हेमराज पाण्डे
इन्दिरा गान्धीद्वारा लिखित ‘मेरे जीवनके अन्तिम भूल’ कथाले आफ्नो कमजोरीप्रति सचेत रहन मलाई सधैँ अभिप्रेरित ग¥यो । इन्दिरा गान्धीको बाल्यकालीन कमीकमजोरीप्रति आत्मालोचना र प्रायश्चितमा केन्द्रित उक्त कथाको सार जवाहरलाल नेहरूको नितान्त पारिवारिक परिवेशमा केन्द्रित छ । घरमा काम गर्ने अल्लारे बालक नेहरू परिवारलाई छलेर सधैँ पैसा र अन्न खल्तीमा लुकाउँछ । अबोध बालिका इन्दिरा गान्धीलाई त्यो स्वभाव मन पर्दैन । इन्दिराले आमा कमला नेहरूलाई घटना सुुनाउँछिन् । सम्झाउँदा पनि केटोको स्वभावमा फेरबदल आउँदैन । आमाछोरीले रिसको झोँकमा हरहिसाबसहित केटोलाई घरबाट बिदा गर्छन् । नेहरूलाई यो कुरा थाहा हुँदैन । गान्धी आमाछोरीले हेर्दाहेर्दै कामदार केटो चढेको बस मैसुरीको पहाडबाट जब छलियो, एकाएक दुर्घटनामा परी अन्य यात्रुसँगै कामदार केटोको पनि मृत्यु भएकोे दुःखद समाचार फैलियो । पैसा लुकाउँदैमा घरबाट निकाला गरिएकोमा नेहरूको विमति रह्यो र असन्तुष्टिको खेद जनाए । पिता नेहरूबाट आफूले खेप्नुपरेको हप्कीदप्कीपछि अब गल्ती नदोहो¥याउने प्रण गरिन् इन्दिरा गान्धीले यही कथामार्फत ।
दुःखपछि प्राप्त हुने सुखको महŒव बुझ्न वैज्ञानिक मेडम क्युरीको सङ्घर्षमय जीवन अध्ययन गर्नु नै काफी छ । पोल्यान्डको सामान्य परिवारमा गणित शिक्षक बाबुको सीमित कमाइबाट क्युरीको परिवारको दैनिकी टर्दथ्यो । प्रकाशमय कडा मूल्यवान् रेडियम धातु अन्वेषणमा व्यस्त ती बालिकाले कैयौँ दिन जङ्गली कन्दमुल काँचो बयरले छाक टारेकी थिइन् । भोकभोकै बस्दा गल्दो स्वास्थ्यले ग्रस्त बनिन् । चित्रे डोकाको बीचमा रातभर घुस्रिएर चिसोबाट छलिन्थिन् । उनको अभावमय आत्मवृत्तान्त अध्ययनले आजका पाठकलाई नै झस्काउँछ । कडा धातु गलाएर प्रयोग सिद्ध भएपछि रेडियम आविष्कारको पहिलो अन्वेषक बन्ने जब उनले शौभाग्य पाइन् । त्यसैको परिणाम १९०७ र १९११ मा भौतिक र रासायनिक दुवैतर्फको नोबेल पुरस्कार पाइन् । अनि असल जीवनसाथी पेरी क्युरीसँग विवाह गरी बाँकी चम्किला सुहागका दिनहरू फ्रेन्च मुलुकतिर सुखपूर्वक बिताउन थालिन् ।
बेलायतको प्रधानमन्त्री बन्नुभएकी मार्गरेट थ्याचर आइरन लेडीले पनि परिचित छिन् । उनी भावी योजना रणनीतिप्रति दृढ थिइन् । हठी स्वाभावकी भएकैले फकल्यान्ड युद्धको औचित्य साबित गर्न अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनलाई सजिलै प्रभाव पार्न सफल भइन् । विदेशमन्त्री जर्ज सुल्जलाई सटल डिप्लोमेट्सका रूपमा व्युनर्स आयर्स, लन्डन र न्युयोर्कको म्याराथुन दौडमा रातदिन प्रयोगमात्र गरिनन् । कुवेतमाथिको शाख जीवन्त राख्न इराकयुद्धबाट हच्किसकेको जर्ज बुसलाई गलाइन् । तत्कालीन रूसको महासचिव गोर्र्भाचोभलाई अपरिपक्व नेताको संज्ञामात्र दिइनन् । खुलापन र आर्थिक उदारीकरणका फलामे ढोका खुलाउन हौसाइन् । फलतः शीतयुद्धको महाशक्ति रूसको सबै संरचना भत्काउँदै देश चकनाचुर पार्दै पाश्चात्य विचार लादेरै छाडिन् ।
