logo
२०८१ मंसिर १३ बिहीवार



पुटिनको सत्ता राजनीति

विचार/दृष्टिकोण |




रामप्रसाद आचार्य

विश्वको सबैभन्दा ठूलो मुलुक रुसमा संविधान संशोधन हुने भएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले संविधान संशोधन गरेर आफ्नो शक्ति अझ सुदृढ गर्ने पक्षमा उभिनु भएको छ । कहिले प्रधानमन्त्री र कहिले राष्ट्रपति गरी दुई दशकदेखि सत्तामा रहनुभएका उहाँ पछिल्लो समय सर्वाधिक शक्तिशाली नेता बन्नुभएको छ ।
कुनैबेला राजनीतिक महत्वाकाङ्क्षा शून्य रहेका पुटिन जस्ता नेताका लागि अहिलेको शक्तिशाली अवस्था चमत्कार नै हो । रोगले गाँजेको बेला हतास तत्कालीन राष्ट्रपति बोरिस यल्तसिनले आफ्नो शक्ति र परिवारको सुरक्षाको ग्यारेन्टीका लागि अरू कसैलाई रोजेको भए रुसको इतिहासले अर्कै मोड लिने थियो ।
सन् १९९९ अगस्ट १९ मा प्रधानमन्त्री बन्दा राजनीतिक रूपले पुटिनको हैसियत शून्य थियो । धेरैलाई के लागेको थियो भने पुटिन पनि यल्तसिनले उभ्याउन चाहेका अन्य नेताजस्तै सङ्कटका बेला विस्थापित हुनुहुनेछ । तर २० वर्षपछि पुटिन रुसमा सर्वशक्तिमान बन्नुभयो । रुसी गुप्तचर संस्था (केजीबी) का तत्कालीन युवा कर्मचारीले यो दुई दशकको अवधिमा रुसी जीवनका हरेक क्षेत्रमाआफ्नो वर्चश्व कायम गर्नुभएको छ । उहाँको सत्तारोहणपछि धेरै परिवर्तन भइसकेको छ । यस अविभमा उहाँले सबै क्षेत्रमा एउटै व्यवस्था र दह्रो नियन्त्रण कायम गर्नुभयो । अर्थतन्त्रमाथि राज्यको नियन्त्रण बढाउनुका सार्थ गुप्तचर संस्थाहरूलाई मुख्य भूमिका दिलाउनुभयो ।
उहाँले पहिलो चरणमा पश्चिमा समर्थक ‘पपुलिजम’लाई अघि बढाउनुभयो । पुटिनले नाटोप्रति संशय र अमेरिका तथा खुला बजारका पक्षमा रुसमा जनमत बनाउनुभयो । त्यसपछि सार्वभौमसत्ताको विचार हावी भयो । सन् २०१४ मा उहाँले क्रिमिया रुसमा विलय गराउनुभयो भने युक्रेनमा युद्ध सुरु भयो । यसले अन्य मुलुकबाट रुसलाई अलग्यायो र स्वतन्त्र अर्थतन्त्र निर्माण भयो । गएको २० वर्षमा अमेरिकामा क्लिन्टन, बुस जुनियर, ओबामा र ट्रम्प राष्ट्रपति हुनुभयो । सबैको भिन्नाभिन्नै नीति थियो । पुटिनले रुसलाई मात्र बदल्नु भएन रुसले पनि पुटिनलाई बदल्यो । सुरुमा उहाँ ‘स्क्रिन’का लागि पनि तयार हुन्थेन । उहाँको टिमलाई छविको चिन्ताहुन्थ्यो । उहाँले त्यसअघि देखिने राजनीतिपनि गर्नुभएको थिएन । त्यसैले सबैको ध्यानको केन्द्र बन्ने बानी परेको थिएन । वास्तवमा उहाँ सिकारु हुनुहुन्थ्यो ।
