logo
२०८१ मंसिर १२ बुधवार



भावनाको कदर

विचार/दृष्टिकोण |




शीतल गिरी


परपुरुष (पराई) अथवा नातागोताभन्दा एकदम परको कुनै पुरुष । यस्ता मानिससँग भेट हुनु, केही कुराकानी हुनु प्रत्येक नारीका लागि वर्तमान समयमा सामान्य कुरो बनिसकेको छ । पुरुषप्रधान समाजमा नारीले अन्य पुरुषहरूसँग कुनै वास्तै नगरोस्– आज यो हुनै सक्दैन । आज मर्यादाको तन्तु कमजोर बन्दै गइरहेको छ ।
सम्पूर्ण संस्कृति छिन्न–विच्छिन्न हुँदै छ । भन्नुस् किन ?
घरमा, बजारमा, कार्यालयमा, बसमा अन्य पुरुषहरूसँग भेटघाट हुनु स्वाभाविकै हो । त्यो युग त अहिलेको होइन– नारीलाई निवासमा थुनेर राखियोस् । नारीले युगअनुसार आफ्नो प्रतिभा र महŒव बुझेर घरबाट बाहिर पाइला राख्न सक्ने क्षमतावान् बनेका छन् भने अवश्य नै परपुरुषहरूसँग भेटघाट भइहाल्छ । ती नारी धेरै गम्भीर र समर्थ बन्दछन् ।
आफ्नो प्रतिभा र महŒव नबुझ्ने नारी असमर्थ हुन्छन् अथवा बन्दछन् । असमर्थको आसय हो परनिर्भर बन्नु । ऊ घरपरिवार चलाउँदैन, मानौँ जीवन गुजार्नमात्र चाहन्छ । सुखमा पनि, दुःखमा पनि । कुनै उसको आफ्नै अलग सोच हुँदैन, गतिलो सोचले गर्दा घरको स्थितिमा सुधार ल्याउने । धेरैजसो नारीले यही बाटो अपनाएको पाइन्छन् । हाम्रो देशको सामाजिक बनोटअनुसार पुरुष चाहे पति–मित्र होस्, छिमेकी होस् या सहकर्मी अथवा बाटोमा भेटिएको कुनै परिचित नै किन नहोस्, सबैसँग औपचारिकता हार्दिकतासँग व्यवहार गर्नु गाह्रो छ । यदि नारीले यस्तो गर्दिनँ भने उसलाई घमण्डी, अहङ्कारी र नजाने
के–के उपाधि भिडाउँछन् । यहाँनिर क्षितिज र अमिताको उदाहरण दिनु समसामयिक हुनेछ । क्षितिजसँग विवाह
भएको थियो अमिताको ।
घरपरिवार परिचय कार्यक्रमको दिन कुर्सीमा बसेकी सर्र्मिली, सङ्कोची, लज्जालु, नतनयनी अमितासँग हाँसखेल गर्दै जिस्किँदै थिए क्षितिजको टाढाको नातामा पर्ने भाइहरू । क्षितिजका साथी भाइहरू पछिपछि पनि घर आउने
जाने गर्थे ।
‘नमस्कार भाउजू’ बाट सुरु भएर हाँसखेल, जिस्किनु र अमिताको सौन्दर्य र सीपको वर्णन । अमितालाई यस्तो वातावरण राम्र्रो लाग्दैनथ्यो । उनी उठेर भित्र जान्थिन् । साथीहरू गएपछि क्षितिज रिसाउँथ्यो । अमिता साथीहरूसँग धक फुकाएर नबोलेकोमा गाली गथ्र्यो । अमिता झिँझो मान्थिन् । कसैले त अश्लील सङ्केत पनि गथ्र्यो । उनी हुर्किएको संस्कारमा नमिल्ने कुरोलाई अश्लील भन्थिन् । ‘जिस्किनुपर्छ, हाँसखेलमा रमाउनुपर्छ’ भनी भन्ने गथ्र्यो । ‘आजको युगमा संस्कारविहीन पाखे बनेर बसेमा मेरो बेइज्जती हुन्छ’ भन्ने गथ्र्यो र आफूलाई परिवर्तन नगरेमा परित्याग गर्ने धम्कीसम्म दिन्थ्यो । लोग्नेको मन राख्न अमिताले आफ्नो भावना दबाइन् । र, उनी क्षितिजका साथीहरूबीच बाध्यतावश बस्न थालिन् ।
