कृष्णहरि बाँस्कोटा
आज (असार १ गते) १५ औँ ज्येष्ठ नागरिक दुव्र्यवहारविरुद्धको विश्व चेतना दिवस । विश्वभर आज ज्येष्ठ नागरिकमाथि हुने दुव्र्यवहारविरुद्धमा आवाज उठाउँदै, दुव्र्यवहारलाई न्यूनीकरण गर्न विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घले यस वर्षको नारा ‘लिफ्टिङ् अप भ्वाइस’ तय गरेको छ । नेपाली परिवेशमा “ज्येष्ठ नागरिक दुव्र्यवहार विरुद्धको आवाज बुलन्द गरौँ” तय गरिएको छ ।
विश्वका प्रायः सबै मुलुकमा जस्तै हाम्रो घरपरिवार, छरछिमेक र समाजमा पनि ज्येष्ठ नागरिकमाथि दुव्र्यवहार हुने गरेको पाइन्छ । विभिन्न माध्यमबाट ज्येष्ठ नागरिकलाई शारीरिक, आर्थिक र मनोवैज्ञानिक रूपमा क्षति पुग्छ भने त्यसलाई ज्येष्ठ नागरिकमाथि हुने दुव्र्यवहार भनिन्छ । सामान्यतया ज्येष्ठ नागरिकमाथि मानसिक, आर्थिक, स्वास्थ्यसम्बन्धी र सामाजिक दुव्र्यवहार हुने गर्दछन् । विश्वमा ज्येष्ठ नागरिकको सङ्ख्यामा आएको उच्च वृद्धिदरसँगै दुव्र्यवहारमा पनि दु्रतगतिमा वृद्धि भइरहेको छ । नेपालको सन्दर्भमा घर, परिवार, समाजदेखि सार्वजनिक सेवाप्रदायक निकायबाट दुव्र्यवहारका विभिन्न घटना भइरहेका छन् । पीडित पक्षले आफ्नो र आफ्नै परिवारको समाजमा बेइज्जत हुने डरका कारणले दुव्र्यवहार बाहिर आउन दिँदैनन् र सम्बन्धित पक्षलाई सूचना दिन मान्दैनन् । विभिन्न सामाजिक समारोहमा ज्येष्ठ नागरिकले खाएको वा लगाएको पोसाकमाथि समेत अनावश्यक टिप्पणी गरिन्छ । घर परिवार, नातेदार र समाजसहित गरिएको यात्रामा पनि उनीहरूलाई दिने सिट, सामूहिक खानपिन लगायतमा हेयको दृष्टिकोण राख्ने गरिन्छ । यथार्थमा हामी सबै एकदिन ज्येष्ठ नागरिकमा रूपान्तरित हुन्छौँ भन्ने हेक्का राखेमा कसैले पनि ज्येष्ठ नागरिकप्रति दुव्र्यवहार गर्ने परिस्थिति आउने थिएन ।
विभिन्न सार्वजनिक सेवाप्रदायक निकायबाट हुने अधिकांश दुव्र्यवहारलाई पनि आफ्नै इज्जत र प्रतिष्ठाका कारणले चुप लागेर ज्येष्ठ नागरिकहरू बस्दछन् । सार्वजनिक यातायात, मासिक ज्येष्ठ नागरिक भत्ता बुभ्mन जाँदा, धारा, बत्ती, टेलिफोनको महसुल बुझाउन जाँदा पनि ज्येष्ठ नागरिकलाई हेप्ने गरेको पाइन्छ । पसलमा सामान किन्दा तिनको कुरा नसुनेकोजस्तो गरेर उनीहरूप्रति बेवास्ता गरिन्छ । चाडपर्व, धार्मिक स्थल, मेला लागेको स्थानमा पनि भीड गरेर हेर्ने वा सुन्ने मौका दिइँदैन । सार्वजनिक सेवाप्रदायक निकाय र स्थलमा ज्येष्ठ नागरिकलाई सधैँ सम्मान गर्न सिक्नुपर्छ ।
घर परिवारमा दुव्र्यवहार सहन बाध्य ज्येष्ठ नागरिकहरू चुपचाप रहने, एक्लै टोलाएर बस्ने, तपतप आँसु झार्ने र चाँडो मृत्युको कामना गर्ने गरेको पाइन्छ । छिमेकी र समाजबाट दुव्र्यवहार भएमा घरबाट बाहिर ननिस्किने, कुनै पनि सामाजिक कामका सहभागी नहुने, कसैको पनि वास्ता नगर्ने भई एकलकाँटे हुने मनोसामाजिकबेत्ताले बताउने गरेका छन् । यसर्थ कोही पनि ज्येष्ठ नागरिकलाई कुनै प्रकारको दुव्र्यवहारमा संलग्न गर्नुहुँदैन ।
