logo
२०८१ मंसिर १२ बुधवार



कक्षा शिक्षणमा प्रविधि

विचार/दृष्टिकोण |




डा. हरिप्रसाद पोखरेल

सूचना तथा सञ्चार प्रविधिमा आएको अभूतपूर्व परिवर्तनले शिक्षण सिकाइ र पेशागत क्षमता विकासका लागि आजभोलि शिक्षक तथा विद्यार्थीले कार्यथलो छोडनुपर्ने अवस्था छैन । आ–आप्mनो कार्यक्षेत्रमा बसेर नै इन्टरनेटको मद्दतले काल्पनिक कक्षाकोठा (भर्चअुल क्लासरुम) मार्पmत शिक्षण सिकाइ र पेशागत क्षमता विकासका कार्यक्रमहरू सहजरूपमा सञ्चालन र उपयोग गर्न पनि सकिन्छ । प्रविधिको विकाससँगै शिक्षण सिकाइ कार्यमा थुप्रै विधिको जन्म भएको छ । छापा, श्रव्य, श्रव्यदृश्य, श्रव्य–छापा, श्रव्य–दृश्य छापा, मल्टिमिडिया, वेब साइट, श्रव्य सभा, श्रव्यदृश्य सभा जस्ता विविध प्रकारका माध्यम प्रयोग गरी विभिन्न क्रियाकलाप गर्दै सिकारूले सिक्न पाउने भएकाले नै शिक्षामा सूचना तथा सञ्चार प्रविधिको विशेष रूपमा महìव बढेको हो । कक्षाकोठामा प्रविधिको समुचित प्रयोगले पठनपाठनलाई पनि थप प्रभावकारी बनाउन मद्दत पुगेको छ । आजको एक्काइसौँ शताब्दीमा प्रविधिविनाको जीवन परिकल्पनाभन्दा बाहिरको कुरा हो । विज्ञान र प्रविधिको विकाससँगै शिक्षा र शिक्षण क्षेत्रको विकास अगाडि बढिरहेको सुखद पक्ष पनि हामीसँग छ । सूचना तथा सञ्चार प्रविधिको सार्थक उपयोगले समग्र शिक्षा प्रणालीलाई नै सकारात्मक एवं प्रगतिशील बाटोमा डो¥याएको पाइन्छ तर गहन अध्ययन, तार्किक विश्लेषण र गहिरो चिन्तनबाट प्राप्त गरिने हाम्रा पूर्वीय ज्ञानार्जन पद्धति ओझेलमा पर्ने हो कि भन्ने चिन्ता पनि मुखरित भएको छ यतिखेर ।
सूचना र प्रविधिको बेलगाम उपयोगले सिक्ने र सिकाउने व्यक्तिको सिर्जनशीलतालाई कुण्ठित गर्ने सम्भावना बढ्ने संशय पनि छ । एकातिर सूचना तथा सञ्चार प्रविधिलाई शिक्षण सिकाइ प्रभावकारी बनाउन प्रयोग गरिने एक सहयोगी साधनको रूपमा मात्र प्रयोग गर्नु उचित हुने तर्क सघनरूपमा उठिरहेको छ । अर्कातिर सूचना र प्रविधि ज्ञान आर्जन तथा शिक्षण सिकाइ प्रभावकारी बनाउने निर्विकल्प साधन÷माध्यमको रूपमा अथ्र्याउने प्रवृत्ति पनि विकास भइरहेको देखिन्छ ।
सूचना तथा सञ्चार प्रविधिको सही प्रयोग गरी कक्षा शिक्षणलाई रोचक एवं प्रभावकारी बनाउन सकिने विश्वास स्थापित छ । सिकारूलाई शिक्षण कार्यमा सक्रियतापूर्वक सहभागी गराउन सकिने भएकाले पछिल्लो समयमा शिक्षण क्षेत्रमा प्रविधिको अधिकतम प्रयोग भएको अवस्था छ । विश्वमा भए÷ गरेका नयाँनयाँ खोज एवं अनुसन्धानलाई इमेल, इन्टरनेट, फेसबुक, ट्विटर, इमो, भाइबर आदिको माध्यमले सहजै हामीले हाम्रो पहुँचभित्र पार्न सक्छौँ । यतिसम्म कि गुगल सर्च गरी शिक्षण विधि तथा प्रविधिका नवीनतम अभ्यासहरूलाई हामी सजिलै हेर्न, अध्ययन गर्न र हाम्रो कक्षा