अशोक शोकी
प्राणीजगत्मै स्वाभाविक रूपमा भइरहेको प्रक्रिया हो मृत्यु, यो परिवर्तनको एक क्रिया हो । मृत्यु जीवनमा हुने वास्तविकताको एक अटल विश्राम हो । जन्मपछि मृत्युतिर लम्किरहेको समयलाई हामी जीवन भन्दछौँ । मृत्युको प्रक्रिया फरक छ, कसैको दुर्घटनाबाट, कसैको आत्माहत्याबाट, मृत्युदण्ड, रोग, शोक, भोक र अन्य कुनै न कुनै कारणबाट जन्मेर आजसम्म मृत्यु नभएको कोही छैन । यो यथार्थ सत्य हो, यसबाट जोगिएर जति पर पुगे पनि मृत्युको नजिक पुग्दछ । जुनसुकै उपाय गरे पनि जसरी भए पनि अत्यन्तै शक्तिमान पनि अर्थात् अतुल सम्पत्तिवाला पनि कुनै न कुनै तरिकाबाट सबै व्यवस्था चकनाचुर भएर आखिरी बिन्दु मृत्युमा गएर टुङ्गिएका छन् । त्यसैले कविशिरोमणि लेखनाथ पौडेलले लेख्नुभयो–
“आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो
इन्द्रै बिन्ती गरून् झुकेर पदमा त्यो बिन्ती मान्दैन त्यो ा”
हामी सबैको साझा यात्रा मृत्यु भएकाले मृत्युपश्चात् जीवन समाप्त हुन्छ । मृत्युदेखि डर हुनु स्वाभाविक हो । यसबाट बच्न यो रोगको कारखाना बोकेको शरीर उपचारका लागि दौडिन्छौँ । डरैका कारणले मृत्यु सुन्दा, देख्दा, पर्दा, भोग्दा दुःख लाग्छ । त्यसैले मृत्यु कहालीलाग्दो शब्द हो । जसलाई मृत्युदेखि भय हँुदैन, उसलाई केहीको पनि डर हुँदैन । ज्ञानध्यानबाट तप गरेर जीवनलाई आहुति दिएर मृत्युमाथि विजय पायो भने सबैमाथि विजय पायो । त्यस्तो व्यक्ति कहिले तर्सिंदैन, यो भित्र हृदयदेखि नै भावनाबाट जागृत हुनुपर्छ । जीवनदेखि डर मान्ने वाक्कदिक्क हुनेले मृत्युलाई आह्वान गरी आत्महत्यासमेत गर्छन् । यसरी जीवनदेखि भाग्न चाहनेलाई कायर भनिन्छ । समाज र देशका लागि आफ्नो जीवन आहुति दिएर दान गर्नेलाई सहिद भनिन्छ । यसरी मृत्युदेखि डर नमानी आफ्नो जीवन जनताका लागि बलिदान दिने गङ्गालाल, धर्मभक्त, शुक्रराज शास्त्री, दशरथ चन्द । उनीहरू सबै वीर सहिद भए । सच्चरित्र मानिसले असल आचरण गर्दै जीवनयापन गर्दछ, ऊ समाजको सञ्चालक बन्छ । नीति नियम तोडेर विनियम गर्ने, अत्याचारलाई विरोध गर्ने वीर पुरूष समयअनुसार जन्म हुन्छ । सङ्कटले नै सत्य कर्म, स्वच्छ मन हुनेको चरित्रलाई चम्काउन नैतिक बल दिएको हुन्छ ।
एथेन्सका महान् दार्शनिक सुकरातलाई अविचारी भ्रष्ट शासकले युवालाई पथभ्रष्ट गरेको र जनतालाई भड्काएर विद्रोह गरेको आरोपमा जेलमा लगेर थुने । शासकले तिमीले क्षमा मागे क्षमा गरिदिन्छु भन्दा सुकरातले म न्याय र सत्यको हत्या गर्न सक्दिन भनेर मृत्युलाई स्वीकारे । अदालतबाट दोषी सिद्ध गरेर सुकरातलाई मृत्युडण्द दिने भएपछि जेलर सुकरातको प्रशंसक भएकाले जेलरले सुकरातलाई जेलबाट भगाउने योजना बनायो । तर, सुकरातले दृढतापूर्वक इन्कार गर्दै देशको कानुनको उल्लङ्घन गरेर देशको अपमान गर्न चाहन्नँ भने । जेलरले विवश भएर विष लगेर सुकरातलाई दियो । सुकरातले हाँसीहाँसी विष पिए, सुकरातको मृत्यु भयो ।
यसरी नै क्राइस्टले झुटो कुरालाई समर्थन गर्नु भन्दा कष्ट सहेर मरेर गए । जीवनको उद्देश्य बाँच्नु हो तर बाँचेर हृदयमा द्वेष भरेर राख्दा अमृतमय जीवन विष साबित हुन्छ । यसले आफैँलाई नाश गर्छ, परिवारलाई चिन्ता दिन्छ धर्तीका लागि बोझ बन्छ । जीवन बिताउनका लागि मात्र होइन, श्रेष्ठ बनाउनका लागि हो भनी महŒव बुझेर महŒवपूर्ण पाइला चाल्नु जीवनको सार्थकता हो । आफ्नो ठाउँबाट सबैको जीवन महŒव छ । तर, जीवन सफल कसको हो ? मानिस भएर जन्मनु पनि ठूलो अवसर हो, त्यो अवसर नगुमाई मोक्ष प्राप्त गर्न सक्नु झन् ठूलो उपलब्धि हो ।
