logo
२०८२ असार ८ आईतवार



पुर्खासिर्जित योग भविष्यका लागि

विचार/दृष्टिकोण |




विनयमोहन क्वात्रा

मानव सभ्यताले आफ्नो विशाल यात्रामा अनेकौँ कीर्तिमान स्थापना गरेको छ । अग्निको खोजी होस् वा पाङ्ग्रोको आविष्कार; मनुष्यभित्र लुकेको ज्ञानको भोकले उसलाई सदैव विकासको मार्गमा डो¥याएको हुन्छ । फलस्वरूप जहाँ मानव सभ्यताले अणुको सूक्ष्मतम् रहस्योद्घाटन गरिरहेको छ, त्यहीँ ‘मङ्गल यान’को माध्यमबाट अनन्त अन्तरिक्षको अनावरण पनि गरिरहेको छ । मावन जातिको क्रियाशीलताले भौतिकतालाई एउटा नयाँ उचाइ त मिलेको छ तथापि भौतिकवादबाट उत्पन्न तनावपूर्ण जीवनशैलीले हाम्रासामु कैयौँ चुनौती पनि खडा गरेको छ । साथै व्यक्तिको आन्तरिक जीवनमा, व्यक्ति–व्यक्तिका बीचमा, व्यक्ति र समाजको बीचमा तथा व्यक्ति र प्रकृतिको बीचमा तनाव उत्पन्न गरेको छ ।
भारत र नेपाल समान संस्कृतिका संवाहक हुन् । यो संस्कृतिमा हाम्रा ऋषिमुनिहरूले हजारौँ वर्षपूर्व नै मनुष्यको आन्तरिक जीवनलाई शान्तिपूर्ण तथा समाज र प्रकृतिबीच समन्वय बनाउने हेतु कैयौँ पद्धतिको अनुसन्धान गरेका थिए । त्यही पद्धतिमध्यकोे एक– योग आज हाम्रो आन्तरिक प्रश्नको उत्तर बनेको मात्रै छैन; यसले विश्वलाई नै मार्गदर्शन गरिरहेको छ ।
सन् २०१४ को सेप्टेम्बर २७ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्र महासभामा आफ्नो प्रथम सम्बोधनलाई प्रस्तुत गर्ने बेला शरीर र मनको एकता, विचार र कर्म, भोग र त्याग, प्रकृति र मनुष्यको समन्वय तथा सम्पूर्ण स्वास्थ्य र कल्याणलाई प्राप्त गर्न ‘योग’ एक मूर्तिमान रूप हो भन्नुभएको थियो । योग केवल व्यायाम मात्र नभएर आफूलाई अन्यका साथ, विश्वका साथ तथा प्रकृतिका साथ एकाकार गराउने माध्यम पनि हो । आफ्नो जीवनशैलीलाई परिवर्तन गरी चेतनाको विकास गर्दै हामी जलवायु परिवर्तन जस्ता वैश्विक समस्याहरूको समाधान निकाल्न सक्छौँ । प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो त्यो सम्बोधनमा विश्वसमक्ष अन्तर्राष्ट्रिय योग दिवसलाई अपनाउन आफ्नो विचार प्रस्तावित गर्नुभएको थियो । महात्मा बुद्धको जन्मस्थल नेपालले पनि भारतको यस प्रस्तावलाई सहर्ष समर्थन गरेको थियो । फलस्वरूप सन् २०१४ को डिसेम्बर ११ मा संयुक्त राष्ट्र महासभाले जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउने प्रस्तावलाई स्वीकृत गरेको थियो ।
विगत पाँच वर्षदेखि भारत र नेपालसहित सम्पूर्ण विश्वमा निकै उत्साहका साथ जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाइँदै आएको छ । पेरिसको आइफिल टावर होस् या न्युयोर्कको टाइम्स स्क्वायर, प्रत्येक वर्ष जुन २१ मा योगको पदचाप सम्पूर्ण विश्वमा सुनिन्छ । यसै शृङ्खलामा नेपालमा पनि नेपाल सरकार, भारतीय राजदूतावास एवं योगको प्रवद्र्धन गर्ने अनेकौँ संस्थाको सहकार्यद्वारा पाँच वर्षयता निरन्तर नियमित कार्यक्रमहरू भइरहेका छन् । सन् २०१५ मा पहिलो पटक नेपालमा भारतीय राजदूतावासद्वारा योग दिवसको कार्यक्रम आयोजना हुँदा तत्कालीन उपराष्ट्रपति परमानन्द झाले सो कार्यक्रममा उपस्थित भई कार्यक्रमको गरिमा बढाउनुभएको थियो । यस्तै सन् २०१६ मा काठमाडौँको दरबारमार्गमा आयोजित कार्यक्रमको अध्यक्षता नेपालका प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले गर्नुभएको थियो । सन् २०१७ को जुन २१ मा ठूलो जनसमूहबीच आयोजित त्यस्तै विशेष कार्यक्रममा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय राजदूतावासद्वारा प्रकाशित ‘योग सन्देश’ जर्नल विमोचन गर्दै स्वस्थ तथा निरोगी जीवनयापनका लागि योगलाई आत्मसात् गर्न सन्देशसमेत दिनुभएको थियो । यसैगरी सन् २०१८ मा नेपाल सरकार, भारतीय राजदूतावास र पतञ्जलि योगपीठ नेपालको संयुक्त प्रयासमा काठमाडौँस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परिसरमा योग दिवसका दिन भव्य समारोह आयोजना गरिएको थियो । त्यो कार्यक्रममा तत्कालीन कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको गरिमामय उपस्थिति थियो । गत वर्ष सन् २०१९ मा नेपाल सरकारले पाँचौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा एक बृहत् कार्यक्रम आयोजना ग¥यो जसमा नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल तथा तत्कालीन भारतीय राजदूतसमेत सहभागी हुनुहुन्थ्यो । सोही दिन साँझ काठमाडौैँको राष्ट्रिय सभागृहमा प्रधानमन्त्री ओलीको अध्यक्षतामा योगका विषयमा बृहत् कार्यक्रमसमेत आयोजना भएको थियो ।
