डोरबहादुर के.सी
भौगोलिक रूपमा नेपालको उत्तरतर्फ चीनको स्वशासित क्षेत्र तिब्बतको विशाल पठार र अन्य तीनतर्फ विशाल देश भारतको भूभाग समावेश छ । नेपालको अन्य नजिकको छिमेकी र पर्यटकीय महìवको राष्ट्रमा भुटान पर्दछ । नेपालको पर्यटन विकासको विषय उठाउँदा यी छिमेकी मुलुकको पर्यटन गतिविधि, भौगोलिक तथा रणनीतिक महìवको विषयले पनि केही प्रभाव पार्न सक्छ । नेपालको भूभाग भएर उल्लेखित छिमेकी राष्ट्रको भ्रमण तालिका बनाउने र छिमेकी राष्ट्र भएर नेपालको भ्रमण गर्ने पर्यटक पर्यटन बजारमा धेरै हुने भएकाले यी क्षेत्रको अन्तरदेशीय पर्यटन विकास पनि नेपालको लागि महìवपूर्ण छ ।
नेपालमा अन्तरदेशीय पर्यटनकोे आधिकारिक तथ्याङ्क कतै राखिएको नभए पनि यी क्षेत्रमा ठूलो सङ्ख्यामा पर्यटन मुभमेन्ट (गतिविधि) हुने गरेको छ । नेपालका प्रायः ट्राभल तथा टे«किङ एजेन्सीका ‘टुर प्याकेज’हरूमा तिब्बत, भुटान, सिक्किम, दार्जिलिङ, लद्दाख आदि क्षेत्रका कार्यक्रम समावेश गरिएको पाइन्छ । नेपाली ट्राभल एजेन्सीले सञ्चालन गर्ने यस्ता खालका टुर प्याकेजहरूले कतै न कतै नेपालको पर्यटन विकासको हिस्सा जोडिएको पाइन्छ । दुई देशीय तथा त्रिदेशीय भूभाग समेटर बनाइने यस्ता टुर प्याकेजले गर्दा नेपाल ट्रान्जिट प्वाइन्टका रूपमा पनि विकसित भइरहेको देखिन्छ । विशेषतः नेपाल भुटान, नेपाल, तिब्बत समेटर बनाइएका टुर प्याकेज बढी प्रचलनमा छन् ।
संसारको छानोका रूपमा परिचित चीनको स्वशासित क्षेत्र तिब्वतको विशाल पठारको भ्रमण विश्वलाई कौतुहलको विषय हो । ऐतिहासिक पोताला दरबारलगायत थुप्रै प्राचीन गुम्बा, तिब्बती बौद्ध संस्कृति, हिन्दु तथा बौद्ध धर्म दुवैलाई विशेष धार्मिक महìव राख्ने मनमोहक कैलाश पर्वत, मानसरोवरलगायत थुप्रै तालतलैया यहाँका मुख्य आकर्षणका केन्द्र हुन् । समुन्द्र सहतदेखि औसत चार हजार मिटरभन्दा माथिको उचाइमा पर्ने यस भूभागमा चीन सरकारले अहिले विकासको चमत्कारिक रूप प्रदर्शन गरको छ । यद्यपि अन्तर्राष्ट्रिय रूपमा तिब्बतमा सीधा हवाई सुविधा कायम भएको एकमात्र मुलुक नेपाल हो । काठमाडौँबाट ९० मिनेटको छोटो हवाई सुविधामार्फत सर्वोच्च शिखर सगरमाथा लगायत महìवपूर्ण हिमालको दृश्यावलोकन गर्दै तिब्बतको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल ल्हासाको गोङगार विमानस्थल पुग्न सकिन्छ । आन्तरिक रूपमा भने बेइजिङ, छेन्दु जस्ता थुप्र्रै सहरसँग तिब्बतको सीधा हवाई तथा रोमाञ्चक रेल सुविधा भएकोले लाखौँको सङ्ख्यामा पर्यटकको भ्रमण यस क्षेत्रमा हुने गरेको छ ।
