डा. अतीन्द्र दाहाल
हरेक परिघटनाहरूमाथि सरकारको अवाञ्छित विरोध गर्ने अभिरुचिकर्ताहरूलाई फेरि एउटा नयाँ विषय प्राप्त भएको छ । केही दिनदेखि मिडिया काउन्सिल विधेयकमाथि सघन बहस हुँदै छ । अबदेखि पत्रकारितामा आउने आमनवप्रवेशी पत्रकारहरूले लाइसेन्स परीक्षा उत्तीर्ण हुनुपर्ने प्रावधानप्रति चर्को नियमापत्ति जनाइएको छ । यद्यपि, अहिले नै पत्रकारितामा रहनुभएकालाई भने यो नियम लागू हुने छैन ।
यही माघ १४ गते राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा यस्तो प्रावधानमाथि सर्वसम्मत सहमति जुट्यो । उक्त परीक्षार्थ विविध चार समूहमा ३५० पूर्णाङ्कको पाठ्यक्रमसमेत प्रस्तावित छ । सर्वोच्च अदालतको न्यायाधीश हुने योग्यता भएको व्यक्तिको अध्यक्षतामा परीक्षा समिति प्रस्ताव गरिएको छ । दुवै सदनबाट अनुमोदनपश्चात् राष्ट्रपतिबाट प्रमाणीकरणपछि कार्यान्वयनमा आउन समय अवश्य लाग्छ तर बहस अहिले नै व्यापक चुलिएको छ । तर्कहरू पक्ष वा विपक्षमा बाँडिए पनि पत्रकारिताका र त्यसमा संलग्न व्यक्तित्वहरूको सर्वोपरि तथा निर्णायक महŒवमाथि भने कुनै आशङ्का अनि वादविवाद छैन । पत्रकारिता अहिले उच्च आकर्षण भएको पेसामध्येको एक हो ।
आकर्षण तथा महŒव
राजनीतिको विश्वव्यापी सिद्धान्तले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकालाई राज्यका तीन प्रमुख अङ्गका रूपमा स्वीकार्छ । पत्रकारिताले राज्यका तीनवटै अङ्गहरूका सवालमा खुलेर बोल्ने र राजनीतिक गतिलाई नै परिवर्तन गर्न सक्ने क्षमता राख्छ । त्यसैले यसलाई राज्यको चौथो अङ्ग मानिन्छ । लेखक मार्सल मलुहानको ‘अन्डरस्टान्डिङ मिडिया’ र ‘द मिडियम इज द म्यासेज’ जस्ता पुस्तकहरूको निष्कर्ष छ कि आममानिसको अवधारणा सञ्चारबाटै निर्देशित हुन्छ । समाचारमा आएका चर्चा परिचर्चाकै आधारमा कुनै पनि कुरालाई सत्य वा गलत बुझिन्छ । पत्रकारिता आवाजविहीनहरूको आवाजसमेत हो । जसको अरू कोही सहयोगी हुँदैन, पत्रकारहरूबाट उनीहरूको समस्या, पीर, व्यथा, अन्याय सार्वजनिक हुन्छ । कतिपय मानिसले आवश्यक सहयोग र नयाँ जीवनसमेत पाएका छन् । पत्रकारिता समाजको बलियो शक्ति हो । यसमा फरकप्रकारको विशेष अधिकार र अख्तियारी हुन्छ । जुनसुकै ठाउँमा सहज प्रवेश सुविधा रहन्छ । पत्रकार निजी क्षेत्र वा सरकारी सेवामा संलग्न रहेको हुन सक्छ, यद्यपि राष्ट्रप्रति दुवैको जिम्मेवारी समान रहन्छ ।
समाजका हरेक पक्षसमेत पत्रकारहरूसँग निकै सचेत र संयमित देखिन्छन् । आममानिसको आकर्षण बढ्दो छ । डा. महेन्द्र बिष्टको पुस्तक ‘नेपालमा पे्रस स्वतन्त्रता’ अनुसार पत्रकारिताको दायरा फराकिलो हँुदै छ । अहिलेसम्म देशभर राष्ट्रिय, क्षेत्रीय, साप्ताहिक, अर्घमासिक, मासिक गरी लगभग नौ हजारभन्दा बढी छापा, झन्डै एक हजार सामुदायिक रेडियो र एफएम, एक सयभन्दा धेरै टेलिभिजनहरू, १५ सयभन्दा बढी अनलाइनहरू सञ्चार मन्त्रालयमा दर्ता छन् । सम्पूर्णले लगभग पाँच लाख पत्रकारलाई रोजगारी दिने क्षमता राख्छन् । यस्तो क्षेत्रमा आउने मानव श्रम साधनले लाइसेन्सको अवलम्बन र अनुशरण गर्नु धेरै कारणले आमपत्रकारहरूका लागि नै लाभदायक हुन्छ ।