“ए नरकका रक्तपिपासु हो, बेकसुरमा हामीप्रति जति अपमान र दमन गर्दै जान्छौ, होशमात्र गर, तिमीहरूप्रति त्यत्ति घृणा बढेर जान्छ र एक दिन निरङ्कुश शक्ति सर्लक्क बढारिएर सखाप बन्नेछ ।” मेक्सिम गोर्कीद्वारा लिखित प्रसिद्ध आमा उपन्यासकी मूलपात्र वृद्ध आमा जार शासनविरुद्ध उभिँदा पुलिसको चुटाइले घायल बनिन् । टाउको फुटेर खलखली बगेको आलो रगतको नुनिलो स्वाद मुखमा तप्किएपछि आमाद्वारा व्यक्त गरिएका हरफले आमपाठकलाई आज पनि जुर्मुराउँछ ।
रोगीको घाउमा जमेको पीप निचोरेको क्षण नै जीवनको खुसी प्राप्त गर्ने अवसर भएको स्वीकार्ने मदर टेरेसाको नाम संसारकै उदार सेविकामा गणना हुन्छ । क्रिस्चियन मिसिनरी सिस्टर श्रद्धेय मदर टेरेसा आजीवन अविवाहित बसिन् । तथापि सबै दीनदुःखीको एक आदरणीय महान् आमा साबित भइन् । युरोपको गरिब बाल्कन राष्ट्र अल्बानियामा जन्मिएर भारतको कलकत्तालाई सेवा विस्तारको कर्मक्षेत्र चयन गरेकी टेरेसा यस शताब्दीकै उदाहरणीय महामानव महिला हुन् । आदर्शवादी महिला मदर टेरेसाविनाको सौहार्द संसार आज कल्पना नै गर्न सकिँदैन ।
गरिब परिवारको उपेक्षित जातमा जन्मनुको पीडा अस्ट्रेलियन कथाकार काथरिन मेन्सफिल्डको आत्मवृत्तान्त अध्ययन नै पर्याप्त छ । ‘बार्बर’, ‘बुचर’ जस्तो दुःखी पेसा अँगाल्ने जातिलाई १८औँ शताब्दीमा डुङ्गामा राखेर बेलायतबाट निर्जन अस्टे«लियन टापुमा निर्वासित गरिएको थियो । त्यही नयाँ संसारमा खेदिएका पितापुर्खाको दुःख–दर्दमा उनको कथाको सारतŒव केन्द्रित छ । काथरिनका उपेक्षित पात्रको जीवन कथाले आजको असमान विकृतिजन्य सामाजिक खाडलरूपी विभेदलाई छायाँ पारेको छ । ‘द डल्स् हाउस्’, ‘द केनरी’, ‘द डोभ्स् नेस्ट’जस्ता पिँजडामा कैद पक्षीको प्रतीक रैती बनेका पितापुर्खाको अनुभवलाई कथामार्फत उठाएर न्यायपे्रमी पाठकको मन जितेकी छन् । समानता, स्वतन्त्रताविहीन विभेदकारी परिस्थितिले घायल अनुभवलाई पाठकमाझ अनुभूत गराउनु नै काथरिनको विशेषता हो ।
सबै क्षेत्रमा उत्तिकै चर्चित प्रस्तुत अमर नारी व्यक्तित्वको एक÷एक रूपभित्र अनेक रङ्ग र विशेषता लुकेको छ । आफँैभित्र लुकेको इन्दिरा गान्धीको बालहठपछि प्राप्त चतुर राजनीतिक सुजबुझ उदाहरण हो । आफैँभित्र लुकेको अद्भुत प्रतिभालाई स्वयम् मेडम क्युरीद्वारा खोजिनु एक रूपभित्रको अनेक रङ्गीन विशेषता हो । तार्किक कूटनीतिमार्फत हठी स्वाभावलाई सफलसिद्ध गर्नु मार्गरेट थ्याचरको विशेषता हो ।
ऋा–आफ्नो क्षेत्रमा योगदान पु¥याउने नेपाली नारीको योगदानलाई पनि देशले कदर गर्नैपर्छ । किनकि उनीहरू विविधतायुक्त अनेक रङ्गका स्वदेशी सुगन्धमय गहना हुन् । अरूलाई जसले छाम्छ, पढ्छ, बुझ्छ अनि सम्मान दर्शाउँछ, उसले पनि पनि अरूबाट त्यस्तै सम्मान पाउँछ । अरूको आँसुमा मात्र हाँस्नेले भोग्नुपर्ने दुर्दशाको हविगतलाई प्रस्तुत कविता हरफले प्रस्ट्याउँछ ।
‘शिशु गर्भे गुमाएर बाँच्नु के सार हुन्छ र ?
अरूको आँसुमा हाँस्दा को आफ्नो निम्ति रुन्छ र ?’