महेश चौधरी
२०६८ सालको राष्ट्रिय जनगणनाअनुसार थारूको जनसङ्ख्या १७ लाख ३७ हजार ४७० छ । भाषागत रूपमा थारू भाषीहरूको सङ्ख्या १५ लाख २९ हजार ८७५ छ । नेपालमा थारू चुरे र तराई तथा भित्री तराईका प्रथम बासिन्दा ‘भूमिपुत्र’ मानिन्छन् । इतिहास शिरोमणि बाबुराम आचार्यका अनुसार त्यसताका हिमालय–पर्वत शृङ्खलाको दक्षिणी पाखामा रहेका पहाडी उपत्यका तथा समतल मैदानी भागमा एक विशिष्ट जनसमुदायको आवादी थियो । यस क्षेत्रका मूल निवासी तिनै जाति हुन् । वर्तमान समयका भाषा वैज्ञानिकले यस जातिलाई ‘अस्ट्रो–एसियन वा आग्नेयदेशी नाम दिएका छन् ।
नेपालमा लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएपछि हामीले गोरखापत्र राष्ट्रिय दैनिकको ‘नया“ नेपाल’ थारू पृष्ठमा थारू भाषामा लेख्न र पढ्न अवसर पाएका छौँ । तर, अपसोस ! थारू भाषा पृष्ठ संयोजनका कारण गोरखापत्र राष्ट्रिय दैनिकमा प्रकाशन हुने थारू भाषाको अस्तित्वमा प्रश्नचिह्न लागिरहेको छ । २०७७ जेठ २१ गते बुधबार प्रकाशित संयोजक कृष्ण सर्वहारीको लेख ‘बन्डाबन्डीमे थारू भासा साहिट्यके भौगर खिट्कोराइ’मा केन्द्रित भएर यो आलेख तयार गरेको छु ।
विक्रम संवत् २०२८ मा थारू भाषामा प्रकाशित ‘गोचाली’ वार्षिकको प्रधान सम्पादक पङ्तिकार थियो । यो पत्रिका थारू भाषामा प्रकाशन हुने पहिलो पत्रिका थियो । यसलाई थारू भाषिक आन्दोलनको सशक्त आवाज मान्ने गरिन्छ । २०२८ देखि २०३० सालतिर थारू भाषा, साहित्य र संस्कृतिको प्रमुख आधार थारू लोकसाहित्य हो भन्ने मान्यताका आधारमा लेखकले आफैँ मौखिक रूपमा गाइने थारू लोकसाहित्यहरू गुरुबाबक् जलमौती (शिव पुराण), बडकिमार (महाभारत), मा“गर र झुमरा गीत सङ्कलन गरी वनारस, भारतबाट प्रकाशन गरेको थियो । लेखकको ‘थारू भाषक् लिरौसी व्याकरण’ पहिलो थारू भाषामा प्रकाशन भएको व्याकरण मानिन्छ । २०६१÷०६३ तिर लेखक नेपाल प्रज्ञाप्रतिष्ठान, कमलादीको तराई भाषा उपसमिति सदस्यमा रहँदा तराईका थारू भाषिकाहरू राना, कठरिया, देसाउरी, दङ्गाहा, चितौनिया, बारा सप्तरिया र मोरङ्गीयाबारे गरिएको लघुअनुसन्धानको प्रतिलिपि प्रज्ञाप्रतिष्ठानमा प्रकाशनको क्रममा छ ।
सन् १८८० मा आधुनिक भारतीय आर्य भाषाको अध्ययनका आधारमा डा. एएफआर हारूले वैदिक आर्यको भाषा र अनार्यको भाषा सम्मिश्रणकाललाई यसरी विभाजन गरेका छन् ः
१. महाप्राचीनकाल ः ईपू १५०० सम्म स्थानीय र अन्य स्थानीय भाषाबीच सम्मिश्रण ।
२. ईपू ५०० ः (क) प्राचीनकाल ः स्थानीय भाषा र अन्य स्थानीय भाषाबीच सम्मिश्रण हुनुका साथै थारै आर्य भाषाको समेत सम्मिश्रण ।