लाभदायक पक्षहरू
सरकारी सञ्चारमाध्यममा समर्पित राष्ट्रसेवक पत्रकारहरू निश्चित परीक्षा र छनोटमार्पmत आफूलाई निपूर्ण प्रमाणित गरेर आउनुहुन्छ । बाँकी पत्रकारहरूले पनि तोकिएको परीक्षामार्पmत काबिल साबित हुनु भनेको विषयसँगको सामथ्र्य प्रमाणित गर्ने अवसरसमेत हो । उक्त उपलब्धिले पत्रकार स्वयम्लाई मनोवैज्ञानिक सन्तुष्टि पनि मिल्छ ।
एक चिकित्सक खराब भए एउटा बिरामीको ज्यान जोखिममा हुन्छ तर एउटा पत्रकार खराब भए पूरै समाज विचलित र बिरामी पर्छ । यति संवेदनशील व्यक्तिमाथि विषयगत दख्खल तथा स्वीकार्य आचरणको नियमन सरकारको दायित्व पनि हो । परीक्षाले पत्रकारितामा भविष्य खोज्ने इच्छुक प्रत्यासीमा उक्त क्षमता र आचरणको प्रत्याभूतिसमेत गर्छ ।
जसले जसरी पनि पत्रकारिता अभ्यास गर्दा भविष्यमा उहाँहरूकै आत्मसम्मान कमजोर हुन्छ र बाँकी अन्य क्षेत्रले नकारात्मक सोच्न सक्छ । लाइसेन्स परीक्षाले पत्रकारितालाई नै नियमित पेसाका रूपमा अँगाल्न चाहेको सन्देश मिल्छ । अधिवक्ता, चिकित्सक, शिक्षक, इन्जिनियर, नर्सजस्ता थुप्रै पेसाकर्मीबीच यस्तो अभ्यास प्रचलित छ । त्यसले सिकाइको गहनतालाई मापन गर्दछ । विदेशतिरबाट आएका कतिपय शङ्कास्पद र अनुपयुक्त उपाधिवालालाई समेत रोक्न सकिन्छ । स्पेनमा पत्रकारहरूको लाइसेन्स परीक्षा हुन्छ । कार्यान्वयनमा नआए पनि भारतमा सन् २०१३ मा यस्तो प्रस्ताव ल्याइएको थियो । अमेरिकामा पे्रस पास दिने प्रावधानलाई विभिन्न कोणबाट अनुगमन र परीक्षण गरिन्छ । इटालीमा पत्रकार बन्नलाई १८ महिनाको इन्टर्नसिप गर्नुपर्छ ।
अब्बल व्यक्तित्वले विषयगत कुनै पनि परीक्षणबाट तर्सनु शोभनीय हुँदैन, त्यसलाई सामना गरेर अरूसामु प्रमाणित हुनुपर्छ र स्वयम् सन्तुष्टिलाई अझ उँचो राख्नुपर्छ । पत्रकार सम्मानित हुनुपर्छ तथापि अलौकिक देवत्वकरण सुहाउँदैन, परीक्षण नै गर्न पाइँदैनचाहिँ भन्नु हँुदैन । इच्छुकहरूबीच परीक्षामार्पmत योग्य पत्रकार भएको प्रमाणीकरण राज्यबाट क्षमताको सम्मानसमेत हो । अहिले थुपै्र पत्रकारहरू शोषणमा परेको सुनिन्छ । आफूले क्षमताको प्रमाणीकरण गरी उपयुक्त ठह¥याएको व्यक्तिलाई कामको उचित दाम नदिएमा कारबाही गर्ने नैतिक दायित्व सरकारमाथि आइपर्छ । राज्यले अपनत्व प्रदर्शन गर्नुपर्छ ।
लाइसेन्सको व्यवस्थाले पत्रकारको अस्थायी परिचयलाई स्थायी स्वरूपमा बदल्छ । अहिले अभ्यास गर्दासम्म मात्र पत्रकार जनिन्छ । लाइसेन्सपछि वकालत अभ्यास गरे÷नगरे पनि अधिवक्ता रहेजस्तै पत्रकारसमेत सदैव पत्रकार रहन्छ । सायद प्रेस र पत्रकार पासको उपलब्धता अनवरत हुन्छ होला । अहिले समाजमा पत्रकारमाथि अपमानजनक र सस्ता टिप्पणी गर्ने चलनसमेत छ । अन्त केही गर्न नसकेपछि एउटा क्यामेरा बोकेर हिँड्ने भन्नेखालका लाञ्छना लगाइन्छ । लाइसेन्स पास गरेर अभ्यास थालनी गर्दा पत्रकारमाथिको आधारहीन हेयभावको सामाजिक बुझाइसमेत परिवर्तन हुन्छ । उनीहरूको सम्मानलाई प्रबलीकरण गर्छ । खोज अनुसन्धान, तथ्य तथा ‘डेप्थ न्युज’ भन्दा ‘पिपिङ–टम जर्नालिजम’ (मानिसका निजी जीवन र स्वाभाविक गोपनीयताको अनैतिक पर्दाफास) तिर बढी फस्दै गएको अवस्थालाई यसले सघन सुधार गर्न सक्छ ।
