logo
२०८१ बैशाख १४ शुक्रवार



बाघका डमरु

विचार/दृष्टिकोण |




प्रा.डा. दिनबहादुर थापा

नेपाल वैदिक युगदेखि आफैँमा अविच्छिन्न सार्वभौमसत्ता सम्पन्न मुलुक हो भनिरहन पर्दैन । यो राष्ट्रको निर्माणमा हिमाल, पहाड र तराईमा बसोवास गर्ने धेरै नेपाली नागरिकको उत्तिकै योगदान र बलिदानी रहेको पनि सर्वविदितै छ । आधुनिक नेपाल एकीकरणको महाभियानमा पृथ्वीनारायण शाह र उनका उत्तराधिकारी तथा सबै जातजातिका नेपालीको उत्तिकै योगदान छ । नेपाल एकीकरणको अभियान पूरा हुन नपाउँदै अङग्रेजले चारैतिरबाट पूर्ण तयारीका साथ नेपाललाई घेराबन्दी गरिरहेको समयमा नेपाली वीर योद्धाको साहसी नेतृत्वमा अङग्रेजका तोप र आधुनिक हतियारसँग भाला, खुकुरी, खुँडा र घुएँत्रोका साथ भिडेको इतिहास हामीले पढदै आएका छौँ । अङग्रेजसँग युद्ध भएका नालापानी, मलाउँ, कुमाउँ, अल्मोडा, गढवाल, काँगडा, जैथक, मकवानपुरगढी, सिन्धुलीगढी, जितपुरगढी लगायतका धेरै किल्ला वा गढी अझै सुरक्षित छन । विभिन्न मोर्चामा युद्धको नेतृत्व गर्ने वीरमध्येका एक राष्ट्रिय विभूति बडाकाजी अमरसिंह थापा हुन । उनले नेपाल एकीकरण र अङग्रेजसँगको युद्धमा पु¥याएको योगदान अविस्मरणीय छ । उनको त्याग र बलिदानीको स्मरणमा यो लेख तयार गरिएको हो ।
नेपाल एकीकरणको अभियानमा ‘बाघ’ भीमसिंह थापाको भक्तपुरको युद्धमा मृत्यु भएपछि उनको बलिदानीबाट प्रभावित भएका पृथ्वीनारायण शाहले भीमका छोरा अमरसिंह थापालाई आठ वर्षकै उमेरमा सैनिक तालिमको प्रबन्ध गरेका थिए । पृथ्वीनारायण शाहकै पालामा उनी एक इमानदार योद्धा र भारदार पनि थिए । उनी १७ वर्षको उमेरमा (विसं. १८२५) कान्तिपुर विजय पश्चात ‘सरदार’ भई वि.सं. १८२६ मा भक्तपुर विजयको अभियानमा हिँडेका थिए । पृथ्वीनारायण शाहको पहिलो चरणको एकीकरण अभियान पश्चिमी चौबीसी राज्यहरूको आक्रमणबाट सुरु भएको थियो तर पश्चिमतर्फको पहिलो चरणको युद्ध अभियान सहजै सफल हुन नसकेपछि उनले पूर्वतर्फको एकीकरण अभियान सुरु गरेका थिए । पूर्वतर्फको एकीकरण अभियानमा वि.सं. १८२९ मा अमरसिंह थापा र रामकृष्ण कुँवरको नेतृत्वमा गएको दुई कम्पनी फौजले दूधकोशी पार गरी पहाडपट्टिबाट चौदण्डीलाई घेर्ने योजना सफल पारेको थियो ।
पृथ्वीनारायण शाहले थालनी गरेको नेपाल एकीकरणको अभियानलाई यिनै बडाकाजी अमरसिंह थापाले पूरा गरेका हुन भन्दा अतिशयोक्ति हुँदैन । अमरसिंह थापाले पूर्वको तुलनामा पश्चिमतर्फको एकीकरण अभियानमा ठूलो बलिदानी गरेका थिए । वि.सं. १८३८ पुस–माघ महिनातिर पर्वत, लमजुङ र तनहुँतर्फका चौबीसी राज्यहरू मिलेर गोर्खाली फौजमाथि आक्रमण गर्न थालेपछि अमरसिंह थापाको नेतृत्वमा एक फौज पश्चिमतर्फ अगाडि बढयो । यो फौजले चौबीसी राज्यका संयुक्त फौजलाई परास्त गरेपछि लमजुङे फौजका अफिसर भक्ति थापा नेपाली फौजको अफिसरमा भर्ना भए । बालचन्द्र शर्मा (२०३३) का अनुसार अमरसिंहले नेतृत्व गरेको फौजले बाग्लुङ सर (आक्रमण) गरी सोझै पश्चिमतर्फ मुसिकोट, जाजरकोट, प्युठान, दाङ हुँदै कर्णाली नदी तरी डुम्रीकोट र तारिमघाटमा अछाम र डोटीलाई पराजित ग¥यो । वि.संं. १८४७ को प्रारम्भसम्ममा उनको फौज पश्चिमी महाकाली (शारदा) नदीसम्म पुगेको थियो । यो फौज महाकाली नदी तरी अल्मोडा हुँदै गढवालसम्म पुग्यो । गढवालसँग युद्ध चलिरहेको अवस्थामा यता चीनले नेपालमा आक्रमण गरेको खबर प्राप्त भएपछि अमरसिंह थापा वि.सं. १८४८ मा गढवालसँग सन्धि गरी भोटतर्फ लाग्नुप¥यो ।
