मनमाया भट्टराई पंगेनी
सामूहिक प्रयास भयो भने हरेक कुरा सम्भव छ । सुधार प्रयासलाई सामूहिक अपनत्व प्राप्ति भयो भने सुधारले नतिजा देखाउन थाल्छ । भन्सार विभागमा भएको सुधार प्रयासले नतिजा देखाउन थालेको छ । नवप्रवर्तनको भावना अब नतिजामा देखिन थालेको छ । गतवर्षको नेपाल चीन संयुक्त भन्सार बैठकमा नेपाल र चीन सरकारको भन्सार प्रशासनबीच भन्सार सम्बद्ध सम्झौता गर्ने सहमति भएकोमा राष्ट्रपतिको चीन भ्रमणको सन्दर्भमा यो सम्झौता सम्पन्न गर्न सकियो । यसपटकको संयुक्त भन्सार बैठक नेपालमा भयो । त्यसमा हामीले सम्झौता कार्यान्वयनको विषयलाई महìव दियौँ । अब नेपाल र चाइनाबीचको व्यापारमा थप सहजीकरण भई थप ऊर्जा प्राप्त हुनेछ ।
देखिने खालका सुधारका काम जसमा केन्द्रीय जोखिम व्यवस्थापन समितिले सामूहिकता सिर्जना गर्दै विभागबाटै ‘रिक्स बेस् सेन्टर्ल सेलेक्टिभिटी’ सुरुवात गरेको छ । र केन्द्रयी ‘वाइड एरिया नेटवर्क’ अनुगमन प्रभावकारी बनाइएको छ । जसले गर्दा कार्यालयबाट हुन सक्ने गल्ती कमजोरी तुरुन्त सच्याउन प्रणालीबाटै नियन्त्रण गर्न सक्ने गरी व्यवस्थापन गरिएको छ ।
विभाग दह्रो भयो भने कार्यालय दह्रो हुन्छ भन्ने मान्यताबाट विभागमा कार्यदलको रूपमा विशेष जनशक्तिलाई विशेष काम गर्न जिम्मेवारी दिइएको छ ।
व्यापार तथ्याङ्कको प्राथमिक स्रोत भएको भन्सार विभागको तथ्याङ्कमा थप शुद्धीकरण गर्ने कार्य सुरुवात भएको छ भने आसिकुडा प्रणालीभित्रको कार्यलाई थप बलियो गराउन ‘सिस्टम अडिट मेकानिजम’ विकास गरिएको छ । यसको लागि विभागको सूचना प्रविधिसँग सम्बन्धित जनशक्तिलाई मलेसियामा पठाई व्यापार तथा विकासका लागि राष्ट्रसङ्घीय सम्मेलन (अङटाड) मार्फत विशेष ‘सिस्टम अडिट’ तालिम प्रदान गरिएको छ ।
भन्सारको केन्द्रीय प्रयोगशाला (ल्याब)लाई थप बलियो बनाई व्यवसायीले ल्याएको मालवस्तुको गुणस्तर अन्तर्राष्ट्रिय मापदण्डको एच–एस कोड बमोजिम पत्ता लगाउने तथा छलछाम गर्नबाट नियन्त्रण गर्न अन्तर्राष्ट्रियस्तरको उपकरण व्यवस्था गरी केन्द्रीय प्रयोगशाला बनाइएको छ । यसको प्रभावकारी सञ्चालन गर्न ल्याबका कर्मचारीहरूलाई दक्षता अभिवृद्धि तालिम अन्तर्राष्ट्रियस्तरको प्रदान गरिएको छ । किगाली मन्ट्रिअल प्रोटोकलको किगाली एमेन्डमेन्टले औँल्याए बमोजिम केमिकलहरूको आयात जस्तै ‘एचएफसी’ (केमिकल, खाद्यान्न आदि) मा नियन्त्रण गर्न वातावरण मन्त्रालयसँग मिलेर यस सन्दर्भमा एचएफसी लगायतका रेफ्रिजेरेन्ट (सुवासित पदार्थ) र अलग–अलग कोडको प्रस्ताव बनाउने कार्य थालनी भएको छ । प्रतिबन्धित मालवस्तु प्रवेशमा बन्देज गर्न विशेष निगरानी गरिएको छ ।
भन्सारको मूल्याङ्कन प्रणालीलाई थप व्यवस्थित गराउन र कारोबार मूल्यलाई व्यवस्थित गरी न्यून मूल्याङ्कन, अधिक मूल्याङ्कन जस्ता पक्षहरूलाई नियन्त्रण गर्न भन्सार कार्यालयहरूमा आसिकुडा प्रणालीभित्र ‘भ्यालुएसन अटोमेसन’ लागू गरिएको छ र क्रमशः सबै भन्सार कार्यालयमा यो विस्तारित गरिनेछ । औषधि, खाद्यान्नलगायत नागरिकसँग सिधै सरोकार राख्ने मालवस्तुको आयात हुँदा अव्यवस्थित रूपले डम्पिङ गर्न सक्ने कुरालाई नियन्त्रण गर्न ब्क्थ्ऋग्म्ब् (आसिकुडा) भित्र म्बतब ःबलबनझभलत प्रणाली लागू गर्ने कार्यका लागि काम सुरु भइसकेको छ ।
