रविनारायण खनाल
स्वतन्त्रतापछि चीनले विकराल अनिकालको सामना गर्नुप¥यो, मुलुक स्वाधीन अर्थतन्त्रको निर्माण दिशामा थियो । पत्रकारहरूले चीनका अध्यक्ष माओत्सेतुङ्गसँग जिज्ञासा राखे कि अमेरिका र रुस अन्तरिक्षको दौडमा रहँदा ठूलो जनसङ्ख्याको चीन प्रतिस्पर्धामा किन जान नसकेको होला रु उत्तर थियो– ४० करोड जनता भोकमरीबाट मुक्त नभएसम्म, ती आर्थिक, सामाजिक र सांस्कृतिक रूपले समुन्नत नहँुदासम्म अन्तरिक्षको विषय चिनियाँ प्राथमिकतामा रहँदैन ।
त्यसबेला सोभियत सङ्घ र अमेरिकाबीच चन्द्रलोकमा कसको पाइला अगाडि हुने भन्ने होड थियो । बिर्सन नहुने तथ्य के भने, अन्तरिक्ष यात्राले आर्जित सौर्यमण्डलका सूचनाहरूले मानव मस्तिष्कलाई खँदिलो तुल्याएको छ, प्राणीजगत्को मसिहा मानवले आफ्नो उत्कृष्टता सिद्ध गर्नका लागि पनि यो जरुरी थियो, तथापि नागरिकको आधारभूत आवश्यकतालाई विस्मृत गरेर अग्रणी राष्ट्रहरू नै लक्ष्यहीन यात्रामा रहेकाले आज प्रकृति मानवविरुद्ध खनिन पुगेको छ, महामारी नोवल कोभिड १९ को रूपमा ।
विगततिर फर्केर हेरौँ, युग परिवर्तनका लागि प्रत्येक शताब्दीमा उथलपुथल हुने गर्दछ । व्यापार र साम्राज्यको विस्तार गर्ने होडले राष्ट्रहरूबीच दुई संहारकारी महायुद्ध भए । प्रथम विश्वयुद्धले दुई र दोस्रोले साढे तीन करोड मानिसको जीवन लिएको थियो । युद्धको हाहाकार र तातो खरानीबाट ब्युँझेको मानवले भावी सन्ततिको जीवनमा युद्ध दोहोरिन नदिने सङ्कल्प गर्दै संयुक्त राष्ट्र सङ्घको स्थापना गर्न पुग्यो । तर सङ्घ नै युद्धलाई नियन्त्रण गर्न असफल भइरहेको देखिन्छ । शक्तिशाली राष्ट्रहरूले ‘प्रोक्सी वार’ खडा गरी युद्धमा साना राष्ट्रहरूलाई होम्ने र आफ्ना युद्ध सामग्री, लडाकु विमान र हतियारहरू बेचेर आय आर्जन गर्न अग्रसर रहे । परिणाम आज सभ्यता लरखराउन पुगेको छ । कोरोना भाइरसले लाखौँ मानिसको जीवन लिएको, बीसौँ लाखमा सङ्क्रमण भइरहेको छ । विज्ञान र प्रविधिको शिखर चुमेका राष्ट्र इटाली, स्पेन, फ्रान्स, अमेरिका, बेलायत र भारतमाथि महामारी ओइरिएको छ, सिङ्गो मानवीय अस्तित्वमाथि नै खनिएको छ । अब प्रकोपबाट थप धनजनको क्षति नहोस् कामना गरौँ ।
हामी विश्वयुद्धको समाप्ति र उपनिवेशवाद विरोधी आन्दोलनको लहरमा भारत, चीनकै हाराहारीमा स्वतन्त्र भएका हौँ तर छिमेकीहरूले विश्व अर्थतन्त्रमा अरेबियन घोडा (टार्जन हर्स रेस) को गति पक्रँदा प्राकृतिक, धार्मिक, सामाजिक र सांस्कृतिक सम्पदाले धनी हामी पिछडिएका राष्ट्रको सूचीबाट उक्लन नसकेको दुःखद विषय छ । प्रकोप चीनबाट उठी युरोप, अमेरिका, भारत हँुदै अफ्रिकातिर फैलिँदासमेत हामी मास्क, भेन्टिलेटर, पीपीई, सेनिटाइजर र औषधिको लागि अर्काकै मुख ताक्नुपर्ने विवशता र गरिबीमा छौं । भाइरस अन्यत्रजस्तै फैलिन पुगेमा हाम्रो हविगत के हुने हो अनुमान गर्न सकिँदैन । तथापि आज महामारीसँग जुध्दै सरकारले भविष्यमा आउन सक्ने कुनै पनि सङ्कटको सामना गर्न स्वास्थ्य प्रवद्र्धनका योजना र पूर्वाधारहरू खडा गर्नुपर्दछ ।
