logo
२०८१ जेष्ठ २ बुधवार



प्रधानमन्त्री बिहीबार सिङ्गापुर जानुहुने

राजनीति |


प्रधानमन्त्री बिहीबार सिङ्गापुर जानुहुने


काठमाडौँ, भदौ ४ गते । चिकित्सकको परामर्शअनुसार प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार फेरि सिङ्गापुर जाने हुनुभएको छ । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले उपचारको सिलसिलामा सिङ्गापुर जान लाग्नुभएको जानकारी दिनुभयो ।
केही दिनअघि भएको स्वास्थ्य परीक्षणपछि उतै बसेर पुनः परीक्षण गराउनुपर्ने भए पनि लामो समय बाहिर बस्दा देशभित्रका काममा अवरोध आउने भएकाले बीचमै प्रधानमन्त्री फर्कनुभएको भट्टराईले प्रस्ट्याउनुभयो । “चिकित्सकले हाम्रो अवलोकनमा रहनुपर्छ भनेकाले खाइरहेको औषधिको उपादेयता बुझ्न पनि जानुपर्ने भएको हो,” उहाँले भन्नुभयो । मिर्गाैला फेर्नुभएका प्रधानमन्त्रीको स्वास्थ्य निरन्तर परीक्षण गर्नुुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?