भएको हो । नेपाल सरकारले पहिलोपटक सन् १९९८ मा पाँच लाख पर्यटक नेपाल भिœयाउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष मनाउन सुरु गरेको थियो । दोस्रोपटक २०११ मा १० लाख पर्यटक भिœयाउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष मनाएको नौ वर्षपछि २० लाख पर्यटक भिœयाउने लक्ष्य लिइएको छ । पर्यटन उद्योगको विकास, विस्तारका साथ समृद्धिले रोजगारी सिर्जना गर्नुका साथै मुलुकको आर्थिक समृद्धि कायम हुने विश्वास गरिएको छ । त्यसका लागि बढीभन्दा बढी पर्यटक नेपाल भिœयाउन आवश्यक छ ।
पर्यटन क्षेत्रको विकास र विस्तारका लागि स्थापित सरकारी निकायले हचुवाको भरमा पर्यटन नीति तर्जुमा गर्दै आएको देखिएको छ । नीतिमा देखिएको कमजोरीलाई सुधार गर्दै अबको पर्यटन नीति विस्तृत अध्ययनमार्फत पर्यटन आगमन बढाउनुपर्छ । पर्यटकलाई उपलब्ध गराउने गुणस्तरीय सेवालाई पनि लक्षित गरी विस्तार गर्नुपर्छ । नेपालको आर्थिक समृद्धिका लागि पर्यटन क्षेत्रलाई तुलनात्मक लाभको क्षेत्रका रूपमा लिनुपर्छ । नेपालमा दिन प्रतिदिन बढ्दै गएको आधुनिकता हेर्नका लागि होइन, विदेशी पर्यटक यहाँका पुराना प्राकृतिक, ऐतिहासिक सुन्दरता, जीवन्त संस्कृति, धार्मिक तथा सामरिक महìवको अवोलकन गर्न आउँछन् । कतिपय प्रकृतिसँग रमाउँदै साहसकि रूपमा मनोरञ्जन लिन आउने गरेका छन् । पर्यटकलाई आकर्षित गर्न प्रकृतिले दिएका अनुपम उपहारसँगै पुर्खाहरूले छाडेर गएका ऐतिहासिक धरोहर पनि छन् । तिनको उचित संरक्षणको सट्टा दोहनमा मात्र हामी रमाइरहेका छौँ । वैदेशिक मुद्रा आर्जनका निम्ति प्रमुख पर्यटन उद्योग नै विश्वमा चर्चित बनेको छ । पर्यटन उद्योगबाटै विश्वमा धेरै देश आर्थिक समृद्धि भई उँभो लागेका पनि छन् । विकासशील तथा अल्पविकसित, गरिब मुलुकका लागि पर्यटन उद्योग वबरदान साबित हुन्छन् । हाम्रो अल्पविकसित गरिब नेपाललाई चाँडै समृद्ध बनाउन एक मात्र विश्वासिलो माध्यम पर्र्यटन नै हो । धेरै लगानीबाट हल्लाकै भरमा बढी प्रचारप्रसार गरेर लाखौँ पर्यटक भिœयाउन सकिन्छ । पर्यटन उद्योगका लागि नेपालमा धेरै चुनौती र अनगिन्ती अवसरका सम्भावना पनि धेरै नै छन् ।
नेपाल देश आर्थिक दृष्टिले गरिब भए पनि सम्पदामा गरिब छैन । विश्वको सर्वोच्व शिखर सगरमाथासहित अनगिन्ती उच्च सुन्दर हिमशृङ्खलाले नेपाललाई सजाएको छ । नेपालमा हिमाल आरोहण, पदयात्रा, रक क्लाइम्बिङ, साहसी पर्यटन, परम्परागत सांस्कृतिक, जैविक विविधता, ¥याफ्टिङ, प्याराग्लाइडिङ, बञ्जी जम्पिङलगायत धेरै पक्षहरूले पर्यटकलाई आकर्षित गरी मन्त्रमुग्ध मनाइरहेका छन् । संसारभरिकै हिन्दुको पवित्र पशुपतिनाथको मन्दिर तथा बौद्ध धर्मावलम्बीका निम्ति लुम्बिनीमा रहेको गौतम बुद्धको जन्मस्थानले गर्दा धार्मिक पर्यटनको पनि नेपाल ठूलो सम्भावना छ । जसले गर्दा नेपालमा बर्सेनि लाखौँ हिन्दु तथा बौद्ध धर्मावलम्बीलाई भिœयाउन सकिन्छ ।