आफ्नो मुलुकमा उत्पन्न भाइरसको प्रकोपलाई समयमै नियन्त्रण गरेर चीनले रोगग्रस्त राष्ट्रहरूको उद्धारमा चिकित्सक र चिकित्सा सामग्री पठाएर अन्तर्राष्ट्रिय दायित्व निर्वाह गरेको स्वागतयोग्य छ । तर आफ्नो राष्ट्रलाई प्रकोप नियन्त्रणमा मद्दत नगरेको र चीनको भाषा बोलेको आरोपमा विश्व स्वास्थ्य सङ्गठनलाई सहायता रोक्ने अमेरिकी प्रशासनको निर्णय एकाङ्गी देखिएको छ । राष्ट्र सङ्घ, युरोपेली युनियन, विश्व स्वास्थ्य सङ्गठन तथा अमेरिकी कम्पनीहरूले समेत राष्ट्रपति डोनाल्ड ट्रम्पसँग राजनीतिक आग्रहभन्दा माथि उठेर निर्णय फिर्ता लिन सुझाएका छन् । संसारका शान्तिप्रिय मानिसहरूको आवाज अमेरिकी प्रशासनले सुन्नुपर्दछ र महामारीविरुद्धको युद्धमा मानव समुदाय एक ढिक्का बनेर जाइलाग्नु पर्दछ ।
महामारीले मानिसहरूलाई सहरबाट गाउँ फर्कन र मौलिक जीवनमा फर्कन सुझाएको छ । यहाँ पनि रेमिट्यान्स (विप्रेषण) र पर्यटन आय घट्नेछ । काममा गएका नेपाली बेरोजगार बनेपछि घर फर्कनु अस्वाभाविक हँुदैन । बरु रोजगार प्याकेजहरू निर्माण गरी राज्यले यो जनशक्तिलाई विकासमा परिचालन गर्नुपर्दछ । नागरिक फर्कनु चुनौती होइन, समृद्धिको ढोका खुलाउने स्रोत र अवसर पनि हुन सक्दछ । खेतीको मौसम छ, युवाको साना साना समूह बनाई नगदे बाली र रविबाली अनि पशुपालनमा लगाउनुपर्दछ । बाँझिएका खेतबारी आवाद गर्न पालिकाबाट मलबीउ, प्रविधि जुटाई खेतीमा लगाउने र प्रान्त र सङ्घीय सरकारले बजार व्यवस्था गर्नेे गरेमा अर्थतन्त्र सुध्रन सक्दछ । गाउँ फर्कनेले पनि बुझ्नुपर्दछ, हिजोको निरङ्कुशतामा ऊ दास थियो, अब आफंँै मालिक बनेको छ, तर विकासको मोडालिटीलाई योजनाकारहरूले उचित दिशा दिनुपर्दछ । नेपाललाई यस प्रकोपबाट चोखो राखी सुरक्षित गन्तव्यमा चिनाउन सके आज ‘बुकिङ क्यान्सिल’ टिकटहरू आउने वर्ष पुनः फर्कन सक्ने देखिन्छ । युवामा मेरो गाउँ म बनाउँछु भन्ने सङ्कल्प भर्न सके निष्प्राण बस्तीहरूले पुनर्जीवन पाउनेछन् ।
तर यहाँ शिक्षाप्रणाली गलत दिशामा छ । सरकारी विद्यालयहरूको स्तरीकरण गर्ने र निजीलाई राज्यको मातहत ल्याई दुई शिक्षाको बीचको दूरी मेटाउनुपर्दछ । दुवैलाई समानान्तर गतिमा लग्नुपर्दछ । राज्यले दुई शिक्षा कायम गरेर दुईवटा वर्ग उत्पादन गर्नु समाजवादी लक्ष्य विपरीत हो, यसबाट अविलम्ब राज्य मुक्त हुनुपर्दछ । विद्युत् बचतमा छ, अनलाइन शिक्षा, उद्यम र सीपको शैक्षिक प्रमाणपत्र दिने चिनियाँ प्रणाली पनि उपयोगी हुन सक्दछ ।
