छत्रमणि धिताल
नेपाली भाषा आम नेपालीको मातृभाषा र प्रमुख सम्पर्क भाषाको रूपमा स्थापित भइसकेको छ । सूचना र प्रविधिको विकास सँगै यसको आयाम अझ फराकिलो भइरहेको छ । यो अवस्था सम्म आइपुग्दा नेपाली भाषाले लामो इतिहास बोकेको छ । आजको समुन्नत र समृद्ध नेपाली भाषा खस सिंजाली भाषाको विकसित रूप हो । नेपाली भाषाको उद्गम भूमि सिंजा हो । १२÷१३औँ शताब्दीदेखि करिब तीन सय वर्षसम्म काठमाडौँदेखि कास्मिर (भारत) सम्म उत्तर मानसरोवरदेखि दक्षिणको उत्तरी भारतसम्म फैलिएको सिंजा खस साम्राज्यले खस नेपाली भाषालाई विकसित रूप दिएको थियो । उक्त समयमा नै नेपाली भाषा राज भाषाको रूपमा थियो र जनताको लोकप्रिय भाषा थियो भन्ने प्रमाण उक्त समयका ताम्रपत्र, शिलालेख, स्तभहरूमा अङ्कित लिपिहरूले प्रमाणित गर्दछन् । उक्त साम्राज्यको विघटनपछि बनेका बाइसे र चौबीसे राज्यहरूमा पनि यही खस भाषाको प्रयोग भयो । खसहरू जति पूर्व तर्फ बढ्दै गए उनीहरूले आफ्नो भाषा र संस्कृतिलाई आफैसँग बोकेर लिए र यसैको परिणाम स्वरूप पूर्वी नेपाल, दार्जिलिङ, मेघालय, अरूणाञ्चल (भारत) र भुटानसम्म नेपाली भाषाको प्रभाव बढ्दो रह्यो । राज भाषाको रूपमा खस सिंजा साम्राज्यमा स्थापित यो भाषालाई नयाँ नेपाल निर्माण अभियानका अभियन्ता पृथ्वीनारायण शाहले पनि राज भाषाको रूपमा प्रयोग गर्नुभयो । आदिकवि भानुभक्त आचार्यको भाषिक एकीकरणले यस भाषालाई थप उचाइ दियो । त्यस पछिका महाकवि लक्ष्मीप्रसाद देवकोटा लगायतका थुप्रै भाषाविद् र साहित्यकारहरूको लगानीका बाबजुद २१औँ शताब्दीमा आएर यही विकसित खस सिंजाली भाषा आम नेपालीको प्रिय भाषा बन्न सफल भएको छ ।
खस सिंजाली भाषा विकसित भइरहँदा यसले आफ्ना केही महŒवपूर्ण मौलिक पक्षहरूलाई पहिचान गर्न सकेको छैन । खस सिंजाली भाषामा केही यस्ता वर्ण रहेका छन्, जसको बोलिचालीमा व्यापक रूपमा प्रयोग गरिन्छ तर ती वर्णहरूको लेख्य प्रयोग यद्यपि हुन सकेको छैन । नेपाली भाषाले ती वर्णहरूलार्ई चिन्दैन ।
त्यसैले आजसम्म पनि तिनको लिपिको विकास भएको छैन । नेपाली भाषाको माउ भाषा खस सिंजाली भाषामा विशेषगरी कर्णाली क्षेत्रमा व्यापक रूपमा प्रयोग गरिने ती वर्णावलीहरूको राष्ट्रिय पहिचान हुनु र तिनको लेख्य प्रयोग गरिनु अत्यन्त आवश्यक छ ।
ती वर्णहरू हुन् ः लÞ, मÞ, नÞ, ड़, सÞ (प्रस्तावित रूपमा राखिएको) । खस सिंजाली भाषामा यी वर्णहरूको प्रयोग निम्न बमोजिम गरिन्छ ः ड़ ः साँड़Þ (साँडे), माँड़ (भातको माड), हड़ (शरीर), झाड़ (झारपात)
नÞ ः नÞाआनु (नुहाउनु), नÞअट्टो (ढाड), नÞअर (नहर)
मÞ ः मÞअलो (गुलियो), मÞाओर (मोहोर),
मÞद्दी (आधा)
लÞ ः लÞसुन (लसुन), लÞअर (सोच), लौÞनी (नौनी)
सÞ ः सÞाप (सर्प), सÞल्लो (सल्लो), सÞाइतर (दन्तेकथा) सÞुल्पा (सुल्पा)
यी खस सिंजाली वर्णहरूमा ड़ को उच्चारण ‘ड’ र ‘ण’ को बीचको उच्चारण हो । जसमा ‘ड’ र ‘ण’ को मिश्रण हुन्छ । नÞ वर्णमा ‘न’ र ‘ह’ को बीचको उच्चारण, ‘मÞ’ मा ‘म’ र ‘ह’ को बीचको उच्चारण ‘लÞ’ मा ‘ल’ र ‘ह’ बीचको उच्चारण देखिन्छ । यिनीहरू बीचको भए पनि मिश्रित उच्चारण प्रतीत हुन्छन् । जस्तो की ‘ज’ र ‘ह’ को मिश्रणबाट ‘झ’, ‘ड’ र ‘ह’ को मिश्रणबाट ‘ढ’ जन्मे झै । त्यस्तै ‘सÞ’ वर्ण एक स्वतन्त्र रूपमा उच्चारण हुने वर्ण हो । यो वर्ण स्वर वर्ण निकट छ । यसको उच्चारण हुँदा भोकल कर्डबाट निस्केको आवाजमा कुनै अवरोध हुँदैन । त्यसैले यो वर्णको आफ्नो छुट्टै पहिचान छ ।
