logo
२०८१ मंसिर १३ बिहीवार



सुरक्षाकर्मीको संयमता (सम्पादकीय)

विचार/दृष्टिकोण |




‘नागरिक विनाबर्दीकाप्रहरी, प्रहरी बर्दीसहितकानागरिक’भन्ने भनाइनौलो होइन । मानिस हुनुको नातामाप्रहरी र नागरिकलाई भिन्न गरेर हेर्न मिल्दैन । समाजमामानिसकाविभिन्नभूमिका हुन्छन् । यिनै भूमिकाले पनि समाजका सदस्यको स्थानवा हैसियतनिर्धारण गर्छ । एउटा प्रहरी घरभित्रको भूमिकालेनागरिक हुन्छ ।एउटा नागरिक पेशागतभूमिकालेप्रहरी हुनसक्छ । प्रहरी र समाजसँगको अन्तरघुलनलाई सहजबनाउन नेपालप्रहरीले केहीमीठा नारा र केहीप्रभावकारी कार्यक्रमल्याएको छ । ‘जिब्रोको गरिमामीठो बोलीमा’, ‘प्रहरी मेरो साथी’प्रहरीलेनागरिकसँगगर्ने असलव्यवहार प्रतिविम्वितगर्ने नारा हुन्। समुदाय–प्रहरी साझेदारी यस्तै एउटा कार्यक्रमहो । यस्तानारा र कार्यक्रमल्याएको प्रहरी सङ्गठनमा आबद्ध जनशक्तिको बोलीव्यवहारले नारा र कार्यक्रमलाई पुष्टि गरेका छन् वा छैनन् भनेर हेर्न सकिन्छ । नेपालप्रहरी सङ्गठनले आफ्ना सकलदर्जामा आबद्धजनशक्तिको बोलीचाली र अन्यबानीव्यहोरा, आदतमाथिसायदै सामाजिक अनुसन्धान गरेको होला । कमजोरी सतहमा देखिन्छन् तर तीकमजोरी सामाजिक, सांस्कृतिकतथा पेशागतजिम्मेबारीको अस्वाभाविक दबाबले पो उत्पन्नभएकाहुन् कि, व्यक्तिगत सनकवा बडप्पनले ?यस्ता प्रवृत्तिबारे कम्तीमापनिप्रहरी सङ्गठन केही न केहीजानकार हुनुपर्छ ।

दङ्गाफसाद, आन्दोलनवा सामान्यअवस्थामापनिप्रहरीद्वारा प्रदर्शितव्यवहारले कतिपयअवस्थामाव्यक्तिप्रहरीमात्रनभएर सङ्गठन नै आलोचनाको घेरामागर्ने गरेको छ । पूर्वीय दर्शनले दीक्षित नेपाली समाजमानीतिवाक्य ‘वचनेकादरिद्रता’लाई निकै महìव दिइन्छ । यहीवाक्यलाई नेपालप्रहरीले जिब्रो र गरिमासँगजोडेको हो । निजामतीकर्मचारीले ‘मुस्कानसहितको सेवा’भनेको छ । यस्ता आदर्श लागू भए, भएनन् भनेर यसो गर्छु भनेर प्रतिज्ञा गर्ने पक्षले मूल्याङ्कनगर्नु आवश्यक हुन्छ । यस्ता प्रतिज्ञा कानुननभएर पेशागतआचारसंहिताभएकाले के भनिएको थियो र के गरिरहेका छौँभन्ने मूल्याङ्कनले महìव राख्दछ । प्रहरीकाविशेषप्रकारकाजिम्मेबारी हुन्छन् । तीजिम्मेबारीनिर्वाहमाउसले आफ्ना इच्छा अनुकूलवाप्रतिकूलभन्नपाउँदैन । सरकारप्रदत्तविशेष जिम्मेबारी निर्वाह गर्दा जनतासँगप्रत्यक्ष सम्बन्धितहुनुपर्ने भएकाले कतिपय घटनामा प्रहरीलाईजनताले तारो बनाउँछन् । प्रहरीले गर्ने कतिपयकार्य उसको इच्छामा निर्भर गर्दैन । प्रहरी र नागरिकको सम्बन्ध बच्चाबाटै बिगार्ने हाम्रो सामाजिक परम्परा छ । बच्चा रोएमापुलिसलाई भनिदिन्छु भनेर थर्काउने गरिन्छ, मानौं बच्चालाई कायर गर्ने साधनहो प्रहरीहो,शक्तिहो । प्रहरीमाखासगरी तल्लो तहमा कस्ता पारिवारिक पृष्ठभूमिका व्यक्तिको बाहुल्य छ ?उनीहरूले कस्ता पारिवारिक व्यवहार निर्वाह गर्थे भन्ने प्रश्नत्यत्तिकै जटिल छ । तालिमगर्दादेखि कनिष्ठप्रहरीलाई प्रशिक्षक र जागिरका दौरानवरिष्ठले कस्तो व्यवहार र भाषिकपदावलीप्रयोग गर्थे ?गर्छन्?भन्ने कुरालेपनि एउटा प्रहरीले नागरिकसँगगर्नेव्यवहार निर्धारण गर्ने भएकाले यतापट्टि पनिध्यान दिनुपर्छ । भाषिकविभेद् र पदीयभाषिकव्यवहारलाई निर्मूल गर्न नसक्दासम्मप्रहरीलाईसुसभ्यबनाउननसकिने भएकाले प्रहरी सङ्गठनबाट यसको पहलहुनआवश्यक छ । प्रहरीलाई हातहतियार र स्यालुट दिने–खाने तरिकाबारे मात्रतालिमदिने किसामाजिकमूल्यमान्यता, भाषिक शिष्टता र नम्र व्यवहार पनिसिकाउने?प्रहरीमामात्रहोइन सबै पेशाकाव्यक्तिलाई विशेष पाठ्यसामग्रीमार्फत समाजमैत्रीव्यवहारकालागिकिनतयार नगर्ने ?के चिकित्सककाबोलीवचनले बिरामी सन्तुष्ट छन् ? के पत्रकारका स्वभाव र बोली पेशामैत्री छन् ?त्यसैले हरक्षेत्रमा रहेकाकमीकमजोरीलाई एकले अर्कोलाई आरोप लगाउनेभन्दाआफैँले आफैँलाई सुधार्नुपर्छ ।

प्रहरीले खासगरी आन्दोलनवाहुलदङ्गा, भीड नियन्त्रण गर्दा ज्यादतीग¥यो भन्ने प्रतिक्रियादिइन्छ । तरसरकारको विपक्षमाहुँदा देखिएको ज्यादतीपक्षमाहुँदाप्रहरीको कर्तव्य देखिन सक्छ । प्रहरीलाई आजितपार्ने वाबल प्रयोग गर्ने वातावरण सर्वसाधारणनागरिकले गर्नुहुँदैन भने नागरिकभन्दाप्रहरी बढी संयमित हुनुपर्छ भन्ने सत्यलाई प्रहरीले बिसर्नुहुँदैन ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?