रामकृष्ण भण्डारी
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादीे) को केन्द्रीय कार्यालय, काठमाडौँको पेरिसडाँडाको प्राङ्गणमा जनआन्दोलनका महान् शहीद एवं बेपत्ता योद्धाको स्मरणमा स्मारक बनाउने कुरो चल्यो । यस कार्यका लागि बलराम तिमिल्सेना, दिलीप महर्जन, पञ्चलाल महर्जन, आहुति, वीरप्रसाद मन्सारीलगायत धेरैजना कार्यकर्ता भेला भएको कार्यक्रम कीर्तिपुर नगरपालिकाको पार्टी कार्यालय नयाँबजारमा आयोजना गरियो । यही कार्यक्रममा बलराम तिमिल्सिनाले मलाई एकलाख रुपियाँ पेस्की दिएर, आजैबाट तपाईंले यो स्मारक बनाउने कामलाई दु्रतगतिमा अगाडि लैजानुहोस् भन्नुभयो ।
उहाँले यो जिम्मेवारी सुम्पेपछि स्मारक बनाउने ढुङ्गाका लागि शहीद व्यवस्थापन समितिबाट पत्र लेखाई कीर्तिपुर नगरपालिका वडा नम्बर ८ को कार्यालयमा चम्पादेवीमा दर्ता गराएँ । पत्र दर्ता गराएको तीन महिनामा स्मारक बनाउने ढुङ्गा पाइएको थियो । ढुङ्गा चम्पादेवीको डाँडाबाट गुडेर उत्तर फर्केको भिरालो चउरमा स्थिर भई बसेको थियो । ढुङ्गा अन्दाजी १६ टनको थियो । लम्बाइ १० फिट, उचाइ नौ फिट, चौडाइ पनि ९ फिट नै थियो । ढुङ्गा बाहिर कालो देखिए पनि भित्र रातो मार्बल ढुङ्गो रहेछ । चम्पादेवीमा रातो, कालो, नीलो, र दर्शनढुङ्गा बढी मात्रामा पाइन्छ । राणाकालमा कालो ढुङ्गाको यहाँ खानी नै थियो । त्यहाँ निकालिएका ढुङ्गा बोकाएर ढुङ्गाअड्डा तीनथाना ल्याइन्थ्यो । त्यहाँबाट कता लानुपर्ने हो त्यतै लगिन्थ्यो । मच्छेगाउँको प्रख्याति नै कालो ढुङ्गाबाट भएको थियो । यो ढुङ्गा मठमन्दिर, घाट, चोक, बाटो, कोठा जहाँ पनि प्रयोग हुन्थ्यो ।
ढुङ्गा पाएपछि स्मारक बनाउने काम सुरु भयो । यस कार्यमा राजु स्याङ्तान, भीषण विक, विराज स्याङ्तान्, शारदा भण्डारी र नारदमणि हार्तम्छालीले सहयोग गर्नुभएको थियो ।
चम्पादेवीको फेदमा मगरगाउँ जाने बाटोमा रहेको विशाल ढुङ्गालाई कुँद्ने काम सुरु ग¥यौँ । सात इञ्च ब्लेड लाग्ने ठूलो मेसिन दुईथान, चार इञ्चको ब्लेड लाग्ने सानो मार्बल कटर एकथान, हम्मर सात थान, छिना ३० थान, हाइन्ड गे्रण्डर चार थान, ड्राई ग्रेण्डर तीन थान, ड्रिल मेसिन ठुलो एक थान, ड्राइमण्ड विट ३० थान, फुट दुई थान, खाक्सी चक्का १० थान सात इञ्चको ब्लेट छ थान, चार इन्चको मार्बल ब्लेट ३० थान, बिजुलीको तार दुई क्वाइल र डिजेल जेनेटर एक थान आदि सामान यस कार्यका लागि प्रयोग भएको थियो ।
मेसिनले काट्ने र साना टुक्रा गरी फुटाउँदै जाँदा करिब तीन महिनापछि ढुङ्गाको वजन १६ टनबाट १२ टनमा झ¥यो । ढुङ्गाको दुई पाटा र बेस्ट भागमा काटियो । जमिनमा बसेको पाटोमा काट्न बाँकी नै थियो । ढुङ्गालाई निकाल्न, तान्न र लैजान ज्यादै समस्या थियो । ढुङ्गेअड्डास्थित यन्त्रशालाले यस ढङ्गालाई पेरिसडाँडामा पु¥याउने जिम्मा लियो । ढुङ्गालाई तानेर टुचिनले पल्टाउन एकदिन लाग्यो । दुईतीन दिनपछि दशचक्के टेलरगाडीमा लोड गरियो । पेरिसडाँडामा मूर्तिको ढुङ्गा पु¥याउँदा बेलुका अँध्यारो भयो । अनलोड गर्नलाई क्रेन ल्याए दशटनको क्रेनले उठाउनै सकेन । भोलिपल्ट यन्त्रशालाको टुचिनले नै तानेर ढुङ्गा अनलोड भयो ।
पेरिसडाँडामै कोरा आकार कुँद्ने काम भयो । एकपट्टिको भाग पूरै काट्नुपर्ने थियो । करिब दुई महिना ढुङ्गालाई मेहनत गरी कुँदेपछि ७–८ टनमा झारियो । ७–८ टनमा मूर्ति कुँदेर साइजमा आएपछि लोकन्थली जाने बाटोबाट १० टनको क्रेन ल्याएर सो क्रेनले उचाली मूर्तिलाई पिलरमा राखियो । पिलरमा राखेपछि करिब मूर्तिको आकारमा काट्ने काम भयो ।
यसरी मच्छेगाउँको रातो मार्बलमा मूर्ति बनाउने कार्यमा करिब नौ महिना निरन्तर लाग्नुप¥यो । मसिनो बुट्टा अक्षर अन्तिम खाक्सी लगाउने काम भयो । तीनपाटाको आकारमा मूर्तिको आकार चुच्चो आकारमा छ । पिलरमा मूर्तिलाई सुहाउने ग्रेनाइट मार्बल राखिएको छ ।
यो स्मारक बनाउन मलाई मच्छेगाउँका बासिन्दाले ढुङ्गा दिएवापत चम्पादेवीको ढुङ्गा भनी लेखिदिनुहोला भनी बारम्बार भन्नुभएको थियो । यसरी सो स्मारक बनाउँदै गर्दा मलाई १० वर्षे युद्ध, जनआन्दोलन, बेपत्ता, शहीदहरूको सम्झनामा अमूल्य योगदान गरी मूर्ति बनाउने काममा लाग्न पाएको महसुस भयो । मेरा लागि यो कार्य ज्यादै महìवपूर्ण थियो ।
(लेखक मूर्ति कलाकार हुनुहुन्छ ।)