वसन्त ऋतुको आगमनसँगै रङहरूको चाड फागु अर्थात् होली विशेष रमाइलो देशैभरि आइपुग्छ । फागुन शुक्ल पूर्णिमाका दिन नेपालका पहाडी जिल्लामा यो चाडलाई हर्षोल्लासपूर्वक मनाइन्छ भने यसको भोलिपल्ट फागुन शक्ल प्रतिपदाका दिन तराई क्षेत्रमा यसको अझ विशेष उमङ्ग छाउँछ । नेपालका विभिन्न क्षेत्रमा आफ्नै परम्परा तथा शैली अनुरूप फागुमा बूढा, बालक, युवक, युवती, प्रौढ आदि सबै उमेर समूहका मानिसको सहभागिता हुने गर्छ । फागु सबैको प्यारो हुन्छ । मन चङ्गा हुन्छ र सबै खुसी रहन्छन् । त्यसैले पनि फागु यो मनोरञ्जनात्मक तथा सामाजिक चाडका रूपमा स्थापित भएको हो । पौराणिककालदेखि नै मनाउँदै आइएको फागुपूर्णिमा भगवान् श्रीराम तथा श्रीकृष्ण र होलिकासँग सम्बद्ध धार्मिक पक्षहरू जोडिएका छन् । ती कथनले फागुको प्राचीन इतिहास मात्र त जोडिन्छ नै साथसाथै यसले समाजलाई लामो रोमाञ्चक परम्परामा बाँधेको हुन्छ ।
विशेषतः यो चाड रङहरूको भएकाले यो आफैँमा रङ्गीन हुन्छ । वसन्त फूलहरूको मगमग बासनाले वातावरणलाई नै पनि सुरम्य बनाउँछ । यस अतिरिक्त रङहरूको माध्यमबाट समाजमा भातृत्व तथा सद्भाव विस्तारमा पनि फागुको महìव झल्किन्छ । साथी भाइ, इष्टमित्र तथा चिनजानका मानिसहरूबीच एकअर्कामा रङ अबिर लगाएर आपसी रिस, राग हटाउन महìवपूर्ण भएकै फलस्वरूप यो चाड नेपाली समाजको अभिन्न अङ्गका रूपमा ग्रहण गरिएको हो । विश्वव्यापीपकरणको फैलँदो स्वरूपले फागु पर्व नेपाल, भारतका साथै विश्वभर फैलने क्रमसमेत कायमै छ । रङको यो पर्वले एकता र भातृत्वको निरन्तर विस्तार गर्दै लगेको अनुपम सन्देश दिएको छ ।
समष्टिमै उत्साह, उमङ्ग तथा रङहरूको चाड फागुले आममानिसमा सकारात्मक प्रभाव पारेको अनुभव गर्न सकिन्छ तर विगत केही समययतादेखि यो पवित्र चाडलाई कतिपयले विकृत बनाउँदै लगेको पाइन्छ । कसैको इच्छा विपरीत जबर्जस्ती पानी, लोला, रङ, अबिर छयाप्ने गरिन्छ । यसले होलीको सांस्कृतिक महìवलाई विकृत पारेको छ । खुसीको पर्वलाई जबरजस्तीजस्तो बनाइदिएको छ । विभिन्नथरीका छालाजन्य रोग निम्त्याउने रसायनसमेत कतिपयले रङमा प्रयोग गर्न थालेका छन् । यस्ता विकृति रङ प्रयोग गरेर अनुहार लगाइने प्रवृत्ति पनि निकै बढ्दै गइरहेको अनुभव गरिएको छ । फलतः यो चाड हर्ष र उमङ्गभन्दा कतिपय क्षेत्रमा निरश तथा नैराशयमा परिणत भइरहेको प्रतीत पनि हुन थालेको छ । तसर्थ यस्ता प्रवृत्तिलाई निरुत्साहित गर्नु सरकार तथा समाजको पनि दायित्व हो । यो चाडको महìव, गरिमा तथा पौराणिकतालाई जोगाइराख्नु पनि त्यत्तिकै महìवपूर्ण छ । हाम्रो परम्परागत संस्कृति, सभ्यतासँग जोडिएकाले पनि फागुलाई दीर्घकालसम्म जीवित राखिराख्न यसका नकारात्मक पक्षमा नियन्त्रण गर्दै जानुको कुनै विकल्प देखिँदैन ।
संस्कृतिलाई विकृति बनाउनु हुँदैन । यसै सन्दर्भमा यो चाडलाई सभ्य, संयमित, सुरक्षित तथा व्यवस्थित गराउन फागुका दिन राजधानी काठमाडौँमा विशेष सुरक्षा योजना लागू गरिनु स्वागतयोग्य विषय हो । विगतमा पनि काठमाडौँ उपत्यकामा फागुकै दिन कतिपय सवारी दुर्घटना हुने गरेका छन् । मदिराको प्रयोगमा अनुशासन कायम नगरिँदा यस्ता घटना हुने गर्छन् । उच्छृङ्खल क्रियाकलापमा बढोत्तरी हुने गरेको समेत पाइन्छ । यस्ता गतिविधि नियन्त्रणका लागि यस पटक तीन हजार पाँचसयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएबाट सर्वसाधारणले ढुक्कसँग सुरक्षित साथ फागु चाड मनाउन पाउनेमा आश्वस्त बन्न सक्ने वातावरण सिर्जना भएको छ ।
विशेषगरी अत्यधिक मदिरा सेवन गरी जथाभावी सवारी चलाउने, झैभगडा गर्ने, इच्छाविपरीत रङ र अबिर, लोलाको प्रयोग गर्ने, अनियन्त्रित भीड, महिलामाथि दुव्र्यवहार गर्ने, ट्राफिक नियम पालन नगर्नेजस्ता कार्यलाई रोक्नै पर्छ । फागुका दिन हुने अवाञ्छित क्रियाकलाप हुन् रोक्नु प्रशासनको दायित्व हो । गलत गतिविधि नियन्त्रणका लागि उपत्यकाका तीनै जिल्लामा बाक्लो सङ्ख्यामा सुरक्षाकर्मीको तैनाथी, झन्डै छ दर्जन ठाउँमा परीक्षण स्थलको स्थापना गरिएको छ । मोबाइल भ्यानका साथै मोटरसाइकल, साइकल आदि विभिन्न तरिकाबाट निगरानी बढाइने योजनाले फागुमा हुने विकृतिमा नियन्त्रणमा आउने अपेक्षा गर्न सकिन्छ । वर्षमा एक पटक आउने यो फागु चाडलाई विकृत रूपमा नभई हर्षोल्लाससहित मनाउन एकअर्कालाई प्रोत्साहित गराँैं । अभिभावकले पनि आफ्ना बालबालिकालाई सुरक्षित तवरले फागु मनाउने वातावरण तयार गरिदिउँ । समाजमा भातृत्व तथा सदभावको अभिवृद्धि होस् । सबैमा फागुपूर्णिमाको मङ्गलमय शुभकामना ।