खस बोलिचालीमा यी वर्णहरूको विशिष्ट स्थान रहेको छ । यिनको प्रयोग आधुनिक नेपाली भाषामा पनि भएको देखिन्छ । थुप्रै यस्ता शब्दावलीहरू छन्, जसको उच्चारण र प्रयोग यी वर्णहरू विना गर्न सकिँदैन । यी वर्णहरू मिश्रित शब्दहरूले बोलिचालीको लवज बोकेका छन्, खस भाषिक गहनता र व्यापकता बोकेका छन् । यी वर्णहरू सँग वृहत् खस नेपाली शब्द भण्डार रहेको छ जो अत्यन्त मौलिक र जनप्रिय रहेको छ ।
खस साहित्य र संस्कृति जो वृहत् छ, यसको थुप्रै भाषिक, साहित्यिक र सांस्कृतिक आयामहरू सुसुप्त छन् । त्यसैको एक ज्वलन्त उदाहरण हो, यी वर्णहरूको प्रयोग विहीनता यी भाषिक वर्णावलीहरूको प्रयोग विना हाम्रो भाषा, साहित्य र संस्कृति अपुरो हुन्छ । हाम्रा झर्रा शब्दहरूको प्रयोग यिनै वर्णावलीमार्फत् गर्न सकिन्छ । त्यसैले यी वर्णावलीलाई लेख्य रूपमा प्रयोग गरिनु आवश्यक छ । हाम्रा पूर्वजहरूले यी वर्णहरूको प्रयोग लेख्य रूपमा गरेका थिए कि ? हामी सँग १२÷१३औँ शताब्दी यताका थुप्रै आलेखहरू छन् । ती प्राचित सङ्ग्रहहरूमा यी वर्णहरूको प्रयोग गरिएको छ कि ? यसको गहनतम अध्ययन गरिनु आवश्यक छ । यदि ती वर्णहरूको लेख्य प्रयोग भएको छैन भने तिनको मानक स्थापित गरेर आम लेख्य रूपमा ल्याइनु पर्दछ । तिनको ध्वनि बनोटको आधारमा वर्ण निर्माण गरिनु आवश्यक छ । यी वर्ण र लिपिहरू हाम्रा महŒवपूर्ण सम्पदा हुन् ।
यदि हामीले यी वर्णहरूलार्ई लिपिबद्ध गर्दै संरक्षण गर्न सकेनौं भने यी वर्णहरूसँग जोडिएका थुप्रै शब्दहरू लोप हुने छन् । हामी आमालाई ‘मÞतारी’ र आइमाईलाई ‘सÞैनी’ भन्छौ । अहिले हामीले प्रयोग गर्ने यस्ता थुप्रै शब्दहरू पछिल्लो पुस्तालार्ई हस्तान्तरण गर्न सक्छौ वा सक्दैन । अघिल्लो पुस्ताका थुप्रै शब्दहरू हामीले ग्रहण गर्न नपाएका हुन सक्दछौ । हामी यी हाम्रा मौलिक शब्द लोप हुँदै गर्दा हाम्रो भाषिक गहनता र आयातनलाई अmझ साँघुरो बनाइरहेका छौ । भाषाले बोक्दै ल्याएको हाम्रो साहित्य, भाषाले एकीकृत गरेको हाम्रो संस्कृति, भाषा मै अडिएको हाम्रो रहन सहन र संकार लोप भइरहेको छ । हाम्रो भाषालाई जीवित राख्न ती वर्णहरूलाई जीवन दिन आवश्यक छ । आज सम्म केन्द्रीय भाषिक प्रणालीले उपेक्षा गरेका ती वर्णहरूलाई अब भने उपेक्षा गरिनु हुँदैन ।
स्थानीय स्तरबाट सिंजा गाउँपालिका जुम्लाले खस भाषामा पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गरिरहेको छ । पक्कै पनि यी भाषिक पक्षहरूलाई उक्त प्रस्तावित पाठ्यक्रमले ध्यान दिनेछ । कर्णाली प्रदेश सरकारले खस भाषालार्ई महŒव दिँदै गर्दा यी वर्णवलीलाई महŒव दिनेछ । खस भाषा संरक्षणका लागि सम्बद्ध केन्द्रीय, प्रादेशिक र स्थानीय सरकारी तथा गैर सरकारी निकायहरूको समन्वयात्मक भूमिकासहितको ठोस कार्य नीति
आवश्यक छ ।
(लेखक सिंजा सभ्यता अनुसन्धान तथा विकास केन्द्रका अध्यक्ष हुनुहुन्छ ।)