उनी पनि बिस्तारै–बिस्तारै त्यही रङ्गमा रङ्गिदै गइन् । अथवा हुन सक्छ– लोग्नेले नै त्यस्तो बनाएको होस् । सुरुमा त छेडछाड हाँसखेल र त्यस्तो रमाइलोमा बाध्यतावश बस्न थालिन् । छेडछाड हाँसखेल र त्यस्तो रमाइलोमा बीचमा कहिले चियानास्ता, कहिले खाना । बिस्तारै बिस्तारै साथीहरूको आउने जानेक्रम बाक्लिँदै गयो । कति उत्साह र स्नेहले आमाबाबु आफ्नी छोरीलाई विवाह गरेर पठाउँछन् । के कहिल्यै पनि उनीहरूको चित्तमा आफूले जोगाएको संस्कार नाघोस् भन्ने चाहना हुन्छ ? उनीहरूको हृदय प्रसन्न तब हुन्छ, जब छोरीको घरपरिवार मर्यादापूर्वक प्रगति गर्दै गरेको पाउँछन् । अमितालाई धेरै नराम्रो लाग्दथ्यो । तर, पतिको डरले सब सहन्थिन् । क्षितिज चाहन्थ्यो अमिता उसका साथीहरूसँग खुलेर बोलोस्, हास परिहास गरोस्, गीत सुनाओस् र साथीहरूले तिनको सौन्दर्यको प्रशंसा गरून् । बस यत्तिकैमा ऊ खुसीले पागल हुन्थ्यो । बिस्तारै बिस्तारै मजबुरी आदतमा परिणत भयो । उनको लज्जालुपन हराउँदै गयो । खुलापनका कारण यदाकदा उनको कानमा पर्न थाल्यो, ‘चरित्रहीन छे’, ‘...सँग फसेकी छे ।’ अमिताको अन्तरात्माले नस्वीकार्दा पनि उनी बदलिनुप¥यो, यसको दुःख उनलाई छ । यदि क्षितिजले अमिताको भावनाको कदर गरेको भए, उनलाई आफ्नै जीवनशैलीमा बाँच्न दिएको भए केही बिग्रिने त थिएन ।
यो विडम्बना नै हो नारीले हाँसेर कुरा ग¥यो भने चरित्रहीन भनिन्छ, हाँसेर नबोलेमा घमण्डी भनिन्छ । यी दुई स्थितिबाट बच्न जरुरी छ, परपुरुषसँग सन्तुलित सम्बन्ध बनाउनुपर्दछ । यस्तो सम्बन्धमा हार्दिकता त होस्, साथै मर्यादित पनि । प्रत्येक मानिसको आफ्नो स्वभाव विचार, भावना हुन्छ । पतिले पत्नीको स्वभाव विचार र भावनालाई जबरजस्ती बदल्ने कोसिस गरिनुहुँदैन । समयअनुसार मिल्न सक्नु मानव स्वभाव हो र यस मान्यताभन्दा भिन्न नारी पनि जान सक्दिनँ । पत्नीको भावनाको कदर गर्दा पतिको अहम्मा धक्का लाग्ने होइन । पुरुष र नारीको प्रकृति नै यस्तै छ, अक्सर आपसी भेटघाट या औपचारिक सम्बन्धले कहिले अर्को रूप लिन्छ भन्न सकिन्न ।
भलै अमिताले आफ्नो पतिप्रति पूर्णतः अपनत्व महसुस गर्छिन्, उनका लागि पति नै सर्वाधिक प्रिय छ । तर, यसको अर्थ यो भएन कि कुनै परपुरुषले आफ्नो हृदयमा उनलाई नबसाएको होस् । यदि यस्तो नहँुदो हो त ‘चरित्रहीन’ शब्द नै सायद शब्दकोशमै रहन्थेन होला । अमरको आकर्षण सुरूदेखि नै श्रीमतीतर्फ कम रह्यो । साथीहरूसँग घुम्नु, होटेलमा खानु र राति अबेला घर फर्किनु । आएर चुपचाप पलङमा सुत्नु । बिचरी शान्ता दिनरात गृहकार्यमा