बैंक ग्यारेन्टी राखी व्यवसायीले मालवस्तु आयात गर्ने क्रममा कतिपय व्यवसायीले कर छली गर्ने प्रयास गरेको भेटिएको सन्दर्भमा त्यसलाई नियन्त्रण गर्न प्रणालीले नै पक्रिन सक्ने गरी ‘बैङ्क ग्यारेन्टी म्यानेजमेन्ट सिस्टम’ लागू गरिएको छ । यो लागू भएपछि थुप्रै कम्पनीले राजस्व तिर्न बाध्य भई स्वाभाविक सञ्चालनमा थप सहजीकरण भएको छ ।
हवाईजहाजबाट आउने यात्रु, मालवस्तुको जोखिम पहिचान गरी, राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा अपराधमा संलग्न हुन खोज्नेहरूको डाटा विश्लेषण गर्न विश्व भन्सार सङ्गठनबाट मापदण्ड तोकिएको सफ्टवेयर लागू गर्न गृहकार्य सुरु भएको छ । यसैगरी विमानस्थल भन्सार कार्यालय र सुख्खा बन्दरगाह भन्सार कार्यालयमा आसिकुडा प्रणालीभित्र ‘म्यानिफेस्ट मोडल’ लागू गर्ने तयारीमा भन्सार विभाग छ, विमानस्थल भन्सारका लागि यो मोडल तयार भइसकेको छ भने केही समयमा नै परीक्षण हुँदैछ ।
हरेक सुधारका योजनालाई सरकारको नीति तथा कार्यक्रम अनि वार्षिक बजेटमा जोडिएकाले सहज कार्यान्वयनमा उच्चस्तरबाट गतिलो साथ प्राप्त भएको छ ।
नेपालमा प्रवेश गर्ने ढुवानीको साधनलाई थप व्यवस्थित गर्ने तथा डुइङ बिजनेस मापन गर्न वस्तुगत मापदण्ड स्पष्ट गर्ने उद्देश्यले गेटइन्ट्री प्रणाली सुरु भइसकेको छ । यसैगरी एच–एस–कोडको अन्तर्राष्ट्रिय मापदण्डलाई पछ्याउन गर्न विशेष कार्यदल गठन गरी काम सुरु गरिएको छ र थोरै समयपछि नै यो पनि आसिकुडा प्रणालीभित्रै लागू हुनेछ ।
भन्सारको डाटालाई थप व्यवस्थित गर्न आफ्नै डाटा सेन्टर सञ्चालन गरिएको छ र यसलाई जोखिम पुनःस्थापना साइड व्यवस्थापन गर्न भैरहवा र विराटनगरमा ब्याकअप सर्भर राख्नेगरी प्रक्रिया अघि बढिसकेको छ । यसबाट विपत्को अवस्थामा पनि व्यापार सहजीकरणमा कुनै अवरोध आउनेछैन । चोरी निकासी तथा पैठारी नियन्त्रण गर्न विभागमा छुट्टै अनुसन्धान शाखाको स्थापना भएको छ । जिल्लामा राजस्व चुहावट नियन्त्रण समितिसँग मिली संयुक्त गस्ती गर्नेजस्ता क्रियाकलाप भएको छ ।
आगामी दिनमा भन्सार प्रक्रियालाई थप सरलीकरण र प्रभावकारी बनाउने अहिलेसम्मका सुधारका प्रयासले कति नतिजा देखायो र कति व्यवहारमा सुधार भयो, व्यवसायीले चाहे बमोजिमको व्यापार सहजीकरण भयो कि भएन भन्ने सन्दर्भमा भन्सार विभागले विश्व भन्सार सङ्गठनको सहयोगमा संशोधित आरुसा घोषणापत्र स्वीकृत गरेका दशवटा क्षेत्रमा सुधार गरी भन्सार प्रशासनमा सदाचार प्रणालीको कार्यन्वयन सुरु भएको छ । भन्सार प्रशासनमा सदाचार विकाससम्बन्धी विभागको भन्सार सुधार तथा आधुनिकीकरण रणनीतिक कार्ययोजना २०१७–२१ अनुसारका काम अगाडि बढेका छन् । यसै सिलसिलामा विश्व भन्सार सङ्गठनको विज्ञसहितको सहयोगमा ‘इन्ट्रिगेटी प्रसेप्सन सर्भे’ विभागले गर्दैछ । यसमा विश्व भन्सार सङ्गठनबाट नै स्वतन्त्र विशेषज्ञ नेपाल आउनेछन् । व्यवसायीहरूलाई व्यापार सहजीकरणको बैठकमार्फत विभागले यस कुराको जानकारी गराइसकेको छ । नेपालको सायद पहिलो विभाग हामी हुँदैछौँ, जहाँ सामूहिक अपनत्वको माध्यमबाट आफ्नो मापन गर्न तयार भएको छ । यसको नतिजाबाट विभागले थप पृष्ठपोषण प्राप्त गर्ने र थप सुधार गर्न ऊर्जा प्राप्त हुने अपेक्षा गरिएको छ । सुधारको लक्ष्य प्राप्ति गर्न सामूहिक अपनत्वको खाँचो निरन्तर रहन्छ यसमा नेतृत्वले ठूलो भूमिका खेल्ने गर्दछ । यस सन्दर्भमा विभागका रहेको अहिलेको समूहलाई सुनौलो पुस्ताको रूपमा महसुस गर्न सकिन्छ ।
(लेखक भन्सार विभागका उपमहानिर्देशक हुनुहुन्छ ।)