(ख) मध्यकाल ः (१) प्रथम प्राकृत पालि ः धेरै स्थानीय आदिवासी शब्द र कम संस्कृत शब्द सम्मिश्रण भएको प्राकृत भाषा विकास । बराबर स्थानीय आदिवासी शब्द र संस्कृत शब्द सम्मिश्रण भएको प्राकृत भाषा विकास । कम स्थानीय आदिवासी शब्द र धेरै संस्कृत शब्द सम्मिश्रण भएको प्राकृत भाषा विकास । (२) द्वितीय प्राकृत (क्षेत्रीय प्राकृत भाषा)ः सौरसेनी प्राकृत, मागधी प्राकृत, अर्धमागधी प्राकृत, महाराष्ट्री प्राकृत । (३) तृतीय प्राकृत (अपभ्रंशकाल) सौरसेनी अपभ्रंश, मागधी अपभ्रंश, अर्धमागधी अपभ्रंश, महाराष्ट्री अपभ्रंश ।
(ग) आधुनिककाल ः नेपाली, हिन्दी, मैथिली, भोजपुरी, अवधी, थारू, बङ्गाली आदि ।
उपरोक्त आधारबाट यो कुरा सिद्ध हुन्छ कि स्तरीयताको निर्वाहका लागि यस क्षेत्रका सबै भाषामा आगन्तुक शब्दहरू आएका छन् । यतिमात्र हो कि कुनैमा धेरै र कुनैमा थोरै आए । कुनै पनि भाषालाई सम्पन्न र व्यापक बनाउन आगन्तुक शब्द आउन जरूरी हुन्छ । कुनै पनि भाषामा आगन्तुक शब्द आउँदैमा भाषा बिटुलो हु“दैन, बरु यसले भाषालाई समृद्ध बनाउँछ । तसर्थ, समृृद्ध विकसित भाषाबाट आएका शब्दलाई जस्ताको तस्तै राख्ने प्रचलन प्रायः छ । तर गोरखापत्र, नया“ नेपाल थारू पृष्ठमा त्यो देखिएन ।
यसको दृष्तान्त संयोजक सर्वहारीद्वारा लिखित २०७७ साल जेठ २१ गते ‘गोरखापत्र, नया“ नेपाल’मा प्रकाशित लेखलाई हेर्न सकिन्छ । जसमा शुद्धाशुद्धि यसप्रकार छ ः
थारू भाषामा ‘बन्द’ को अर्थ बन्द गर्नुहुन्छ भने ‘बन्डाबन्डी’ को अर्थ भागबन्डा हुन्छ । अर्थात् शीर्षकको अर्थ लकडाउन भन्ने अर्थ बुझाउँदैन, बरु यसले ‘थारू साहित्यको भागबन्डाबारे तातोतातो खरानी कोट्याई’ अर्थ लाग्छ । थारू भाषामा ‘भौगर’को अर्थ ‘तातो खरानी’ हुन्छ ।
१. बन्डाबन्डी (हुनुपर्ने बन्दाबन्दी) २. अर्ठात् (अर्थात्) ३. डिन (दिन) ४. बिटैना (था. बितैना, हिं. बिताना ) ५. पर्टि बटिन (पर्ति बतिन) ६. चाहि ७. मिहिनेट (ने. मेहनत) ८. पुजारि (पुजारी) ९. यि (यी) १०. बाटको अर्थ छ, राम छ । यहा“ हुनुपर्ने बात (ने.बात गर्नु) ११. टिनाटावन (था. तिनातावन, ने. तिउनताउन) १२. कोडरा (कोदरा, ने.कोदालो) १३. हरवरडा (हरबरधा) १४. पट्रकार (पत्रकार) १५. कापि (कापी १६. जिन्गि (जिन्दगी), १७. साहिट्यिक (साहित्यिक) १८. याटरा (यात्रा) १९.चल्टि बा (चल्टी बा) २०. अनुभुटि (अनुभूति) २१. अर्जि (हि.ंअर्जी) २२. डायरि (हिं.डायरी) २३. उट्टर (उत्तर) २४. पर्याप्ट (हि.पर्याप्त) २५. रोज्डिन (हिं. रोजदिन) २६. सव्द (शव्द) २७. भन्डार (ने. भण्डार) २८. जारि (हिं.