व्यस्त भोकी, प्यासी पतिको प्रतीक्षा गरिरहन्थी र जब राति आएर अमरले भन्थ्यो, “मैले त साथीहरूसँगै खाएर आएको छु, तिमी खाइहाल ।” तब उसको प्रतीक्षारत हृदय रुनु स्वाभाविकै हो । पत्नीलाई घुमाउनु, प्रेम गर्नु या उसका लागि मीठो दुई वचन बोल्नु त अमरले सिकेकै थिएन । लालायित थिई बिचरी पतिको सामिप्य पाउनका लागि । शान्ताको भागमा पर्दथ्यो पतिको प्रताडना र रुखो वचन । दिक्क हुन थाली आफ्नो जीवनसँग । यदि शान्ता परपुरुषप्रति आकर्षित भएको अवस्थामा नराम्रो परिणामको सामना अमरले पनि गर्नुपर्छ । प्रत्येक पुरुष नम्र र सेवाभावी पत्नी चाहन्छन् । घरमा पतिबाहेक अन्य कोही सदस्य छैनन्, यस्तो अवस्थामा पतिले उपेक्षा गर्नु भनेको पत्नीलाई नेपाली समाजको यथोचित मान्यता र सीमाबाहिर गएर आचरण गर भन्नु हो । अमरले पत्नीको भावना बुझ्नुपर्छ, गुणवती शान्ताको कदर गर्नुपर्छ ।
प्रत्येक पत्नी पतिको सामिप्य चाहन्छ र यो उसको अधिकार पनि हो । पति पत्नीको सम्बन्ध सुमधुर भएमा मात्र बालबालिकाको भविष्य उज्ज्वल बन्न सक्छ । पतिको साथी होस् या यात्राक्रमको नयाँ परिचित अथवा छिमेकी या सहकर्मी पुरुषको आकर्षक र विनम्रपनको सामना नारीले पाइलापाइलामा गर्नुपर्छ र यिनीहरूको चाहना जे भए पनि नारी स्वयम् यसप्रति सजग रहन सक्नुपर्छ । खासगरी त्यो घर बिग्रिन पुगेको देखिन आएको छ, जुन घरमा पतिले पत्नीको भावनाको कदर गरेको हुँदैन र यसरी त्यस घर बिगार्नमा पतिको मित्रहरूले नै पहल गर्ने गरेको पाइएको छ । यहाँ यसो भन्न कदापि खोजिएको होइन कि नारीले परपुरुषसँग कुराकानी नै गरिनुहुन्न, मर्यादामा रही कुराकानी गरिनु नराम्रो होइन ।
अलिकति मात्र सीमा उल्लङ्घनले पनि खासगरी नारीलाई भयङ्कर सङ्कटमा पार्न सक्छ । अलिकति पनि यस्तो सम्बन्धका बारेमा यताउति चर्चा चल्न थाल्यो भने नारी घरपरिवार र समाजको नजरमा बिझ्ने हुन्छ र पतिको नजरबाट सदाका लागि शङ्कालु बन्न पुग्छ । सतिशको स्वभाव अर्को छ । उसको विचारमा पत्नीलाई स्वतन्त्रता दियो भने बिग्रिन्छ । यसकारण ऊ पत्नीलाई नियन्त्रणमा राख्छ । अनु दिनभरि गृहकार्यमा खटिरहन्छिन् । सतिश काममा गएपछि उनले ढोका बन्द गर्नुपर्छ । त्यस घरमा छरछिमेकको प्रवेश रोक लगाइएको छ । उसको यस्तो नियन्त्रणले अनु दिक्दार छिन् ।