स्वास्थ्य सेवामा बीमा र सामाजिक सुरक्षा कोषलाई समृद्ध बनाउन घरदैलो कार्यक्रम गर्नुपर्दछ । आम नागरिकलाई बैकिङ प्रणालीमा जोड्नु आवश्यक छ । सरकारी अस्पतालको स्तरीकरण गर्ने, चिकित्सक, स्वास्थ्यकर्मी र सफाइ कर्मचारीको सुविधामा वृद्धि गरी सार्वजनिक सेवालाई प्रभावकारी बनाउनुपर्दछ । चिकित्सकहरूलाई पर्याप्त सुविधा दिएर निजी क्लिनिक खोल्न प्रतिबन्ध लगाउनुपर्दछ । भर्खरै निजी अस्पताललाई राष्ट्रियकरण गरिएको स्पेनको कदम उदाहरणीय छ । सङ्कटकालको स्वास्थ्य सेवालाई प्रभावकारी वनाउन राज्यले कठोर निर्णय लिनुपर्दछ । संसद् विकास कोषबाट आउने रकमबाट सबै प्रदेश र पालिकाहरूमा जुनसुकै महामारी नियन्त्रणका लागि स्थायी र स्तरीय अस्पतालहरू बनाउन ढिला गर्नुहँुदैन ।
प्रधानमन्त्री रोजगार कोष समृद्ध गरी रोजगार, अर्ध रोजगार र म्यादी तीन प्रकृतिको सेवालाई दरबन्दी कायम गर्नुपर्दछ । संविधान सभा चुनावका म्यादी प्रहरी उपयोगी रहेको थियो । पहिले एउटा सरकार, सम्भावना पातलो थियो आज ७६१ सरकार र छ हजार सात सय ४३ वार्डका कमिटीहरू छन्, तिनका मातहत रोजगारी र स्वरोजगारी क्षेत्र पहिल्याउन तथा प्रमाणपत्र राखेर प्राविधिक र अन्य उद्यमीलाई ऋण प्रवाह गर्नु उपयोगी छ । प्रत्येक प्रदेशमा ५० हजार र बागमती प्रदेशले दुईलाख युवालाई अस्थायी श्रमिकमा भर्ना गरी बाँझो खेतबारी आवाद गर्नु उचित हुनेछ । रेमिट्यान्स घटेर चिन्ता मान्नुहुँदैन, रेमिट्यान्सभन्दा नागरिकको उपस्थिति अर्थशाास्त्रीय हिसाबले मूल्यवान छ । यहाँ रोजगारी मौलिक हकमा छ, विकल्प नभए अर्काे व्यवस्था नभएसम्म बेरोजगारी भत्ता पाउने । नपाए न्यायिक उपचार पनि पाउन सकिन्छ । विकल्प नहुनेलाई भत्ता दिनु राज्यको कर्तव्य हो, यसबाट राज्य आत्तिनुपर्दैन । युरोपको अनुभव छ, त्यहाँ बेरोजगारी भत्ता नलिनेको सङ्ख्या वाक्लो छ, । नेपालीहरू सकेसम्म स्वाभिमान बेच्न नचाहँदा नै विदेशिएका हुन् । स्वदेशमा सानो सहाराले पनि लघु उद्यमहरू सञ्चालन गर्न समर्थ हुनेछन् ।
खाडी र मलेसियाबाट फर्केका युवालाई उद्यम र भाषाको तालिम दिई कोरिया, जापान, सिङ्गापुर र चिनियाँ कम्पनीहरूमा कामदार पठाउन सकिन्छ । नागरिकलाई सीपविना बाहिर पठाउनु शोषण र अपराध हो । नोवल पुरस्कार विजेता अमत्र्य सेनका अनुसार भोकमरी र अनिकालले लोकतन्त्र कमजोर हुनसक्छ । आजको महामारीसँग जुध्न वैज्ञानिक र रोजगारमुखी कायक्र्रम अवलम्बन गर्न सके सङ्घीय समाजवादको सबलीकरण हुनेछ ।
(लेखक वरिष्ठ अधिवक्ता हुनुहुन्छ ।)