चीनसँगको लडाइमा पनि अमरसिंहको फौज कुती, केरुङ हुँदै शिकारजोङसम्मको लडाइँमा अग्रता हासिल गरिरहेको थियो तर बीचैमा नेपाल र चीनबीच सन्धि भयो । यही समयमा शक्तिमा पुगेका दामोदर पाँडेले कम्पनी सरकारसँग सन्धि गर्दा उक्त सन्धिको विरोध गरेको भन्दै अमरसिंह थापालाई कैद गरियो । उता रणबहादुर शाह, भीमसेन थापा र वंशराज पाण्डेलाई काशीमै अङग्रेजको नजरबन्दमा राख्ने प्रबन्ध मिलाइयो तर काशीबाट रानी राजराजेश्वरी देवी फर्केर गीर्वाणयुद्धविक्रम शाहको नायबी आफ्नो हातमा लिएपछि अमरसिंह थापालाई कैद मुक्त गर्दै काजी बनाइन । दामोदर पाँडेको पतन र भीमसेन थापाको उदयसँगै नेपाल एकीकरणको अभियानलाई पूरा गर्न पुनः अमरसिंह थापाको नेतृत्वमा भक्ति थापा र हस्तदल शाहसहितको फौज गढवालतर्फ पठाइयो ।
अमरसिंह थापाको फौजले शारदा नाघी गढवालको राजधानी श्रीनगरमा वि.सं. १८६१ आक्रमण ग¥यो । यो युद्धमा गढवाली राजा प्रद्युम्न शाह पराजित भए । गढवालमा पारिवारिक कलह भएको हुनाले नेपाली फौजले सहजै गढवाल, देहरादुन, बाह्र र अठार ठकुराइका रूपमा रहेका ससाना राज्य कब्जा गर्दै नेपालको सिमाना सतलजसम्म पु¥याउन सफलता पायो । त्यसपछि नेपाली फौज सतलजपार गरी संसार चन्दको राज्य काँगडामा प्रवेश ग¥यो तर नेपाली फौजले यो किल्ला (काँगडा) मा चार वर्षसम्म अविरल युद्ध गर्दा पनि तोडन सकेन । काँगडाको यो किल्ला हात पारेमा नेपाली फौजलाई काश्मिरसम्म पुग्न त्यति कठिन थिएन । अमरसिंहको शक्तिकेन्द्र बगाध वा आर्की दरबारमा थियो । उनको यो शक्तिबाट त्रसित अङग्रेज पक्षले अमरसिंहसँग मितेरी साइनो गाँस्ने, विभिन्न प्रलोभन देखाउने र भारदारहरूलाई फुटाउने जस्ता रणनीति अवलम्बन ग¥यो । यी रणनीति सफल नभएपछि अङग्रेजले स्युराज र बुटवलको विषयमा निहुँ खोज्न थाल्यो र एकतर्फी युद्धको घोषणा गर्न पुग्यो ।
पाल्पा राज्यअन्तर्गत पर्ने उक्त स्युराज र बुटवल नेपाल सरकारको अधीनमा आएपछि उक्त भूभागलाई अङग्रेज सरकारले पनि आफ्नो दाबी गर्न थाल्यो । यो विवाद कूटनीतिक तवरले समाधान हुने सम्भावना नरहेपछि दुवै सरकारले युद्धको तयारी गर्न थाले । सुरेन्द्र के.सी. (२०४६) का अनुसार अङग्रेजका तर्फबाट नेपाललाई घेराबन्दी गर्न चारतिरबाट पूर्ण तयारीका साथ करिब ८० तोप र ३० हजार अङग्रेज फौजसहित भारतीय सेना तैनाथ गरियो । नेपालका तर्फबाट उक्त क्षेत्रमा युद्ध गर्न काजी बख्तावरसिंह थापाको नेतृत्वमा महाभारत पहाडको पूर्वतटीय क्षेत्र, विजयपुर क्षेत्र र त्यस क्षेत्रका तराई प्रदेशको सुरक्षार्थ दुई हजार सेना खटाइयो । कर्णेल रणवीरसिंह थापाको नेतृत्वमा मकवानपुर