डा. बेदुराम भुसाल
वर्तमान सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो रणनीतिक लक्ष्य समाजवाद भएको र त्यो नेपाली विशेषतासहितको हुनेछ भन्ने उद्घोष गरेको छ । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एक भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन गर्दा तयार गरिएको राजनीतिक प्रतिवेदनमा ‘पार्टीको रणनीतिक लक्ष्य समाजवाद हो र आम रणनीति समाजवादको स्थापना गर्नु हो’ भन्दै ‘बैज्ञानिक समाजवादको मूल्य मान्यतामा आधारित नयाँ मोडलको समाजवाद निर्माण’ गरिने छ र त्यस ‘समाजवादले नेपाली विशिष्टता र विशेषतालाई आत्मसात गर्नेछ’ भनेर खुलस्त रूपमा भनिएको छ । गत माघमा सम्पन्न पार्टी केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकपछि जारी गरिएको अन्तरपार्टी निर्देशनमा ‘नेपाली विशेषताको समाजवादका सम्बन्धमा पनि गहन अध्ययन गरी त्यसको विशेषता र ढाँचा प्रस्तुत गर्नुपर्ने भएको छ’ भनेर यस विषयमा आगामी दिनमा पार्टीभित्र छलफल गर्दै जानेतर्पm संकेत गरिएको छ । त्यसैले यो आम चासोको विषय बनेको छ ।
नेपाली विशेषताको समाजवादबारे कुरा गर्दा सबभन्दा पहिले त नेपाली विशेषता भनेकै के हो भन्ने बारेमा स्पष्ट हुनु पर्दछ र त्यसपछि समाजवाद के हो र नेपाली विशेषतासहितको हुँदा त्यो कस्तो हुनेछ भन्ने सम्बन्धमा स्पष्ट हुनु पर्दछ ।
नेपाली विशेषता
नेपाली विशेषता भनेको नेपाली समाजको विशेषता हो । नेपाली समाजको विशेषताको कुरा गर्दा मुख्यतः निम्न चार प्रकारका विशेषता रहेको पाइन्छ ः
भूराजनीतिक विशिष्टता ः नेपाल एउटा विशिष्ट प्रकारको भौगोलिक अवस्थामा रहेको छ । यसको उत्तरतर्फ समाजवादी व्यवस्था अँगालेको विशाल चीन छ भने दक्षिणतर्फ पुँजीवादी प्रजातान्त्रिक प्रणाली अँगालेको गणतन्त्र भारत छ । दुवै छिमेकी मुलुकसँग नेपालको प्राचीन कालदेखि नै मैत्री सम्बन्ध रहिआएको छ । दुवैतिरका आर्थिक, सामाजिक, साँस्कृतिक र राजनीतिक व्यवस्थाको प्रभाव नेपालमा पर्दै आएको छ । त्यसैले नेपालले अँगालेका आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक मूल्य–मान्यताहरूमा आफ्नै खालका विशेषताहरू रहन गएका छन् । यस्तो प्रकारको भूराजनीतिक अवस्था हुनु नेपाली समाजको एउटा विशेषता हो ।
जाति, भाषा, धर्म र संस्कृतिको विविधता ः नेपाल कुनै एक जाति, एक भाषा, एक धर्म र एक सँस्कृतिको वाहुल्यता भएको मुलुक होइन । यो बहुजाति, बहुभाषा, बहुधर्म र बहुसँस्कृति भएको देश हो । यहाँ कुनै पनि जातिको बाहुल्यता छैन । त्यसैले यसलाई अल्पसंख्यकहरूको मुलुक पनि भन्ने गरिन्छ । यो नेपाली समाजको अर्को एक विशेषता हो ।
