बुटवल क्षेत्रमा पाइएको प्राचीन मानव रामापिथेकसको अवशेष वा बुढानीलकण्ठ (काठमाडौँ), नीलबाराही (भक्तपुर) क्षेत्रमा प्राप्त पाषाणकालीन हातहतियारका कारण नेपालमा मानव समाजको विकास निकै पुरानो भएको स्पष्ट हुन्छ । जानकारका अनुसार लुम्बिनी, सुर्खेत, जुम्लालगायतका क्षेत्रमा उत्खनन गरिए नेपालको प्राचीन इतिहासको थप अस्तित्व प्राप्त हुने विश्वास छ । पुरातìव विभागले हालै काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित सिमाली, बासुकी स्थान, माल्टार, कन्केश्वर महादेव मन्दिर तथा स्वास्थ्यचौकी आसपासका पुरातात्त्विक स्थलमा जियोफिजिकल सर्भे (भू–भौतिकी सर्वेक्षण) गरेको छ । यस्ता आधुनिक प्रविधियुक्त सर्भेमार्फत जमिनमुनि रहेका ऐतिहासिक वस्तु तथा सम्पदाको अवस्थितिबारे जानकारी हुनेछ र त्यस्ता सम्पदालाई सुरक्षित गर्दै उत्खनन गर्न सहयोग पुग्नेछ । बेलायतबाट आएका विज्ञसहित नेपाली पुरातìवविद् संलग्न समूहले त्यस क्षेत्रमा गरेको सर्भेबाट ऐतिहासिक पुराताìिवक सम्पदाको प्रचुर सम्भावना देखाएको छ । तथ्य विश्लेषण (डाटा एनालाइसिस) पछि सर्भेको विस्तृत प्रतिवेदन आउने भए पनि तत्कालको अध्ययनले त्यस क्षेत्रमा पुराताìिवक वस्तु पाइन सक्ने देखिएको छ, जसले नेपालको इतिहास तथा संस्कृतिलाई अझ बढी ऐतिहासिक र ठोस बनाउन सघाउनेछ । पहिलो चरणमा जमिनमुनि के–कस्ता ऐतिहासिक भौतिक संरचना, वस्तु छन् वा तिनको अवस्थिति कस्तो छ भन्ने पत्ता लगाउन गरिएको सर्भेपछि अबको दायित्व यी क्षेत्रको सुरक्षा र उत्खनन नै हो । यसअघि नेपालका अन्य विभिन्न क्षेत्रमा गरिएको जियोफिजिकल सर्भेअनुसार ती क्षेत्रमा पनि पुराताìिवक अवशेष प्राप्त हुनसक्ने प्रतिवेदन तयार भएका छन् तर त्यस्ता क्षेत्रको सुरक्षाका बारेमा खासै नीति तथा योजना बनाइएको पाइँदैन ।
विश्वका कतिपय मुलुकले सांस्कृतिक सम्पदालाई पर्यटन प्रवद्र्धनको माध्यमका रूपमा प्रयोग गरेका छन्, आफ्नो पहिचान र मौलिकताको गौरवशाली प्रमाण बनाएका छन् । नेपालले पनि लुम्बिनी क्षेत्रमा गरेको उत्खननका प्रमाणका आधारमा बुद्धको जन्मस्थानबारे इतिहास रचेको छ । सारा विश्वले नेपालको उत्खनन र त्यसद्वारा स्थापित इतिहासलाई सम्मान गरेको छ । नेपालमा बुद्ध जन्मेका हुन् भन्नेमा सारा विश्व जानकार हुनुको पछाडि यस्तै उत्खननले पुष्टि गरेका प्रमाण महìवपूर्ण छन् । चाँगुनारायणसहित राजधानी उपत्यकाका तीनै सहरका सम्भावित क्षेत्र, लुम्बिनी, कपिलवस्तु, तिलौराकोट, लम्किया, चेत्रादेही, दाङ, सुर्खेत, जुम्लालगायतका क्षेत्रमा यस्ता अध्ययन गरेर नेपालले थप ऐतिहासिक प्रमाण तथा जानकारी प्राप्त गर्न सक्नेछ जसबाट नेपालको इतिहास थप प्रमाणिक हुनेछ ।
पाँचखालमा यसअघि गरिएको उत्खननबाट ऐतिहासिक वस्तु, संरचना तथा सम्पदा प्राप्त भएका छन् । प्राप्त सम्पदा, सामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन भएको पुष्टि भएको छ । पाँचखाल–२ माल्टारमा विभिन्न व्यक्तिको खेतमा भेटिएका प्राचीन दरबारको गारो, २२ सेन्टिमिटर चौडाइका इँटालगायतका सामग्रीले लिच्छविकालीन र मध्यकालीन नेपाली समाज उन्नत रहेको पुष्टि गर्छ । स्थानीय श्रीरामपाटीमा तीन मिटर लम्बाइ र दुई मिटर चौडाइ उत्खनन गर्दा पक्की इँटाको गारोभित्र माटाको डुँड र पानीको पाइप लाइन भेटिएकाले नेपालमा सहरीकरणको झल्को स्पष्ट गर्छ र व्यवस्थित बसोवास पुष्टि गर्छ । यस्तै प्रमाणका आधारमा नेपाली समाजको लिच्छविकाललाई स्वर्ण युग भनिएको हो । साथै, त्यस क्षेत्रमा प्राप्त एक मिटर ५० सेन्टिमिटरको आधार र ६० सेन्टिरमिटर सुर मिलाइएको गारोले नेपालको भवन निर्माणमा ती समय कति वैज्ञानिक थिए भन्ने पनि स्पष्ट हुन्छ ।
पुराताìिवक सम्पदा प्राप्तिका लागि उत्खनन आवश्यक हुन्छ, जसका लागि राज्यले उल्लेख्य लगानी गर्नुपर्छ । सबै सम्भावित क्षेत्रको उत्खनन छोटै समयमा सक्न सम्भव नहुने भएकाले पहिला त सम्भावित पुराताìिवक क्षेत्रको पहिचान गर्नुपर्छ । त्यसपछि यस्ता क्षेत्रको संरक्षण गरी आवश्यक जियोफिजिकल सर्भे गर्दै जानुपर्ने हुन्छ । नेपालका विभिन्न स्थानमा अवैज्ञानिक तवरले उत्खनन गर्दा कतिपय सम्पदा नष्ट, भङ्ग वा अस्तव्यस्त हुनसक्ने भएकाले सम्भावित क्षेत्रमा अव्यवस्थित उत्खनन गर्न रोक्नुपर्छ । हाल बसोवास रहेका कतिपय स्थानमा पनि पुराताìिवक सम्पदा पाइएका र पाइने सम्भावना रहेकाले त्यस्ता क्षेत्रका बासिन्दालाई वैकल्पिक व्यवस्था गरेर पुराताìिवक क्षेत्रको संरक्षण गर्नु जरुरी छ । इतिहास, पुरातìव वा अभौतिक तथा भौतिक संस्कृति बौद्धिक मनोरञ्जनका विषयमात्र नभएर राष्ट्र र राष्ट्रियताका पक्षपोषक पनि भएकाले यस्ता क्षेत्रमा सरकारले मनग्य लगानी गर्नुपर्छ ।