पुटिन शक्तिमा आउँदा रुसमा उदार लोकतन्त्र बहाली हुने सम्भावना सीमित थियो किनभने यल्तसिनले नै सर्वसत्तावादको जग हाल्नु भएको थियो । सन् १९९० को दशकको उथलपुथलपछि रुस राज्य व्यवस्थाको खोजीमा थियो । स्थायित्व दिन सक्ने बलियो नेताको खोजीमा थियो । त्यसमाथि बढ्दो तेलको मूल्यका कारण पुटिनलाई सत्तामा रहन सजिलो भयो । दोस्रो कार्यकाल समाप्त हुँदासम्म पुटिन रुसकै सबैभन्दा सफल नेता बन्ने प्रतिस्पर्धामा सामेल हुनुभयो । बहुसङ्ख्यक जनताउहाँको पक्षमाथिए । त्यसैले राष्ट्रपति बनिरहन उहाँले संविधानै संशोधन गर्न सक्नुहुन्थ्यो तर त्यसको सट्टा उहाँले नयाँ उत्तराधिकारी छान्ने बाटो रोज्नुभयो । सन् २०१२ मा पुटिन पुनः राष्ट्रपति बन्नुभयो । सँगसँगै राष्ट्रवादी धार बलियो हुँदै गयो । चरम गरिबीलाई घटाउन सक्नु पुटिन शासनको ठूलो सफलता हो । तेलको उच्च मूल्य, सुधारवादी एजेन्डा र वर्षौँसम्मको आर्थिक वृद्धिदरका कारण यो सम्भव भयो । सन् १९९९ देखि २००८ सम्मको १० वर्षे अवधिमा रुसको कुल गार्हस्थ्य उत्पादन ९४ प्रतिशतले वृद्धि भयो ।
पुटिनले रुसलाई विश्व शक्तिका रूपमा पुनःस्थापित गरेको आम मानिसको बुझाइ छ । विपक्षीसमेत यसलाई अस्वीकार गर्न सक्दैनन् । उहाँले केही ठूला युद्धमा हात हाल्नुभयो । चेचेन्या, जर्जिया, युक्रेन, सिरियामा रुसले चालेको कदममा पुटिन सफल हुनुभयो । उहाँले सैन्यखर्चमा पनि ठूलो वृद्धि गर्नुभयो । पुटिनको दोस्रो कार्यकाल सन् २०२४ मा सकिँदै छ । त्यसपछि संविधान संशोधन नगर्ने हो भने उहाँ राष्ट्रपति रहनु हुनेछैन । सन् २०१८ मा दोस्रो कार्यकालका लागि राष्ट्रपति चुनिुनभएका पुटिनलाई अझै चार वर्ष सत्तामा बस्न कुनै झमेला छैन ।
चार वर्षपछिको भविष्यलाई हेरेर संविधान संशोधनको घोषणा गर्नुभएका पुटिनलाई सहजहोस् भनि प्रधानमन्त्री दिमित्री मेदभेदेभ र सबै मन्त्रीले राजीनामा दिएका छन् । कोही पनि लगातार दुई पटकभन्दा बढी पदमा बस्ने नपाउने रूसी संविधानको व्यवस्था छ । त्यहीभएर धेरैलाई के लागेको थियो भने सत्तामा रहिरहन पुटिनले केही न केही जोहो गर्नुहुने छ । सन् २००० देखि २००८ सम्म पुटिन राष्ट्रपति बन्नुभयो । त्यसपछि उहाँ चार वर्ष प्रधानमन्त्री बन्नुभयो । त्यतिबेला मेदभेदेभ राष्ट्रपति हुनुहुन्थ्यो तर उहाँलाई अहिलेका राष्ट्रपति जस्तो अधिकार थिएन । अर्थात् पुटिन जुनजुनपदमा जानुहुन्छ कार्यकारी अधिकार पनिआफैँतिर ल्याउनुहुन्छ ।
सन् २०१२ मा पुटिन फेरि राष्ट्रपति बन्नुभयो । सन् २०१८ मा दोस्रो कार्यकालकालागिउहाँ नै चुनिनुभयो । अहिले सबैलाई के लागेको छ भने २०२४ पछि उहाँ प्रधानमन्त्री कि राष्ट्रपति ? एउटा सम्भावना के छ भने उहाँ अब फेरि प्रधानमन्त्री हुनु हुनेछ । उहाँले सम्बोधनमा प्रधानमन्त्री पदलाई थप बलियो बनाउने, संविधानमा गर्न लागेको संशोधनमा प्रधानमन्त्रीलाई मन्त्रीहरू छान्न पाउने पूर्ण अधिकार दिन लागिएको उल्लेख गर्नुभएको छ ।
अर्को सम्भावना उहाँ स्टेट काउन्सिलको प्रमुख बन्न सक्नुहुनेछ किनभने सम्बोधनका क्रममा पुटिनले काउन्सिललाई पुनर्संरचना गरेर थप शक्ति दिनुपर्नेमा जोड दिनुभएको छ । पुटिनले संविधानमा भएको दुई कार्यकालको सीमा परिवर्तन गर्न वा चिनियाँ राष्ट्रपति सी चिनफिङले जस्तो संविधानबाट उक्तधारा नै हटाइदिन सक्ने सम्भावना पनि छ ।