शिक्षणमा प्रयोग गर्न सक्छौं । यसरी सूचना तथा सञ्चार प्रविधिले नयाँ नयाँ खोज अनुसन्धानबाट प्राप्त भएका उपलब्धिलाई कक्षा शिक्षणमा प्रयोग गर्न सहयोग पु¥याउने भएकाले पनि यसको महìव बढेको अनुभव गर्न सकिन्छ । सूचना तथा सञ्चार प्रविधिको प्रयोगबाट केवल शिक्षक मात्र नभएर विद्यार्थी पनि प्रशस्तै लाभान्वित हुन सक्छन् । विषयवस्तुसँग सम्बन्धित नयाँनयाँ कुराको खोजी गर्ने अवसर प्राप्त छ सिकारूलाई । आफ्नो रुचिको क्षेत्रमा गहिरो ज्ञान हासिल गर्ने मार्ग पनि प्रशस्त छ । स्वाध्ययनका लागि पनि सिकारूलाई सूचना तथा सञ्चार प्रविधिको आवश्यकता पर्दछ । सिक्ने र सिकाउने अनि पढ्ने र पढाउने प्रयोजनले पनि प्रविधिको अत्धाधिक उपयोग भइरहेको छ आजभोलि । ज्ञानको आदानप्रदान गर्ने, अनुभव र अभ्यासहरू साटासाट गर्ने, शिक्षण विधि÷ प्रविधिको उपयोग गर्ने आदि कार्यमा समेत सूचना तथा सञ्चार प्रविधिको उपयोग महìवपूर्ण मान्न सकिन्छ । प्रविधिमैत्री शिक्षण सिकाइले समग्र शिक्षाको विकासमा उल्लेखनीय सहयोग पु¥याएको वर्तमान परिवेशमा ई–लाइब्रेरी, ई–बुक, ई–न्युज, ई–एजुकेसन, ई–मेथोडोलोजी आदिको भरपुर सदुपयोग गर्न सके शिक्षा र शिक्षण क्षेत्रमा अझ प्रगति गर्न सकिने सम्भावना पाइन्छ । प्रविधिको प्रयोग गर्दा गहन अध्ययन, तार्किक विश्लेषण, खोजपूर्ण अभ्यासलाई भन्दा गुगल सर्च गरी आवश्यक सामग्री सङ्कलन र प्रदर्शन गर्ने र आवश्यक विषयवस्तु “कपी पेस्ट“ गर्ने अल्छेबाटोको प्रयोग पनि बढिरहेको छ । यसले हाम्रा मूल्यवान् ग्रन्थको वास्तविक भाव र आयामलाई समेत कुठाराघात गर्ने सम्भावना पनि बढाएको देखिन्छ । पुस्तकालयमा बेकामे भएर पुस्तकहरू थन्किएका छन् । सामाजिक सञ्जालप्रतिको मोहले बालबालिकामा अध्ययन, मनन, चिन्तन र मन्थन गर्ने प्रवृत्तिमा ह्रास आएको छ । कतिपय कथित शिक्षित र विद्वान् भन्नेहरूले पनि प्रविधिको कस्मेटिक तामझाममा आफ्ना क्षमता र दक्षतालाई कमजोर बनाइरहेकोमा चिन्ता अभिव्यक्त हुन थालेको छ ।
सतही विश्लेषण र मनोगत तर्कले भरिएका कतिपय अनलाइन विषयवस्तुको आधिकारिकताको बारेमा समेत प्रश्न उठ्ने गरेको पाइन्छ । बेप्रमाणित तथा अविश्वसनीय अनलाइन सामग्री तथा गुगलमा राखिएका हल्का विषयवस्तुले हाम्रा बालबालिकामा सतही ज्ञानको आधारमा कच्चा विश्लेषण गर्ने बानीको विकास भएको अवस्था पनि देखिन्छ । यसबाट आलोचनात्मक चेतमा खिया लाग्ने सम्भावना बढ्दो छ । शिक्षण सिकाइलाई प्रभावकारी बनाउने नाममा गहिरो अध्ययन गर्नुको साटो रेडिमेड विषयवस्तु गुगलबाट तानेर देखाउने परिपाटी पनि स्थापित हुँदैछ । यस्तो अवस्थामा प्रविधिको उपयोगले अपेक्षाकृतरूपमा सिकारू लाभान्वित हुन नसक्ने पक्का छ । प्रविधिको विवेकशील प्रयोग र शिक्षण सिकाइ सहजीकरण गर्ने