परीक्षामार्पmत खारिएर आएका पेसाकर्मीबाट समस्त सञ्चार क्षेत्र बौद्धिक, साहसी र क्रियाशील व्यक्तिहरूको सङ्गठन बन्नेछ । विशिष्टीकरणको अभ्याससमेत हुन सक्छ, पेसागत शुद्धता कायम रहन्छ । पत्रकारिता अध्ययन गर्ने सबैले अभ्यास गर्छन् भन्ने छैन, अभ्यास गर्न चाहनेहरूले आफू निपूर्ण रहेको थप प्रमाण पाउनुहुन्छ । गाली, नारा, सत्तोसराप अनि नकारात्मक अफवाहको प्रवद्र्धन नै पत्रकारको धर्म हो भन्ने मानसिकताले समग्र पत्रकारिताको ताज कमजोर बन्दै छ । यस्तो प्रथालाई परिवर्तन गराई पत्रकारिताका सकारात्मक र प्रशंसनीय कर्महरू उजागर हुन्छ ।
अहिले जम्मा कति पत्रकार हुनुहुन्छ भन्ने अभिलेखसमेत राज्यसँग छैन । कम्तीमा परीक्षामार्पmत अभ्यास गर्न जाँदा राज्यमा अभिलेखीकरण भएको पत्रकार बनिन्छ । नम्बरअनुसारको वरिष्ठताको सूचीले पेसागत सौन्दर्य थप्छ । अहिले चोरीका समाचारको बिगबिगी छ । चेकबुक जर्नालिजम (द्रव्यदबित पत्रकारिता) को अभ्यास पनि रहेको सुनिन्छ । अदालतमा विचाराधीन विषयमाथि समेत समाचार बन्छन् । कार्यालय, संरचना, पद्धति केही नभएका सञ्चार पनि छन् । आमरूपमा व्यावसायिकता मर्दो र मर्यादा गिर्दो छ । लाइसेन्समार्पmत योग्य र सचेत पत्रकारलाई पेसागत अभ्यासमा ल्याउँदा यसखालका विचलनहरू रोकिन सक्छन्, जसले पत्रकार र पत्रकारिताको साख उच्च हुँदै जानेछ । तसर्थ, लाइसेन्समा विरोध नै गर्नुपर्नेछ जस्तो लाग्दैन ।
केही विरोधहरू प्रायोजित हुन्छन्, सामाजिक सुरक्षा कोषमाथिको विरोध त्यस्तै थियो । सञ्चय कोष दिनुपर्ने, उपदानको रकम पहिल्यै व्यवस्था गरिनुपर्ने र तोकिएबमोजिमको तलब–भत्ता पारदर्शी रूपले दिनुपर्ने भएकाले स्वयम् सञ्चार गृहहरूले आफ्ना कर्मचारीलाई त्यसको विरोध गर्न दबाब दिएका समाचारसमेत बाहिरिएका थिए । लाइसेन्सपछि आम र वास्तविक पत्रकार समूह अभैm बलियो हुने, सञ्चार गृह झन् जिम्मेवार हुनुपर्ने, अहिलेका जस्तो सम्पादकीय स्वतन्त्रतामाथि व्यवस्थापनले हस्तक्षेपको जोडबल गर्न नसक्ने भएकाले कतै यो विरोध प्रायोजन गरिएको त छैन ? सधैँ अरूको खबर लेख्ने समूह आफ्नै खबरमाथि आधारहीन उत्रिएको त हैन ? आगामी दिनमा लाइसेन्स पास गरेर आएका पत्रकारले आफूलाई कम महŒव दिन सक्छन् अथवा उनीहरूको पत्रकारिता अभ्यास नवीनतम र अनुकरणीय भएमा आफ्नो प्रभाव कमजोर हुन्छ भन्ने संशय र गलत मानसिकता त छैन अग्रजहरूमा ? सबैलाई कानुन लाग्नुपर्छ, नियमन हुनुपर्छ । नियम कडा नभएर देश बिग्रियो भनेर अधिकांश समय रोदन प्रकट गर्ने सञ्चारले आफू नियमन हुन तयार रहेको सन्देश दिँदा के बिग्रिन्छ ? परिवर्तनको सुरुवात आफूबाट गर्नुपर्छ भनेर निकै उत्साहसाथ बोल्ने क्षेत्रले आफैँबाट परिवर्ननको सुरूवात किन नगर्ने ? आमगैरपत्रकारहरूमाझसमेत उत्तर जान्ने चासो बढ्दै छ ।
(लेखक राष्ट्रनिर्माणका आयामहरू शीर्षकमा विद्यावारिधि हुनुहुन्छ ।)