प्रा.डा. अर्जुनदेव भट्ट
दोस्रो विश्वयुद्धपछिको ठूलो सङ्कट खप्न बाध्य छ अहिले संसार । त्यसमा नेपाल अछुतो रहने प्रश्नै उठ्दैन । यो महासङ्कटलाई चनाखो भएर नेपालीले सामना गर्न‘पर्ने भएको छ । सन् २०१९ डिसेम्बरको अन्त्यमा चीनको वुहानमा पहिलोपटक देखिँदा यसलाई स्थानीय रोग (एनडेमिक) रूपमा सम्झियो तर रोग छिटो फैलिँदै गयो । जब यसले विश्वका थुप्रै देशमा महामारीको रूप लिँदै गयो, विश्व स्वास्थ्य सङ्गठनले यसलाई विश्वव्यापी महामारीको रूपमा घोषणा ग¥यो ।
किन भयोत्पादक ?
जब कोभिड १९ चीनको स्थानीय रोगबाट विश्वको महामारी र प्रकोपका रूपमा परिणत भयो तब यसले यो सङ्क्रमण छिटो फैलिन सक्ने भन्ने देखायो । यो भाइरस सीमित भएर हाम्रो दक्षिणी मुलुकमा रहला भनेर सोच्नु ठूलो भूल हुनेछ । त्यसका निम्ति देशभित्र सबै प्रकारका आवतजावतमा पूरै नियन्त्रण गर्न‘ अनिवार्य छ । त्यससँग सङ्क्रमित पत्ता लगाउनु अर्को महत्वपूर्ण कार्य हो । पहिचान हुन नसकेका बिरामी देशभित्र छन् भने तिनीहरूको छिटो पहिचान अनिवार्य छ । दक्षिण, पूर्व र पश्चिम नाकाबाट नेपाल प्रवेश गरेका लाखांैँ मानिसमध्ये अदृश्यरूपमा कोभिड १९ रहेको हुनसक्ने सम्भावना नकार्न सकिन्न । त्यसैले बिरामीको पहिचान तथा खोजी प्रत्येक वडावडामा हुनुपर्दछ ।
अहिले सङ्घका तीनै तहका सरकारलाई यो कार्य द्रुतगतिमा अगाडि बढाएर आफ्नो क्षमता प्रदर्शन गर्ने स्वर्ण मौका छ । त्योसँगै प्रत्येक नागरिकले आफ्नो इमानदारी र अनुशासन देखाउँदै आफ्नो घर, छिमेक, टोलमा कतै कोही शङ्कास्पद बिरामी छन् भन्ने लागे उपयद्रक्त ठाउँमा खबर गरेर समाजलाई सहयोग गर्न सकिन्छ । घर, छिमेक वा टोलमा त्यस्ता बिरामी देखापरे सर्वप्रथम यसमा उसले ‘सेल्फ क्वारेन्टाइन’मा बस्ने र दिनको दुई तीनपटक आफंँैले ज्वरो नाप्ने र टिपोट राख्ने । यो खबर वडामा दिएपछि त्यो व्यक्तिको पूर्ण विवरण कहाँबाट आएको ? कहिले ? आउनु अगाडि को–कोसँग सम्बन्ध थियो ? आएपछि कोसँग उसको घुलमिल भयो ? जस्ता थुप्रै प्रश्नको उत्तर थुपार्न सके उसले अरू को कसलाई रोग सार्न सक्यो भन्ने अनुमान गरेर सबैलाई सतर्क भई एकान्तवास बस्नुपर्नेहरूको टुङ्गो लाग्न सक्छ । ज्वरो आउने, सुक्खा खोकी हुने, सास फेर्न गाह्रो हुने, झाडापखाला, जिब्रोले स्वाद गुमाउने र ज्यादै कमजोरी हुने जस्ता लक्षण भएका व्यक्तिलाई पूर्ण एकान्तवास मिलाउनु र उसले प्रयोग गर्ने कुनै पनि सामान अलग राख्न सके रोग फैलिने सम्भावना कम हुन्छ । यस्ता शङ्कास्पद व्यक्तिको सहयोगमा खटिएका व्यक्ति सक्दो टाढा राख्ने र अरू मानिससँग हेलमेल नगर्ने । ज्वरो, खोकी भएको व्यक्तिलाई नजिकको चिकित्सकको सल्लाह बमोजिम जाँच तथा उपचार गर्ने । त्यस्ता शङ्कास्पद व्यक्ति देखापरे नजिकको अस्पतालमा देखाउने र त्यो सूचना प्रत्येक वडामा उपलब्ध गराउन आवश्यक छ ।
