logo
२०८१ मंसिर १३ बिहीवार



श्रमिक क्रान्तिकारी महिलाहरुको वीरता

विचार/दृष्टिकोण |





हस्तबहादुर केसी
“महिलाहरुको व्यापक सहभागिताविना समाजवादको स्थापना असंभव छ ।”
–भ्लादिभिर इलियच लेनिन
सन् १९११ देखि संसारका श्रमिक महिलाहरुले ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका रुपमा मनाउँदै आएका छन् ।
सन् १८५७ मा अमेरिकी महिलाहरुले न्यूयोर्कमा रहेको कपडा मिलमा आफूहरुलाई पनि पुरुष सरह समान श्रम र समान पारिश्रमिक पाउनु पर्ने माग राखी इतिहासमै पहिलोपटक हड्तालमा उत्रिएका थिए । यो विश्वकै पहिलो सशक्त र संगठित महिला विद्रोह थियो । र, त्यही संघर्षको निरन्तरता स्वरुप सोही मिलमा तीन वर्षपछि सन् १८३० को मार्च ८ मा पहिलो महिला संगठन स्थापना गरेका
थिए । यसैक्रममा केही वर्षपछि फ्रान्सको पेरिसमा सन् १८८९ मार्च ८ कै दिन भएको श्रमिक महिलाहरुको पहिलो अन्तर्राष्ट्रिय सम्मेलनमा सर्वप्रथम महिला नेतृ क्लारा जेट्किनले महिला पुरुष बीचको समानता र अधिकारबारे संबोधन गरेकी थिइन् । यस्तै सन् १८९७ मार्च ८ कै दिन अमेरिकाको औद्योगिक शहर न्यूयोर्कमा ज्याला र दश घण्टाभन्दा बढी कामको विरोधमा जुलुस, आमसभा र हड्ताल गरेका थिए । यहाँनेर थोरै इतिहासको श्रृंखलाको कडीमा जोडौं ।
विश्वमानव समाजको विकासको एउटा कालखण्ड यस्तो पनि थियो कि त्यो बेला समाजमा मातृसत्ता थियो । श्रमविभाजन र निजी सम्पत्तिको थालनी सँगै क्रमशः मातृसत्ताको पितृसत्ताले लियो । पितृसत्ताले महिला जैविक हिसाबले कमजोर हुने भनी व्याख्या गर्न थाल्यो । यसका साथै महिलाहरु बौद्धिक हिसाबले पनि कमजोर हुन्छन् भनी दोस्रो तहमा राख्नु पर्ने व्याख्या गरियो । त्यसपछि राजनीतिबाट बञ्चित गरिंदै लगियो, आर्थिक गतिविधिमा होइन, घरेलु र अनुउत्पादक ठाउँमा सिमित गरिंदै लगियो । र, मताधिकारबाट समेत बञ्चित गरियो ।
यसै क्रममा मताधिकारको माग गर्दै महिलाहरुले संगठित रुपमा आन्दोलनको शुरुवात गरे । सन १९०८ तत्कालिन रुसमा गास, वास र कपासको नारा थपेर अरु आन्दोलनको उठान भयो । त्यसरी नै अन्तर्राष्ट्रिय महिला आन्दोलनको रुप ठूलो बन्दै गयो । अन्ततः सन १९११ मा क्लारा जोट्किन रोजालम्जमवर्गको अगुवाइमा कोपेनहेगनमा भएको दोस्रो अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने निर्णय ग¥यो । सो सम्मेलनमा १७ देशका एक सयभन्दा बढी महिलाहरु सहभागी थिए ।
नेपालमा सन् १९७.५ देखि अन्तर्राष्ट्रिय महिला दिवस मनाउँदै आएको इतिहास छ ।
यसरी आज अन्तर्राष्ट्रिय श्रमिक महिला आन्दोलनले ८ मार्चलाई आफ्नो स्थापना दिवस मनाउने सन्दर्भमा १०९ वर्ष पूरा गरी ११० औं वर्षमा प्रवेश गरेको छ ।
