logo
२०८१ बैशाख २१ शुक्रवार



ओमानमा क्रिकेट टिमको व्यस्तता (फोटो फिचर)

फोटो ग्यालरी |
खेलकुद |


ओमानमा क्रिकेट टिमको व्यस्तता (फोटो फिचर)
तस्बिर सौजन्य : नेपाल क्रिकेट संघ 


काठमाडौँ, माघ २७ गते । नेपाली टोल ओमानमा फेब्रुअरी १८ देखि २४ तारिखसम्म आयोजना हुने आईसीसी टी–२० विश्वकप ग्लोबल छनोट खेलका लागि ओमानमा तयारीमा व्यस्त रहेको छ । मंगलबार ओमान पुगेको नेपाली टोलीले बिहीबारदेखि ओमानमा प्रशिक्षण सुरु गरेको हो । यही वर्ष अष्ट्रेलियामा आयोजना हुने विश्वकप छनोटका लागि नेपाल समूह ‘ए’ मा परेको छ ।

समूहमा नेपालसहित ओमान, बहराइन, क्यानडा, जमर्नी, आयरल्यान्ड, फिलिपिन्स र यूएई गरेर आठ टोली छन्। आठ टोलीलाई पनि दुई समूहमा विभाजन गरिएको छ। नेपालको समूहमा क्यानडा, ओमान र फिलिपिन्स छन् । अर्को समूहमा आयरल्यान्ड, यूएई, बहराइन र जमर्नी छन् । नेपालले उद्घाटन खेलमा फेब्रुअरी १८ तारिख आयोजक ओमानसँग खेल्नेछ ।

ग्लोबल छनोट खेलअघि नेपालले तयारीका लागि ओमानमा चार देश सम्मिलित सिरिज पनि खेल्नेछ । उक्त सिरिजमा नेपालसहित ओमान, यूएई र आयरल्यान्ड रहेका छन्। सिरिजमा नेपालले फेब्रुअरी ११ तारिख ओमान, १३ तारिखमा यूएई र १४ तारिखमा आयरल्यान्डसँग खेल्नेछ ।

यसैगरी ग्लोबल छनोटका लागि समूह ‘बी’ मा जिम्बावे, हङकङ, जर्सी, नेदरल्यान्ड्स, पपुवा न्युगिनी, सिंगापुर, युगान्डा र अमेरिका छन् । समूह ‘बी’ को छनोट खेल भने जुलाई ११ देखि १७ सम्म जिम्बावेमा हुनेछ । दुवै समूहका शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउनेछन् । तस्बिर सौजन्य : नेपाल क्रिकेट संघ 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?