नेपालको बाटो भएर स्थलमार्गबाट पनि तिब्बतमा पर्यटकको प्रवेश हुने गरेको छ । कैलाश मानसरोवर क्षेत्रको भ्रमणका लागि नेपालगञ्ज सिमिकोट हवाईमार्ग हँुदै करिब एक हप्ताको पदयात्रापछि हिल्सा नाकाबाट तिब्बत प्रवेश रोमाञ्चकारी र सुरक्षित मानिन्छ । कैलाश पर्वत परिक्रमाको क्रममा डोल्मला पास गर्दा पाँच हजार ६३० मिटरसम्मको उचाइ पार गर्नुपर्ने भएकोले सिमिकोट–हिल्सा रुट लेक लाग्ने समस्याबाट पर्यटकलाई सुरक्षित राख्ने र नेपालको पर्यटनलाई प्रवद्र्धन गर्ने एक राम्रो कडी बनेको छ । २०७२ सालको भूकम्पभन्दा पहिले निकै चालु रहेको अरनिको राजमार्ग हँुदै तिब्बतको प्रवेश करिब चार वर्षपछि आंशिक रूपमा सञ्चालनमा छ । भूकम्पपछि केरुङ नाका तातोपानी नाकाको राम्रो विकल्पको रूपमा अगाडि आइरहेको हुँदा सडक मार्गबाट तिब्बतसँग पर्यटकको आवगमन थप सहज बनेको छ ।
पर्यटकको तिब्बत प्रवेशका लागि चीन सरकारले टा«भल परमिट जारी गर्ने गरेको छ । नेपालबाट तिब्बतमा प्रवेश गर्ने पर्यटकका लागि नेपाली ट्राभल कम्पनीमार्फत भिसा तथा परमिटको व्यवस्था हुने गरेको पाइन्छ । भिसा तथा ट्राभल परमिटको लागि आवश्यक प्रक्रिया पूरा गर्न अहिलेको अवस्थामा कम्तीमा पनि दुई दिन काठमाडौँमा बिताउनुपर्ने अवस्था छ । तिब्बत हिमालयन पर्वत शृङ्खलाको वृष्टि छायाँमा पर्ने भएकोले वर्षा कम हुन्छ । नेपालको मुस्ताङ जिल्लासँग मिल्दोजुल्दो हावापानी रहने तिब्बतमा मे, जुन, अगस्ट तथा सेप्टेम्बर महिना भ्रमणका लागि उपयुक्त मानिन्छ । नेपालमा पर्यटकीय मौसम सुरु हुनुभन्दा पूर्व र मौसम समाप्त भएपछि तिब्बतको पर्यटन मौसम सुरु हुने भएकोले तिब्बतको पर्यटनले नेपाली पर्यटन बजारमा विशेष महìव राख्ने गरेको छ । तिब्बत पश्चिमा पदयात्री, पर्वतारोही सबै पर्यटकको आकर्षणको केन्द्र भए पनि कैलाश मानसरोवरको भ्रमण गर्नेको एक ठूलो हिस्सा भारतीय तीर्थयात्रीको हुन्छ । उनीहरू नेपालको बाटो भई हिल्सा तथा केरुङको नाकाबाट सो क्षेत्रमा प्रवेश गर्दछन् । नेपाली पर्यटन क्षेत्रलाई अफ सिजनमा चलायमान बनाउन र रोजगार सिर्जना गर्नमा तिब्बतको पर्यटन विकास अर्थपूर्ण रहन्छ ।
भुटानको पर्यटनले पनि नेपाली पर्यटन बजारमा विशेष महìव राख्ने गरेको छ । गुणात्मक पर्यटन विकासमा भुटानले आफूलाई नमुनाको रूपमा उभ्याउन सफल भएको छ । भुटानले अहिलेसम्म आफ्नो पर्यावरणीय सन्तुलन कायम गर्न र पर्यटकको लागि कौतुहल प्रदर्शन गर्न सकेको देखिन्छ । ड्रुक एयर र भुटान एयरको लागि मात्र प्रवेश अनुमति भएको भुटानको लागि काठमाडौँबाट पारोको उडान छोटो र सस्तो रुटमा पर्दछ । भुटान भ्रमणका लागि ट्राभल एजेन्सीमार्फत टुर बुकिङ गरेपछिमात्र भुटान प्रवेशको अनुमति प्राप्त गर्ने भएकोले नेपाली ट्राभल तथा ट्रेकिङ एजेन्सी यसबाट लाभान्वित भइरहेको देखिन्छ । भुटानको भ्रमण तालिकासँगै नेपालको भ्रमण तालिका पनि बन्ने भएको र भुटान प्रवेश गर्ने पर्यटकको एक ठूलो हिस्साले काठमाडौँको विमानस्थल प्रयोग गर्ने भएकोले भुटान प्रवेश गर्ने खर्चालु पर्यटकको लाभ नेपाली पर्यटन उद्योगले पनि लिन सकिरहेको देखिन्छ ।