नेपालको संविधानले ज्येष्ठ नागरिकका पक्षमा मौलिक हकको व्यवस्था गरेको छ । हामीसँग ज्येष्ठ नागरिकसम्बन्धी छुट्टै ऐन जारी भएको छ । ऐनको प्रभावकारी कार्यान्वयनका लागि नियमावलीको व्यवस्था गरिएको छ । ज्येष्ठ नागरिकका पक्षमा सर्वाेच्च अदालतले परमादेश जारी गरेको छ तर विविध कारणले यी कानुनी व्यवस्थाको प्रभावकारी प्रयोग नहँुदा ज्येष्ठ नागरिक पाइला पाइलामा प्रताडित हुन बाध्य छन् ।
नेपालको कुल जनसङ्ख्याको ८.१३ प्रतिशत ओगटेका ज्येष्ठ नागरिकमध्ये अधिकांशले आफ्नो दैनिक क्रियाकलाप सञ्चालन गर्ने क्रममा विभिन्न दुव्र्यवहारका घटना भोगिरहेका छन् । सम्पत्तिको निहुँमा अधिकांश ज्येष्ठ नागरिक आफ्नै घरपरिवारका सदस्यबाट समेत दुव्र्यवहारका शिकार हुनपुगेका छन् । आपैmँले आर्जन गरेको सम्पत्तिमा पनि अर्काले रजाइँ गरी ज्येष्ठ नागरिक घर न घाटको स्थितिमा पुगेका छन् । यसर्थ प्रष्ट कानुन नै निर्माण गरी ज्येष्ठ नागरिकको सम्पत्ती बिक्री वितरण नहुनेतर्फ सोच अगाडि बढाउनुपरेको छ । ज्येष्ठ नागरिकको आर्थिक अवस्था कमजोर भएमा छोराछोरीको मासिक कमाइमध्ये १० देखि २५ प्रतिशत रकम पाउने कानुनी व्यवस्था गर्नुपर्ने समयको माग हो ।
घरपरिवारमा ज्येष्ठ नागरिक बोझ हुन थालेपछि विशेषगरी पुरुष ज्येष्ठ नागरिकलाई यौनसम्बन्धी झुठ्ठा आरोप लगाउने गरेको समेत पाइन्छ । महिला ज्येष्ठ नागरिकलाई बोक्सीको आक्षेप लगाएर घरबाट बाहिर निकाल्ने जस्ता घटना पाइन्छ । यस्तो घटना हुन नदिनु, ज्येष्ठ नागरिकमाथि हुने दुव्र्यवहार र शोषणविरुद्ध आवाज उठाउनु हामी सबैको कर्तव्य हुन्छ ।
इन्टरनेशनल नेटवर्क फर प्रिभेन्सन अफ एल्डर एब्युज नामक अन्तर्राष्ट्रियस्तरमा दुव्र्यवहारविरुद्ध कार्य गर्ने संस्थाले सन् २००६ देखि प्रत्येक वर्षको जुन १५ लाई “ज्येष्ठ नागरिक दुव्र्यवहारविरुद्ध विश्व चेतना दिवस”को रूपमा मनाई आरम्भ गरेको हो । यस संस्थाले दुव्र्यवहारविरुद्ध प्रचार प्रसार गर्ने क्रममा संयुक्त राष्ट्रसङ्घमा समेत घच्घच्याउन थाल्यो । परिणामस्वरूप राष्ट्रसङ्घले पनि सन् २०११ को निर्णयअनुसार २०१२ देखि यो दिवसलाई औपचारिक रूपमा मनाउन थालेको हो ।
नेपालमा ज्येष्ठ नागरिक दुव्र्यवहारविरुद्धको चेतना दिवस सन् २००७ देखि राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले विभिन्न जनचेतनामूलक कार्यक्रमसहित मनाउन आरम्भ गरेको हो । सन् २०१२ देखि नेपाल सरकार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँग महासङ्घले संयुक्तरूपमा विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी दिवस मनाउँदै आइरहेको छ ।