क्षेत्रको सुरक्षार्थ चार हजार फौज खटाइयो । पाल्पा बुटवल क्षेत्रको सुरक्षार्थ कर्णेल उजिरसिंह थापाको नेतृत्वमा तीन हजार फौज खटाइयो भने बाँकी सुदूरपश्चिमको कुमाउ गढवाल क्षेत्रको सुरक्षार्थ अक्टरलोनीको फौजसँग प्रतिरोध गर्न यिनै महावीर अमरसिंह थापाको नेतृत्वमा तीन हजार सेना खटाइयो तर दुःखको कुरा, पूर्ण तयारीका साथ आएका अङग्रेजसँग पाल्पा क्षेत्रबाहेक नेपाली फौजले वीरतापूर्वक लडदालडदै पनि धेरै ठाउँमा पराजित हुनुप¥यो ।
अमरसिंह थापाको नेतृत्वमा गएको नेपाली फौजले काँगडाको एउटा किल्लाबाहेक सबै किल्लामा कब्जा जमायो । काँगडाको यो किल्लाको युद्धमा सहायतार्थ काजी अमरसिंह थापाका माहिला छोरा नयनसिंह थापाको नेतृत्वमा एक फौज केन्द्र सरकारका तर्फबाट त्यहाँ आइपुग्यो तर यो किल्लालाई आक्रमण गर्न नसक्दा नयनसिंह थापा गम्भीर घाइते भई मृत्यु वरण गर्नुप¥यो । त्यसपछि पनि नेपाली फौजले शत्रुको किल्ला घेरा हाली आत्मसमर्पण गर्न बाध्य तुल्याए । काँगडाका राजा संसार चन्दले पञ्जाबका राजा रणजितसिंहको सहयोगको याचना गरी पुनः नेपाली फौजप्रति आक्रमण गर्दा नेपाली फौजले ठूलो क्षति बेहोर्नुप¥यो । युद्धको ठूलो क्षतिका कारण अमरसिंह थापाले सतलजपारिको इलाका छोडन बाध्य हुनुप¥यो तर पनि उनले आपूm सतलजवारि बसेर काँगडा विजयका निम्ति प्रयत्न भने जारी राखे ।
अल्मोडादेखि काँगडासम्म लडने नेपाली फौजको नेतृत्व स्वयं अमरसिंह थापाले गरिरहेका थिए । उनी आपूm अल्मोडाभन्दा पश्चिम मलाउँ दुर्गमा बसेका थिए भने यस किल्लाको दाहिनेतर्फको सुरजगढ दुर्गको सुरक्षा जिम्मा ७० वर्षीय सरदार भक्ति थापाको थियो । उता अङग्रेज फौज देउथलको टाकुरासम्म आफ्नो अधिकार जमाउँदै आइरहेको थियो । देउथलको कब्जाले गर्दा अमरसिंह थापा रहेको मलाऊँ किल्ला पनि सुरक्षित नहुने भएपछि उनका सामु अङग्रेजसँग आत्मसमर्पण गर्ने या लडेर मर्नुबाहेकको अर्को विकल्प थिएन ।
भक्ति थापाले लडेर मर्नुको विकल्प नदेखेपछि आफ्ना दुई पुत्रको जिम्मा अमरसिंह थापालाई लगाई आफ्ना दुई श्रीमतीलाई सतित्व रक्षा गर्नु भन्दै केही फौजका साथ अङग्रेजले कब्जा जमाएको देउथल किल्लाउपर अप्रिल १६ सन १८१५ (वि.सं. १८७२) का दिन प्रत्याक्रमणको योजना बनाए । यो युद्धमा लगभग सात सय नेपालीले ज्यान गुमाउनुप¥यो । उता अङग्रेजतर्फ पनि ठूलो क्षति भएकै थियो । युद्ध बन्द हुनासाथ जनरल अक्टरलोनीले सम्मानसाथ दामी दोसल्लामा भक्ति थापाको लासलाई लपेटन लगाई नेपाली शिविरबाट आएका मानिसलाई बुझाइदिएका थिए । यो युद्धमा भक्ति थापाको अतुलनीय योगदान रह्यो ।