अन्तर्राष्ट्रिय योग दिवसको ध्येय योगको प्रचारप्रसार हो । किनभने यसमा अपार सम्भावनाहरू लुकेका छन् । योगका आर्थिक एवं व्यावसायिक पक्ष पनि छन् । आज विश्व होलिस्टिक हेल्थ केयर (शरीरको सम्पूर्ण स्वास्थ्योपचार)को मार्गमा हिँडिरहेको छ । भारत र नेपाल यस्ता मुलुक हुन् जो होलिस्टिक हेल्थ केयरको महŒवपूर्ण केन्द्र बन्न सक्छन् ।
हाम्रो साझा संस्कृतिको एक महŒवपूर्ण अङ्ग आयुर्वेद पनि हो । साथै दुवै मुलुक जैविक विविधता र आयुर्वेदिक जडीबुटीमा समेत समृद्ध छन् । योग र आयुर्वेदको जन्मभूमि भएका कारण विश्वमा नेपाल र भारतको एक विशिष्ट पहिचान छ । योग र आयुर्वेदलाई विश्वमा जति प्रचारप्रसार गरिन्छ, आयुर्वेदको केन्द्र भएकै कारणले नेपाल र भारतलाई यसको स्वाभाविक लाभ प्राप्त हुन्छ । योग एवं आयुर्वेदलाई होलिस्टिक हेल्थ केयरको साथमा जोडेर प्रवद्र्धन गर्नुका साथैै स्वास्थ्य पर्यटनलाई समेत बढावा दिनेतर्फ हाम्रो प्रयास आवश्यक छ ।
भारत र नेपालमा अनेकौँ यस्ता ठाउँ छन् जसलाई होलिस्टिक हेल्थ केयर पर्यटन केन्द्रका रूपमा विकसित गर्न सकिन्छ । यस माध्यमबाट हाम्रो साझा ज्ञान एवं संस्कृतिको प्रचारप्रसार गर्ने मात्र नभई आफ्नो आर्थिक जीवनमा समृद्धिको द्वारसमेत खोल्न सक्छौँ ।
पर्यटन एवं होलिस्टिक हेल्थ केयरको यसैै आर्थिक पक्षलाई ध्यानमा राख्दै भारतीय राजदूतावासले विगतका वर्षहरूमा थुपै्र पर्यटन केन्द्रमा योग विषयक प्रतीकात्मक कार्यक्रमहरू आयोजना गरेको थियो । सन् २०१६ मा पोखरास्थित फेवातालको मनोरम वातावरणमा, सन् २०१७ मा १२ हजार ५०० फुटको उचाइमा अवस्थित पवित्र धार्मिक स्थल मुक्तिनाथ मन्दिर परिसरमा, सन् २०१८ मा जनकपुरको ऐतिहासिक तथा धार्मिक स्थल जानकी मन्दिरको प्राङ्गणमा र सन् २०१९ मा विश्वको सर्वोच्च शिखर सगरमाथाको प्रवेशद्वार नाम्चे बजार तथा सगरमाथाको आधार शिविरमा योग समारोह आयोजना गरिएको थियो । यी कार्यक्रमका सुन्दर तस्बिरहरू सामाजिक सञ्जालका माध्यमबाट सम्पूर्ण विश्वभर लोकप्रिय बनेका छन् ।
अहिले सन् २०२० को अन्तर्राष्ट्रिय योग दिवसचाहिँ बेग्लै ढङ्गले मनाइयो । मानव जाति कोभिड–१९ को चुनौतीसँग जुधिरहेको छ । यस विश्व व्याधिका कारण कुनै पनि सार्वजनिक कार्यक्रम आयोजना गर्न नसकिए पनि भारत र नेपालसहित समस्त विश्वका मानिसमा योग दिवसबारे जुन उत्साह छ, त्यसमा कमी भने आएको छैन । विश्वभर आआफ्नो घरमै योगाभ्यासद्वारा अन्तर्राष्ट्रिय योग दिवस मनाइरहँदा र सामाजिक सञ्जालका माध्यमबाट यसको प्रचारप्रसार गरिएको देख्दा म अत्यन्तै हर्षित छु ।
कोभिड–१९ को महामारी एकतर्फ ठूलो चुनौती हो भने अर्कोतर्फ यसले योगमा आधारित समन्वयकारी स्वस्थ जीवनशैलीको आवश्यकता मानवका लागि कति अपरिहार्य छ भन्ने कुरा दर्शाएको छ । चाहे त्यो कोभिड–१९ का कारण आइपर्ने तनाव वा मानसिक समस्याबाट छुटकारा पाउन योगको सहारा लिने विषय होस् या यसबाट बच्न रोगप्रतिरोधी क्षमता बढाउने विषय; योग र आयुर्वेद हाम्रा यस्ता सम्पत्ति हुन् जसले हामीलाई कहिल्यै निराश बनाउँदैनन् । भौतिकवादबाट सिर्जित चुनौतीहरूले जस्तोसुकै रूप धारण गरे पनि मानवको अन्तर्मनको यात्रासमेत योगको माध्यमबाट जारी नै रहन्छ र भौतिकवाद सँगसँगै आन्तरिक शान्ति प्राप्तिको लक्ष्यतर्फ मानव जातिलाई अग्रसर बनाइराख्नेछ ।

(लेखक नेपालका लागि भारतका राजदूत हुनुहुन्छ ।) 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?