दुर्गा कँडेल छत्कुली
कुनै पनि संंस्थाले आफ्नो आवश्यकता अनुसारको सक्षम व्यक्तिलाई कर्मचारीका रूपमा नियुक्त गरी ती व्यक्तिलाई संस्थाको कार्य प्रक्रिया र उद्देश्यअनुसार तालिम तथा विकासका माध्यमबाट दक्ष, सक्षम तथा क्षमतावान् बनाउँदै उच्च तलब सुविधा उपलब्ध गराएर मात्र कार्य सम्पादन राम्रो हुन सक्दैन । त्यसका लागि सक्षम तथा दक्ष व्यक्ति जसले संस्थाको उद्देश्यलाई आत्मसात् गर्दै संस्थाको कामप्रति आवश्यक आकर्षण पैदा गर्नुपर्दछ । यो कार्यलाई उत्प्रेरणा भनिन्छ ।
कुनै पनि कार्य अन्तरहृदयबाट गर्नलाई व्यक्ति वा कर्मचारीको इच्छा जागृत गराउनुलाई उत्प्रेरणा भनिन्छ । उत्पे्ररणा व्यवस्थापनको एक मानवीय पक्ष हो । सङ्गठनमा रहेका अन्य भौतिक स्रोतको परिचालन र तिनीहरूको अधिकतम उपयोगिता त्यस सङ्गठनमा रहेको जनशक्तिको कार्य सम्पादनमाथि निर्भर रहने हुँदा मानव स्रोतको भूमिका अत्यन्त महìवपूर्ण हुन्छ । हरेक मानिसमा आ–आफ्नै आवश्यकता, इच्छा, आकाङ्क्षा रहन्छन् । आफ्ना सङ्गठनमा रहेका कर्मचारीको त्यस्ता आवश्यकता, इच्छा, आकाङ्क्षा पूर्ति गरी सङ्गठनको उद्देश्य प्राप्तिका लागि तिनीहरूलाई अभिप्रेरित गर्न व्यवस्थापनले अपनाउने विभिन्न प्रयास नै उत्प्रेरणा हो । उत्प्रेरणाको अर्थ मानिसको त्यस्तो भित्री तत्वसँग अन्तरसम्बन्धित हुन्छ जो उसलाई कार्य गर्नका लागि उत्साही गर्दछ । कर्मचारीलाई कुशलतापूर्वक कार्य सम्पादन गराउनका लागि उनीहरूमा भएको प्रेरक शक्ति जागृत गराउनु हो उत्प्रेरणा । मानिसमा रहेको क्षमता र प्रेरक शक्ति दुईमध्ये कुनै एक भएन भने वा निष्क्रिय रह्यो भने कार्य सम्पादन पर्याप्त हुन सक्दैन । क्षमतालाई सही ढङ्गबाट प्रयोग गर्ने इच्छा जागृत भएमा मात्र कार्य सम्पादन राम्रो हुन सक्छ । त्यही जागृत इच्छा नै उत्प्रेरणा हो ।
उत्प्रेरणा ती सम्पूर्ण भित्री अवस्था हुन् जो इच्छा, उद्वेग आदिका रूपमा व्यक्त हुन्छ ।
व्यक्तिमा प्राप्त हुन नसकेका आवश्यकता तथा चाहनाले बेचैनी सिर्जना गर्दछ । उसले पूरा हुन नसकेका चाहना प्राप्त गर्न खोज्दछ । कर्मचारी जब आफ्नो आवश्यकता पूरा गर्ने उपाय खोज्छ र लक्ष्य भेटाउँछ तब लक्ष्यतर्पm अभिमुख हुने व्यवहार गर्दछ । लक्ष्य प्राप्त भइसकेपछि कर्मचारी बेचैनी वा उत्तेजनाबाट मुक्त हुन्छ । मानिसका आवश्यकता अनगन्ती हुन्छन् । एउटा आवश्यकता वा चाहना पूरा हुन्छ अर्को चाहना जन्मिन्छ । मानिसमा रहने यस्ता चाहना पूरा हुने र पुनः दोहोरिने निरन्तर प्रक्रिया चल्छ । कर्मचारी व्यवस्थापकले कर्मचारीमा हुने यस्ता आवश्यकता र चाहना पहिचान गरी उनीहरूको आवश्यकता पूरा गर्दै सङ्गठनको उद्देश्यतर्पm उन्मुख गराई सुदृढ कार्य सम्पादनका लागि अग्रसर गराउन आवश्यक हुन्छ ।
