नेपालको गणतान्त्रिक यात्रा लामो छैन तर यसबीच नेपालले लोकतान्त्रिक सङ्घीय गणतन्त्रको अभ्यास, संरचना र संयन्त्रलाई क्रमशः अग्रगति दिँदैछ । यसैक्रममा हरेक वर्ष जेठ १५ गतेलाई गणतन्त्र दिवसका रूपमा मनाइँदै आएको छ । शहीद, प्रजातन्त्र, गणतन्त्रका दिवसले नेपालको राजनीतिक परिवर्तन, जनताको अदम्य अठोेट तथा सङ्घर्षको इतिहास झल्काउँछन् । तिनले अबको मुलुकी यात्रा, जनताको
आकाङ्क्षा र गन्तव्यको सारभूत समीक्षा र सङ्कल्प गर्न पनि प्रेरित गर्छन् । राजनीतिक परिवर्तनको यात्रामा हामी कहाँ थियौँ, हाम्रा पाइताला कहाँ थिए र अब पुग्नुपर्ने कहाँ हो भनेर पुनर्मूल्याङ्कन गर्न यस्ता दिवसले उत्प्रेरित गर्नेछन् ।
नेपालमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रका लागि पटक पटक आन्दोलन भएका छन् । पटक पटकका पुस्ताले आन्दोलन गरेकाले ती आन्दोलन, आन्दोलनका तिथिमिति र उपलब्धि इतिहासमा सुनौला अक्षरले लेखिएका छन् । तिनलाई जनताको स्मृतिमा सुरक्षित राख्न र तिनका भावना आत्मसात् गरी उद्देश्य प्राप्ति निम्ति अग्रसर हुनसक्दा आन्दोलनमा योगदान दिएका सबैको योगदानको सम्मान अक्षुण्ण हुन्छ । अन्यथा यस्ता योगदानमाथि कालो बादलको ओझेल पर्नेछ । गणतन्त्र दिवस मूल समारोह समिति २०७८ को बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गर्नुभएको आग्रह ‘गणतन्त्र प्राप्ति र त्यसका उपलब्धिलाई ओझेलमा पर्न दिनु हुँदैन ।’ लाई संवेदनशील भएर बोध गर्नुपर्छ । गत र यो वर्ष विश्वव्यापी कोभिड–१९ (कोरोना) महाव्याधी कारण यस्ता अरू दिवस पनि भव्य र आमसार्वजनिक रूपमा मनाउन निश्चय नै समस्या भएको छ तर यसको मतलब दिवसको सन्दर्भ र महìवमा कमी आएको भन्ने होइन । कोरोना कहरका कारण हर्षोल्लासका साथ गणतन्त्र दिवस मनाउन समस्या भए पनि सरकारले उच्च महìवका साथ दिवस मनाउने घोषणा गरेको छ । गणतन्त्र दिवसको राष्ट्रिय महìव तथा यसले ल्याएका परिवर्तन र अवसरको स्मरण गर्दै दिवसको गरिमा कायम गर्न सरकार मात्र नभएर आमनागरिक पनि उत्सुक र इच्छुक रहनुपर्छ । गणतन्त्रलाई साझा जीवनपद्धतिसँग गाँस्नसक्दा यसलाई सबल र सुदृढ गर्न सकिन्छ ।
यस्ता दिवस मनाउने क्रममा केही प्राविधिक र केही आग्रहगत प्रवृत्तिमा समस्या देखिएका छन् । दिवस मनाउने जिम्मेवारी सरकारी उच्च पदस्थ, निजामती र जङ्गीफाँटका उल्लिखित व्यक्तिको मात्र हो जस्तो देखिएकाले जनताको सहभागितालाई अझ बढी वृद्धि गर्नुपर्ने खाँचो छ । उस्तै प्रकारका विभिन्न दिवस मनाउनुले पनि केही समस्या ल्याएको छ । राणा जहानियाँ शासन अन्त्य गर्ने सिलसिलामा विभिन्न सपूतको हत्या गरिएको घटनालाई स्मरण गर्दै हरेक वर्ष माघ १० देखि १६ गतेसम्म शहीद सप्ताह मनाइँदै आएको छ । प्रजातन्त्र स्थापना भएको दिन (२००७ सालदेखि) फागुन ७ गतेलाई प्रजातन्त्र दिवसका रूपमा मनाइदै आएको छ । यस्तै ०६२÷६३ को आन्दोलनपछि औपचारिक रूपमा सक्रिय राजतन्त्र बिदाइ भएको दिन वैशाख ११ लाई लोकतन्त्र दिवस भन्दै मनाइएको छ । संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको दिनको स्मरणमा हरेक वर्ष गणतन्त्र दिवस मनाइन्छ । असोज ३ गते हरेक वर्ष संविधान दिवस मनाइदै आएको छ । भिन्नभिन्न महìव र प्रकृृतिका भए पनि मूलरूपमा राजनीतिक आन्दोलन, स्वतन्त्रता र प्रजातन्त्रसँग सम्बन्धित यस्ता धेरै दिवस हुनुले पनि यिनीहरूको महìव धेरै तर छरिएको हो कि भनेर समीक्षा गर्नुपर्ने देखिएको छ ।
यस्ता दिवस मनाउन अपनाइदै आएको केन्द्रीकृत शैलीलाई प्रदेश तथा स्थानीय तहमात्र होइन उपयुक्त कार्यक्रमका साथ समुदाय तथा विद्यालयसम्म पु¥याउन सक्दा दिवसको महìवको स्थानीयकरण र सहभागिताको दायरा फराकिलो बनाउन सकिनेतिर पनि सोच्न सकिन्छ । केही वर्षअघि तत्कालीन सरकारले फागुन ७ प्रजातन्त्र दिवस नमनाउने विवादास्पद निर्णय गरेको थियो । यसो हुनुमा ती आन्दोलन तथा आन्दोलनका उपलब्धिलाई हेर्ने पृथक दृष्टिकोणले भूमिका निर्वाह गरेको हुन्छ तर राष्ट्रले अनुमोदन गरिसकेका यस्ता राष्ट्रिय पर्व (दिवस) लाई व्यक्तिगत वा दलगत आँखाले हेर्ने प्रवृत्तिले दिवसलाई आमजनताको सरोकार बनाउन समस्या गरेको हुनसक्छ । सरकारमा को छ, कसको नेतृत्व छ भन्ने होइन राष्ट्रिय पर्वमा राष्ट्रिय सहभागिता, राष्ट्रिय दृष्टिकोण बनाई यिनलाई राष्ट्रिय र सार्वजनिक महìवको दिवस बनाउन सकिनेछ ।