logo
२०८१ बैशाख १३ बिहीवार



भारत भ्रमणको सन्देश (सम्पादकीय)

विचार/दृष्टिकोण |




प्रधानमन्त्री शेरबहादुर देउवा दक्षिणी छिमेकी मुलुक भारतको औपचारिक भ्रमणमा नयाँदिल्लीमा हुनुहुन्छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार नयाँदिल्ली पुग्नुभएका प्रधानमन्त्री देउवाको शनिबार अति कार्यव्यस्त रह्यो । नेपाल–भारत सम्बन्धका आगामी दिनलाई नयाँ दिशा दिने गरी भएको यो भ्रमण आज सम्पन्न हुँदै छ । स्वदेश फर्कनुअघि नेपालीको गहिरो सांस्कृतिक र शैक्षिक सम्बन्ध रहेको भारतको बनारस भ्रमणसमेत यसै अवसरमा प्रधानमन्त्रीले गर्नुहुनेछ । नौ महिनाअघि गत असार अन्तिममा प्रधानमन्त्री हुुनुभएका प्रधानमन्त्री देउवाको छिमेकी मुलुकको यो पहिलो भ्रमण भएर पनि यसले ठूलो कूटनीतिक महìव बोकेको छ । नेपाल–भारत सम्बन्धका फराकिला आयाम विस्तार भएर मात्र होइन, आगामी दिनमा सहयोगको क्षेत्र विस्तारले समेत भ्रमणलाई उपलब्धिमूलक बनाएको छ ।

भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा भएको यो भ्रमणलाई नयाँदिल्लीले उच्च महत्त्व दिएको छ । भ्रमणका अवसरमा भएका चारवटा सम्झौताले महìवको उचाइ स्पष्ट गर्छ । ती चारवटा सम्झौतामा नेपाल र भारतबीच अन्तर्राष्ट्रिय सोलार एलाइन्स, रेल्वेसम्बन्धी प्राविधिक सहयोग, पेट्रोलियम पदार्थ आपूर्ति र नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच प्रविधिक विज्ञता आदानप्रदान गर्ने रहेका छन् । यी सम्झौता आफैँमा दूरगामी महìवका छन् । ऊर्जाका क्षेत्रमा नेपाल र भारतबीच अन्तर्राष्ट्रिय सोलार एलाइन्सको ठूलो महìव रहनेछ । स्वच्छ ऊर्जातिर विश्वको आकर्षण मात्र होइन, बाध्यता हुँदै गएको छ । नेपालको जलसम्पदाको अधिकतम उपयोग र संयुक्त लगानीका परियोजना अगाडि बढिरहेका छन् । हैदरावाद हाउसमा प्रधानमन्त्री देउवा र समकक्षी मोदीबीच भएको वार्ताले आगामी दिनमा ऊर्जा क्षेत्रको लगानीलाई अझ बढोत्तरी दिने स्पष्ट छ ।

सबैभन्दा महìवपूर्ण पक्ष भनेको दुवै देशका कार्यकारी प्रमुखबीच थाती मुद्दामा समेत गहन विचार विमर्श भयो । त्यस क्रममा पञ्चेश्वर परियोजना अगाडि बढाउनेसमेत छलफल भयो । प्रधानमन्त्री देउवा पहिलो पटक प्रधानमन्त्री भएको बेला साढे दुई दशकअघि महाकाली सन्धि भएको थियो । सन्धिअनुसार छ महिनामा पञ्चेश्वर परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बन्नुपर्ने थियो । पछिल्ला दिनमा परियोजनाका थप काम सोचेजसरी हुन सकेनन् । परियोजना प्रतिवेदन अझै बन्न सकेको छैन । यो दुवै मुलुकका लागि समस्याका रूपमा आएको थियो । कार्यकारी प्रमुखबीचको नयाँदिल्ली संवादले अब पञ्चेश्वर परियोजना अगाडि बढ्ने आशा पलाएको छ ।

नेपाल र भारतबीच पछिल्लो समय सीमा विवादले अलि बढी तिक्तता बढेको अनुभव भएको थियो । उच्चस्तरमा संवादहीनतासमेत आउने खतरा थियो । प्रधानमन्त्री देउवाको यो भ्रमणले संवादका ढोका खुलेका छन् । प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो दिनुभएको छ । थाती समस्या प्रधानमन्त्री मोदीको काठमाडौँ भ्रमणका बेला अगाडि बढाउन सहज हुने नै छ । दुवै प्रधानमन्त्रीले नयाँदिल्लीमा संयुक्त पत्रकार सम्मेलन गर्नुभयो । तीनवटा महìवपूर्ण उद्घाटन गरी सम्बन्धका आयाम थप्नुभयो ।
तीन उद्घाटनमा जनकपुर–जयनगर रेल परेको छ । उद्घाटनपछि दुई वर्षयता अलमलमा परेको रेल सेवा अगाडि बढाउन सहयोग पुग्नेछ । उद्घाटन भएको सोलु ट्रान्समिसन लाइन अर्को महìवपूर्ण परियोजना हो ।

विगत तीन वर्षयता नै सोलु जलाधार क्षेत्रमा तयार भएका कतिपय परियोजनाका विद्युत् खेर गएको थियो । गएको फागुनमै यो करिडोर पूरा भएको थियो । विद्युत् प्रसारण लाइनमा यो जीवन रेखा नै बन्ने निश्चित छ । सोलु जलाधार क्षेत्रमा झन्डै आधा दर्जन जलविद्युत् आयोजना निर्माणाधीन छन् ।नेपाल र भारतको जस्तो अनुपम सम्बन्ध विश्वका कुनै पनि मुुलुकमा देख्न नसकिने प्रधानमन्त्री मोदीको अभिव्यक्ति नेपालप्रति देखाएको उच्च सम्मान हो । वर्तमान सरकारले कूटनीतिक सन्तुलनलाई बढी महìव दिँदै अन्तर्राष्ट्रिय सम्बन्धलाई फराकिलो बनाउँदै लगेको देखिन थालेकै फलस्वरूप नेपाललाई यस्तो सम्मान प्राप्त भएको हो । वर्षौंदेखि थाती रहेको अमेरिकी मिलेनियम च्यालेन्ज (एमसीसी) प्रतिनिधि सभाबाट अनुमोदन आफैँमा ठूलो उपलब्धि थियो । हालै मात्र चिनियाँ विदेशमन्त्री वाङ यीको नेपालमा भ्रमण र लगत्तै प्रधानमन्त्रीको नयाँदिल्लीको भव्य स्वागत कूटनीतिक उपलब्धिसँगै नेपालको आर्थिक तथा सामाजिक विकासमा कोसेढुङ्गा बन्न सक्ने देखिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?