रुसको संसद् केही महत्वपूर्ण परिवर्तनको घोषणा गरिएको छ । अबको जनमत सङ्ग्रहपछि रुसको संसद्लाई प्रधानमन्त्रीको चयन गर्ने अधिकार हुनेछ । साथै राष्ट्रपति पनि एउटै व्यक्ति दुई पटकभन्दा बढी बन्न नपाउने व्यवस्था गरिँदै छ । नयाँ व्यवस्थामा राज्य परिषद्को अधिकार थप हुनेछ । त्यसका साथै अर्को परामर्शदाता निकाय क्रेमलिनलाई पनि अधिकारसम्पन्न गराउने पक्षमा पुटिन हुनुहुन्छ । अहिले यी दुई निकायको नेतृत्वपनि पुटिनले गर्दै आउनुभएको छ
रुसमा सन् १५४७ देखिको राजसंस्थालाई सन् १९१७ मा वेल्सेभिक क्रान्तिमार्फत् हटाई कम्युनिस्ट सत्ता स्थापना गरिएको थियो । कम्युनिस्ट सत्ता स्थापना सँगसँगै गणराज्यहरुलाई मिलाएर सोभियत सङ्घ बन्यो । दोस्रो विश्वयुद्धमा जर्मनी पराजित भएपछि पूर्वी युरोप र बाल्कन क्षेत्रमा सोभियत सङ्घको प्रभावविस्तार भयो । विश्वदुई धुव्रीयबन्यो । एकातिर सोभियत सङ्घ र अर्कोतिर अमेरिका विश्वशक्ति बने । सोभियत सङ्घको पतनसँगै पश्चिमाहरुको कठपुतली बन्ने चरणमा पुगेको रुसलाई पुनःविश्वशक्ति राष्ट्र बनाउने पुटिनलाई रुसी जनताले साथ दिएका छन् । विशाल मुलुकको रुसलाई सही नेतृत्व प्रदान गरी राजनीतिक स्थिरता कायम गर्न सफल पुटिनको राष्ट्रवादी कार्यशैली र व्यवहारले रुसलाई पुनःएकीकृत गर्न प्रेरित गरेको छ । तेल र ग्यासले धनी रुसले युरोपको आवश्यकता पूरा गरिदिएको छ । रुसलाई आत्मनिर्भर र प्रतिस्पर्धी बनाउने पुटिनको राजनीतिक नेतृत्व र दूरदर्शिताले आगामीदिनमाथपप्रगतिहुने अपेक्षा गरिएको छ ।


(लेखक गोरखापत्रका नायव कार्यकारी सम्पादक हुनुहुन्छ । )

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?