logo
२०८१ जेष्ठ १ मंगलवार



कोकिनसहित विदेशी पक्राउ

राजनीति |


कोकिनसहित विदेशी पक्राउ




गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ ६ गते । अफ्रिकी मुलुक आइभोरीकोस्टबाट एक किलो छ सय ग्राम लागूऔषध कोकिन बोकेर काठमाडौँ आउँदैगरेका ३५ वर्षीय मार्सेल गुली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट पक्राउ परेका छन् । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोको अनुसार, अभियुक्त गुली कोकिन बोकेर हवाई सेवा मार्फत आइभोरीकोस्टबाट नाइजेरियाको लागोस, लागोसबाट कतारको दोहा विमानस्थल हँुदै काठमाडौँ आइपुगेका हुन् ।
एक व्यक्ति भारतका लागि कोकिन बोकेर नेपालको बाटो हँुदै आएको विशेष सुराकीका आधारमा प्रहरीले एक्स–रे मेसिनको जाँच सकिए लगत्तै गुलीलाई पक्राउ गरेको ब्यूरो प्रहरी प्रमुख दिनेश अमात्यले जानकारी दिनुभयो ।
ब्यूरो प्रहरीका अनुसार, बरामद कोकिनको अन्तर्राष्ट्रिय बजार मूल्य चार करोड ८० लाख रुपियाँभन्दा बढी रहेको छ । अभियुक्त गुली आइभोरीकोस्टका नागरिक हुन् । काठमाडौँस्थित होटल सोल्टीमा बस्ने गरी गुली आएको हुन् ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?