जारी) २९. आज्कल (हिं.आजकल) ३० सुटउठक (सुतउठक) ३१. ढोके (था.धोक, ने.धोएर) ३२. खालि (खाली) ३३. कविटा (कविता) ३४. उल्ठा (उल्था) ३५. इहिले (यहिले) ३६. नेपालि (नेपाली) ३७. डवार (द्वार) ३८. सैलि (शैली) ३९. हुइटि बा (हुइटी बा) ४०. लिख्टि बटु (लिख्टी बटु) ४१. गटे (गते) ४२. सिरिंखला (शृङ्खला) ४३. इहि (यही) ४४. निरन्टरटा (निरन्तरता) ४५. डेना (देना, ने. दिनु) ४६. ढेरजान (धेरजान, ने. धेरैजना) ४७. डेटि बटा (देती बटा ) ४८. गैरथारू (गैह््र थारू) ४९. सुभेच्छुक (शुभेच्छुक) ५०. प्रस्टुट (प्रस्तुत) ५१. अट्रा (अत्रा) ५२. माटृभासा ( ने. मात्रृभाषा) ५३. ठोठार (थोरथार) ५४. सहयोग कर्टि बा (सहयोग कर्टी बा ) ५५. बाचन (वाचन) ५६. प्रकासिट (प्रकाशित) ५७. बस्टि (बस्ती) ५८. भिट्टर (भित्तर, ने. भित्र) ५९. परटेक (प्रत्येक) ६०. डुनु (था.दुनु, ने. दुवै) ६१. कर्टि बटु (कर्टी बटु ) ६२. बिसयबस्टु (विषयवस्तु) ६३. केन्ड्रिट (केन्द्रित) ६४. हेटु (हेतु) ६५. खुसि (था. खुसी, ने. खुशी, खुसी) ६६. सन्जाल (सञ्जाल) ६७. अनियमिट (अनियमित) ६८. घमन्ड (घमण्ड ) ६९. गिट (गीत) ७०. माढ्यम (माध्यम) ७१. मार्फट (मार्फत) ७२. पुस्टा (ने. पुस्ता) ७३. हस्टान्टरन (हस्तान्तरण) ७४. ओस्टक (ओस्तहक) ७५. गन्टव्य (गन्तव्य) ७६. डुबारा (दुबारा, हिं. दोबारा ) ७७. बहुट (बहुत) ७८. डुख (दुःख) ७९. डेख्के (देख्के) ८०. आ“स (था. आ“श, ने. आ“शु) ८१. खुसि (था.खुशी) ८२. साहिट्यकार (था. साहित्यकार) ८३. रठे (था. अर्थे ८४. पोस्टा (था. पोस्ता, ने. पुस्तक) ८५. पह््र्रटि बटु (पह््रटी, पढटी बटु) ८६. डेउटा (ने. देवता) ८७. राच्छस (राक्षस) ८८. हेर्टि बटु (हेर्टी बटु) ८९. आढुनिक (आधुनिक) ९०. चिन्टन ( चिन्तन) ९१. कर्टि बटु (कर्टी बटु) ९२. उघर्टि बटु (उघर्टी बटु) ९३. भिट्टर (भित्तर ने. भित्र) ९४. प्रभाविट (प्रभावित) ९५. सिनेकर्मि (सिनेकर्मी) ९६. अपवाड (था. अपवाद) ९७. विद्याजि (विद्याजी) ९८. प्रस्टुट (ने. प्रस्तुत) ९९. मेरमेरिक (था. मेह््रमेह््िरक) १००. पट्रकारिटा (पत्रकारिता) १०१. कैटि रहल (कैटी रहल) १०२. सहभागिटा (सहभागिता) १०३. लगायट (लगायत) १०४. प्रस्टुटि (प्रस्तुति) १०५. इटिहास (इतिहास) १०६. पानि (पानी) १०७. अट्रेमे (अत्रेमे) १०८. कट्ट बा (कट्टी बा) १०९. डुनुजन (दुनुजान, ने. दुवैजना) ११०. ग्यान (ज्ञान) १११.अपवाड (अपवाद) ११२. उल्ठा (उल्था ) ११३. लगायट (लगायत) ११४. प्रस्टुटि (प्रस्तुति) ११५. कापि (कापी) ११६. यि (था. यी) ११७. इहि (था. यही) ११८. अटरा (था.अत्रा) आदि ।