उत्प्रेरणाले मानिसमा गति प्रदान गर्दछ । वास्तवमा उत्प्रेरणा मानिसको मनस्थितिलाई सकारात्मक दिशातर्पm धकेल्ने इञ्जिन हो । मानिसको अन्तरहृदयमा सन्तुष्टि वा असन्तुष्टिको प्रभाव परी यसबाट मानिसको कार्यप्रतिको उदासीनता वा सक्रियताको प्रस्फुटन हुन पुग्छ । उत्प्रेरणा मानिसको यस्तो आन्तरिक इच्छा, आकाङ्क्षा वा उद्देश्य हो जसको प्राप्तिका लागि मानिस निश्चित कार्य गर्न अग्रसर हुन्छ ।
व्यक्तिको उद्देश्य जहिले पनि लक्ष्य प्राप्तितफ्र्m उन्मुख हुन्छ । लक्ष्य प्राप्तिका लागि निश्चित व्यवहार तथा कार्य गर्नुपर्दछ जसलाई उत्प्रेरणा भनिन्छ । उद्देश्य मानिसको भित्री अन्तस्करणमा हुन्छ भने लक्ष्य व्यक्तिबाट बाहिर हुन्छ ।
सङ्गठनमा कार्य सम्पादन र उत्प्रेरणाको सकारात्मक सम्बन्ध रहन्छ । उत्प्रेरणा, दक्षता र क्षमताको कुल योग कार्य सम्पादन हुने गर्दछ । तसर्थ सङ्गठनमा कर्मचारी दक्ष, योग्य, अनुभवी भएर वा बनाएर मात्र हुँदैन उनीहरूलाई उचित वातावरण दिएर, उनीहरूको आवश्यकताको सम्बोधन गरी सङ्गठनको उद्देश्य हासिल गर्न प्रेरित गर्नुपर्दछ । भनिन्छ, घोडालाई जबरजस्ती खोलामा लान सकिन्छ तर पानी खुवाउन सकिँदैन ।
आजका सङ्गठनहरूले सङ्गठनमा रहको मानव साधनको महìवलाई बेवास्ता गरेको आभास हुन्छ । जुन साधन विना सङ्गठनको अस्तित्व धरापमा रहन्छ । मानिसमा असीमित क्षमता रहन्छ । कुनै एउटा मेसिनको उत्पादन क्षमता १००० ‘पिस’ उत्पादन गर्ने छ भने त्यो मेसिनले १००१ पिस पनि उत्पादन गर्न सक्दैन । अधिकांश भौतिक वस्तुको सीमा तोकिएको भन्दा माथि केही पनि हुन सक्दैन तर भौतिक साधनभन्दा फरक छ मानिस यस अर्थमा जसको सीमा तोक्न सकिँदैन र हुँदैन पनि । परिस्थिति अनुसार चल्न सक्छ । तसर्थ उभित्र भएको असीमित क्षमतालाई उत्पादकत्वको वृद्धिमार्फत नाप्न सक्नु नै उत्प्रेरणाको सही प्रयोग हुन्छ ।सङ्गठनमा मानव संसाधन व्यवस्थापकले सङ्गठनमा रहेका मानव साधनको उचित सम्भार गरिएन, कर्मचारीको इच्छा, चाहना र आवश्यकताको पहिचान गरी सो पूरा गर्न प्रयास गरिएन, मानिसलाई मेसिनको रूपमा व्यवहार गर्न प्रयास गरियो भने कर्मचारीमा असन्तुष्टि तथा निराशा पैदा हुन्छ । असन्तुष्ट कर्मचारीबाट उचित तथा अधिकतम उत्पादकत्व प्राप्त गर्न सकिँदैन ।