सरदार भक्ति भापाको वीरगति प्राप्त भएपछि अमरसिंह थापा चारैतिरबाट शत्रुको घेराबन्दीमा परिसकेका थिए । नालापानीमा उनै अमरसिंह थापाका नाति (छोरीका छोरा) बलभद्र कुँवर लडिरहेका थिए । उनले बलले जिते पनि अङग्रेजको छल (पानीको नाकाबन्दी) ले गर्दा हार्नुप¥यो । आन्तरिक किचलोका कारण केन्द्र सरकारबाट पनि राम्रो सहयोग हुनसकेन । अमरसिंह थापा भने अझै एकपटक अङग्रेजसँग लडाइँ गरी बलिदानी गर्नुपरे पनि पछाडि हटनुहुँदैन भन्ने सोचमै थिए । उता चौतरा बम शाहले महाकाली शारदा नदी पश्चिम सतलजको भूभाग पनि अङग्रेजलाई बुझाई सन्धि गरे रे भन्ने हल्ला चलाइयो । यी विविध कारणले अन्त्यमा उनी अङग्रेजसँग मलाउ सन्धि गर्न बाध्य भए । नेपालको प्रतिनिधित्व गर्दै गजराज मिश्र र अङग्रेजका तर्फबाट ब्राड शाका बीच २८ नोभेम्बर १८१५ इ. का दिन सुगौलीमा दुईपक्षीय सन्धि सम्पन्न गरियो । यही सन्धि नेपालको इतिहासमा सुगौली सन्धिका नामले चिनिन्छ । मलाउ सन्धि र पछि भएको सुगौली सन्धिका आधारमा नेपाललाई संयुक्त राष्ट्रसङघको सदस्यता पाउन सहज भएको थियो पनि भनिन्छ र कतै यो सन्धि सरकार प्रमुखका तर्फबाट नभई कारिन्दामार्फत छलकपटीपूर्ण तरिकाबाट भएको थियो पनि भनिन्छ ।
अमरसिंह थापा उमराव बाघ भीमसिंह थापाका माहिला छोरा हुन । उनको जन्म वि.सं. १८०८ साउन १२ त कतै साउन १६ (शुक्ल पूर्णिमा) का दिन गोरखाको सिरानचोकमा भएको थियो भनिएको छ । उनको मृत्युका सम्बन्धमा पनि फरकफरक मत पाइन्छन । राष्ट्रघाती सुगौली सन्धिको पीडाबाट मुक्ति पाउन उनी युद्ध मैदान (काँगडा) बाटै वि.सं. १८७३ जेठ २५ गते बुधबारदेखि साउन ६ गते पूर्णिमासम्म सरकारसँग विदा स्वीकृत गराई पत्नीसहित हिमवत क्षेत्र गोसाइँकुडतर्फ लागेका थिए तर उनको उतै मृत्यु भएको दुःखद खबर आयो । शमशेरबहादुर थापा (२०४८) को ‘सुगौली सन्धि के हो ? पुस्तकको भनाइअनुसार उनको मृत्यु वि.सं. १८७३ साउन शुक्ल पञ्चमी आदित्यवारको राति गोसाइँकुण्डमा जलयोग पाई देहत्यागद्वारा भएको हो भनिएको छ । उक्त शुक्ल पञ्चमी कतै साउन ६ गते त कतै १६ गतेलाई मानिएको छ ।
यसरी अमरसिंह थापा १७ वर्षको उमेरबाट ४८ वर्षसम्म अनवरत रूपमा नेपाल आमाको सेवामा अनेक युद्धमा होमिए । पूर्वमा टिस्टादेखि पश्चिममा काँगडासम्मको राज्य विस्तारमा उनी पूर्ण सफल पनि भए । उनी कुशल योद्वा मात्र नभई चतुर राजनीतिक र कूटनीतिक खेलाडी पनि थिए । उनको पराक्रम देखी कम्पनी सरकारले कुमाउँ र गढवाल क्षेत्रको राजा बनिदेऊ भन्दा पनि आपूm ‘सिनो खाने कुकुर नभई बाघको बच्चा डमरु हुँ’ भन्थे । उनी सरकारका विश्वास पात्र र जनाताका लोकप्रिय नेता पनि थिए । आपूmले विजय गरेका राज्यहरूमा गुठी, मठमन्दिर, पाटीपौवा, सतल, गढी, किल्ला आदि निर्माण गर्दै जनताको मन जिती पराजित रजौटाहरूलाई नै त्यहाँको शासन भार सुम्पँदै अगाडि बढे ।
राष्ट्रनिर्माणमा महान योगदान पु¥याउने अमरसिंह थापा आज पनि हरेक नेपालीको मनमस्तिष्कमा उत्तिकै अमर छन । उनी आज पनि ‘देशभक्ति त मर्दैन चुत्थै देश भए पनि’ भन्ने बालकृष्ण समको महावाणीमा अटाएका छन । हुलाक टिकटलगायत केही किल्ला, गढी र पार्कका स्मारकहरूमा उनी ‘अमरसिंह’ का रूपमा जीवितै छन । आज पनि उनकोे जीवनीबाट युद्धपराक्रम, देशभक्ति, समर्पण र बलिदानको पाठ सबैका लागि उत्तिकै ज्ञानवद्र्धक हुनसक्छ ।

(लेखक त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गर्नुहुन्छ ।)

 



यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?