संसारको सम्पूर्ण जनसंख्याको आधा हिस्सा महिलाहरुले ओगटेका छन् । महिलाहरुको सहभागिता विना पुरुषहरुबाट मात्र मानव समाजको विकास संभव छैन । इतिहासदेखि आजसम्म मानव समाजको उथल पुथल, विकास, उन्नति र अवन्नतिमा समेत महिलाहरुको ठूलो भूमिका रहँदै आएको छ । अतः मानव समाजको विकासको क्रममा पुरुष सरह महिलाहरुको पनि उत्तिकै दायित्व निर्वाह हुँदै आएको इतिहास छ ।
सन् १८७१ मा पेरिस कम्युनको स्थापनामा हजारौं महिलाहरु सहभागी बनेका थिए र पेरिस कम्युनको स्थापनाको ७२ दिनैमै प्रतिक्रान्ति भएर पतन हुने क्रममा पनि प्रतिक्रियावादीका सेनाहरुबाट हजारौं महिलाहरुले पुरुषसँगै हत्या गरिएका थिए र वीरताको गौरवपूर्ण गाथा निर्माण गरेका थिए ।
यस्तै सन् १९१७ अक्टुवर २५ मा सम्पन्न महान् रुसी अक्टुबर समाजवादी क्रान्तिमा रुसका श्रमिक महिलाहरुले अतुलनीय योगदान पु¥याएर क्रान्तिकारी तथा संघर्षशील महिलाहरुको इतिहासमा वीरताको गौरवगाथा बुन्न अग्रपंक्तिमा खडा हुन पुगेर संसारभरका श्रमजीवी महिला र आम शोषित, पीडित तथा उत्पीडित जनसमुदायलाई प्रेरणा प्रदान गरेका थिए ।
महान् चिनिया नयाँ जनवादी क्रान्ति तथा जापान विरोधी प्रतिरोध युद्धमा चिनिया श्रमिक तथा क्रान्तिकारी महिलाहरुले अतुलनीय योगदान पु¥याएका थिए । र बलिदानको अनुपम गौरवगाथा कोर्न अग्रपंक्तिमा खडा हुन पुगेका थिए । हजारौं चिनिया महिलाहरु लालसेनामा भर्ती भएर वीरतापूर्ण संघर्षमा सरिक भएका थिए ।
माओत्सेतुङको जीवन संगिनी समेत रहेकी याङकाई दुइलाई सन् १९३० मा च्याङकाई सेकको प्रतिक्रियावादी सरकारका सेनाले राजधानी बेइजिङमा जेलबाट बाहिर निकालेर गोली ठोकेर पाशविक ढंगले हत्या गरेका थिए । चिनिया महान वीरगांना याङकाई दुईले विश्वकै क्रान्तिकारी महिलाहरुको इतिहासमा आफूलाई पहिलो नम्बरमा उत्पादन सफल हुनु भएको थियो ।
चिनिया सर्वहारा साँस्कृतिक क्रान्तिका क्रममा क्रान्तिकारी चिनिया महिलाहरुले चिनिया समाजको रुपान्तरणमा महत्वपूर्ण योगदान पु¥याएका थिए । महान् चिनिया सर्वहारा साँस्कृतिक क्रान्तिकै एक योद्धा माओकी जीवनसंगीनी च्याङचिङलाई माओको सन् १९७६ मा निधन पश्चात ‘ग्याङ अफ फोर’ को सदस्य भएका कारण गिरफ्तार गरेर आजीवन कारावासको सजाय दिइएको थियो । र पछि षडयन्त्रपूर्ण ढंगले उहाँलाई जेलमै आत्महत्या गरेर षडयन्त्रको तानावाना बुनेर रहस्यमयी ढंगले हत्या गरियो ।
उत्तर कोरियाको जनमुक्ति युद्ध तथा विश्वविख्यात कोरियन युद्धमा पनि कोरियन महिला वीर वीरंगानाहरुले योगदान र बलिदानको अनुपम उदाहरण प्रस्तुत गरेका थिए ।
यस्तै भियतनामी युद्ध र तथा अमेरिकी साम्राज्यवाद विरोधी राष्ट्रिय प्रतिरोध युद्धमा वीर भियतनामी महिला योद्धा तथा वीरंगानाहरुले संसारमै वीरता र बहादुरीको गौरव गाथा निर्माण गर्दै अमेरिकी साम्राज्यवादलाई कहिल्यै पनि भियतनामतिर फर्केर हेर्न नसक्ने बनाएर भियतनामलाई मुक्त तुल्याएका थिए ।