झ्यालबाट हेर्न, बरन्डामा बस्न पाउँदिनन् । उनको इच्छा हुन्छ छिमेकसँग कुराकानी गर्ने, साथी बनाउने । छिमेकीका घरतर्फ लम्केको पाइला सतिशको रौद्र स्वभावका कारण बढ्न सक्दैन । आखिर कहिलेसम्म यस्तो ? विद्रोहको भावना पलाउनु स्वाभाविकै हो । कसलाई थाहा छैन, नारी पनि मानिस हो, यस्तो बन्दिनी जीवन अनुले इच्छापूर्वक स्वीकारेकी होइनन् । अन्ततः त्यही भयो, अनु कुण्ठा, त्रास, वैमनस्य र पश्चातापको विष एकान्तमा एकलै पिउन विवश । अतः प्रत्येक पतिले पत्नीको भावना बुझ्ने प्रयास गर्नुपर्छ । नारीले पनि परपुरुषसँगको सम्बन्धलाई मर्यादित बनाउनुपर्छ । केही पुरुषहरूमा यस्तो स्वभाव पाइने गदछ कि कुनै नारीले हाँसेर कुरा ग¥यो भने उसले आफ्नो मनमा हवाई कल्पना बनाउन थालिहाल्छ । उसलाई लाग्छ, हाँसेर बोल्नुको एउटै कारण हुन सक्छ, त्यो हो नारी ऊप्रति आकर्षित भएकी छ । तब ऊ प्रयत्न गर्दछ, जसरी भए पनि आफ्नो अधिकारमा लिन । यस्तो स्थितिको सामना गर्न नारीलाई निकै असजिलो पर्छ । पुरुषको हास्यास्पद, उग्र र स्पष्ट सङ्केतलाई तिनले झेल्नुपर्ने हुन्छ, देख्नेहरूले गलत सोचाइ बनाउन सक्छन् ।
साँच्चै भन्ने हो भने, पुरुषहरूको असमझदारीपूर्ण व्यवहारका कारण नारी चिन्तित हुन पुग्दछ । यस्तो घटना विवाहित नारीसँग नघटोस्, यसका लागि नारी (पत्नी) को भावना पनि पतिले बुझ्नुपर्दछ । पतिबाट उपेक्षित नारीको हृदयमा परपुरुषप्रति मोह पलाउनु, आकर्षित हुनु स्वाभाविकै हो । कतिपय नारी सामाजिक मर्यादावश आफू कुण्ठित भएर पनि परपुरुषप्रतिको मोह दबाउँछन् भने केही नारीहरू आफ्नो भावनाको कदर गर्ने पतिलाई पनि वास्ता नगरी परपुरुषको मोह–पासमा बाँधिन पुग्छन् । त्यस्ता नारीहरू पुरुषको प्रशंसात्मक बोलीचालीबाट प्रसन्न हुन्छन् । यो विषय गम्भीर छ, समाजमा नारीको स्थानलाई कम आँकिएको छ । तसर्थ्, धेरैजसो पतिहरू ‘जवामर्द’ बन्न पत्नीको भावना बुझ्न चाहन्नन्, यसैले हाम्रो समाजमा पोइल जाने चलनमा कमी आउन सकेको छैन । उमा आफ्नो पतिसँग दिक्क छिन् । उनले भनेको मान्दैन । मनमानी गर्छ । कहिल्यै उनलाई प्रेम गर्दैन, घुमाउन लग्दैन । आफ्नो व्यापारमा दिनरात तल्लीन रहने गर्छ । पैसाको कमी भने छैन उमालाई । स्वतन्त्रता पनि पूरा दिएको छ । जब इच्छा हुन्छ, घुम्न जान या किनमेल गर्न स्वतन्त्रता छ ।
तर पैसा नै सबथोक त होइन । प्रेमको तुलना पैसासँग गर्न त सकिँदैन, के गर्ने टीभी, कम्प्युटर, टेलिफोन, फ्रिज यस्ता भौतिक वस्तुले पतिको प्रेम त दिन सक्दैन ।
तिनले आफू सक्दो उपाय त गरिन् तर पतिमा कुनै परिवर्तन आएन । नारी पनि मानिस हो । अतः पतिले पत्नीलाई माया गर्नुपर्छ । कमसेकम १० दिनमा एकपटकसँगै घुमाउन लैजानुपर्छ । जुनसुकै काम कुरा गर्दा पनि सरसल्लाह लिनुपर्छ र कदापि पत्नीलाई वस्तु ठान्नुहुँदैन । जुन पतिले पत्नीलाई राम्रो व्यवहार गर्दैन वास्तवमा भन्ने हो भने त्यही पति नै जोइटिङ्ग्रे हो ।
(लेखक साहित्यकार हुनुहुन्छ ।)
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?