नेपाल सरकारले प्रदानगर्ने विभिन्नमानपदवीतथाविभूषण कतिपय समयमाविवादितभएका छन् । थोरै सङ्ख्यामाप्रदानगरिने मानपदवी, विभूषण तथा पुरस्कारको अपेक्षागर्ने व्यक्तिधेरै हुने भएकाले सबैको चित्तनबुझेको अवस्थामाविवादहुनु स्वाभाविकहो तर मापदण्ड र प्रक्रिया नै विवादमा पर्नु गम्भीर त्रुटि मानिन्छ ।मानपदवी, विभूषणसबैले प्राप्तगर्न सम्भवहुँदैन तर सबैले आफूलाई त्यसनिम्ति योग्यबनाउन प्रेरित गर्ने साधनहो यो । यसले व्यक्तितथाउसको योगदानको सम्मान गर्छ र आगामी पुस्तालाई असलकार्यार्थ उत्प्रेरित गर्न सहयोग गर्छ ।
आफू र आफ्ना स्वार्थकाव्यक्तिलाई पनिसिफारिस गर्ने विद्यमानप्रचलनअन्त्यको प्रस्तावगर्दै विभूषणसम्बन्धी नयाँविधेयकको मस्यौदा सार्वजनिकगरिएको छ । नेपालकानुनआयोगले विभूषणसम्बन्धी कानुनलाई एकीकरण गर्न बनेको विधेयकमा यस्ता प्रावधान समावेश गरेको छ । विधेयकलेकानुन हैसियतप्राप्त गरेपछि वितगमायसबारेमाहुनेगरेकाविवादकाअन्त्यहुने विश्वास गर्न सकिनेछ ।
विगतमासिफारिस समितिमा रहेका व्यक्तिबाटै आफू र नातेदारलाई पनिमानपदवीसिफारिस गर्ने गरेकाले ती निर्णय विवादास्पदभएकानिष्कर्ष निकाल्दै कानुनले परिभाषित गरेकानातेदारलाई मानपदवी, विभूषण सिफारिस गर्न नपाउने व्यवस्थाविधेयकउल्लेख छ । सिफारिस समिति सदस्यले स्वार्थ भएकाव्यक्तिलाई मानपदवीसिफारिस नगरेको स्वघोषणा गर्नुपर्ने प्रावधान राखिएकाले यससम्बन्धीप्रक्रिया र निर्णय पारदर्शी हुनेछन् । राज्यले सबैअसल र उत्कृटलाई मानपदवी, विभूषणतथा पुरस्कार नदिनसकिन्छ तरएकजनापनिनिकृष्ट व्यक्तिलाई यस्तो सम्मानतथाअवसर प्रदानगरियो भने यो अस्वाभाविक मात्रहुनेछैन प्रत्युत्पादकपनिहुनेछ । विधेयकमाविभूषण प्रदानगर्न सिफारिसकोअधिकार पाएकाअधिकारी वा समितिका सदस्यले विभूषण सिफारिस गर्दा आफू वाआफ्नो स्वार्थ भएकाव्यक्तिलाई विभूषणकालागिसिफारिस गर्नु वा गराउनु हुँदैन भनिएको छ । स्वार्थ भएकाव्यक्तिले नजिकको नातेदार पनि समेट्नेबताइएको छ । यस्ता व्यक्तिलाई समेत सिफारिस गर्नुपर्ने अवस्थाआए समितिको बैठकमा विशेष जिकिरसहित प्रस्तावपेस गर्नुपर्नेछ । स्वार्थ भएका सदस्यले त्यस्तो बैठकमा भागलिननमिल्ने व्यवस्थाप्रस्तावगरिएकाले वितरण प्रक्रियापारदर्शी, औचित्यपूर्ण र मर्यादितभई मानपदवी, विभूषणको गरिमा वृद्धि हुनेछ ।
हालचार प्रकारका विभूषण रहेकोमादुई विभूषण थप्न प्रस्तावगरिएको छ । सगरमाथा सम्मान विभूषण र गौतम बुद्ध पदकथपगर्न प्रस्तावगरिएको छ । यसअघि नेपालरत्न, राष्ट्रगौरव, राष्ट्रदीप र जनसेवाश्री कायमथिए । मर्यादाक्रममापनि हेरफेरको प्रस्ताव छ । नेपालरत्नपछि सगरमाथा सम्मान विभूषणलाई दोस्रो मर्यादाक्रममा राखिएको छ । यसअघि दोस्रो क्रममा रहेको राष्ट्रगौरवलाई तेस्रो स्थानमा राखिएको छ । थपगरिएको गौतम बुद्ध पदकलाई छैटौँ स्थानमा राखिएको छ तर यसको औचित्यवामहìव कसरी कायम गराउने भन्नेमापनिध्यानदिनु आवश्यक छ । यस्ता सम्मानपाएकाव्यक्तिको भविष्यकाबारेमापनि राज्यले सोच्नु आवश्यक हुन्छ । मानपदवी, विभूषण पाएकाव्यक्तिकस्तोसदाचारमा बस्नुपर्छ र राज्यबाटउसले कस्तो सम्मानपाउनेछ भन्ने अवस्थालेपनियसको गरिमा रहन्छ । कुनै कालखण्डमा जागिरमापदोन्नतिहुन यस्ता मानपदवी, विभूषण सहयोगीहुन्थे । अहिले त्यस्तो अवस्था छैन । सार्वजनिकजीवनमापनियसले गरिमा, महìवर औचित्यराख्दैन भने त्यस्तामानपदवी, विभूषणको अैचित्य रहँदैन । सीमित र साँचै उत्कृष्टव्यक्तिलाई मानपदवी, विभूषण प्रदानगर्ने र भविष्यमाउनीहरूकालागि राज्यले के कस्ता सामाजिक सुरक्षा, सम्मानवाआर्थिक लाभउपलब्ध गराउन सक्छ भन्नेमापनिध्यानदिनुपर्ने देखिन्छ । मानपदवी, विभूषण प्राप्तगर्नेव्यक्तिआफूसँग सम्पत्तिनभएपनि राज्यको स्नेह छ भनेर बुढ्यौलीमाविशेष सामाजिक सुरक्षापाउनेछु भन्नेमाविश्वस्तबनाउन सकियो भने मात्रमानपदवी, विभूषण तथा पुरस्कारको गरिमा रहन्छ ।