त्यस्तै कम्बोडिया, क्युवा लगायतका देशहरुमा संचालन गरिएका मुक्ति युद्धहरुमा त्यहाँका क्रान्तिकारी तथा श्रमिक महिलाहरुले पुरुष सरह अतुलनीय योगदान र बलिदान गरेका थिए ।
हाम्रो देश नेपालमा समेत दश वर्षे जनयुद्धको क्रममा हजारांै नेपाली महिलाहरु युद्धमा लामबद्ध मात्र नभएर जनमुक्ति सेनामा समेत सामेल भएर महत्वपूर्ण योगदान पु¥याए । अन्य सामाजिक तथा राजनीतिक परिवर्तनहरुमा समेत नेपाल वीर वीरंगानाहरुले नयाँ इतिहास निर्माण गर्न सफल भएका छन् ।
पेरुको जनमुक्ति आन्दोलनमा अर्थात पेरुभियाली जनयुद्धमा पनि हजारौं महिलाहरुले अतुलनीय योगदान र बलिदान पु¥याएको इतिहास विश्वजनताका सामु ताजै छ ।
आजको युग साम्राज्यवाद तथा सर्वहारा वर्गबीचको भीषण संघर्षको युग हो । अर्थात विश्वसर्वहारा क्रान्तिको युग हो ।
नेपाल लगायत विश्वका कैयौं देशहरु आजसम्म पनि अर्धसामन्ती र नवऔपनिवेशिक अवस्थामा छन् । यी देशहरुमा सर्वहारा वर्गले नयाँ जनवादी क्रान्तिको कार्यभार पूरा गरेर वैज्ञानिक समाजवाद हुँदै साम्यवादसम्म पुग्ने दायित्व पूरा गर्नु पर्ने छ भने कतिपय पुँजीवादी तथा साम्राज्यवादी समाजव्यवस्थामा विकास गरिसकेका देशहरुले वैज्ञानिक समाजवाद हँुदै साम्यवादसम्म पुग्ने लक्ष्य राखेर अगाडि बढ्ने काम बाँकी नै छ । विश्वमानव समाज त्यहाँ नपुगुन्जेलसम्म फेरि पनि विश्वका करोडौं श्रमिक तथा उत्पीडित महिलाहरुले पुरुष सरह वर्गसंघर्षमा लामबद्ध भएर अरु योगदान र बलिदान गर्नु पर्ने छ नै ।
वर्ग रहेसम्म वर्गीय समाजमा वर्गविभेद कायमै रहने कुरा निश्चित छ । यस प्रकारको वर्गविभेद र वर्गीय शोषण उत्पीडनलाई अन्त्य गरेर मानव–मानववीच शोषणको अन्त्य गर्नको लागि वर्गसंघर्षको विकल्प छैन ।
महिलाहरुमा अझै पनि एकातिर वर्गविभेद र अर्कोतिर पुरुषबाट समेत विभेद गरिने प्रचलन र संस्कार कायमै छ । महिलामाथि हुने यो दोहोरो शोषणको अन्त्य पनि विश्वक्रान्तिले मात्र गर्ने भएकाले महिलाहरुको फेरि पनि वर्गयुद्धमा योगदान र बलिदान हुनु अनिवार्य छ ।
अतः वर्गीय विभेद र वर्गीय विभेदहरुलाई सदाको लागि अन्त्य गर्नका निम्ति श्रमिक तथा क्रान्तिकारी महिलाहरु वर्गसंघर्षमा लामबद्ध हुनुको विकल्प छैन । अन्तर्राष्ट्रिय श्रमिक महिला आन्दोलन समाजवादी आन्दोलन तथा महिला मुक्ति आन्दोलनमा क्ला जेनी माक्र्स, नादिज्जा क्रुश्काय, याङकाई हुई, क्लोरा जेट्कििन, रोजालग्जमबर्ग, अलेकजान्ड्रा कोलोन्ताई, नाताशा, माक्र्सको कान्छी छोरी इलेनर माक्र्स आदिको संघर्षको गौरवगाथाबाट पाठ सिक्न जरुरी छ ।

(लेखक राजनीतिकर्मी हुनुहुन्छ ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?