वर्गीय मात्र नभएर जातीय र सांस्कृतिक विभेद समेत हुनु ः नेपाली समाज वर्गीय विभेदबाट मात्र होइन, जातीय विभेद र साँस्कृतिक विभेदबाट समेत ग्रसित समाज हो । यो वर्णव्यवस्था एवम् छुवाछुत प्रथाजस्तो अमानवीय विभेदबाट समेत आक्रान्त समाज हो । तर अर्काेतर्फ यो धार्मिक, साँस्कृतिक र जातीय सहिष्णुताको परम्परा भएको समाज पनि हो । यस प्रकारको सामाजिक अवस्था हुनु नेपाली समाजको अर्काे एक विशेषता हो ।
लोकतान्त्रिक प्रणाली अँगालेको इतिहास हुनु ः नेपाल प्राचीन कालदेखि नै लोकतान्त्रिक शासन व्यवस्था अँगाल्ने इतिहास भएको मुलुक पनि हो । शाक्य गणतन्त्र, कोलीय गणतन्त्र, विदेह गणतन्त्र आदि नेपालको प्राचीन गणतान्त्रिक शासन व्यवस्थाका ऐतिहासिक उदाहरण हुन् । ‘राजा’ पदवीका शासक चुन्ने र सभा या समितिद्वारा राज्य संचालन सम्बन्धी एवम् जनसरोकारका सवालमा निर्णय लिने ती प्राचीन गणतान्त्रिक व्यवस्थाको इतिहास हुनु र पछिल्लो कालमा निरंकुशता एवम् निर्दलीयताका विरुद्ध अविचल रूपमा संघर्ष गरेर आएको ताजा इतिहास हुनु नेपाली समाजको अर्को एक विशेषता हो ।
नेपाली विशेषताको समाजवाद
नेपाली विशेषताको समाजवाद भन्नेवित्तिकै नेपाली समाजका उपर्युक्त विशेषताहरू अनुरूपको समाजवाद हो भनेर बुझ्नुपर्ने हुन्छ । समाजवाद भनेको समतामूलक समाज निर्माण गर्ने अवधारणा हो । क्याम्ब्रिज डिक्शनरी अफ फिलोसोफीका अनुसार समाजवादको मूल आदर्श समानता हो र यसले समानता प्रवद्र्धन गर्ने हदसम्म नियन्त्रणकारी संस्थाहरूलाई समेत न्यायोचित ठान्दछ । हिस्टोरिकल डिक्शनरी अफ माक्र्सिज्मका अनुसार समाजवाद भनेको त्यस्तो सिद्धान्त हो, जसले उत्पादनका साधनको स्वामित्व एवम् नियन्त्रण समुदायमा रहनुपर्दछ र तिनीहरूको प्रयोग सवैको हितमा हुनुपर्दछ भन्ने धारणा राख्दछ ।
समाजवादका विभिन्न रूप छन् तापनि मूल प्रवृत्तिको हिसावले दुईटा धारा छन् । एउटा प्रजातान्त्रिक समाजवाद र अर्को वैज्ञानिक समाजवाद । यी दुईबीच केही मुख्य भिन्नता छन् । ती हुन् ः १. वैज्ञानिक समाजवादले उत्पादनका साधनमाथि निजी स्वामित्वको अन्त्य गर्ने धारणा राख्दछ भने प्रजातान्त्रिक समाजवादले त्यस्तो धारणा राख्दैन । २. प्रजातान्त्रिक समाजवादले सामाजिक सुरक्षाको मात्र पक्षपोषण गर्छ भने वैज्ञानिक समाजवादले सामाजिक न्यायमा जोड दिन्छ । ३. प्रजातान्त्रिक समाजवादले व्यक्तिगत स्वतन्त्रतामा जोड दिन्छ भने वैज्ञानिक समाजवादले समानतासहितको स्वतन्त्रतामा जोड दिन्छ । यी दुईखाले समाजवादमध्ये नेकपाले नेपालमा निर्माण चाहेको समाजवाद ‘प्रजातान्त्रिक समाजवाद’ नभएर ‘बैज्ञानिक समाजवादको मूल्य मान्यतामा आधारित नयाँ मोडलको समाजवाद’ हो भन्ने उपर्युक्त राजनीतिक प्रतिवेदनमा प्रष्ट पारिएको छ ।
