logo
२०८१ मंसिर १३ बिहीवार



प्रधानमन्त्रीको स्वदेशमैउपचार (सम्पादकीय)

विचार/दृष्टिकोण |




प्रधानमन्त्री केपीशर्मा ओलीमिर्गौलाप्रत्यारोपणका लागिमहाराजगञ्जस्थितत्रिभुवनविश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना हुनुभएको छ । यसअघि पछिल्ला हप्तानियमित रूपमाउहाँले मिर्गौलाडायलसिस गराउँदै आउनु भएको थियो । प्रधानमन्त्रीओलीलाई त्रिवि शिक्षण अस्पतालको एनेक्स वार्डको ६०१ नम्बर भिभिआईपीक्याबिनमाभर्ना गरिएको छ ।भर्ना हुनअघिप्रधानमन्त्रीओलीले सन्देश दिँदै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न मिर्गौलाप्रत्यारोपणपछि थपऊर्जासाथपूर्ववत् काममाफर्कने विश्वास व्यक्तगर्नुभएको छ । उहाँको आज(बुधबार)मिर्गौलाप्रत्यारोपण गर्ने तयारी गरिएको छ । प्रधानमन्त्रीले मुलुकभित्रै उपचार गर्न देखाउनु भएको इच्छाले गम्भीर सन्देश दिएको छ । यसअघि उच्चपदस्थ नेपालीविरामीहुँदाविदेश जाने प्रवृत्ति रहेकोमाप्रधानमन्त्रीले स्वदेशमै उपचार गर्न देखाउनु भएको तत्परताले सम्भवभएसम्मसबै नेपालीले स्वदेशमै उपचार गराउन प्रेरित गरेको छ । उपचारमा संलग्नचिकित्सकले प्रधानमन्त्रीले नेपालमै मिर्गौलाप्रत्यारोपण गर्नु नेपालीचिकित्सककालागि ठूलो उपलब्धिभएको बताएका छन् । यहाँकाचिकित्सकतथा अस्पताललाई विश्वास गरेर प्रधानमन्त्रीले नेपालमामिर्गौलाप्रत्यारोपण गर्न लाग्नुभएकाले नेपालीचिकित्सकले यस अवसरमार्फत सुनौलो इतिहास निर्माण गर्न सक्छन् ।
यसअघि प्रधानमन्त्रीओलीको २०६४ साउनमाभारतको नयाँदिल्लीस्थितअपोलो अस्पतालमा पहिलोपटक मिर्गौलाप्रत्यारोपण गरिएको थियो । केही समयदेखिमिर्गौलाले पूर्ववत् कामगर्न छाडेपछि उहाँले नियमितजस्तो डायलासिस गराउँदै आउनुभएकोमाचिकित्सकहरूको सल्लाहमाप्रधानमन्त्रीले मिर्गौलाको दोस्रोपटक प्रत्यारोपण गर्ने निर्णय लिनुभएको छ । प्रधानमन्त्रीओलीलेआफ्नै देशकाअनुभवीचिकित्सकद्वारा मुलुकभित्रै प्रत्यारोपण गराउने सुविधाप्राप्तभएको भन्दैगर्व र खुशीव्यक्तगर्नुभएको छ ।विज्ञान, आधुनिकप्रविधि, ज्ञान र सीपले मिर्गौलाप्रत्यारोपण पहिलेजस्तो जटिल नरहेको भन्दै उहाँले यसपटककोमिर्गौलाप्रत्यारोपण तुलनात्मक रूपमा सजिलो हुने विश्वास व्यक्तगर्नुभएको थियो । नेपालमाहालैकादशक स्वास्थ्य क्षेत्रमाउल्लेख्य प्रगतिभएको छ । यहाँकावरिष्ठचिकित्सकले अन्तर्राष्ट्रिय ख्यातिकमाएका छन् । विश्वमास्वास्थ्य क्षेत्रमाप्रचलनमाआएकाआधुनिकउपकरण, विधितथाप्रविधिको प्रयोग गरेर नेपालको उपचारलाई विश्वस्तरको बनाउन सकिने देखिएको छ । नेपालमामिर्गौलाको दोस्रोपटकगरिएकाप्रत्यारोपणपनिउल्लेख्यरूपमा सफलभएको पाइएको छ साथैअन्य जटिल मानिएकाशल्यक्रियामा नेपालीचिकित्सकले पाएका सफलताले पनिप्रधानमन्त्रीओलीनेपालीचिकित्सकप्रतिआश्वस्त देखिनु भएको हो । प्रधानमन्त्रीओलीको मुटुलगायत सम्पूर्ण स्वास्थ्यअवस्थामिर्गौलाप्रत्यारोपण गर्न उपयुक्तभएकाले प्रत्यारोपण सहजहुने विश्वासचिकित्सकहरूले पनि गरेका छन् । साथैप्रधानमन्त्रीको आत्मविश्वास र निश्चिन्त स्वभावउपचारमा संलग्नचिकित्सककालागिमात्रनभएर उहाँ स्वयंलाई मनोवैज्ञानिक रूपमा सहायकहुने देखिन्छ । प्रधानमन्त्रीको उपचारमा संलग्नचिकित्सकटोलीका सदस्यकाअनुसार भारतबाट वरिष्ठ मिर्गौलाचिकित्सकको टोलीपनिप्रधानमन्त्रीओलीको प्रत्यारोपणमा आउनलागेकालेमिर्गौलाप्रत्यारोपण थप सुरक्षित र सहज रहेकामाचिकित्सकहरू विश्वस्त छन् ।
नेपाल सरकारले२०७३ सालदेखि मिर्गौला बिरामीलाई आजीवननिःशुल्क डायलसिस सेवाउपलब्ध गराउँदै आएको छ ।सुरुमा सातामादुईपटकका दरले दुई वर्षसम्म डायलासिस सेवानिःशुल्कदिँदै आएकोमा२०७३ को सुरुबाटै आजीवननिःशुल्क डायलासिस सेवाप्रदानगरिएकोहो । नागरिकप्रतिको उत्तरदायित्ववहनगर्दै सरकारले आगामीदिनमा सबै नेपाललीलाई स्वदेशमै मिर्गौलाप्रत्यारोपणलगायत यससम्बन्धी सम्पूर्ण सेवाप्रदानगर्न सक्नेछ । यसो भएमाजटिल स्वास्थ्य समस्याकालागिविदेश जानुपर्ने समस्याबाट सबै नेपालीले छुटकारा पाउने छन् । कानुनतः नेपालमा सम्भवनहुने रोगको उपचारकालागिमात्रविदेश जानपाइने भएपनिप्राविधिकपक्षमिलाएर वा सहजै विदेशमाउपचार गर्न जानेहरूलाई प्रधानमन्त्री प्रेरणा बन्नुभएको छ । एक त प्रधानमन्त्रीको निर्णयले नेपालको उपचारमाविश्वस्तहुन सन्देशदिएको छ भने अर्कोतिरअबउप्रान्त नेपालमाअसम्भवभएमात्रविदेशमाउपचार गर्न जानपाउने गरी कानुनको कार्यन्वयनमाजोड दिनुपर्ने भएको छ । नेपालमाआँखा, मुटु रविभिन्नखाले जटिल शल्यक्रियामाप्राप्त सफलतातथा सुविधालाई विस्तार गर्दै नेपालीलाई यहाँ नै उपचार गरौं, गरौ लाग्ने वातावरण सिर्जनागर्न सम्बद्ध सम्पूर्ण पक्षले पहलगर्नु आवश्यक छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?