वडाका कर्मचारीले सम्भाव्य बिरामी कसरी ? कहाँ ? कहिले ? कोसँग ? पठाउने सूचना प्राप्त गरेको हुनुपर्छ । जतिसुकै विकसित देश किन नहोस् यसबाट सहजै कोही उम्कन सक्ने छैन । नेपाल कम विकसित भए पनि अनुशासनमा रहने हो भने हामी यो चुनौतीलाई विकसित मुलुकले जस्तै समाधान गर्न सक्छौँ । कोभिड १९ सङ्क्रमण नेपालमा उम्रने रोग होइन । यो आयातित सङ्क्रमण हो । देश भित्रिने स्वदेशी वा विदेशी सबैले पूर्ण इमानदारीसाथ नियन्त्रणमा रहने हो भने यो समस्या धेरै न्यूनीकरण हुन्छ ।
सरकारले गरेको तयारीलाई इमानदारीसाथ लागु गर्ने हो भने सङ्कटबाट उम्कन सक्नेछौँ । कोभिड १९ हाम्रो निम्ति जनस्वास्थ्य प्रणाली बलियो बनाउने मौका हो । सयौँ चिकित्सक तथा परिचारिका कामको पर्खाइमा छन् । अहिले हामीले जनस्वास्थ्य प्रणाली राम्रो पार्न सक्यौँ भने निकट भविष्यमा देखा पर्नसक्ने यस्ता महामारीसँग जुध्न धेरै सहज हुनेछ । त्यसैले काम गर्न इच्छुक ऊर्जावान हाम्रा चिकित्सक र परिचारिकालाई यस्ता प्रकोपसँग जुध्न चाहिने छोटो प्रशिक्षण दिएर दक्ष जनशक्ति तयार गर्न‘पर्दछ ।
झट्ट हेर्दा कोभिड १९ सामान्य रुघाखोकीजस्तै छ । यो एकबाट अर्कोमा द्रुतगतिमा (सामान्य रुघाखोकीभन्दा कम्तीमा तीन गुणा बढी) सर्ने भएकाले बढी भयोत्पादक छ । कोभिड १९ रुघाखोकी हो तर यो हामीले सधंँ व्यहोर्दै र कम वास्ता गर्दै आएकोभन्दा चारदेखि आठ गुणा खतरनाक हुन्छ । त्यसैले यो रोग लागिसकेपछि बढी कडा रूप लिन्छ र निको हुन पनि लामो समय लाग्छ । ज्वरो पनि १०२ डिग्रीभन्दा बढी र सास फेर्न गाह्रो हुन्छ । फोक्सोलाई यसले बढी असर गर्ने भएकाले अक्सिजनको मात्रा शरीरमा नपुग भएर गाह्रो हुन्छ ।
कसरी सतर्क हुने ?
उपलब्ध तथ्याङ्कले देखाएको छ कि ६० वर्षभन्दा बढी हुने कोभिड १९ को जोखिममा छन् । वृद्ध उमेरका बिरामीमाझ मृत्युदर पनि संसारमै बढी देखापरेको छ । त्योबाहेक मधुमेह (६.३५), फोक्सोको बिरामी (७.३५), मुटु तथा धमनीका रोग (१०.३५), अर्ब‘द रोगग्रस्त (५.६५) माझ मृत्युदर बढी पाइएको छ । कुनै कारणले प्रतिरक्षा प्रणाली कमजोर भएका व्यक्तिहरू, मौसमी रुघाखोकी भएका बिरामी पनि उच्च जोखिममा हुन्छन् । स्वास्थ्यकर्मीहरू लामो समय सम्पर्कमा रहने भएकाले उच्च जोखिम वर्गमा पर्दछन् तर त्यसो भन्दैमा ६० वर्षभन्दा कम उमेरका व्यक्तिमा यो रोगले खासै नराम्रो असर पार्दैन र मृत्यु हँुदैन भन्ने होइन । उनीहरूले पनि उत्तिकै सतर्कता अपनाउनुपर्दछ ।
(लेखक वरिष्ठ कन्सल्टेन्ट युरोलोजिस्ट हुनुहुन्छ ।)