logo
२०७९ माघ १७ मंगलवार



विद्युत् व्यापारमा गहकिलो फड्को (सम्पादकीय)

विचार/दृष्टिकोण |




नेपाल विद्युत् प्राधिकरणले पहिलो पटक भारतीय ‘इनर्जी एक्स्चेन्ज मार्केट’ बाट शनिबार बिजुली प्राप्त गरेको छ । पहिलो दिन शनिबार रातिदेखि २५० मेगावाटसम्म विद्युत् यो ऊर्जा विनिमय बजारमार्पmत् खरिद गरी ढल्केबर–मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइनबाट आयात गरिएको प्राधिकरणले जनाएको छ । यो नेपालको विद्युत् व्यापारका लागि महìवपूर्ण खुड्किलो पनि हो । यो बजार नेपालको बचत भएको बिजुली बिक्री गर्न र आवश्यक बिजुली खरिद गर्न सस्तो, सजिलो, भरपर्दाे र प्रभावकारी माध्यम हुने अपेक्षा छ ।
नेपालको विद्युत् विकासका लागि भारत बजार महìवपूर्ण छ । चाहे नेपाललाई अपुग हुने विद्युत् आयातका लागि होस् वा नेपालमा बढी भएको विद्युत् निर्यातका लागि होस्, अहिलेसम्म हामी भारतसँगै निर्भर रहनुपर्ने अवस्था छ । अन्तर्राष्ट्रिय बजारमा विद्युत् व्यापार गर्न भारतले जारी गरेको ‘अन्तर्राष्ट्रिय विद्युत् आयात–निर्यात कार्यविधि’ बमोजिम नेपाल विद्युत् प्राधिकरण ‘इन्डियन इनर्जी एक्सचेञ्ज’ नामक ऊर्जा विनिमय बजारको सदस्य बनेपछि दुवै देशबीच विद्युत् खरिदबिक्री गर्न सजिलो बाटो बनेको हो । यो व्यवस्थाले भारतको सरकारी विद्युत् व्यापार कम्पनी ‘एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) मार्फत नेपालले विद्युत् किन्न र बेच्न सक्छ । यो एक दिनअघि नै खरिद र बिक्री दर र परिमाण सुनिश्चित हुने (डे अहेड) बजार हो । त्यसैले यो भरपर्दाे र सजिलो विधि हुनुका साथै सस्तो हुने अपेक्षा पनि गरिएको छ । नेपालले ढल्केबर–मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत भारतबाट ल्याएको बिजुली प्रतियुनिट चार रुपियाँ १८ पैसा (भारतीय रुपियाँ) परिहेकोमा एक्सचेन्ज बजारबाट शनिबार प्राप्त बिजुलीको प्रतियुनिट मूल्य तीन रुपियाँ ८१ पैसा (भारतीय रुपियाँ) छ । प्रतियुनिट ३७ पैसा सस्तो भएकाले शनिबार मात्रै नेपालले झण्डै साढे ३० लाख रुपियाँ बचत गरेको प्राधिकरणले जनाएको छ । कम्प्युटर अल्गोरिदमबाट निर्धारण हुने दरमा विद्य्त् खरिद बिक्री हुने भएकाले खरिद वा बिक्री दर निर्धारणमा कसैको दबाब, प्रभाव वा हस्तक्षेप हुँदैन । बिड गरेर विद्युत् खरिद र बिक्री गर्नुपर्ने भएकाले सस्तोमा खरिद र महँगोमा बिक्री गर्न सकिने अवसर पाउन सकिन्छ । यसले नेपालमा उत्पादित बिजुलीको बजार बङ्गलादेशसम्म विस्तार गर्ने ढोका पनि खोलेको छ । बङ्गलादेश नेपालको विद्युत्का लागि राम्रो बजार हो र त्यसले माग गरिरहेकै छ ।
अहिले नेपाल विद्युत् उत्पादनमा आत्मनिर्भर भइसकेको छैन । परीक्षण उत्पादन गर्ने चरणमा पुगेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले पूर्ण क्षमतामा उत्पादन गर्न थालेपछि भने विद्यत् बचत हुनेछ । तर त्यो बचत वर्षायाममा मात्रै हुन्छ र सुख्खायाममा भारतबाटै आयात गर्नुपर्ने अवस्था अझै तीन–चार वर्षसम्म रहन सक्छ । भारतीय ऊर्जा विनिमय बजारमा नेपालले प्रवेश गरेकाले अबका दिनमा विद्युत्को अन्तरदेशीय व्यापार सजिलो हुनसक्छ । तर यसका केही समस्या पनि छन् । हामीलाई चाहिए जति वा मागे जति नै बिजुली यो बजारबाट नपाउने अवस्था पनि आउनसक्छ । हामीले दिएको मूल्यभन्दा बढी दिएर अरूले नै लैजान पनि सक्ने भएकाले या त बढी मूल्य तिर्न तयार हुनुपर्छ वा लोडसेडिङ गर्न । विनिमय बजारमा माग र आपूर्तिले विद्युत्को खरिद र बिक्री दर निर्धारण गर्ने भएकाले सधैँ सस्तोमा किन्न र महँगोमा बेच्न पाइन्छ भन्ने होइन । त्यसैले यो बजारमा मात्रै निर्भर रहँदा समस्या पर्नसक्छ ।
हामी दशकौँदेखिको लोडसेडिङ अन्त्य गरी निकट भविष्यमा विद्युत् उत्पादन तथा आपूर्तिमा आत्मनिर्भर बन्ने दिशामा अगाडि बढिसकेका छौँ । तर अझै पनि नियमित, भरपर्दाे आपूर्ति र गुणस्तरीय सेवा दिनेतर्फ धेरै चुनौती छन् । अन्तर्राष्ट्रिय बजारमा जाँदा पनि यी चुनौतीको समाधान गसिक्नुपर्नेछ । विद्युत् खरिदबिक्रीमा भारतको ऊर्जा विनिमय बजार नेपालका लागि धेरै उपयोगी हुने कुरामा दुई मत छैन । तर अझै तीन चार वर्षसम्म हामी वर्षभरि नै विद्युत्मा आत्मनिर्भर हुनसक्ने अवस्था नरहेकाले नेपालले मिश्रित प्रणाली नै प्रयोग गर्नु राम्रो हुनसक्छ । हाम्रो उत्पादन पर्याप्त नहुन्जेल केही हिस्सा दुई पक्षीय ‘विद्युत् खरिद सम्झौता’ बाट र बाँकी नपुग क्षमताका लागि एक्सचेन्ज बजार उपयोग गर्न उपयुक्त हुन्छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?