logo
२०८१ माघ ११ शुक्रवार



नेपालमा दक्ष उपचार (सम्पादकीय)

विचार/दृष्टिकोण |




नेपालको स्वास्थ्य उपचारमा पछिल्ला दशक उल्लेख्य प्रगति भएको छ । आँखा, स्नायु (नसा) तथा मुटु उपचार तथा जटिल शल्यक्रिया, हाड जोर्नीलगायतको उपचारमा नेपालले प्राप्त गरेको सफलता विश्वस्तरमै मननीय भएको पाइन्छ । पछिल्ला वर्ष मिर्गौला प्रत्यारोपणमा नेपाली चिकित्सकले प्राप्त गरेको सफलता राष्ट्रिय गौरवकै विषय भएको छ । यसै सन्दर्भमा भक्तपुरका एक पुरुषको २०७३ मङ्सिर २३ गते मानव अङ्ग प्रत्यारोपण केन्द्र, भक्तपुरमा सफल कलेजो प्रत्यारोपण गर्दै नेपाली चिकित्सकले यस क्षेत्रमा महìवपूर्ण सफलता दर्ज गरेका थिए । उक्त प्रत्यारोपणमा बिरामीको कलेजोको करिब ६० प्रतिशत भाग काटेर नयाँ कलेजो प्रतिस्थापन गरिएको चिकित्सकले बताएका थिए । मानव अङ्गको प्रत्यारोपणमध्ये अति जटिल मानिने कलेजो प्रत्यारोपणका लागि त्यसबेला दक्षिण कोरियास्थित सामसुङ मेडिकल सेन्टरबाट नेपाल आएका विश्व प्रसिद्ध सात चिकित्सक संलग्न थिए तर नेपाली चिकित्सकले नै त्यस कार्यको नेतृत्व गरेकाले उनीहरूले नयाँ अनुभव तथा हौसला प्राप्त गरेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको जटिल मानिएको मिर्गौलाको दोस्रो प्रत्यारोपण सफलतापूर्वक नेपालमै सम्भव भयो । यो घटनालाई आम नेपालीले नेपाली चिकित्सकहरूको दक्षता, सफलता र उनीहरूमाथि विश्वास गर्दै प्रम ओलीले गर्नुभएको साहसका रूपमा लिएका छन् । हालै एक ११ महिने बालकमा सफल कलेजो प्रत्यारोपण गरिएको छ । शिक्षण अस्पतालमा २५ जना चिकित्सकसहित ६० जना नेपाली स्वास्थ्यकर्मी संलग्न रहेकाले यो नेपाली जनशक्तिले मात्र गरेको पहिलो कलेजो प्रत्यारोपणको इतिहास भएको छ । यसबाट नेपाली चिकित्सकसहित स्वास्थ्यकर्मीले थप अनुभव तथा विज्ञता हासिल गरेका छन् । कलेजो प्रत्यारोपणलाई अझ सहज बनाउन विज्ञ जनशक्ति उत्पादनमा नीतिगत तथा अध्ययन अनुसन्धानका अवसर उपलब्ध गराउन स्वदेश तथा विदेशमा उच्च शिक्षा अध्यपन तथा तालिमका अवसर खोज्नुपर्छ ।
विभिन्न रोगबाट बिग्रने कलेजोलाई व्यक्तिगत होसियारीबाट पनि बचाउन सकिनेछ । खासगरी मदिरा तथा धुम्रपानजस्ता कुलतबाट टाढा रहेर हेपाटाइसिसबाट बच्न सक्दा यो रोग लाग्ने सम्भावना कम हुन्छ । रोग लाग्नै नदिनु राम्रो हो तर प्रत्यारोपण गर्नुपर्ने गरी रोग लागेको छ भने कलेजो दान दिने व्यक्तिमा सचेतना दिनु पनि उत्तिकै आवश्यक छ । रक्तदान गर्न पनि हिच्किच्याउने नेपालीमा कजेजो दान गर्दा हुने वा नहुने सम्भावनाबारे स्पष्ट जानकारी दिन सकिएन भने प्रत्यारोपणलाई आम रूपमा अघि बढाउन सम्भव छैन । कलेजो मानव शरीरमा विशेष प्रकारले विकसित हुने मानव अङ्ग भएकोले यसको प्रत्यारोपण गरेको तीनदेखि छ महिनामा झण्डै ९० प्रतिशत कलेजोको विकास हुने र प्रत्यारोपीले पुनः स्वस्थ्य जीवन प्राप्त गर्न सक्छ । यस्तै दान दिने व्यक्तिको कलजो पनि विकसित भई पूर्ववत् अवस्थामा आउने भएकाले साधारणतयाः ऊ पनि स्वास्थ्य जोखिममा पर्दैन ।
स्वेच्छामा ६५ वर्षका व्यक्ति, नाबालक तथा वयष्कले कलेजो दान दिन वा प्रत्यारोपण गर्न सकिने भएकाले यस्तो जानकारी सर्वसाधारणमा पु¥याइ प्रत्यारोपणलाई उपचारको मूल्यप्रवाहमा ल्याउनु आवश्यक छ । एक दुई सफल प्रत्यारोपणले प्राज्ञिक महìव र चिकित्सकलाई अभ्यासको अवसर उपलब्ध हुनेछ तर आम रूपमा यस्तो उपचारलाई सहज बनाइयो भने सम्बन्धित रोगका नेपाली लाभान्वित हुनेछन् । नेपालमा झण्डै ६० प्रतिशत कलेजो रक्सी तथा हेपाटाइटिस बी र सी, मधुमेह, बोसो जमेर बिग्रने भएकाले महँगो उपचारसँगै रोग नै नलागोस् भनेर नागरिकले होसियारी र प्रारम्भिक परीक्षण तथा उपचारमा सरकारले विशेष दायित्व निर्वाह गर्नुपर्ने हुन्छ ।
प्रधानमन्त्री ओलीको विशेष पहलमा ११ महिने बालकको कलेजो प्रत्यारोपण सफल भएको छ । उपचारको आर्थिक व्यवस्थाका लागि प्रधानमन्त्रीसमक्ष जानकारी पुगेपछि उहाँले सम्भव भएसम्म नेपालमा प्रत्यारोपणको व्यवस्था मिलाउन आग्रह गर्नुभएअनुसार चिकित्सकहरूले गर्नुभएको साहस नेपाली चिकित्सा इतिहासमा स्वर्ण अक्षरले लेखिनेछ । वर्तमान सरकारले विश्वव्यापी कोभिड–१९ को उपचारमा गरेका तयारी तथा प्राप्त सफलताले विकसित मुलुकको तुलनामा नेपालमा यसको दुस्प्रभाव न्यून रहेको छ । सरकारले स्थानीय तहमा १५ र २५ शैय्याका अस्पताल बनाउने अभियान नै थालेको छ । स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादनसहित पूर्वाधार विकासलाई सरकारले उल्लेख्य महìव दिएकाले नीति, योजना, कार्यक्रम, आर्थिक स्रोतको व्यवस्थापनसँगै आगामी नेपालमा दक्ष उपचारको सम्भावना बढ्नेछ र दक्ष उपचारमा आम नागरिकको पहुँच पुग्नेछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?