नेपालमा छिमेकी मुलुक भारत र चीनका साथै संयुक्त अमेरिका, बेलायत, दक्षिण कोरिया, जापान, थाइल्यान्ड, श्रीलङ्का, अस्ट्रेलिया, जर्मनी, नेदरल्यान्ड, म्यानमार, फ्रान्स, मलेसिया, क्यानाडा, स्पेनलगायतका देशबाट विदेशी पर्यटक प्रायः आउने गरेका छन् । आइरहेका देशबाट आउने सङ्ख्या वृद्धि गर्दै नआएका मुलुकबाट आउने वातावरण बनाउन पर्यटकलाई थप आकर्षण गर्नु हो । हामीलाई यस वर्ष २० लाख पर्यटक भिœयाउन कुनै ठूलो समस्या नै छैन । विश्वमा भारत र चीनका नागरिक विदेश घुम्नेमा प्रसिद्ध मानिन्छन् । राष्ट्र सङ्घीय विश्व पर्यटन सङ्गठनको आँकलनमा पनि ती दुई देशको नागरिक आफ्नो देशबाहेक अन्य देश घुम्ने सङ्ख्यामा प्रत्येक वर्ष उल्लेखनीय ढङ्गले वृद्धि भएको छ । प्रत्येक वर्ष २५ प्रतिशतले भन्दा बढी ती देशका नागरिक स्वदेशबाट विदेश घुम्न निस्कने सङ्ख्यामा वृद्धि हँुदै गएको छ । राष्ट्र सङ्घीय विश्व पर्यटन सङ्गठनको आँकलन अनुसार छिमेकी देश भारतबाट मात्र सन् २०२० सम्म बाहिर घुम्ने भारतीय नागरिक पाँच करोड हुनेछन् । यसैगरी छिमेकी चीनबाट पनि दुनियाँ घुम्ने चिनियाँ नागरिकको सङ्ख्या सन् २०२० भित्र दस करोड पुग्ने अनुमान गरेको छ । चीन र भारतबाट नेपाल आउने पर्यटकको सङ्ख्यामा पनि प्रत्येक वर्ष तीव्र रूपमा वृद्धि भइरहेको छ । यस वर्ष २०२० मा छिमेकी मुलुक भारत र चीनबाट विदेश घुम्नेमध्ये एक–एक प्रतिशत पर्यटक मात्र नेपाल ल्याउन सके भ्रमण वर्षको उद्देश्य पूरा भई लक्ष्य प्राप्त गरी सफलता हासिल गर्दै मुलुकले दीर्घकालीन रूपमा नै समृद्ध बन्न सक्थ्यो । बाह्रैमास पर्यटक भिœयाउन विदेशी पर्यटकसँगै स्वदेशी पर्यटकका लागि पनि प्रोत्साहन गर्दै विभिन्न आकर्षक प्याकेज पनि पर्यटन व्यवसायीहरूले बनाउनुपर्छ । पर्यटक सहजका लागि नेपालका सबै जिल्लाका पर्यटकीयस्थलहरूमा पक्की सडक निर्माण गर्नुपर्छ । सातवटै प्रदेशमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नुपर्छ । पर्यटकीयस्थलहरू विभिन्नस्तरका ठूला होटल र रिसोर्टको समेत स्थापना गर्दै भरपर्दो सुरक्षा व्यवस्थासमेत गर्नुपर्छ । सदावहार पर्यटतर्फ केन्द्रित भई बाह्रै महिना र हरेक वर्षको ३६५ दिन नै नेपालका सबै पर्यटकीयस्थलमा पर्यटक आउने विश्वासिलो वातावरण बनाउनुपर्छ । पुराना गन्तव्यस्थलको सम्बर्धन गर्दै नयाँ गन्तव्यस्थलहरूको खोजी गर्दै पर्यटक भिœयाउन सक्नुपर्छ । पर्यटकलाई पटक–पटक नेपाल ल्याउने किसिमको वातावरण बनाउनुपर्छ । अर्थतन्त्रको मुख्य आधार नै पर्यटन क्षेत्रलाई बनाउनुपर्छ । नेपाल सरकारका सबै निकाय सबै तहका सरकार, पर्यटन व्यवसायीहरू, सबै सङ्घ, संस्था, नागरिक समाज, विदेशमा रहेका सबै नेपाली राजदूत, वाणिज्य दूतहरू, गैरआवासीय नेपालीहरू लगायत सबै नेपालीले आफ्नो तह तप्का तथा क्षेत्रबाट समन्वयात्मक प्रयासबाट नेपालमा पर्यटन उद्योगका विकास गर्नमा लाग्नुपर्छ । त्यसो गर्नसके पर्यटन उद्योगबाटै छिट्टै नै विश्वसामु नेपाललाई समृद्ध र सफल राष्ट्रको नामले चिनाउन सकिन्छ ।
(लेखक धनकुटा पर्यटन विकास समितिका अध्यक्ष हुनुहुन्छ ।)