एउटा कुशल प्रशासक तथा मानव संसाधन व्यवस्थापकले सङ्गठनमा रहेका कर्मचारीलाई दक्षता, क्षमता, सीप विकासका लागि विभिन्न किसिमका क्रियाकलाप सञ्चालन गर्ने, कर्मचारीको आवश्यकता, चाहना तथा उद्देश्यको पहिचान गरी पूरा गर्ने, उचित वातावरण तयार गर्ने कार्य गर्नुपर्छ । कर्मचारी दास होइनन् वा कर्मचारी उनीहरूको आवश्यकताले मात्र सङ्गठनमा जागिर खान आएका होइनन् सङ्गठनको पनि आवश्यकता हो उनीहरूलाई जागिरका माध्यमबाट उत्पादकत्व उच्च बनाउँदै सङ्गठनको उद्देश्य हासिल गर्ने भन्ने बुझ्नु जरुरी छ । कर्मचारीलाई जबरजस्ती गरेर, धम्क्याएर, तर्साएर, त्रसित बनाएर मानसिक तनाव दिएर, संस्थामा चाकडी र चाप्लुसलाई काखी च्यापेर, काम गर्ने र नगर्नेबीच भिन्नता छुट्याउने काम गरिएन भने सङ्गठनमा क्षमतावान्, दक्ष र योग्य व्यक्ति त होलान् तर उत्पादकत्वमा वृद्धि हुन सक्दैन ।
आजका जुनसुकै सङ्गठनमा चाहे व्यावसायिक, सार्वजनिक, निजी, राजनीतिक, धार्मिक आदि अधिकांश सङ्गठनमा अभैm पनि मानव साधनको महìवलाई जुन रूपमा महìवका साथ हेर्नुपर्ने सोही रूपमा हेर्न नसक्दा कर्मचारीहरू आउने जाने क्रम बढिरहेको छ । विभिन्न राजनीतिक सङ्गठनमा सदस्यता फेरिरहने, विभिन्न किसिमका धर्म परिवर्तन गरिरहने, कर्मचारी तथा मानिसहरू यथास्थितिमा रहे तापनि निराश तथा बेचैन अवस्थामा रहने जसले गर्दा मानिसमा प्रगतिभन्दा अधोगतिको अवस्था सिर्जना हुने, राम्राभन्दा हाम्रा आसेपासे, चाप्लुसलाई स्थान दिने प्रवृत्ति बढ्दो छ । जसले गर्दा इमानदार, सही बाटो रोज्ने, मूल्य मान्यताको कदर, नीति र थितिसङ्गत काम गर्नेहरूमाथि क्यारिमबोर्डको गोटीका रूपमा प्रयोग गर्ने प्रवृत्ति छरपस्ट रूपमा देख्न सकिन्छ । उत्प्रेरणा कागजका पानामा मात्र सीमित हुने विषय होइन, यो आम मानिसको अन्तस्करणमा सञ्चार हुने विषय हो । जसले गर्दा आ–आफ्नो ठाउँबाट आफूले गर्नुपर्ने कर्तव्य र दायित्वबोध गरी क्षमताले भ्याएसम्म बढीभन्दा बढी कार्य सम्पादन हासिल गर्न सहयोग पु¥याई समग्रमा देशको समृद्धिमा हातेमालो गर्न सहयोग पुग्छ ।
(लेखक एमनेष्टि इन्टरनेशनल नेपालमा आबद्ध हुनुहुन्छ ।)