वास्तवमा मृत्यु भनेको यो चोलाको मात्र हो, आत्माको होइन । आत्माले शरीर परिवर्तन गर्दै हिँड्छ । आत्मालाई न कुनै हतियारले नष्ट गर्न सक्छ, न आगोले जलाउन सक्छ, न पानीले भिजाउन सक्छ, न हावाले सुकाएर उडाउन सक्छ । आत्मा अजर अमर छ भनी गीतामा श्रीकृष्णले अर्जुनलाई बताउनुभएको छ । हामी दिनभर काम गरेर थाकेको बेला राति सुतेर थकाइ मार्छौं । जिन्दगीको थकाइबाट चीरनिद्रा लीन भएको हुन्छ । यसलाई मृत्यु भनिएको हो । हामीले पुरानो घर भत्काई नयाँ घर बनाउँछौँ, उस्तै पुरानो चोला फेरेर नयाँ चोला फेरेकोजस्तै हो । ढिलोचाँडो सबैलाई हुने कुरा हो ।
मृत्यु जीवनमा कसलाई कहिले आउँछ, थाहा छैन । थाहा पाउने भए काललाई आँगनमा बसेर स्वागत गर्थे । मृत्यु आफ्नो वशमा छैन, अवधि पुगे जानैपर्छ । महाराज परीक्षितले श्राप पाएर मृत्यु हुने थाहा पाए पनि चिन्ता लिएनन् कि तक्षक नागले डस्नासाथ म मर्छु भनेर । परीक्षितले पनि सहर्ष स्वीकारेर मृत्यु धिक्कार नहोस् भनेर महर्षिको श्रापअनुसार सात दिन बाँकी हुँदा श्रीमद्भागवतलाई यो धर्तीमा प्रकट गर्ने मौका दिए । परीक्षितले त्यो श्रापलाई वरदान मानी आपूmलाई भाग्यमानी ठाने । अरूलाई पर्दा कथा आपूmलाई पर्दा व्यथा हुन्छ । आपूmलाई परेको व्यथाको गाथा आपूmलाई नै दुख्छ । सहन गाह्रो छ, जसरी भए पनि सहनैपर्छ । जनक राजाको दरबारमा सत्सङ्ग चलिरहेको बेला एक्कासि दरबारमा आगलागी भयो । सबै मानिस भागदौड भए । जनक राजा एकैठाउँमा बसी आँखा बन्द गरी ध्यान गर्न लागे । एकजना साधुले प्रश्न गरे ‘किन हजुरलाई डर लागेन ?’ जनकले उत्तर दिए, ‘हे साधु, अरू बाहिर देखावटी रूपले भागेका छन् । म भित्रबाट भागिरहेछु । तिमी भाग्दछौ अस्थायी कुटिया बनाउन, म भाग्दै छु प्रभुको महलमा, यो महल जले जल्न देऊ, मेरो केही नोक्सान हुने छैन । त्यो सुनी तŒवज्ञानी साधु लज्जित भए ।
मनुस्य भएर जन्मनुमा उपलब्धि हुनु मोक्ष प्राप्ति गर्नु हो । जुन व्यक्ति कालपाशको फन्दामा परेर शब्दब्रह्माको थाहा पाउँदैन, त्यो व्यक्ति मृत्युको फन्दामा फसेर यो पृथ्वीमा जन्म लिइरहन्छ । आश्रयभूत परमतŒव ज्ञान हुन्छ, त्यो परमतŒवका ज्ञानले मनुष्य जन्म मरणको बन्धनबाट मुक्त हुन्छ भनेर शिवपुराणको उमासंहिताको २५ अध्यायमा उल्लेख छ । यस्तै यो लोक परलोक, स्वर्गलोकभन्दा पनि सुख समाधिबाट पाइन्छ, त्यसैले देवीदेवताले पनि मोक्ष चाहना गरेका हुन्छन् । मनुष्य जीवन महŒवपूर्ण छ भनी धार्मिक ग्रन्थमा उल्लेख छ । यो शरीरको प्रमुख मनले गर्दा नै जन्म–मरणको कारण भनी श्रीमद्भागवत चतुर्थ स्कन्धको मोहिनीमा भनिएको छ । इन्द्रियद्वारा भोग हुने योग्यका पदार्थ नै पूर्वजन्ममा गरेका कर्मफल अगाडि प्रस्तुत भएर भोग रूपमा समाप्त हुन्छ । मनमा धेरै कुरा आउने–जाने भएकाले मनले धेरै कुराको अनुभव गरेको हुन्छ । तŒवज्ञानबाट विदेह मुक्ति हुने हुँदा मनद्वारा चाल पाइन्छ मनले जीवनयापनमा राम्रा नराम्रा क्रियाकलाप सङ्कलन गरी सम्पादन गरेको हुन्छ । त्यसैले निष्ठावान भएर स्वस्थ मनस्थिति भयो भने मुक्तिको द्वार खुल्न सक्छ भनी विभिन्न धर्मग्रन्थमा उल्लेख गरेको पाइन्छ ।
त्यसैले जीवनमा जान्नुपर्ने कुरा भनेको आपूmले आपूmलाई हो । आपूmलाई जान्नु महŒवपूर्ण सार हो । संसार परिवर्तनशील छ, परिवर्तनको चक्र गतिशील छ । मानिस जन्मेका पनि छन्, मृत्युवरण गरेका पनि छन् । यो अनिवार्य प्रक्रिया हो । मानिस जन्मनु एउटा नियमित प्रक्रिया हो । मृत्यु हुनु नियमित आकस्मिक दुर्घटना हो ।
(लेखक साँस्कृतिक अध्येता हुनुहुन्छ ।)