एक साधनको रूपमा मात्र लिनुपर्ने तर्क पनि उठ्ने गरेको देखिन्छ । यसै मेसोमा शिक्षण सिकाइमा प्रविधिको विवेकशील प्रयोग वाञ्छनीय भएको छ । सूचना तथा जानकारीको आधिकारिता र विश्वसनीयताको बारेमा शिक्षक स्वयं संवेदनशील हुन आवश्यक हुन्छ । सिकारूका लागि उपयोग हुने अनलाइन सामग्री तथा सम्बन्धित वेबसाइटको बारेमा सुसूचित गर्ने दायित्व पनि शिक्षकले नै लिनुपर्ने हुन्छ ।
प्रविधिको प्रयोग गरी तत्कालीन सूचनाहरूलाई शिक्षाको पहुँचभित्र ल्याउन सकिन्छ । विषयवस्तुका थप स्रोत पहिल्याउन पनि प्रविधिले सघाउँछ । विश्वसनीय सूचनाको स्रोत पहिचान गर्न सकियो भने शिक्षक र सिकारू दुवैको ज्ञानको दायरालाई क्रमशः फराकिलो बनाउँदै लान पनि प्रविधिले मद्दत गर्दछ । शिक्षकको पेशागत दक्षता अभिवृद्धि गर्न, सिकारूलाई नयाँ नयाँ ज्ञानको खोजी गर्न, स्वः अध्ययनको माध्यमले शैक्षिक उपलब्धि हासिल गर्नका लागि पनि प्रविधिको उपयोग महìवपूर्ण हुन्छ । दोहोरो संवादलाई कक्षा शिक्षणमा प्रयोग गर्न, शिक्षण कार्यलाई स्रोतपूर्ण बनाई अर्थपूर्ण शिक्षण सिकाइ कार्य गर्न, सिकारूमा खोजी गर्ने बानीको विकास गर्न पनि प्रविधिको प्रयोग गर्न सकिन्छ । संसारमा भए गरेका राम्रा र सफल शिक्षण अभ्यासलाई कक्षा शिक्षणमा भिœयाउन आधुनिक सूचना तथा प्रविधिले सहयोग गर्दछ । यसरी प्रविधिको सही सदुपयोग गरी समग्र शिक्षा प्रणालीको समुचित विकास र विस्तारमा सहयोग पु¥याउन सकिने भएकाले शिक्षण क्षेत्रमा सूचना तथा सञ्चार प्रविधिको मुख्य भूमिका पाइन्छ । आधुनिक विश्वसँग शिक्षक र विद्यार्थी दुवैलाई परिचित गराउन प्रविधिले पुलको काम गरिरहेको छ । संसारका विभिन्न उपयोगी वेबसाइटको सञ्जालमा सहभागी भई त्यसबाट प्रशस्त लाभ लिन सकिन्छ । कतिपय अवस्थामा अनुपयोगी शिक्षक केन्द्रित शिक्षण पद्धतिलाई विस्थापित गरी प्रविधिकेन्द्रित उपयोगी शिक्षण पद्धतिलाई कक्षा शिक्षणमा प्रयोग गर्न प्रविधिको उपयोग महìवपूर्ण हुनसक्छ । कक्षा शिक्षणमा आधुनिक प्रविधिहरू जस्तैः मल्टीमिडिया, अनलाइन करिकुलम, डिजिटल लाइब्रेरी, प्रोजेक्टर, युट्युब, ई–कन्फरेन्स आदिको प्रयोग गरी कक्षा शिक्षणको स्तरमा अभिवृद्धि गर्न प्रविधि एक अति आवश्यक साधन बनेको छ यतिखेर ।
कक्षा शिक्षणमा सूचना तथा सञ्चार प्रविधिको भरपुर सदुपयोग गर्दै सिर्जनात्मक, समालोचनात्मक एवं अनुसन्धानमूलक क्रियाकलापमा सहभागी हुन सके यसबाट समुचित फाइदा लिन सकिन्छ । तर प्रविधि केवल एक साधन मात्र हो, यसलाई साध्यका रूपमा प्रयोग गर्नुभन्दा पनि शिक्षण सिकाइलाई प्रभावकारी बनाउने एक उपयोगी साधनका रूपमा लिनु नै उचित होला ।
(लेखक सामाजिक रूपान्तरणका लागि नागरिक अभियानसँग आबद्ध हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?