भारतको दिल्ली, कोलकत्ता, चेन्नई आदि सहर भएर विदेशी पर्यटक नेपालमा आउने भए पनि संयुक्त टुर प्याकेज लिएर आउने पर्यटक कम पाइन्छन् । सिक्किम, दार्जिलिङ, ग्यान्टोक, लद्दाख, बोधगया आदि क्षेत्रको पर्यटनको चर्चा हुने गरे पनि यस क्षेत्रमा प्रवेश गर्न नेपालको भूभाग प्रयोग भएको कमै देखिन्छ । बौद्ध धर्मप्रति आस्था राख्ने पर्यटकका लागि लुम्बिनीसँगै बोधगया आदि क्षेत्रको टुर प्याकेज बन्ने गरेको तथा भारत भ्रमणमा आएका पर्यटक नेपालसम्म आफ्नो भ्रमण लम्ब्याउने भएकाले नेपाली पर्यटन क्षेत्रले यसबाट पनि प्रत्यक्ष अप्रत्यक्ष लाभ हासिल गरेको हुनुपर्दछ ।
यसरी माथि उल्लेखित क्षेत्रको भ्रमणको लागि नेपाल ‘ट्रान्जिट हब’को रूपमा विकसित गर्ने प्रशस्त सम्भावना छन् । तिब्बतको ल्हासा भ्रमण गर्ने पर्यटकको एक ठूलो हिस्सा नेपालबाट पठाउन र ल्याउन सके पनि नेपालको पर्यटन बजारमा यसले ठूलो परिवर्तन ल्याउन सक्छ । त्रिभुवन विमानस्थलको क्षमता विस्तार तथा वैकल्पिक उपाय अवलम्बन गर्दै सो क्षेत्रमा हुने उडानलाई सहज बनाउन सकेको खण्डमा नेपालको पर्यटन प्रवद्र्धन र विकासमा छिटो परिणाम देख्न सहज हुने देखिन्छ । हाम्रो भिसा प्रकिया सरल छ । पर्यटकले सिधै नेपाल प्रवेशको सुविधा भएको नाकाबाट नेपाल प्रवेशको लागि भिसा प्राप्त गर्न सक्छन् । त्रिभुवन विमानस्थलमा आवसीय ट्रान्जिट सुविधा नभए पनि हामीसँग ट्रान्जिट भिसाको व्यवस्था छ । त्रिभुवन विमानस्थललाई थप व्यवस्थित तथा सुविधा सम्पन्न गर्न सके पनि नेपालले अन्तरदेशीय पर्यटनबाट लाभ प्राप्त गर्नसक्ने देखिन्छ ।
त्यस्तै नेपालगञ्ज–सिमिकोट क्षेत्रमा हवाई सुविधाको विस्तार, सिमिकोट–हिल्सा मार्गमा पर्यटकीय पूर्वाधारको विकास, काठमाडौँ केरुङ तथा काठमाडौँ कोदारी सडकमार्गलाई भरपर्दो र सुरक्षित बनाउनु अन्तरदेशीय पर्यटन विकासको अर्को आवश्यकता हो । भुटान जाने पर्यटकलाई दिल्ली तथा थाइल्याण्डको बाटो भएरभन्दा नेपालको रुटमा आकर्षण गर्ने वातावरण तयार गरिनुपर्दछ । स्वदेशी तथा विदेशी ट्राभल तथा टुर अपरेटरले नेपाललाई केन्द्रबिन्दुमा राखेर अन्तरदेशीय आकर्षक टुर प्याकेज बनाउन सकेमा नेपालको पर्यटन क्षेत्रको विकासमा सकारात्मक प्रभाव पर्न जाने देखिन्छ ।
(लेखक इन्ट्रेक गु्रप अफ कम्पनीका प्रबन्धक हुनुहुन्छ ।)