अहिले विश्वव्यापी रूपमा कोभिड–१९ फैलिएको छ । यसको सन्त्रास ज्येष्ठ नागरिकमा अझ बढी छ । बन्दाबन्दीका कारण सबै घरपरिवारका सदस्य घरमै रहँदा ज्येष्ठ नागरिकमा अतिरिक्त दुव्र्यवहार हुनसक्ने कुरामा सजग हुनुपर्छ । सङ्क्रमणबाट सुरक्षित रहन ज्येष्ठ नागरिकलाई छुटृै कोठामा राख्ने, मास्क, स्यानिटाइजर, साबुन र पानी उपलब्ध गराउने, नियमित रूपमा तातोपानी पिउन दिने, कोठा र शौचालय सफासुग्घर राख्ने, पोसिलो खाना खुवाउने, घरेलु औषधिका रूपमा अदुवा बेसारपानी नियमित पिउने, न्यायो लुगा लगाउनेलगायतका सेवा प्रदान गर्न महासङ्घले सार्वजनिक अपिल गरेको छ । यसमा देशका ७५३ वटा पालिकाबाट ज्येष्ठ नागरिकलाई यी सामग्रीसहितको एउटा राहतको प्याकेज वितरण गर्न अनुरोध गरिएको छ । यसबाट धैरै हदमा ज्येष्ठ नागरिकउपर हुने दुव्र्यवहार न्यून गर्न सकिनेछ ।
कोभिड १९ को सङ्क्रमणबाट जोगिन कैयौँ मुलुकले ज्येष्ठ नागरिकलाई प्रतिरोधात्मक क्षमता वृद्धि गर्न नगद अनुदान दिएका छन् । महासङ्घले पनि विशेषगरी, निम्न आय भएका ज्येष्ठ नागरिकका परिवार र वृद्धाश्रममा आश्रित सबै ज्येष्ठ नागरिकलाई एकमुष्ट राहत अनुदान दिन सरकारलाई आग्रह गरेको छ । बन्दाबन्दीको बेला सम्बन्धित बैङ्क र स्थानीय तहले आवश्यक समन्वय गरी मासिक पेन्सन र सामाजिक सुरक्षा भत्ता सहज ढङ्गले उपलब्ध गराउन पनि महासङ्घले पहल गरिरहेको छ । यसरी हातमा नगद पर्दा ज्येष्ठ नागरिकप्रति हुने दुव्र्यवहार न्यूनीकरण हुनेछ ।
ज्येष्ठ नागरिकमाथि भएका दुव्र्यवहारसम्बन्धी आवश्यक कानुनी सल्लाह तथा परामर्श सेवालगायत ज्येष्ठ नागरिकको कुनै प्रकारको आकस्मिक समस्यालाई समाधान गर्न ज्येष्ठ नागरिक हेल्पलाइन स्थापना गर्न जरुरी छ । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घको समन्वयमा सामुदायिक प्रहरीको संयन्त्रमार्फत टोल–टोलमा रहेका ज्येष्ठ नागरिकको अवस्थाको लगत सङ्कलन गरी दुव्र्यवहारमा परेका ज्येष्ठ नागरिकलाई उद्धार तथा पुनःस्थापना गराउन उक्त निकायमा अनिवार्य ज्येष्ठ नागरिक प्रहरी सेलको स्थापना गराउने व्यवस्था मिलाउन जरुरी छ । ज्येष्ठ नागरिकको जीवन सुरक्षित, सम्मानित, मर्यादित एवं दुव्र्यवहारबाट मुक्त बनाउन विभिन्न भाषामा जनचेतनामूलक सन्देशहरू स्लट तयार गरी पत्रपत्रिका, रेडियो, टेलिभिजन एवं सामुदायिक एफ.एम. बाट प्रचारप्रसार गराउने व्यवस्था मिलाउनुपर्ने देखिन्छ । यी सबै प्रयासबाट ज्येष्ठ नागरिक उपर हुने दुव्र्यवहार न्यूनीकरण गर्न सकिन्छ । हामी सबै एक दिन आपूm पनि ज्येष्ठ नागरिकमा रूपान्तरित हुन्छौँ । न्यूनतम यत्ति कुरालाई हेक्का राखेर भए पनि ज्येष्ठ नागरिकप्रति सधैँ उच्च सम्मान गरौँ ।
(लेखक राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घका कार्यकारी सदस्य हुनुहुन्छ ।)