यहा“सम्म कि संयोजक सर्वहारीले संस्कृत (तत्सम) उपसर्ग र नेपाली (तद्भव) उपसर्गबाट बनेका शब्द रचनालाई समेत आफ्नो सम्पादनमा तोडमरोड गरेर लेख्ने गर्नुभएको छ । उदाहरणस्वरूप तत्सम (संस्कृत) तद्धित प्रत्ययद्वारा निर्मित शब्द ‘कविता’, संस्कृत (तत्सम) कृत् प्रत्यय र कृदन्त शब्द ‘भाषा’ र नेपालीमा प्रचलित तद्धित प्रत्ययद्वारा निर्मित शब्द ‘नेपाली’लाई समेत यसै आफ्नो लेखमा तोडमरोड गरेर लेख्नुभएको छ । २०६८ सालमा साझा प्रकाशनले यस लेखका लेखक र कृष्ण सर्वहारीद्वारा संयुक्त रूपमा लिखित ‘थारू भाषा सिखी’ पुस्तकमा केही स्वर वर्ण र व्यञ्जन वर्णका अक्षर थारू भाषामा प्रयोगमा आउँदैन भन्ने सर्वहारीको मान्यताविपरीत प्रयोगमा आएका छन्, जुन यसप्रकार छ ः
१. ई– अईनु, ओईने, आई, आईल, जाई, जाईटु, छाई, दुईठो, पह्राई, पिई, फुई, बई, बजल भईया, रोईना, रोईल, सुई, हुई, हुईठ । २. ऊ–बटाऊ । ३ औ–और । ४. संघरीयन, संघारी । ५. छि ः । ६. ङ– अङ्ना, अङ्ठा, दाङ, पिल्सिङ, रङ्ग, सङ्ग्रह, सोङ्ग । ७. ञ– बेञ्च । ८. ण– अकरण, अपूर्ण, पूर्ण, लवण्डा, लवण्डी । ९. त– अस्पताल, किताब, खेत्वा, गीता, चत्तुर, जुत्ता, तोहार, तृतीय, द्वितीय, तयार, नाति, बहुत, बत्वाइल, भित्तर, भात, भारत, भुत्ला, भतिज्वा, सीता, हतार, हत्तेरी । १०. थ– थाहा, थारू । ११. द– दूर, गुदरी, गोन्द्री, मन्द्रा, दारु, दूध, डोकान्दार, बर्दिवन, दाल, बुदु, दिदि, हरद्यार, आदर, दराज, देखैती, दस, दवाई, दरबन्दी, देउखर, विद्वान्, उरुद, देओ । १२. ध– अवधि, चौधरी, धान, धन्यवाद, धुइना । १३. श– महेश, विश्वकर्मा, शनिच्चर, श्याम, शैक्षिक सत्र, शिव । १४. ष– कृष्ण, वरष, विशेषण, भविष्यत, भाषा । १५. क्ष– कक्षा, परीक्षा, शिक्षक । १६. त्र– अत्र, कत्रा, जत्रा, ओत्रा । १७. ज्ञ– आज्ञा सूचक, ज्ञान, आज्ञार्थक । १४. श्र– श्रमदान ।
भाषा विकास कुनै पनि व्यक्तिको लहडबाट चल्ने होइन । यहा“ अरू धेरै चर्चा नगरौँ । २०७६ साल चैत १८–१९ मा बुटवलको सैनामैना नगरपालिकामा ‘थारू साहित्यिक भ्याला’ सम्पन्न भएको थियो । जुन भेलामा तराई एवम् भित्री मधेसका प्रायः सबै जिल्लाका प्रतिनिधिको उपस्थिति थियो । अढाई घण्टाको प्यानल छलफलपछि हल लेखकको पक्षमा आयो र कार्यक्रम अन्त्य भयो । तर, त्यही कार्यक्रममै संयोजक सर्वहारीले म यसलाई स्वीकार गर्दिनँ भनेर बाहिरिनुभयो । उहाँले गोरखापत्र, नया“ नेपाल, थारू भाषा पृष्ठमा आफ्नैपारामा सम्पादन र लेखन कार्य गरिरहनुभएको छ । यो सोचनीय विषय हो ।
(लेखक पूर्वराज्यमन्त्री हुनुहुन्छ ।)