नेकपाको उपर्युक्त राजनीतिक प्रतिवेदनमा उल्लेख गरिए अनुसार नेपाली विशेषताको “समाजवाद सोभियत संघ र त्यसलाई अन्धानुकरण गरेर आम रूपमा पूर्व समाजवादी देशहरूमा लागू गरिएको ‘सोभियत मोडेल’ को समाजवाद पनि होइन । ... हामीेले निर्माण गर्ने समाजवाद आजको युगका विशेषताहरू समाविष्ट भएको उन्नत समाजवाद हुनेछ । ... अबको समाजवादमा लोकतन्त्र वा जनवादको अभ्यासलाई कुण्ठित हुन दिइने छैन, बरु सुनिश्चित गरिनेछ । आम जनसमुदायबीच लोकतान्त्रिक अधिकारको उपभोग, मुख्यतः संगठन, अभिव्यक्ति, आलोचना वा विरोध, सिर्जना र व्यक्तिगत स्वतन्त्रतालाई प्रत्याभूत गरिनेछ । साथै राज्यसत्ता सञ्चालनमा आम जनसमुदायको संस्थागत सहभागिता एवं निर्णायक भूमिकालाई सुनिश्चित गरिनेछ । त्यसका निम्ति विचार र कार्यक्रमको आधारमा राजनीतिक पार्टीहरूको गठन, सञ्चालन र बहुदलीय प्रतिस्पर्धाको प्रणालीलाई अवलम्बन गरिनेछ । वालिग मताधिकार, आवधिक निर्वाचन, निर्वाचित जनप्रतिनिधि संस्था र सरकार, प्रतिपक्ष, विधिको शासन, शक्ति पृथकीकरण जस्ता विषयहरू यसका अभिन्न अंग हुनेछन् । राजनीतिक क्षेत्रमा पार्टी स्वतन्त्रता र बहुदलीय प्रतिस्पर्धाका अतिरिक्त समाजवादी लोकतन्त्रलाई अझ उन्नत बनाउन थप प्रभावकारी विधि, संयन्त्र एवं उपायको विकासमा ध्यान दिइनेछ । ... समाजवादको नाममा ‘राज्य नोकरशाही पुँजीवादलाई’ वैधता दिने गरी वा त्यसलाई प्रश्रय दिने अर्थतन्त्र अवलम्बन गरिने छैन । सर्वहारा श्रमजीवी वर्गको सत्ता, आम सर्वहारा श्रमजीवी वर्गमाथिको उत्पीडनको अन्त्य, उत्पादक शक्तिको पूर्ण विकास, आम सर्वहारा श्रमजीवीलाई आर्थिक न्याय र सुखद् जीवनयापनको सुनिश्चितता, आर्थिक उत्पादनको प्रचुरता, समन्यायिक वितरण, पर्यावरणको रक्षा अबको समाजवादी आर्थिक मोडेलको सामान्य विशेषता हुनेछ । हामी यसलाई ठोस रूपमा थप विकास गर्दै लैजाने छौं ।” (पृ.१९–२०) ।
नेकपाले निर्माण गर्न चाहेको नेपाली विशेषताको समाजवादका मुख्य विशेषता यिनै हुन् । यी विशेषतालाई हेर्दा त्यो समाजवाद आधुनिक लोकतन्त्रका मूलभूत मूल्य मान्यतासहितको हुनेछ भन्ने स्पष्ट हुन्छ । तर नेपाली समाजवादका विशेषतामा मूलतः राजनीतिक र आर्थिक पक्षलाई मात्र समेटिएको छ । सामाजिक–साँस्कृतिक पक्षलाई समेटिएको छैन । त्यसैले त्यस नेपाली विशेषताको समाजवादका सामाजिक–साँस्कृतिक विशेषताको बारेमा छलफल गरी निष्कर्ष निकाल्नुपर्ने देखिन्छ । त्यसैगरी प्रतिवेदनमा उल्लेख गरिएका दुई कुरामा बहसको खाँचो छ । एक, “समाजवादी लोकतन्त्रलाई अझ उन्नत बनाउन थप प्रभावकारी विधि, संयन्त्र एवं उपायको विकासमा ध्यान दिइनेछ” भनिएको छ, त्यसमा राम्रै बहसको खाँचो छ । दुई, “हामी यसलाई ठोस रूपमा थप विकास गर्दै लैजाने छौं” भनिएको छ । यसमा पनि बहसको खाँचो छ । आउने दिनमा